जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ?

0 टिप्पणीहरू 559 आगन्तुकहरू

जब भगवान्ले निर्वाण प्राप्तिपश्चात् विपश्यना साधनाको प्रचार गर्न प्रारम्भ गर्नुभयो तत्पश्चात् सत्य निर्वाण साधना प्राप्त गर्ने ध्येयले तत्कालीन भारत वर्षका विभिन्न स्थानबाट असङ्ख्य उच्च साधक, राजा, वेश्या, हत्यारादेखि साधारण मानिससम्म भगवान्को शरणमा आए । यसरी सत्य निर्वाण साधनाविधि प्राप्तिका लागि भगवान्को शरणमा आएका साधकमध्ये कोही अत्यन्त उच्चस्तरका साधक पनि थिए, जुन साधकले भगवान्का वचन सुन्दासुन्दै अरहंत अवस्था वा निर्वाणको स्थिति प्राप्त गरेका थिए ।

त्यस्तै अन्य कैँयौँ निम्न वा मध्यमस्तरका साधक पनि थिए, जसले दीर्घकालीन विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गरेका थिए । जब ती अनेक आध्यात्मिक स्थितिका साधकले विपश्यना साधनाबाट निर्वाण प्राप्त गरे उनीहरूले भगवान् र विपश्यना साधनाको अनुभूतिलाई मुक्त कण्ठ र आश्चर्यले भरिएका शब्दले प्रशंसा गरेका उदाहरण भगवान्को वचनहरूको सङ्ग्रह त्रिपिटकमा देख्न सकिन्छ । विपश्यनाका साधकलाई प्रेरणा प्राप्त होस् भन्ने उदेश्यले यस अध्यायमा ती साधकका साधारण परिचय र निर्वाणपश्चात् उनीहरूले भगवान् र विपश्यना साधनाका प्रशंसामा व्यक्त गरेका शब्दलाई तल राखिएको छ । जब जीवनमा कहीँल्यै साधना नगरेका वेश्या, हत्यारा, निम्नस्तरका मानिसले निर्वाण प्राप्त गर्छन् भने यस तथ्यले सत्य निर्वाण साधनाविधि प्राप्त भएको खण्डमा लगनशील भएर लाग्ने साधनकले निर्वाण प्राप्त गर्न सक्छन् भन्ने सत्यलाई पनि उदभासित गर्छ ।

ब्राह्मण ब्रह्मायु

एक सय वीस वर्षीय ब्राह्मण ब्रह्मायु वैदिक शास्त्रका विशिष्ट विद्वान हुन् । उनी आफ्नो सम्पूर्ण जीवन धर्मचर्चा, मोक्षचर्चा, मोक्षसाधना आदिमा अर्पण गर्दा पनि निर्वाण प्राप्त गर्न असमर्थ पुरुष हुन् । यिनी संसारमा सत्य निर्वाण साधना प्रदान गर्न समर्थ गुरु प्राप्त गर्न अत्यन्त दुर्लभ छ भन्ने तथ्य बुझेका मानिस हुन् । एक दिन यिनले भगवान् बुद्धको बारेमा सुन्दछन् । तर भगवान् बुद्ध सम्यक सम्बुद्ध हुनुहुन्छ भन्ने तथ्यमा विश्वास गर्न सक्दैनन् । यसैले ती ब्राह्मणले सर्वप्रथमभगवान् बुद्ध बत्तीस लक्षणले युक्त सम्यक सम्बुद्ध पुरुष हुन् कि होइनन् भन्ने बुझ्न आफ्ना वरिष्ठ शिष्यलाई भगवान् कहाँ पठाउँछन् । जब तिनले शिष्यमार्फत् भगवान् बत्तीस लक्षणले युक्र हुनुहुन्छ भन्ने सत्य थाहा पाउँछन् तब सत्यमोक्ष विद्या प्राप्त गर्न भगवान्को शरणमा जान्छन् ।

