धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा

0 टिप्पणीहरू 504 आगन्तुकहरू

आठ अङ्ग वा साधनाविधिको संयोजनबाट निर्मित आर्य अष्टाङ्गमार्ग साधनाको व्याख्या गर्दा सर्वप्रथम प्रश्न उठ्छ कि आखीर आर्य अष्टाङ्गमार्ग साधनाका आठ अङ्ग वा साधनाहरू केके हुन् ?भगवान्ले धर्मचक्र प्रवर्तन सुत्तमा यी आर्य अष्टाङ्गमार्गलाई विस्तृत व्याख्या गर्नुभएको छैन तर महासतिपद्वान सुत्तमा भने आर्य अष्टाङ्गमार्ग साधनाको प्रत्येक अङ्गको गहन व्याख्या गर्नुभएको छ । भगवान्ले विकास गर्नुभएको आर्य अष्टाङ्ग मार्गका आठ साधनाहरू निम्न प्रकारका छन्–

१) सम्यक वाणी
२) सम्यक कर्म
३) सम्यक आजिविका
४) सम्यक स्मृति
५) सम्यक समाधि
६) सम्यक व्यायाम
७) सम्यक सङ्कल्प
८) सम्यक दृष्टि

सम्यक वाणी

“कतमा च, भिक्खवे, सम्मावाचा ? मुसावादा वेरमणी, पिसुणाय वाचाय वेरमणी, फरुसाय वाचाय वेरमणी, सम्फप्पलामा वेरमणी । अयं वुच्चति, भिक्खवे, सम्मावाचा ।”

अर्थात् हे भिक्षुहरू ! के हो ? सम्यक वचन ? झुठो बोल्नुबाट विरत रहनु, चुक्ली लगाउनुबाट विरत रहनु, कठोर वचन बोल्नुबाट विरत रहनु, बकवास वा व्यर्थ कुराबाट विरत रहनु । भिक्षुहरु ! यसैलाई सम्यक वचन भनिन्छ ।
झुठो नबोल्नु, कसैको चुक्ली नलगाउनु, कटुवचन नबोल्नु, व्यर्थ वचन नबोल्नु जस्ता वाणीको शुद्धता वा पवित्रता नै सम्यक वाणी साधना हुन् तर माथिका चार उदाहरणले मात्र सम्यक वाणीलाई पूर्णरूपमा परिभाषित गर्न सक्दैन । कुनै पनि वाणी त्यस अवस्थामा मात्र सम्यक बन्न सक्छ जब त्यो वाणी शुद्ध हुन्छ वा जब त्यो वाणी राग र द्वेष निरत हुन्छ । कसैप्रति मोहित भएर बोलिएका छन् भने प्रिय वचन पनि सम्यक वाणी हुन सक्दैन ।

सम्यक वाणी आफैँमा एक साधना हो । जब साधक विपश्यना वा अष्टाङ्गमार्गको साधनामा प्रवेश गर्छ तब उसले वाणीमा साधना गर्छ । उसले पञ्चशीलमध्येको एक शील झुठो नबोल्ने प्रतिज्ञा गर्छ । त्यसपछि पनि प्रतिक्षण ऊ आफ्ना प्रत्येक वचन वा शब्दहरूप्रति जागरुक बन्छ, होशपूर्ण बन्छ । कतै मेरा वचन रागपूर्ण र द्वेषपूर्ण त भइरहेको छैन ? बोल्दाबोल्दै कतै रागपूर्ण वा द्वेषपूर्ण भई बहकिइरहेको त छैन ? आदि कुरामा सचेत रहन्छ ।

वचनमा राग द्वेष वा अशुद्धताको मूल कारण मनमा छिपेका लोभ, मोह, इष्र्या जस्ता नकारात्मक विचार वा विकार नै हुन् । विपश्यना ध्यानमा जब साधकले संवेदनाहरूप्रति समभावी बनेर विकारको जरो उखेल्ने कार्य गर्छ तब शनैःशनैः ती विकार क्षय हुँदै जान्छन् । जतिजति विकार क्षय हुँदै जान्छन् त्यतित्यति विकार क्षयसँगै साधकको वाणी शुद्ध हुँदै जान्छ, सम्यक हुँदै जान्छ । झुठो बोल्ने, चुक्ली लगाउने, कटुवचन बोल्ने जस्ता कार्यबाट साधक बिस्तारै टाढा हुँदै जान्छ ।

