सर्वप्रथम मानिस पनि सृष्टिको अङ्ग भएकाले जसरी ब्रम्हाण्डका अन्य वस्तुहरु परमात्मा तत्व भित्र माला झैँ बुनिएर रहेको छन् मानिस पनि बाह्यरुपमा यो व्रम्हाण्डमा अन्य वस्तुहरु झै नै उपस्थित छ । तर मानिस यो व्रम्हाण्डको अत्यन्त चेतनशील प्राणी भएको र परमात्मा स्वयंले स्वयंको एक सूक्ष्म अंशलाई एक त्रिगूणी तत्वमा स्थापित गरी मानिसको रचना गर्नुभएकोले आन्तरीक रुपमा परमात्मा तत्व आत्माको रुपमा मानिसमा उपस्थित छ । यो सत्यलाई व्याख्या गर्दै भगवान् भन्नुहुन्छ ।
बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ।।७–१०।।
हे पार्थ ! तिमी सम्पूर्ण भूत (प्राणी) हरुको सनातन कारण मलाई नै जान । म बुद्धिमानहरुको बुद्धि, तेजस्वीहरुको तेज हुँ ।
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।
हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।
हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ ।
ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ।।१५–७।।
यो देह वा जीव लोकमा यी सनातन जिवात्माहरु मेरो अंश हुन् । तर यही (अंश आत्मा) त्रिगुणी प्रकृतिमा स्थित मन र पाँच इन्द्रियहरुलाई आकर्षित गर्दछ ।