जब ब्राह्मण ब्रह्मायु सत्य निर्वाण साधनाविधि प्राप्त गर्न भगवान्को शरणमा आउँदछन्, भगवान्ले उनलाई धर्म उपदेश दिन प्रारम्भ गर्नुहुन्छ । भगवान् दानको उच्चता, शीलको महत्व, कामवासनाको दुष्परिणाम आदिका बारेमा व्याख्या गर्दै जानुुहुन्छ भगवान्का शब्दसँगै जीवनपर्यन्तको साधनाले उच्च आध्यात्मिक पात्रत्व विकास गरिसकेका ती ब्राह्मणमा धर्म संवेग उत्पन्न हुन थाल्दछ । उनमा भगवान्को वचनसँगै मृदचित्त, अनावरित चित्त, आल्हादित चित्त, प्रशन्न चित्त आदि उत्पन्न हुन पुग्दछ । जब भगवान्ले स्पष्ट देख्नुहुन्छ कि ब्राह्मणमा विपश्यना साधनाका लागि योग्य चित्त उत्पन्न भएको छ । तत्पश्चात् भगवान्ले ब्रह्मायु ब्राह्मणलाई विपश्यना साधनाको व्याख्या प्रारम्भ गर्नुहुन्छ । भगवान् काय र चित्तमा जेजे उत्पन्न हुन्छ त्यो सबै व्यय हुन्छ । काय र चित्तमा जेजे उत्पन्न हुन्छ त्यो व्यय हुन्छ आदि जस्ता विपश्यना साधनाका मूल साधना सूत्रहरूलाई पटकपटक दोहोर्‍याई रहनुहुन्छ । जब भगवान्ले विपश्यना साधनाका सूत्रहरूलाई दोहोर्‍याउँदै जानुहुन्छ, यी ब्राह्मण ब्रह्मायु पनि शनैःशनैः भगवान्का शब्दहरूसँगै तरङ्गित र प्रवाहित हुन थाल्दछन् । अन्ततः आन्तरिक रूपान्तरणलाई स्वअनुभूतिमा अनुभव गर्दै, धर्मलाई सिद्धान्तको रूपमा नभई स्वबोधमा अनुभव गर्दैै, धर्मको गङ्गामा डुब्दै हेर्दाहेर्दै अरहंत अवस्था प्राप्त गर्न सफल हुन्छन् । यसरी अरहंत स्थिति प्राप्तिपश्चात् जब उनी सदेह मुक्त हुन्छन्, तत्पश्चात आन्तरिक विकार नष्ट भएर स्वाधीन बनेका ती ब्राह्मणले भगवान् बुद्धप्रति हृदयदेखि नतमस्तक हुँदै भन्दछन्–

“अद्भूत छ गौतम । अद्भूत छ । अद्भूत छ शास्ता (गुरु) । यस विपश्यनाबाट कस्तो आश्चर्यजनक परिणाम प्राप्त भयो, मानौँ कि कसैले उल्टोलाई सीधा गरिदिएको छ । ढाकिएकोलाई उघारिदिएको छ । चक्षुयुक्त व्यक्तिले रूप, वस्तु आदि देखोस् भनी अन्धकारमा प्रज्वलित दीप राखिदिएको छ ।”

अचेल काश्यप

अचेल काश्यप एक नग्न सन्यासी हुन् । उनी सन्यासी देहलाई कठोर यातना दिएको खण्डमा इन्द्रिय र मन नियन्त्रणमा आई निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने मतका साधक हुन् । उनी भगवान्को कठोर देह तपस्यासँग अपरिचित छन् । उनलाई भगवान् कठोर देह तपस्यामा मृत्युको समीप पुग्दा पनि निर्वाण प्राप्त गर्न असमर्थ हुनुभएको थियो भन्ने कुुुरा थाहा छैन । उनी स्वयं पनि कठोर देह तपस्याबाट निर्वाण प्रप्त गर्न असमर्थ छन् तैपनि उनले भगवान्सँग मोक्ष प्राप्ति र कठोर देह तपस्याको पक्षमा लामो बहस गर्दछन् । भगवान्ले ती साधुलाई जुन कामका लागि भगवान्समक्ष आएका थिए त्यो कामको कुरा गर्न आग्रह गर्नुहुन्छ । अन्ततः ती साधु विपश्यना साधनाको विधि सुन्न तयार हुन्छ । भगवान्ले ती साधुलाई विपश्यना साधनाविधि प्रदान गर्नुहुन्छ । जब उनले भगवान्बाट विपश्यना साधना, चित्त शुद्धीमार्ग, निर्वाणप्राप्ति आदिका बारेमा सत्य देशना सुन्दछन् उनले भगवान्का बचनहरूमा छिपेका मर्महरू बुझ्दछन् । कठोर देह, इन्द्रिय निग्रहको व्यर्थता बुझ्दछन् । विपश्यनाबाट प्रभावित भएर उनी भन्दछन्—

“भगवानको धर्म (विपश्यना) सुनेर को प्रसन्न र सन्तुष्ट नहोला ? अहो ! भन्ते कस्तो राम्रो कुरा गर्नु भयो । भन्ते, कस्तो राम्रो कुरा गर्नुभयो ।”

महाराज पुष्करसाति

जब निर्वाणको प्रश्न उठ्छ आध्यात्मिक पात्रत्वका कारण संसारका प्रत्येक साधकको स्थिति पृथक छ । केही साधक यस्ता छन्, जसमा जन्म–जन्मान्तरदेखि विकास भइरहेको आध्यात्मिक पात्रत्वका कारण धर्म संवेग अत्यन्त सहजरूपमा उत्पन्न हुन्छ । जब त्यस्ता उच्चस्तरका साधकहरूले सत्यमोक्ष साधनाविधि प्राप्त गर्छन् उनीहरू अत्यन्त सहजतापूर्वक धर्म गङ्गाको मूल धारामा बग्न थाल्छन् । जब यस्ता साधक साधनाको धर्म धारामा बग्छन् उनीहरू फर्किन सक्दैनन् । उनीहरूले मोक्षमार्गको शाश्वत पक्षलाई प्राप्त गर्छन् । यस्तै प्रेरणादायी कथा छ गान्धा नरेश महाराज पुष्करसातिको ।