बुद्ध साहित्यमा भनिएको छ कि आर्य (सन्त) मार्गको पहिलो सोतापन्न अवस्थामा साधकको झुठो बोल्ने वृत्ति नष्ट हुन्छ । अनागामी अवस्थामा कटुवचन, चुक्ली वचन बोल्ने स्वभावहरू नष्ट हुन्छ । जब विपश्यनाद्वारा चित्तका सम्पूर्ण विकार नष्ट हुन्छन् वा साधकले अरहंत अवस्था प्राप्त गर्छ तब उसबाट व्यर्थ शब्द कहिल्यै निस्किँदैनन् । उसले जे बोल्छ त्यो सत्य, शुद्ध, सम्यक वचन हुन पुग्छ । जागरुकताको उच्च तहबाट प्रकट भएका शब्द भएकाले ती शब्द सारपूर्ण, गहन र गम्भीर प्रकृतिका हुन्छन् । ती वचन पूर्णरूपमा राग र द्वेष निरत भएकाले अत्यन्त प्रभावकारी हुन्छन् । बुद्धका प्रत्येक वचन वा शब्दमा वचन वा शब्दको सम्यक स्थिति स्पष्टरूपमा देख्न सकिन्छ ।

सम्यक कर्म

“कतमो च, भिक्खवे, सम्माकम्मन्तो ? पाणतिपाता वेरमणी, अदिन्नादाना वेरमणी, कामेसुमिन्छाचारा वेरमणी । अयं वुच्चति, भिक्खवे, सम्माकम्मन्तो ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक कर्म ? प्राणी हिंसाबाट विरत रहनु, चोरीबाट विरत रहनु, व्यभिचारबाट विरत रहनु । भिक्षुहरू ! यसैलाई सम्यक कर्म भनिन्छ । सम्यक कर्म अर्थात् शुद्ध कर्म ।

कर्म त्यस्तो क्षणमा मात्र सम्यक हुन्छ जब कर्ममा राग वा द्वेष उपस्थित हुँदैन । अर्थात् जब कर्मले चित्तमा कुनै प्रकारका विकार सृजना गर्दैन । सम्यक कर्म साधनामा मूलतः चोरी नगर्नु, प्राणी हिंसा नगर्नु, मादक पदार्थ सेवन नगर्नु, व्यभिचार नगर्नुलाई लिइएको छ । सम्यक कर्म साधनामा जीवनमा निस्कृष्ट विकार प्रवेश गराउने असम्यक वा अशुद्ध कर्मलाई बाह्य रूपमै निषेध गरिएको छ ।

जब यस्ता निकृष्ट कर्म बाह्यरूपमै निषेध हुन पुग्छन् तब साधक धेरै हदसम्म स्वतः शुद्ध वा पवित्र हुन पुग्छ । सम्यक कर्म स्वयंमा साधना हो । जब साधक आर्य आष्टाङ्ग वा विपश्यना साधनामा प्रवेश गर्छ तब उसले पञ्चशील ग्रहण गर्छ । पञ्चशीलका पाँच शीलमध्ये चोरी नगर्ने, प्राणी हत्या नगर्ने, व्यभिचार नगर्ने आदि तीन शील सम्यक कर्मबाटै आएका हुन्छन् । यसरी सम्यक कर्मले आर्य अष्टाङ्गमार्ग वा विपश्यना साधनामा प्रवेश गरेको छ ।

कर्मको प्रारम्भ विन्दु भनेको विचार हो । विचारको स्रोत जन्म–जन्मान्तरदेखि मनमा सङ्ग्रह भएका संस्कार वा विकार नै हुन् । मानिसको मनमा जुन प्रकृतिका विकार (संवेदना भोग गर्ने स्वभाव) सङ्ग्रह भएका छन् त्यस्तै प्रकृतिका विचार उत्पन्न हुन्छन् । सर्वप्रथम कर्म विचारको रूपमा प्रकट हुन्छ । तत्पश्चात् वाणीकर्म र देहकर्मको रूपमा प्रकट हुन्छ । यसैले विपश्यना साधनामा बाह्यरूपमा शील ग्रहण मात्र नगरी आन्तरिकरूपमा पनि मनमा उत्पन्न हुने विचार (विचारकर्ममा छिपेको रागद्वेष) प्रति जागरुक र संप्रज्ञानी बनी कर्ममा सम्यक साधना गरिन्छ । गीतामा भगवान् कृष्णले व्याख्या गर्नुभएको कर्मयोग साधना पनि यही हो । कर्मयोगको अर्थ पनि बाह्यरूपमा वाणी वा देहमा घटित हुनुपूर्व मनमा उत्पन्न हुने विचार (विचारकर्म) मा छिपेको राग र द्वेष भावमा समबुद्धियुक्त हुनु नै हो ।

