भगवानद्वारा धर्मचक्र प्रवर्तन गर्ने निर्णय- ३.४

भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट

0 टिप्पणीहरू 423 आगन्तुकहरू

यसरी भगवान् क्रमशः यात्रा गर्दै वाराणसी ऋषिपतन मृगदायमा आइपुग्नुभयो, जहाँ पञ्चवर्गीय भिक्षुहरू निर्वाण प्राप्तिका लागि साधनारत थिए । जब पञ्चवर्गीय भिक्षुहरूले भगवान्लाई आफूहरूतर्फ आइरहेको देखे तब उनीहरूलाई भगवान्को भोजन ग्रहण (भोग), साधना भ्रष्टता, स्वयंको व्यर्थ प्रतिक्षाका क्षणहरू, आफ्ना कुठाराघात भएका विश्वासका स्मृतिहरू सजिव भएर आए । साथै उनीहरूका मनमा भगवानप्रति रोषका भावनाहरू पनि सल्बलाए । उनीहरूले आपसमा के सल्लाह गरे भने बाहुलिक (धेरै भौतिक वस्तु सङ्ग्रह गर्ने व्यक्ति), साधना भ्रष्ट, बाहुल्यपरायण (भौतिक वस्तु सङ्ग्रहप्रति झुकेको वा परायण व्यक्ति), श्रवण गौतम हामीतर्फ आइरहेका छन् । हामीले उनलाई अभिवादन गर्नुहँुदैन । न उनको सत्कारका लागि नै उभिनु पर्छ न त उनको पात्र चीवर नै लिइदिनु पर्छ । मात्र आसन राखिदिनु पर्छ । इच्छा भए त्यही आसनमा बस्न सक्नेछन् ।

जतिजति भगवान् पञ्चवर्गीय भिक्षुहरूतर्फ जानुहुन्थ्यो त्यतित्यति भगवान्को सुन्दर रूप, सौन्दर्य, शुद्ध निर्मल चित्तका किरण फुटिरहेका दिप्त, स्वच्छ, आभापूर्ण, गुलाफी रङ्गको अनुहार, स्वतन्त्रतापूर्वक छोडिएका सुन्दर हातहरू, शान्त र आत्मविश्वासपूर्ण गति आदिलाई देखेर पञ्चवर्गीय भिक्षुहरू प्रभावित हुँदै गए । जब भगवान् नजिकै आइपुग्नुभयो तब दिव्य आध्यात्मिक आभायुक्त भगवान्को अगाडि उनीहरूका प्रतिज्ञा कमजोर हुँदै गयो । भगवान्को समग्र व्यक्तित्व बोलिरहेको थियो । उनीहरू भगवान्को आध्यात्मिक उर्जा अगाडि निस्तेज हुँदै गए र उनीहरूमध्ये एक भिक्षुले अगाडि सरेर भगवान्को पात्र–चीवरलाई समाले । अर्कोले आसनमा बसाले । अर्कोले पाउ धुनका लागि जल, पिर्का र मयल रगड्ने काठको लठ्ठी राखिदिए । भगवान्ले आसन ग्रहण गर्नुभयो ।

भगवान्लाई यसरी सम्मानपूर्वक आसन ग्रहण गराइसकेपछि पञ्चवर्गीय भिक्षुहरूले भगवान्लाई आबुस (आयुष्मान्) शब्दले सम्बोधन गरे । आबुस एक आदरार्थी शब्द थियो, जुन समान मित्रहरूमाझ प्रयोग गरिन्थ्यो । यस शब्दको गहिराइमा छिपेको भाव के थियो भने हामीहरू मित्र हौँ । अथवा तपार्ईँ हामी समानस्तरका मित्र हौँ । भगवान्को तीक्ष्ण दृष्टिमा पञ्चवर्गीय भिक्षुहरूको यस शब्दमा छिपेका भाव छिप्न सकेन । भगवान् संसारको मान सम्मानको तृष्णाबाट धेरैमाथि उठिसक्नुभएको थियो । मान, सम्मान आदि जस्ता संसारका मिथ्या बन्धनहरुले पूर्ण जागरुकतामा स्थित भगवान्लाई स्पर्शसम्म गर्न सक्दैनथ्यो ।