एकदिन राजा पुस्करसातिले यस धर्तीमा सम्यक सबुद्धको जन्म भएको छ भन्ने कुरा सुन्दछन् । बुद्ध ? मात्र यो एक शब्दले उनको हृदय तरङ्गित भई मनमा धर्म संवेग उत्पन्न हुन थाल्दछ । मात्र ‘बुद्ध’ शब्दको श्रवणले तिनको मनमा आध्यात्मिक तरङ्गको लहर प्रवाहित हुन थाल्दछ । जब उनले बुद्ध शब्द सुने स्वयं भगवान्लाई जस्तै राजा पुष्करसातिको मनमा पनि राजा रूपी सर्वोच्च पद, सम्मान, वैभव, भोग आदिप्रति गहन वैराग्यको भाव मनमा उठ्न थाल्दछ । अन्ततः उनले पनि यही गहन वैराग्य भावको धारामा संसारबाट विरक्तिएर परिव्राजकको जीवन ग्रहण गर्दछन् । यातायातको असुविधा भएको त्यो समयमा लामो कठिन पैदल यात्रा तय गरी भगवान् बुद्धलाई खोज्दै उहाँ विहार गर्नुभएको स्थानतर्फ लाग्दछन् । जब राजा पुष्करसाति यस यात्राक्रममा रात्रि विश्रामका लागि धर्मशालामा बस्दछन् जेतवनबाट राजगृहतर्फ आइरहनुभएका भगवान् पनि विश्रामका लागि त्यही धर्मशालामा पुग्नुहुन्छ तर राजा पुष्करसातिले भगवान्लाई चिन्न असमर्थ छन्् । रात्रिको अन्तिम प्रहरमा धर्मशालामा बास बसेका यात्रुहरूमाझ हुने वार्तालापमा जब भगवान्ले राजा पुष्करसातिको लामो पैदल यात्राको लक्ष्य सु्न्नुहुन्छ, वहाँले उनको मनको भावलाई बुझ्नुहुन्छ त्यही धर्मशालामा राजा पुष्करसातिलाई विपश्यना साधनाको देशना दिन प्रारम्ध गर्नुहुन्छ । भगवान्का शब्दसँगै राजा पुष्करसाति पनि विपश्यनाको धर्म गङ्गामा बग्दै जान्छन् । अन्ततः हेर्दाहेर्दै उनले पनि अनागामी स्थितिको अवस्था प्राप्त गर्दछन् । जब उनले विपश्यनाको धर्म देशना प्रदान गरिरहनुभएका भगवान्लाई चिन्दछन्, तब उनले भगवान्प्रति कृतज्ञता व्यक्त गर्दै भन्दछन्–

“अहो मलाई शास्ता (गुरु) प्राप्त भयो । अहो मलाई सुगत प्राप्त भयो । अहो मलाई सम्यक सम्बुद्ध प्राप्त भयो ।”
बिहान उज्यालो नहुँदै राजा पुष्करसातिको देहान्त भयो । यसरी मृत्युपूर्व भगवान्बाट विपश्यना साधनाविधि प्राप्त गरी उनले निर्वाण लाभ प्राप्त गरे ।

राजा तिस्स

राजा तिस्स पनि पृथक प्रकृतिका राजा हुन् । उनी राजवैभवको निस्सारता, सम्मानको व्यर्थता, सांसारिक भोगको मिथ्या, अहम्को पीडा आदिलाई बुझेका राजा हुन् । भगवान् बुद्ध जस्तै राजा पुस्करसाति पनि वैराग्यको तीव्र प्रवाहमा बग्दै निर्वाण खोजको उद्देश्यले प्रजवित जीवन ग्रहण गरी भगवान्को शरणमा जान्छन् । अन्य साधकले जस्तै उनले पनि भगवान्को सानिध्यमा बसी विपश्यना साधना प्रारम्भ गर्दछन् । स्वयंका जगत्प्रतिको गहन वैराग्य, जन्म–जन्मान्तरदेखि सङ्ग्रहित पारमिता, निर्वाणप्रतिको गहन प्यास आदिका कारण उनले पनि शीघ्रातिशीघ्र मुक्ति प्राप्त गर्दछन् । जब उनले विपश्यनाबाट निर्वाणको अवस्था प्राप्त गर्दछन्, तत्पश्चात भगवान्प्रति कृतज्ञता प्रकट गर्दै भन्दछन्–

“काँस र सुनको सुन्दर वहुमूल्य राजसी पात्रलाई त्यागेर मैले यो माटोको भिक्षापात्र ग्रहण गरेँ । निर्वाण प्राप्त गरेँ । मेरो दोस्रो अभिषेक भयो, मुक्तिको अभिषेक । राज्य अभिषेकभन्दा कैँयौँ गुना उत्तम छ यो मुक्तिको अभिषेक ।”