सम्यक आजिविका

“कतमो च, भिक्खवे, सम्माआजीवो ? इध, भिक्खवे, अरियसावको मिच्छाआजीवं पहाय सम्माआजीवेन जीवितं कप्पेति । अयं वुच्चति, भिक्खवे, सम्माआजीवो ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक आजिविका ? यहाँ भिक्षुहरू ! आर्यश्रावक मिथ्या आजिविकालाई छाडेर सम्यक आजिविकाबाट जीवन यापन गरिन्छ ।

प्रत्येक व्यक्तिले बाँच्नका लागि वा जीविकोपार्जनका लागि कुनै न कुनै प्रकारको आजिविका वा पेशा अपनाउनुपर्छ तर जब सम्यक आजिविका भनिन्छ तब यसले त्यस्तो पेशा वा व्यवसायलाई जनाउँछ, जहाँ कुनै पनि प्राणी वा मनुष्यलाई कुनै पनि प्रकारको हानि नोक्सानी पु¥याउँदैन । सम्यक आजिविकामा भगवान् बुद्धले मिथ्या आजिविकाको रूपमा उल्लेख गर्नुभएका कार्यहरू जस्तैः अन्य व्यक्तिका बारेमा बढाइचढाइ गरेर कुरा गर्नु, स्वलाभको मात्र खोजी गर्नु जस्ता कार्यबाट पनि साधक निरत रहन्छ । सम्यक आजिविकाको एक अनिवार्य शर्त हो पेशा वा व्यवसायमा साधकको न राग, न द्वेषपूर्ण स्थिति अर्थात् समस्थिति । सम्यक आजिविकामा साधकले जिविकोपार्जनका लागि जुन आजिविका ग्रहण गर्छ त्यस आजिविकाले साधकको चित्तमा राग वा द्वेषका विकारलाई सृजना र विस्तार गर्दैन । यदि साधकले अप्नाएको पेशा, व्यवसायले साधकको चित्तमा विकारहरू उत्पति र विस्तार गरिरहेको छ भने त्यस्तो पेशा, व्यवसाय आदिलाई सम्यक आजिविका मानिँदैन ।

सम्यक स्मृति

“कतमा च, भिक्खवे, सम्मासति ? इध, भिक्खवे, भिक्खु काये कायानुपस्सी विहरति आतापी सम्पजानो सतिमा विनेथ्यल लोके अभिज्झादोमनस्सं; वेदनासु वेदनानुपस्सी विहरति आतापी सम्पजानो सतिमा विनेथ्य लोके अभिज्झादोमनस्सं; चित्तेचित्तानुपस्सी विहरति आतापी सम्पजानो सतिमा विनेथ्य लोके अभिज्झादोमनस्सं; धमेसु धमानुपस्सी विहरति आतापी सम्पजानो सतिमा विनेथ्य लोके अभिज्झादोमनस्सं । अयं वुच्चति, भिक्खवे सम्मासति ।”

अर्थात् हे भिक्षुहरू हो ! के हो ? सम्यक स्मृति ? यहाँ भिक्षुहरू ! कोही भिक्षु (कायरूपी) लोकमा राग, द्वेषलाई हटाएर श्रमशील, स्मृतिवान्, संप्रज्ञानी भएर कायमा कायानुपश्यी भएर विहार गर्छ । (कायरूपी) लोकमा राग र द्वेषलाई हटाएर श्रमशील, स्मृतिवान्, संप्रज्ञानी भएर वेदनामा वेदनानुपश्यी भएर विहार गर्छ । (कायरूपी) लोकमा राग र द्वेषलाई हटाएर श्रमशील, स्मृतिवान्, संप्रज्ञानी भएर चित्तमा चित्तानुपश्यी भएर विहार गर्छ । (कायरूपी) लोकमा राग र द्वेषलाई हटाएर श्रमशील, स्मृतिवान्, संप्रज्ञानी भएर धर्ममा धर्मानुपश्यी भएर विहार गर्छ ।

समयको धारामा शब्दका अर्थहरू परिवर्तन हुन्छन् । भगवान्को समयमा स्मृति वा सतिको अर्थ हुन्थ्यो जागरुकता । वर्तमान क्षणप्रतिको जागरुकता नै स्मृति हो । सम्यक स्मृति अष्टाङ्गमार्ग साधनाको अत्यन्त महत्वपूर्ण साधना हो । भगवान्ले साधकहरूलाई बारम्बार सतत आतापी, स्मृतिवान्, प्रज्ञावान् बन्न जोड दिनुभएको तथ्यबाट पनि सम्यक स्मृतिको महत्व स्पष्ट हुन्छ ।

