गुरुको मुखारविन्दबाट परमार्थ तङ्खवको वर्णन सुनेपछि शिष्यलाई प्राप्त निर्विकल्प समाधि स्थितिको व्याख्या तलका श्लोकमा गरिन्छ ।
इति गुरुवचनाच्छुप्रतिप्रमाणात् परमवगम्य सतङ्खवमात्मयुक्त्या ।
प्रशमितकरणः समाहितात्मा क्वचिदचलाकृतिरात्मनिष्ठितोऽभूत् ।।४८०।।
यसप्रकार श्रुति प्रमाणले युक्त गुरुवचन र आत्मयुक्ति (मनन) द्वारा परमार्थ तङ्खवलाई जानेपछि चित्त एवं इन्द्रिय शान्त भई शिष्य निश्चल वृत्तिबाट युक्त भएर आत्मस्वरूपमा स्थीत भयो । ।।४८०।।
साधना चतुष्टयले सम्पन्न भएर (श्लोक ३३ हेर्नुहोस्) सद्गुरुको चरणमा “हे प्रभु संसारको यो दानावलज्बालाबाट सन्तप्त भई हजुरको शरणमा आएको छु” (श्लोक ४१) ।
‘म यो संसारसागरबाट कसरी पार हुँला’(श्लोक ४२) भनि पुकार गर्दै गुरुको चरणमा परेको मुमुक्षुले अन्ततः श्रुतिद्वारा प्रमाणित गुरुका गहन सद्वचनहरूको श्रवण र मनन गर्दागर्दै अन्तत परमात्मा तङ्खवलाई साक्षात्कार गरे । जसको फलस्वरूप तत्क्षण जगत्सँग उसको मनको सम्बन्ध पूर्ण रूपमा नष्ट हुनपुगि चित्त तथा इन्द्रियहरू शान्त हुनपुगे । यसरी निश्चल वृत्तिबाट युक्त शिष्य समाधिस्थ भएर आत्म स्वरूपमा स्थीत भयो । शिष्यलाई निविर्कल्प समाधि प्राप्त भयो ।
कञ्चित्कालं समाधाय परे ब्रह्मणि मानसम् । व्युत्थाय परमानन्दादिदं वचनमब्रवीत् ।।४८१।।
केही समयसम्म परब्रह्म चित्तलाई समाहीत गरेर फेरी त्यो परम आनन्ददायी स्थितिबाट उठेर शिष्यले यी वचनहरू भने ।।।४८१।।
यसरी बन्धन, आत्मा, परमात्मा, मोक्ष आदिसम्बन्धीसदगुरुको गहन शब्दहरूको श्रवण र मनन, आत्मसात् गर्दै जाँदा समाधिस्थ हुन पुगेको शिष्य केही समयमा समाधिकै स्थितिमा ब्रह्ममा चित्तलाई समाहीत गरेर स्थीत हुन पुगे । समाधिबाट व्यूँतिएर यसरी उनले समाधिको अनुभव वर्णन गरे । समाधिको स्थिति एक क्षणदेखि अन्तकालसम्म रहन सक्दछ । शास्त्रहरू भन्दछन्, समाधिको समय चाहे एकक्षण होस् वा एकदिनको होस्‘फल’ मा अन्तर हुँदैन । जसरी मनुष्यले आफ्नो नामलाई एकपल्ट थाहा पाएपछि त्यो विस्मृत हुँदैन, त्यस्तै आत्मसाक्षात्कारको बोध प्राप्त गरेको साधकले त्यो स्थितिलाई विस्मृत गर्न सक्दैन । पुनः सहजै त्यो स्थिति प्राप्त गर्दछ ।