राजा भद्धिय

शाक्य संसदका सदस्यलाई राजा भन्ने पनि चलन थियो । भद्धिय शाक्यहरूको जनन्त्रीय संसदका एक राजा हुन् । निर्वाणप्रतिको गहन प्यासले भद्धिय यौवनकालमै प्रजवित भएका हुन्छन् । विपश्यना साधनाद्वारा यौवनकालमा नै यिनले अरहंत अवस्था प्राप्त गर्दछन् । जब यिनले अरहंत अवस्था प्राप्त गरेका थिएगर्दछन्, तत्पश्चात् निर्वाणको असाधारण सुख वा उर्जा प्रवाहलाई थेग्न नसकी र ‘ओहो सुखः’ ‘ओहो सुख’ का शब्दहरु उच्चारण गर्न थाल्दछन् । भगवान्को समयमा सांसारिक वृत्ति सघनरूपमा उपस्थित भएका कैँर्यौ भिक्षु धर्म सङ्घमा थिए । जब यी भिक्षुहरू राजा भद्धियलाई देख्थे उनीहरू भद्धियले दरबारको सुखलाई सम्झेर ओहो सुख । ओहो सुख ! भनिरहेका होलान् भन्ने ठान्थे । जब भगवान्लाई यो ज्ञात भयो र उहाँले भद्धियलाई भिक्षुहरूकै अगाडि उनले उच्चारण गरेका ओहो सुख ! ओहो सुख । शब्दको अर्थ सोध्नुभयो । तिनले निर्वाण सुखलाई तलका शब्दमा व्यक्त गरेका थिए–

“(दरबारको) पहराबीच सुरक्षित रहँदा पनि सँधै भयभीत, उद्धिग्न, सशङ्क र सन्त्रस्त रहन्थे । अब एक्लै वनमा रहँदा, वृक्ष तल रहँदा, शून्यागार रहँदा पनि भयरहित, अनुद्धिग्न, अशंक र असन्त्रस्त भएर अनुत्सुक, शान्त र पराइ दानमा सन्तुष्ट भएर विहार गर्दैछु । जीवनको यस अलौकिक स्थिति देखेर मेरो मुखबाट यी शब्द निस्किरहेका छन्– ओहो सुख ! ओहो सुख ।”

राजा महाकण्पिन

राजा महाकण्पिन पनि हृदयमा धर्म वा निर्वाणप्रति गहन श्रद्धा उपस्थित रहेका मेधावी राजा हुन् । एकदिन जब तिनी व्यापारका लागि श्रावस्तीमा आएका थिए । उनले पनि भवमुक्ति प्रदान गर्ने सत्य निर्वाण विद्या प्रदान गर्न सक्षम सम्यक सम्बुद्धको जन्म भएको खबर प्राप्त गरे । बुद्ध ? यो शब्दले नै तिनको हृदयमा पनि धर्म संवेग वा आध्यात्मिक तरङ्ग उत्पन्न हुन थाले । स्वयंमा बुद्ध शब्दका कारण फुटिरहेको यस सघन धर्म तरङ्गको प्रवाहमा बग्दै उनी पनि भगवान्को शरणमा गए । अन्ततः उनले पनि अन्य साधकले जस्तै भगवान्बाट विपश्यना धर्म देशना प्राप्त गरी अरहंत अवस्था प्राप्त गरे । विपश्यना साधनाद्वारा निर्वाण अनुभूति प्राप्त गरेपश्चात् स्वयंको जीवन अनुभूतिलाई व्यक्त गर्दै उनले भनेका थिए–

“धनहीन भएर पनि संप्रज्ञ व्यक्ति जीवन्त छ तर प्रज्ञाविहीन व्यक्ति धनवान् भएर पनि मृत छ ।”

चान्डाल सोपाक

सोपाक चान्डाल कुलमा जन्मिएका गरीब बालक हुन् । जब उनी चार महिनाका थिए पिताजीको देहान्त भयो । पिताजीको देहान्तपश्चात् क्रोधी काकाले उनको संरक्षणको जिम्मेवारी ग्रहण गरे । सोपाकका काका यति बढी क्रोधी र निष्ठुर थिए कि बालबालिकालाई स–साना कुरामा पनि अनेक प्रकरका कठोर यातना दिइरहन्थे । जब सोपाक सात वर्षका भए क्रूर काकाले क्रोधको आवेशमा आई रात्रिमा लाश खान आउने हिंस्रक जनावरले खाइदेओस् भन्ने हेतुले उनलाई श्मशानमा लगेर लाशसँगै बाँधेर छाडिदिए ।

असहाय र विवश बालक सोपान राति श्मशानमा बसेर रुन, कराउन, विलाप गर्न लागे, त्यही क्षण भगवान्को करुणापूर्ण नजर यी विवश, निर्दोष, क्रुर काकाद्वारा सताइएका बालकमा प¥यो । भगवान्ले यी बालकलाई धर्मको शरण दिनुभयो । सात वर्षकै उमेरमा सोपाकले विपश्यनाबाट अरहंत स्थिति प्राप्त गरे । जब तिनले अरहंत अवस्था प्राप्त गरी मुक्तावस्थामा पुगे त्यतिबेला उनको मुखबाट विपश्यना धर्मप्रतिको सम्मानमा व्यक्त भएका शब्द यस्ता थिए–