विपश्यना साधनामा साधनाको प्रारम्भ नै सम्यक स्मृति (जागरुकता) बाट प्रारम्भ हुन्छ । आनापान वा श्वासप्रश्वास प्रक्रियाप्रति जागरुकताबाट प्रारम्भ हुन्छ । साधनाका केही दिनपश्चात् जब साधकमा श्वासप्रति जागरुक भइरहने क्षमता विकास हुन जान्छ तब त्यस स्थितिपश्चात् साधकले देह र चित्तको क्षेत्रमा उत्पन्न भइरहने अनेक प्रकारका सुखद वा दुखद संवेदनाप्रति जागरुक हुन प्रारम्भ गर्छ ।

विपश्यना साधनामा देह र चित्तका क्षेत्रमा उत्पन्न भएका संवेदनाप्रतिको स्मृति (जागरुकता) ले मात्र साधक निर्वाण प्राप्त गर्न असमर्थ रहन्छ किनकि जागरुकताले चित्तलाई एकाग्र त गर्छ तर जन्म–जन्मान्तरदेखि चित्तमा सङ्ग्रह भएका विकारको जरा काट्न सक्दैन । भगवान् बुद्धले ध्यानको आठौँ स्थितिको तह प्राप्त गरेर पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुमा मूलतः ध्यान साधनामा जागरुकता उपस्थित रहनु तर संप्र्रज्ञान पक्ष अनुपस्थित रहनु नै थियो ।
यसैले निर्वाण साधनामा सम्यक स्मृतिसँगै संप्रज्ञान (संवेदनाहरूको सतत उदय र व्यय बोध अनुभूति) जोडिन अत्यन्त आवश्यक छ । जब स्मृतिसँग संप्रज्ञान जोडिन्छ तब त्यो स्मृति सम्यक स्मृति बन्छ । सम्यक स्मृतिले मात्र चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रह भएका विकारलाई जरैदेखि उखेलेर चित्तलाई पूर्णरूपमा शुद्ध गर्छ । भगवान् भन्नुुहुन्छ कि सम्यक स्मृति साधनामा साधकले काय र चित्तका क्षेत्रमा उत्पन्न हुने संवेदनाप्रति रागद्वेष हटाएर कायानुपश्यी, वेदनानुपश्यी, चित्तानुपश्यी र धर्मानुपश्यी भएर विहार गर्छ ।

सम्यक समाधि

“कतमो च, भिक्खवे, सम्मासमाधि ? इध, भिक्खवे, भिक्खु विविच्चेव कामेहि विविच्च अकुसलेहि धम्मेहि सवितक्कं सविचारं विवेकजं पीतिसुखं पठमं झानं उपसम्पज्ज विहरति । वितक्कविचारानं वूपसमा अज्झत्तं सम्पसादनं चेतसो एकोदिभावं अवितक्कं अविचारं समाधिजं पीतिसुखं दुतियं झानं उपसम्पज्ज विहरति । पीतिया च विरागा उपेक्खको च विहरति, सतो च सम्पजानो, सुखञ्च कायेन पटिसंवेदेति, यं तं अरिया आचिक्खन्ति ‘उपेक्खको सतिमा सुखविहारी’ति ततियं झानं उपसम्पज्ज विहरति । सुखस्स च पहाना दुक्खस्स च पहाना पुब्बेव सोमनस्सदोमनस्सानं अत्थङ्गमा अदुक्खमसुखं उपेक्खासतिपारिसुद्धिं चतुत्थं झानं उपसम्पज्ज विहरति अयं वुच्चति, भिक्खवे, सम्मासमाधि ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक समाधि ? यहाँ (कोही) भिक्षु काम (कामना) बाट अलग भएर, अकुशल धर्मबाट अलग भएर, विवेकबाट उत्पन्न स–वितर्क र स–विचार प्रिति र सुखपूर्ण प्रथम ध्यानलाई प्राप्त गरेर विहार गर्छ ।
त्यस्तै वितर्क र विचार शान्त भएपछि शान्त र चित्त एकाग्रतापूर्ण वितर्करहित विचाररहित प्रिति सुखयुक्त द्वितीय ध्यानलाई प्राप्त गरेर विहार गर्छ । त्यस्तै प्रितिबाट विरक्त भएर, उपेक्षक बनेर स्मृति र संप्रज्ञानले युक्त भएर शरीरमा सुखको अनुभव गर्छ, जसलाई आर्य उपेक्षक स्मृतिवान् सुख विहारी भनिन्छ । त्यस तृतीय ध्यानलाई प्राप्त गरेर विहार गर्छ । त्यसैगरी सुख र दुःखको परित्यागबाट सौमनष्य (चित्त उल्लास) र दौर्मनष्य (चित्त सन्ताप) समाप्त हुन जाँदा सुख र दुखरहित, जसमा उपेक्षाको कारण स्मृति शुद्धि हुन्छ, त्यस्तो चतुर्थ ध्यानलाई प्राप्त गरेर विहार गर्छ । भिक्षुहरू ! यसैलाई सम्यक समाधि भनिन्छ ।