तर जब धर्म शिक्षा प्रदान गरिन्थ्यो, त्यो क्षणमा तब धर्म प्रदान गर्ने गुरुको स्थिति र शिष्य (साधक) को स्थिति समान भएमा धर्म ग्रहण गर्ने प्रक्रियामै प्रभाव पार्न सक्थ्यो । साधकको मनमा गुरुप्रतिको श्रद्धा अनुपस्थित हुन पुग्दा धर्म शिक्षाको ग्रहणशीलता ह्रास भएर जान्थ्यो । शिष्य शिक्षा ग्रहण गर्न असमर्थ रहन्थ्यो । यसैले भगवान्ले यस शब्दको विपक्षमा मत राख्दै भन्नुभयो– ‘भिक्षुहरू ! तथागत (बुद्धले आफैँलाई सम्बोधन गर्ने शब्द) लाई आबुस नामबाट सम्बोधन नगर । तथागत अरहत सम्यक सम्बुद्ध हुनुहुन्छ । यता कान (ध्यान) देऊ, मैले जुन अमृतलाई पाएको छु तिमीहरूलाई त्यो अमृत पद प्राप्त गर्ने धर्म शिक्षाको उपदेश दिन्छु । यदि मेरो उपदेशअनुसार आचरण गरेमा जसका लागि तिमी कुलपुत्रहरू घर त्यागेर सन्यासी भएका छौ त्यो अनुत्तम अमृत फल वा निर्वाण यही जन्ममा, शीघ्र र आफैँले जानेर साक्षात्कार गर्नेछौ ।’

फेरि भगवान्का शब्दहरूमा यी भिक्षु विश्वस्त हुन सकेनन् । उनीहरूमा अझै भगवान्को भोजन ग्रहणरूपी भोग, साधना भ्रष्टता, व्यर्थ प्रतिक्षा आदि स्मृति जीवित थिए । भगवान्का शब्दहरूको प्रत्युत्तरमा उनीहरूले भने– ‘आबुस गौतम ! त्यो साधना, त्यो धारणा, त्यो दुष्कर तपस्यामा पनि तपाईँले आर्य ज्ञान दर्शनको पाराकाष्ठा (निर्वाण) र उत्तम मनुष्य धर्म (दिव्य शक्ति) प्राप्त गर्न सक्नुभएन । फेरि अब बाहुलिक, साधना भ्रष्ट, बाहुल्य परायण तपाईँले कसरी आर्य ज्ञान दर्शनको पाराकाष्ठा, उत्तम मनुष्य धर्म प्राप्त गर्नुभयो ?’

भगवान्ले प्रत्युत्तर दिँदै भन्नुभयो– ‘भिक्षुहरू ! तथागत बाहुलिक हुनुहुन्न । न साधना भ्रष्ट हुनुहुन्छ । न बाहुल्य परायण नै हुनुहुन्छ । तथागत अरहत सम्यक सम्बुद्ध हुनुहुन्छ ।’ त्यसपछि भगवान्ले तिनै शब्द दोेहोर्‍याउँदै भन्नुभयो– ‘यता कान (ध्यान) देऊ । मैले जुन अमृतलाई पाएको छु । तिमीहरूलाई त्यो अमृत पद प्राप्त गर्ने धर्म शिक्षाको उपदेश दिन्छु । यदि मेरो उपदेशअनुसार आचरण गर्‍यौ भने जुन उद्देश्यका लागि तिमी कुलपुत्रहरू घर त्यागेर सन्यासी भएका छौ त्यो अनुत्तम अमृत फल वा निर्वाण यही जन्ममा शीघ्र र आफैँले जानेर साक्षात्कार गर्नेछौ ।’ फेरि पनि पञ्चवर्गीय भिक्षुहरूले तीन पटकसम्म भगवान्को बाहुलिकता, साधना भ्रष्टता, बाहुल्य परायणताका बारेमा प्रश्नह उठाइरहे, भगवान्को म सम्यक सम्बुद्ध हुँ, मैले अमृत पाएको छु, जसले मेरो उपदेशअनुसार आचरण गर्छ उसले यही जन्ममा नै निर्वाण प्राप्त गर्नेछ भन्ने उल्लिखित भनाइप्रति अविश्वास प्रकट गरिरहे ।

अन्ततः भगवान्ले ती पञ्चवर्गीय भिक्षुहरूलाई सोध्नुभयो– ‘हे भिक्षुहरू ! के मैले यसभन्दा अगाडि तिमीहरूलाई “मैले अमृतलाई पाएको छु”, “म सम्यक सम्बुद्ध हुँ”, “मेरो विद्यालाई विधिपूर्वक साधनामा उतारेको खण्डमा मोक्षलाई आफैँले जानेर साक्षात्कार गर्नेछौ भन्ने जस्ता कुरा कहिल्यै भनेको थिएँ र ?’