“जीवनको सात वर्षमा मैले धर्मको शरण लिएँ र अब यो अन्तिम देह धारण गरेको छु । ओहो हेर्नुहोस् त धर्मको यो गहनता, सुधर्मता ।”

भङ्गी सुनील

भङ्गी (सडक बढार्ने) परिवारमा जन्मिएका सुनील एक साधारण मानिस हुन् । एकदिन बिहान जब यिनी सडक सफा गरिरहेका थिए । भीक्षु सङ्घसँगैको शहर बाहिर प्रस्थान गर्न लाग्नुभएका भगवान्लाई देखे । जब उनले शान्त भावमा अगाडि बढिरहनुभएका भगवान्लाई देखे तब आदरपूर्वक प्रणाम गरे । भगवान् सर्वज्ञ हुनुहुन्थ्यो । उहाँ प्रत्येक मानिसमा छिपेका पारमिता वा आध्यात्मिक पात्रत्वलाई सहजै आकलन गर्न सक्नुहुन्थ्यो । भगवान्ले भङ्गीमा पूर्वजन्मका साधनाका कारण उच्च आध्यात्मिक पात्रत्व उपस्थित रहेको बोध गर्नुभयो र उसलाई धर्मको शरण दिनुुभयो ।

भगवान्द्वारा प्रदर्शित विपश्यनाको धर्म मार्गमा विचरण गरी उनले छोटो समयमा नै विपश्यना साधनाबाट अरहंत स्थिति मात्र नभई पूर्वजन्मको स्मरण, दिव्यचक्षु, आश्रवहीन पूर्ण मुक्तावस्था पनि प्राप्त गरे । जब यिनले अरहंत अवस्था र अनेक सिद्धि प्राप्त गरे तब उनको गहन साधनाबाट अत्यन्त प्रभावित भएर इन्द्र र ब्रह्मा आदि आफैँ आएर उनलाई अभिनन्दन गरे । यी सम्पूर्ण अनुभूतिलाई शब्दमा व्यक्त गर्दै भङ्गी सुनीलले भनेका थिए–

“रात्रिको समापन वा सूर्योदयको प्रथम घडीमा इन्द्र र ब्रह्मा आई अञ्जलीबद्ध भएर मेरो (विपश्यना साधनाको सफलताको) को वन्दना गर्दै भन्नुभयो– हे श्रेष्ठ पुरुष ! तपार्इँलाई नमस्कार छ । हे नरोत्तम ! तपाईंको आश्रव क्षीण भएको छ । हे मान्यवर ! तपाईं प्रणम्य हुनुहुन्छ, दाक्षिणेय हुनुहुन्छ ।’ मलाई यसरी देवमण्डलले घेरेर अभिनन्दन गरेको देखेर मुस्कुराएर भगवान्ले पनि भन्नुभयो– ‘तपबाट, ब्रह्मचर्यबाट, संयमबाट, र दमबाट ब्राह्मण भइन्छ । यही ब्राह्मण उत्तम छ ।”

गणिका अम्बपाली

अम्बपाली लिच्छवि गणराज्यकी सर्वक्षेष्ठ सुन्दर नारी हुन् । तिनी यति असाधारण सुन्दरी थिइन कि उनको सुन्दरताका कारण विभिन्न राज्यका राजकुमारहरूबीच उनलाई प्राप्त गर्न प्रतिस्पर्धा चल्न थाल्यो । सुन्दरताकै कारण लिच्छवि गणराज्यमा युद्ध प्रारम्भ हुने स्थिति वा सम्भावना जन्मियो । जब लिच्छवि गणराज्यमा तिनको सुन्दरताका कारण यस्तो विषम स्थितिको जन्म भयो सम्भावित युद्ध, झगडा, विग्रह समाप्त होस् भन्ने ध्येयले लिच्छवि राज्यका वृद्धहरूको सङ्घले उनी कसैको गृहबधू नबनी नगरबधू बन्नेछिन् भन्ने निर्णय गरे । अन्ततः लिच्छवि राज्यको निर्णयबाट यी असीम सुन्दरी गणिका वा वेश्या बन्न पुगिन् । जब यिनी राज्यको निर्णयका कारण नगरबधु बनिन् यी सुन्दरीको महलमा राजाहरू, राजकुमारहरू, राज्यका विशिष्ट व्यापारीहरूका चहलपहल बढ्न थाल्यो । हेर्दाहेर्दै अम्बपाली लिच्छवि गणराज्यकी वैभवशाली महिला बनिन् । सुन्दरता, भोग, वैभव आदि यिनको दैनिक जीवनको यथार्थ बन्यो तर यी असत सांसारिक वस्तुले उनको जीवनलाई शान्ति, सुख, आनन्द प्रदान गर्न सकेन । जब उनी आफ्नै जीवनबाट थाकिन् र पुत्रको प्रेरणाले भगवान्को शरणमा आइन् । अन्ततः विपश्यना साधनाबाट अरहंत बनिन् । समयको धारामा तिनको शारीरिक सुन्दरता समाप्त भएर स्वर्णजस्तै प्रदिप्त उनको देह वृद्धावस्थाले जर्जर भइसकेको थियो । देह भोग, देह सुन्दरताप्रति आशक्ति भएका मानिसलाई सचेत गर्दै उनले भनेकी थिइन्–