समाधिको अर्थ हो चित्तको एकाग्रता । ध्यानको क्षेत्रमा समाधि लोकप्रिय शब्द हो । समाधि वा चित्तको एकाग्रता ईश्वर, गुरु, दृश्य, शब्द, ध्वनि, मन्त्र, श्वास जस्ता आलम्बन (आधार) द्वारा पनि प्राप्त गर्न सकिन्छ तर चित्तको एकाग्रता मात्र सम्यक समाधि होइन । यदि कुनै बाह्य आलम्बनलाई ग्रहण गरेर मनमा राग वा द्वेषको भावना उत्पत्ति भइरहेको छ भने त्यस्तो समाधिलार्ई सम्यक समाधि मान्न सकिन्न ।

यसैले आर्य आष्टाङ्गमार्ग साधनामा जब सम्यक समाधि भनिन्छ, तब यस शब्दले चित्तको त्यस्तो स्थितिलाई बुझाउँछ, जुन क्षण चित्त एकाग्र र आलम्बनप्रति न राग न द्वेषको स्थितिमा रहन्छ । आर्य आष्टाङ्गमार्ग साधनामा जब श्वासलाई राग, द्वेष रहित भएर शुद्धरूपमा अवलोकन गरिन्छ, जब यो ध्यान साधना प्रक्रियामा ध्यान गहिरिँदै गएर चित्त एकाग्र भई न राग न द्वेषको जागरुक स्थितिमा रहन्छ तब यस्तो स्थितिलाई सम्यक समाधि भनिन्छ । आर्य अष्टाङ्गमार्ग साधनामा साधकले सम्यक समाधि अन्तर्गत ध्यानका चार निम्नलिखित अवस्था प्राप्त गर्छ ।

प्रथम ध्यान (वितर्क, विचार, प्रीति, सुख, एकाग्रता वा समाधि)

सम्यक समाधि साधनामा प्रथम ध्यानस्थिति त्यस्तो स्थिति हो, जुन स्थितिमा साधकमा वितर्क, विचार, प्रिति, सुख र समाधिका अङ्ग शेष रहन्छन् । प्रथम ध्यानको स्थितिमा साधकको मनमा कामना (मूलतः कामवासना) सम्बन्धी मनमा उठिरहने विचारहरू शनैःशनैः उठ्न छाड्छन् । साधकमा राग र द्वेषरूप विकार उत्पन्न गर्ने अकुशल धर्महरू पनि टाढा हुँदै जान्छन् । यस्तो स्थितिमा साधकमा प्रिति प्रमोद (साधनाको कारण मनमा जन्मने गहिरो सुखानुभूति) र सुख (देहको सुखद अनुभूति) तथा एकाग्रता वा समाधिको स्थिति उत्पन्न हुन्छ तर यस प्रथम ध्यानको स्थितिमा साधकको मनमा अझै अनेक प्रकारका विचार, तर्कवितर्क उठिरहन्छन् । तथापि यी विचार वा वितर्कहरू कामवासना तथा निकृष्ट कामनाहरूसँग जोडिएका हुँदैनन् ।

द्वितीय ध्यान (प्रिति, सुख, एकाग्रता वा समाधि)