प्रष्ट थियो जबसम्म भगवान् आफैँलाई निर्वाण प्राप्त भएको थिएन, सत्य बोध भएको थिएन तबसम्म उहाँ साधनामा नै लीन हुनुहुन्थ्यो । कसैलाई पनि आफ्नो साधनाको चर्चासम्म पनि गर्नुभएको थिएन । कतै पनि गुरु बन्न वा गुरुत्व प्रदर्शन गर्ने प्रयास गर्नुभएको थिएन किनकि आफैँले अनुभूति नगरेको अप्रमाणिक मोक्ष विद्यालाई मोक्ष विद्या भनेर बाँड्नु आफैँमा अधर्म, असत्य, बेइमानी र धोका थियो । यो आफैँप्रतिको मात्र धोका थिएन आफूलाई विश्वास गर्ने असङ्ख्य शिष्यहरूका श्रद्धाप्रति पनि बेइमानी, धोका र कुठाराघात थियो ।

भगवान्ले मोक्ष प्राप्त गर्नुअघि कैँयौँ यस्ता गुरुत्वबाट प्राप्त हुने सम्मानका प्यासी गुरुहरूलाई भेट्नुभएको थियो, जो आफैँले प्रमाणित नगरेको साधनाविधिलाई सत्य मोक्ष साधनाविधिका रूपमा बाँडिरहेका थिए, जसका कारण असङ्ख्य साधक साधना सङ्घर्षमा फसिरहेका थिए । मानसिक, शारीरिक, आध्यात्मिकरूपमा विक्षिप्त, मलीन र कमजोर बनेका थिए । मोक्षबाट झन्झन् टाढा पुगिरहेका थिए । भगवान्लाई असत्य साधनाविधिमा साधकले शारीरिक र मानसिक परिणाम प्राप्त गर्छ भन्ने तथ्यको अनुभव प्राप्त थियो ।

भगवान् सत्यवादी हुनुहुन्थ्यो । झुठो गुरुत्वको मोह उहाँको जीवनमा अनुपस्थित थियो । यो तथ्यसँग पञ्चवर्गीय भिक्षुहरू पनि परिचित थिए । त्यसैले पञ्चवर्गीय भिक्षुहरूले सामूहिक स्वरमा भने– ‘भन्ते ! तपाईँले यस अगाडि कहिल्यै मैले अमृतलाई पाएको छु, म सम्यक सम्बुद्ध हुँ आदि कुरा गर्नुभएको थिएन । यस्तो दावी पनि गर्नुभएको थिएन ।’ यति भन्दै पञ्वर्गीय भिक्षुहरूले भगवान्का शब्दहरूमा विश्वास गरे, उहाँबाट धर्म उपदेश सुन्न तयार भए र धर्म उपदेश सुन्न भगवान्को वरिपरि बसे । अनि भगवान्ले पञ्चवर्गीय भिक्षुहरूलाई प्रथम धर्म उपदेश दिनुभयो, जुन धर्म चक्र प्रवर्तनको नामले विश्व प्रसिद्ध छ ।

यो प्रथम धर्म उपदेशको क्षणदेखि भगवान्को महानिर्वाणको अन्तिम क्षणसम्म झण्डै पैतालीस वर्ष संसारमा सतत धर्म प्रवर्तनको चक्र चलाइरहनुभयो, धर्म, ईश्वर, गुरु, दर्शन आदिमा आधारिक सम्प्रदायहरूले बाँडिरहेका अपूर्ण, असत्य, भ्रामक, मिथ्या निर्वाण साधनाविधिलाई चिर्दै सत्य निर्वाण साधनाविधिको प्रचार गरिरहनुभयो । संसारको एकमात्र सत्य मोक्ष साधनाविधिलाई प्रचार गरिरहनुभयो । निर्वाण साधनाको अँध्यारो असत्य संसारमा सत्यको आलोक जगाइराख्नुभयो ।

मोक्ष साधनाको सूक्ष्म मार्गलाई पहिल्याउन नसकी साधना सङ्घर्षमा फसिरहेका असङ्ख्य मोक्ष प्यासी साधकले भगवान् बुद्धको समयमा र त्यसपछिको समयमा पनि यही साधनाविधि (विपश्यना) द्वारा सत्य निर्वाण मार्ग पहिल्याएर मोक्ष प्राप्त गरे । वर्तमान समयमा पनि असङ्ख्य साधक, जो मोक्षका प्यासी हुनुहुन्छ, साधनामा सङ्घर्षरत हुनुहुन्छ, मोक्षको सूक्ष्म साधनामार्ग पहिल्याउन असमर्थ हुनुहुन्छ, भगवान् बुद्धले प्रवर्तन गर्नुभएको यस धर्म विद्याले अवश्य धर्मको मार्ग प्रदर्शन गर्ने छ, धर्म चक्षु जगाउनेछ । प्रमाणिकरूपमै निर्वाणरूपी अमृतमय जीवन स्थितिलाई प्राप्त गर्न सक्षम गराउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 449 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 478 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 402 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 371 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 363 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 949 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 384 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 411 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 443 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 502 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 657 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 490 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 553 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 392 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 559 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 433 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 407 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 366 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 397 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 437 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 353 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 424 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 367 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 392 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 456 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 488 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 433 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 524 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 533 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 569 0