“स्वर्णफल समान चम्किलो मेरो यो देह पहिले कति शोभायमान थियो त्यही देह आज बुढ्यौलीका अनेक सङ्केतले भरिएको छ । देहप्रतिको आशक्ति मिथ्या हो भन्ने सत्यवादी भगवान् बुद्धका वचन कहीँल्यै मिथ्या हुँदैनन् ।”

अभय माता पद्मावती

लिच्छवि गणराज्यकी गणिका अम्बपाली जस्तै उज्जयिनकी सुन्दरी गणिका हुन् पद्मावती । गणिका अम्बपाली जस्तै सुन्दरता, वैभव, इन्द्रियभोग आदि यी सुन्दरी गणिकाको पनि जीवनको यथार्थता थिए । यी गणिकाले राजा विंविसारबाट अभय नाम गरेको एक पुत्र प्राप्त गरेकी थिइन् । पूर्वजन्मदेखि सङ्ग्रहित आध्यात्मिक पात्रत्वका कारण यिनका पुत्र अभयले यौवनकालमै परिब्राजक जीवन ग्रहण गरी धर्मको शरणमा गई विपश्यना साधनाबाट निर्वाण प्राप्त गरेका थिए । समयको प्रवाहबाट जब यिनको शारीरिक सुन्दरता नष्ट भएर गयो, जब यिनी पनि भोगवासना, वैभव, सुन्दरता आदि असत संसारको यात्राबाट आन्तरिक वा आध्यात्मिकरूपमा क्षतविक्षत भइन् र यिनी पनि पुत्रकै प्रेरणाबाट धर्मको शरणमा गइन् । अन्ततः विपश्यना साधनाबाट शुद्ध धर्मलाई बोध गरी अरहंत अवस्था प्राप्त गरिन् । तत्पश्चात् उनले आफ्नो वासना, जलन, रागयुक्त पूर्वजीवनलाई सम्झँदै भनेकी थिइन्–

“मेरो पुत्रले मलाई (विपश्यना) साधनाको जुन मार्ग देखायो । त्यो धर्म मार्गमा विहार गर्दा मेरो सम्पूर्ण राग नष्ट भयो । वासनाको जलन जरादेखि नै उखेलिएर गयो । आज निर्वाण प्राप्त गरेर शीतलीभूत भएकी छु । अद्भूत छ विपश्यनाको यो धर्म गङ्गा ।”

गणिका अड्ढकासी

सौन्दर्यकी साम्राज्ञी अड्ढकासी एक घनाढ्य परिवारकी छोरी थिइन् । आफ्नो रूपप्रति गर्व गर्ने अहंवादी अड्ढकासी समयको धारा प्रवाहमा बग्दै वेश्या हुन पुगिन् । भोग, वैभव, वासना, दैहिक सुन्दरता जस्ता असत वस्तुले तिनको आन्तरिक जीवनलाई गहिराइमा पुगेर नष्ट गरिदियो । अन्ततः यिनी पनि गणिकाको असत जीवनबाट थाकेर भगवान्को सत्य वचनमा प्रभावित भई उहाँको शरणमा आइन् र भिक्षुणी सङ्घमा प्रजवित हुन पुगिन् । पछि विपश्यना साधनाबाट अरहंत स्थिति प्राप्त गरी धर्म बोध गरिन् । आफ्नो पूर्वजीवनलाई सम्झँदै तिनि भन्दछिन्–

“भगवान्का वचनहरूबाट मलाई दैहिक सौन्र्दयप्रति निर्वेद (घृणा) उत्पन्न भयो, यही दैहिक घृणाबाट वैराग्य उत्पन्न भयो । अनि विपश्यना साधनाबाट जीवनको त्यस्तो चित्तशुद्धीको अवस्थामा पुगे, जहाँबाट संसारमा अब पुनर्जन्मै हुँदैन । मेरो जन्म जन्मान्तरको दौड छुटेको छ, भव भ्रमण छुटेको छ ।”

वेश्या विमला

विमला वैशाली राज्यकी एक गणिका हुन् । जब यौवनावस्था प्राप्त गरिन् उनले पनि आमाको दुःषित आजीविकालाई पछ्याइन् । उनी पनि अन्य गणिका जस्तै शारीरिक सौन्दर्य, दैहिक भोग, वैभव वासनाको मार्गमा विचरण गर्न थालिन् । उनी त्यस्तो जीवनमा प्रवेश गरिन्, जहाँ शारीरिक श्रृङ्गार, कृत्रिम मुस्कान, झुठो प्रेम आदि उपस्थित छन् । यसरी उनले बाह्यरूपमा सुन्दर तर गहिराइमा वासना, भय, अशान्ति, अस्थिरता आदि उपस्थित जीवनलाई प्राप्त गरेकी थिइन् । जब महामोग्गलानबाट धर्मको उपदेश सुनिन् तब धर्मतिर आर्कर्षित भइन् । अन्ततः प्रजवित जीवन ग्रहण गरी विपश्यना साधनाद्वारा निर्वाणको असीम शान्त महासागरमा प्रवेश गरिन्् । यतिबेला उनले पूर्वजीवन र वर्तमान जीवन अनुभूतिको सम्झना गर्दै भनेकी थिइन्–