जब ध्यानको साधना विस्तार हुँदै जान्छ जब साधक ध्यान साधनाको गहिराइतर्फ बढ्दै जान्छ त्यस्तो स्थितिमा साधकले सम्यक समाधि साधनाको द्वितीय ध्यानको स्थिति प्राप्त गर्छ । द्वितीय ध्यानको यस स्थितिमा साधकको मनमा उठ्ने अनेक प्रकारका वितर्क र विचार पनि क्रमशः क्षय हुँदै गई अन्ततः विचार र विर्तक उत्पन्न हुने प्रक्रिया नै समाप्त हुन्छ । साधनाका कारण यसरी मनमा तर्क, वितर्क र विचारहरू समाप्त हुँदा साधकको मनमा प्रिति प्रमोद (साधनाकालमा मनमा उत्पन्न हुने शान्ति र आनन्दका लहरहरू) र देहसुखका अनुभूतिहरू झन्झन् विस्तार हुन थाल्छन् । अथवा द्वितीय ध्यानको स्थितिमा साधकको विचार, वितर्क नष्ट भई मनमा प्रिति, देहमा सुख र समाधिका स्थिति शेष रहन्छन् ।

तृतीय ध्यान (सुख, एकाग्रता वा समाधि)

जब साधकले साधनालाई निरन्तरता दिइरहन्छ तब यस्तो अवस्थामा साधना गहिरिँदै जाँदा साधकको मनमा उत्पन्न भएका प्रिति प्रमोदका लहरहरू पनि शनैःशनैः बिलाउँदै जान्छन् । तृतीय ध्यानको यस्तो स्थितिमा साधकको मनका प्रिति प्रमोदकोे अनुभूतिहरू लुप्त हुँदै गए पनि साधकमा अझै देहसुख र समाधिको अनुभूति शेष रहिरहन्छ । यसरी देहसुख र समाधि (वा मात्र दुई अङ्गह) शेष रहने यस द्वितीय ध्यानको स्थितिमा साधक उपेक्षक, स्मृतिवान् र सुख विहारी स्थितिमा रहन्छ । स्मरणरहोस् यो तृतीय ध्यानको सुख विहार अवस्था सुखद संवेदनाहरूका भोगबाट प्राप्त हुने सुख विहार होइन । अपितु उपेक्षा वा समभावबाट उत्पन्न हुने सुख विहार हो । तृतीय ध्यानको स्थितिमा साधक आर्य (सन्त) बन्छ ।

चौथो ध्यान (एकाग्रता वा मात्र समाधि)

ध्यानको तेस्रो अवस्थाको प्राप्तिपश्चात् जब साधकले सम्यक समाधि साधनालाई निरन्तरता दिइरहन्छ तब साधना झन्झन् गहिरिँदै गएर साधकमा देह सुखका अनुभूतिहरू वा संवेदनाहरू समाप्त भएर जान्छन्, जसका कारण साधकमा समाधिको अङ्गमात्र शेष रहन्छ । सम्यक समाधिको यस्तो स्थिति, जहाँ समाधि मात्र शेष रहन्छ, त्यसैलाई चौथो ध्यान भनिन्छ । यस्तो स्थितिमा पूर्ण जागरुकताका कारण उत्पन्न हुने समाधिको बोध साधकमा रहन्छ । यसरी सम्यक समाधि साधनामा साधक चरणबद्धरूपमा साधनामा प्रगति गर्दै गएर प्रथम ध्यान (वितर्क, विचार, प्रिति, सुख, एकाग्रता), द्वितीय ध्यान (प्रिति, सुख, एकाग्रता), तृतीय ध्यान (सुख, एकाग्रता) अन्ततः चौथो ध्यान (मात्र समाधि) को स्थितिमा आइपुग्छ ।

सम्यक व्यायाम

“कतमो च, भिक्खवे, सम्मावायामो ? इध, भिक्खवे, भिक्खु अनुप्पन्नानं पापकानं अकुसलानं धम्मानं अनुप्पादाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हाति पदहति; उप्पन्नानं पापकानं अकुसलानं धम्मानं पहानाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हति पदहति; अनुप्पन्नानं कुसलानं धम्मानं उप्पादाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हति पदहति; उप्पन्नानं कुसलानं धम्मानं ठितिया असम्मोसाय भिय्योभावाय वेपुल्लाय भावनाय पारिपूरिया छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हाति पदहति । अयं वुच्चति, भिक्खवे सम्मावायामो ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक व्यायाम ? यहाँ भिक्षुहरू ! कोही भिक्षु अनुत्पन्न, पापपूर्ण, अकुशल धर्मलाई उत्पन्न हुन नदिन इच्छा उत्पन्न गर्छ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । उत्पन्न भएको पापपूर्ण अकुशल धर्मको प्रहाण वा विनाशका लागि इच्छा उत्पन्न गर्छ, उद्योग गर्दछ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । अनुत्पन्न कुशल धर्मको उत्पत्तिका लागि इच्छा उत्पन्न गर्छ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । उत्पन्न भएको कुशल धर्मको स्थिति, अ–नाश (रक्षा), वृद्धि, विपुलता, भावनाको परिपूर्णताका लागि इच्छा जगाउँछ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । भिक्षुहरू ! यसैलाई सम्यक व्यायाम भनिन्छ ।

