परमात्मा तत्वमा छिपेका तीन मूल गुण वा विशेषताहरुको व्याख्या अध्याय २ मा गरिएको छ । त्यस्तै त्रिगुण रज, तम, सत्गुणको मूल तत्व वा विशेषताहरुको व्याख्या अध्याय तीनमा गरिएको छ ।
जब त्रिगुणी महत प्रकटी र ईश्वरीय चेतन अंशका संयोजनबाट जब मानिसको अस्तित्व उत्पन्न भयो, मानिसमा चेतना तत्व र त्रिगुणी प्रकृतिका सम्पूर्ण गुणहरुले मानव अस्तित्वमा प्रवेश गरे । जुन यस प्रकार थिएः
– परमात्मा तत्वका मौलिक गुणहरु
– परमात्मा तत्वको श्रेष्ठ वा विशिष्ट विभूतिहरु
– परमात्मा तत्वका ६ वटा ईश्वरीय नियमहरु
– सत्गुणका सम्पूर्ण गुणहरु वा विशेषताहरु
– रजगुणका सम्पूर्ण गुणहरु वा विशेषताहरु
– तमगुणका सम्पूर्ण गुण वा विशेषताहरु