“वेश्यागृहको द्वारमा खडा भएर शिकारीले जस्तै जाल फैलाउँथेँ । मानिसलाई फसाउनका लागि खिलखिलाएर हाँस्थे । नाना प्रकारका माया रच्थेँ । आज त्यही (गणिका) शिर मुँडाएर, चीवर ग्रहण गरेर भिक्षाचरण गर्दै छु । वृक्षको तल बसेर अवितर्क ध्यानको लाभ प्राप्त गर्दै छु । सम्पूर्ण आश्रव, विकारलाई नष्ट गरेकी छु । म निर्वाण प्राप्त हुँ । परम शान्त हुँ । शीतल हुँ ।”

सुमङ्गल माता

सुमङ्गल माता दरिद्र घरमा जन्मेकी थिइन् । दरिद्र घरकी पुत्री भएकाले उनले दरिद्र नै पति प्राप्त गरिन् । उनी जीवनको त्यस्तो परिवेशमा बाँचिन, जहाँ सर्वत्र दरिद्रता, अभाव, दुःख, निराशा, भय, व्याकुलता बाहेक केही थिएन । जीवनमा सुख के हो ? शान्ति के हो ? आनन्द के हो ? आदिको नामोनिशानसम्म उपस्थित थिएन । उनले आफ्नै पुत्र सुमङ्गलको प्रेरणाले विपश्यना ध्यानमा प्रवेश गरिन् र विपश्यना साधनाद्वारा आश्रवलाई नाश गरी इन्द्रियातीत क्षेत्रको त्यो परम अनुभूतिलाई प्राप्त गरिन, जहाँ परम सुख उपस्थित छ । विपश्यना साधनाद्वारा सम्पूर्ण दुःखबाट मुक्त भई सुखको अनुभूतिलाई प्राप्त गरेपछि उनले विपश्यना साधनाको प्रशंसा गर्दै भनेकी छिन्–

“ओहो, मुक्त भएँ । राम्रोसँग विमुक्त भएँ । ओहो, कति सुख छ । कति सुखले ध्यान गर्छु ।”

शुभा

शुभा राज्यगृहकी एक सुनारकी छोरी हुन् । शुभामा जन्म–जन्मान्तरदेखि पारमिता (आध्यात्मिक सम्पदा) सङ्ग्रह भएका छन् । एक दिन उनी भगवान्को धर्म देशना श्रवण गर्न पुगिन् त्यतिबेला तिनले भगवान्का वचनहरू श्रवण गर्दागर्दै स्वयंको मनमा धर्म संवेग उत्पन्न भएको अनुभूति प्राप्त गरिन् । र विपश्यना साधनाद्धारा छोटो समयमा नै सोतापन्न अवस्था प्राप्त गरिन् । विपश्यना साधनाको अनुभूतिका कारण उनले प्रजवित जीवन ग्रहण गरिन् । आफ्नी कन्याले पारिव्राजको जीवन ग्रहण गर्ने निर्णय गरेपछि परिवारका सदस्य असन्तुष्ट हुन पुगे ।

त्यसपछि परिवारका सदस्यहरूले उनलाई विवाह गरी गृहस्थी जीवन ग्रहण गर्न दबाब दिन थाले । शुभाको निर्णयले परिवारमा सङ्घर्षको स्थिति उत्पन्न हुन पुग्यो । विपश्यना धर्म गङ्गामा बगिरहेकी शुभाले परिवारले आफूलाई विवाह वा गृहस्थी जीवनमा धकेल्न लागेको देखेर उनले परिवारका सदस्यलाई प्रश्न गर्दै भनिन्–

“तपाईं भाइ बन्धु मसँग किन शत्रु जस्तो व्यवहार गर्नुहुन्छ ? किन मलाई काम भोगमा लगाउन चाहनुहुन्छ ? तपाईंहरूलाई थाहा छ कि मैले काम भोगको जीवनको भय (दुष्परिणाम) देखेर प्रजवित जीवन ग्रहण गरेकी हुँ । म काम भोगसँग युद्ध गर्ने शान्तिकी अभिलाषी हुँ ।’’ अन्ततः उनले शीघ्र नै सम्पूर्ण आश्रव विमुक्त भई परम शान्तिलाई प्राप्त गरिन् ।