सम्यक व्यायाम अर्थात् मनको सम्यक व्यायाम । जसरी शरीरका विकार, रोग, दुर्बलता आदिलाई हटाउन शारीरिक व्यायाम आवश्यक पर्छ त्यसैगरी मनका विकार, रोग, दुर्बलता आदि नष्ट गर्न मनको व्यायाम आवश्यक छ । सम्यक व्यायाम साधनामा साधक स्वयंको मनका विकार, दुर्बलता आदिलाई हटाउन माथि भगवान्ले व्याख्या गर्नुभएझैँ साधकले चार प्रकारका प्रयत्न गर्छ, प्रयास गर्छ ।

प्रथमप्रयत्न :– जुन विकार वा पाप अहिलेसम्म मनमा उत्पन्न भएको छैन, त्यस्तो विकार मनमा प्रवेश नगरोस् भन्ने प्रयत्न गर्छ ।
दोस्रोप्रयत्न :– जुन विकार वा पाप मनमा उत्पन्न भएको छ त्यस्तो विकारलाई साधनाद्वारा हटाउने प्रयत्न गर्छ ।
तेस्रोप्रयत्न :– जुन कुशल धर्म अहिलेसम्म मनमा उत्पन्न भएको छैन त्यसलाई उत्पन्न गर्ने प्रयत्न गर्छ ।
चौथोप्रयत्न :– जुन कुशल धर्म मनमा उत्पन्न भएको छ, सङग्रह भएको छ त्यसलाई संरक्षित गर्ने वा विकास गर्ने प्रयत्न गर्छ ।

सम्यक व्यायाम साधनामा साधक यी चार प्रयत्न अन्तर्गत कुनै पृथक वा विशिष्ट प्रकारको कुनै पनि प्रयत्न गर्दैन । उसले साक्षीभावले चित्तको त्यस क्षणको स्थिति जस्तो छ चित्तको त्यही स्थिति वा अवस्थालाई यथाभूतरूपमा प्रतिक्रियाविहीन भएर बोध गर्छ । प्रज्ञावान् र जागरुक भएर अवलोकन गर्छ । जब साधकले यसरी चित्तको वर्तमान अवस्थालाई जस्तो छ त्यस्तैरूपमा अवलोकन गर्न प्रारम्भ गर्छ तब साधकमा त्यस्तो जागरुक र प्रज्ञापूर्ण क्षणमा मनमा अहिलेसम्म उत्पन्न नभएका विकार उत्पन्न नै हँुदैन । यदि मनमा कुनै विकार उत्पन्न भयो भने पनि त्यो स्वतः विलाएर जान्छ । मनमा अहिलेसम्म नजागेको कुशल धर्म (संवेदनाहरूप्रतिको समभाव) स्वतः जाग्छ तर मनमा कुशल धर्म उपस्थित छ भने त्यो झन् विस्तार भएर जान्छ ।

सम्यक सङ्कल्प

“कतमो च, भिक्खवे, सम्मासङ्कप्पो ? नेक्खम्मसङ्कप्पो, अब्यापादसङ्गप्पो, अविहिंसासङ्कप्पो । अयं वुच्चति, भिक्खवे, सम्मासङ्कप्पो ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक सङ्कल्प ? उत्तर हो नैष्क्रम्य (निष्कामता, निष्क्रमण, संसार त्याग), संसार त्याग सङ्कल्प, द्रोह नगर्ने सङ्कल्प, हिंसा नगर्ने सङकल्प । भिक्षुहरू ! यसैलाई सम्यक सङ्कल्प भनिन्छ ।