तालपुट नाटककार

तालपुट भगवान्को समयका प्रसिद्ध नृत्यकार, अभिनेता, रङ्गमञ्च निर्देशक र निर्माता हुन् । उनी पाँच सय नृत्याङ्गनाको मण्डली लिएर नृत्य, नाटक आदि देखाउँदै तत्कालीन भारत वर्षका विभिन्न भागमा भ्रमण गर्थे । उनी नृत्याङ्गना युवतीहरूको उत्तेजित नृत्य, उत्तेजित सङ्गीत जस्ता रागपूर्ण कामभोग तृष्णा, अशान्तिको परिवेशमा बाचेका थिए । जब उनले भगवान्का वचन श्रवण गरे उनमा धर्मका भाव उत्पन्न हुन थाले । प्रतिपल कामभावले व्याकुल आफ्नो जीवनलाई देखेर उनले भनेका छन्–

“मैले कहिले फाटेको चीवर धारण गरेर, काषय वस्त्रधारण गरेर, ममत्व र कामनाबाट मुक्त भएर राग द्वेष र मोह हनन् गरी सुखपूर्वक वनमा गएर विहार गरुँला ?”

अङ्गुलीमाल

अङ्गुलीमाल एक हजार मानिस मार्ने प्रतिज्ञा गर्ने एक कुख्यात हत्यारा हुन् । जब उनी भगवान्को सम्पर्कमा आएका थिए त्यतिबेला ९९९ मानिसको हत्या गरिसकेका थिए । अब एउटा मानिसको मात्र हत्या गर्न बाँकी थियो । जब भगवान्ले अङ्गुलीमालका बारेमा सुन्नुभयो उहाँको मनमा जगत्कै घृणित हत्यारा अङ्गुलीमालप्रति करुणाका भाव उत्पन्न भए ।

तत्पश्चात् भगवान् त्यो घनघोर जङ्गल, जहाँ अङ्गुलीमाल लुकेका थिए त्यही मार्गमा विचरण गर्न प्रारम्भ गर्नुभयो । जब अङ्गुलीमालले भगवान्लाई देख्यो तब उहाँको हत्या गर्ने ध्येयले भगवान्लाई भेट्टाउन दौडियो । भगवान् सिद्धिबल प्राप्त पुरुष हुनुहुन्थ्यो । शान्तभावले एक सुनशान जङ्गलको पथमा हिँडिरहनुभएको थियो । सम्पूर्ण बल लगाएर दौडिँदा पनि अङ्गुलीमालले भगवान्लाई भेट्न सकिरहेको थिएन । जब अङ्गुलीमालले भगवान्लाई भेट्न सकेन तब उसले चिच्याउँदै भन्यो– ‘‘हे श्रवण ! तिमी त्यहीँ रोकिएर बस ।’’

भगवान् जीवनका सम्पूर्ण गति, खोज, दौड आदि समाप्त भएको महापुरुष हुनुहुन्थ्यो । निर्वाण प्राप्त भगवान्को जीवनमा तृष्णा निःशेष थियो । भगवान्ले साङ्केतिक भाषामा शान्त भएर अङ्गुलीमाललाई भन्नुभयो–

“अङ्गुलीमाल ! म रोकिएको छु । तिमी पनि रुक । तिमी स्थिर बन । तिमी प्राणीप्रति असंयत छौ । तिमी अस्थिर छौ । विचलित छौ ।”

अन्ततः इतिहासकै कुख्यात हत्यारा अङ्गुलीमाललाई भगवान्ले धर्मको शरण दिनुभयो । यस्ता क्रुर पुरुष पनि विपश्यना साधनाबाट विकार निरत सन्त वा आर्य बने । त्यसपछि अङ्गुलीमालले आफ्नो रूपान्तरित जीवनप्रति दृष्टि दिँदै भने–

“कोही कोही दण्डबाट, अङ्कुश वा चाबुकबाट दमन गर्छन् तर म बिनादण्ड, बिनाशस्त्र बुद्धद्वारा दमित छु । ओहो शास्ता (गुरु) प्रति अनुकम्पित छु । अब सुखसँग सुत्छु । सुखसँग उठ्छु । भार (जगत्माया) को सीमा बाहिरको सुखको जीवन बाँच्छु ।”

“सम्यक प्रकारले विभक्त धर्ममा मैले निर्वाण पाएँ । मेरा दुश्मन पनि धर्म कथा (विपश्यना) सुनुन्, मेरा दुश्मन पनि बुद्धको शिक्षा पालन गरुन्, मेरो दुश्मनले पनि त्यो सत पुरुषको सङ्गत गरुन्, जसले धर्म धारण गर्न प्रेरणा प्रदान गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 434 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 819 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 490 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 486 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1834 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 573 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 561 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 455 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 545 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 451 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 604 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 497 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 505 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 736 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 497 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 483 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 576 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 468 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 430 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 471 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 514 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 476 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 864 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 702 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 462 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 469 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 561 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 690 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 530 0
७.५ सम्यक समाधि साधना 1/11/2023 767 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 784 0
७.२ सम्यक वाणी साधना 1/11/2023 633 0
७.१ सम्यक कर्म साधना 1/11/2023 589 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 522 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 474 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 449 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 408 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 529 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 539 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 556 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 478 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 499 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 437 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 390 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 496 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 446 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 560 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 445 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 490 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 543 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 391 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 498 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 506 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 513 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 474 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 595 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2125 0