सङ्कल्पको अर्थ हो मनको चिन्तन मनन्, मनको सङ्कल्प, विकल्प । जब आर्य अष्टाङ्गमार्ग वा विपश्यना साधना सुरू हुन्छ तब साधनाका प्रारम्भिक दिनहरूमा वा (पूर्णरूपमा साधनाबाट मनका विकार नष्ट नभएको स्थितिसम्म) साधकको मनमा कामना, तृष्णा, द्वेष, हिंसा आदिसँग सम्बन्धित अनेक प्रकारका सङ्कल्प, विकल्प, विचार, तर्क, वितर्कहरू मन वा चित्तमा उठिरहन्छन् । सम्यक सङ्कल्प साधनामा साधक चित्तमा यस्ता रागपूर्ण, द्वेषपूर्ण, मोहपूर्ण विचारहरू उत्पन्न भएको क्षणमा पनि न खुसी हुन्छ न त दुःखी वा व्याकुल हुन्छ । न त उसले खुसी बनेर राग उत्पन्न गर्छ न व्याकुल बनेर दुःषित विचारलाई हटाउने द्वेषपूर्ण प्रयत्न नै गर्छ । उसले सम वा द्रष्टाभावले यी सङ्कल्प, विकल्पलाई अवलोकन मात्र गर्छ र यी सङ्कल्प, विकल्पप्रति स्मृतिवान् र प्रज्ञावान् बन्छ । यसप्रकार उसले मनमा सङ्कल्प, विकल्प उठ्ने बित्तिकै रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया दिने मनको स्वभावलाई नष्ट गर्छ र निवार्णतर्फ शनैःशनैः अगाडि बढ्छ ।

सम्यक दृष्टि वा दर्शन

“कतमा च, भिक्खवे, सम्मादिट्ठि ? यं खो, भिक्खवे, दुक्खे ञाणं, दुक्खसमुदये ञाणं, दुक्खनिरोधे ञाणं, दुक्खनिरोधागामिनिया पटिपदाय ञाणं । अयं वुच्चति भिक्खवे, सम्मादिट्ठि ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक दर्शन ? उत्तर हो यी जुन दुःख विषयक ज्ञान, दुःख समुदय विषयक ज्ञान, दुख निरोध विषयक ज्ञान, दुख निरोध गामिनी प्रतिपदा विषयक ज्ञान छन् भिक्षुहरू ! यसैलाई सम्यक दर्शन भनिन्छ ।

ध्यान वा अध्यात्मको क्षेत्रमा आज ‘दर्शन’ शब्द अपभ्रंशित बन्न पुगेको छ । यस शब्दको सही अर्थ ग्रहण गर्न असमर्थ हुँदा कैँयौँ साधक साधना वा ध्यानमा ईश्वर, गुरु आदिका दृश्य स्वरूप आदिको दर्शनको अभिलाषा राख्न पुगेका छन् ।
सम्यक दृष्टि वा दर्शनको अर्थ हुन्छ, जुन वस्तु जस्तो छ त्यस वस्तुको गुण, स्वभाव, धर्मलाई त्यहीरूपमा हेर्ने वा अन्तर चक्षुद्वारा मनको आन्तरिक प्रदेशमा बोध (अनुभूति) गर्ने । जब साधकले जुन वस्तु जस्तो छ त्यस्तैरूपमा दृष्टि दिन्छ तब उसले प्रत्यक्ष ज्ञान प्राप्त गर्छ । यसैलाई सम्यक ज्ञान भनिन्छ । आर्य आष्टाङ्गमार्गका जुन साधनाद्वारा भगवान् स्वयंले निर्वाण प्राप्त गर्नुभएको थियो त्यस साधनाका प्रत्येक अङ्ग वा साधनाको व्याख्या गरेपश्चात् भगवान् आर्य अष्टाङ्गमार्ग साधनाको व्याख्यालाई समापन गर्दै भन्नुहुन्छ–

‘‘अयं खो सा, भिक्खवे, मज्झिमा पटिपदा तथागतेन अभिसम्बुद्धा चक्खुकरणी ञाणकरणी उपसमाय अभिञ्ञाय सम्बोधाय निब्बानाय संवत्तति ।’’

अर्थात् यही हो भिक्षुगण ! त्यो मध्यमार्ग, जसले चक्षु प्रदान गर्छ, ज्ञान प्रदान गर्छ, जो उपशमनका लागि, अभिज्ञ हुनका लागि, सम्बोधिको लागि र निर्वाणका लागि हो ।

आर्य अष्टाङ्गमार्गको व्याख्यापश्चात् भगवान् धर्मचक्र प्रर्वतन सुत्तका चार आर्य सत्यका व्याख्यामा प्रवेश गर्दै हुनुहुन्छ । यहाँनेर के प्रश्न उठ्छ की के हो चार आर्य सत्य ? यहाँ भगवान्ले यसैबारे प्रष्ट पार्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 449 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 480 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 404 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 371 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 423 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 363 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 949 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 386 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 413 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 424 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 443 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 504 0
चार आर्य सत्य 1/13/2023 657 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 492 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 553 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 392 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 561 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 433 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 407 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 366 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 397 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 439 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 353 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 426 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 367 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 392 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 458 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 488 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 435 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 524 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 535 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 571 0