माया वर्णन

0 टिप्पणीहरू 1191 आगन्तुकहरू

स्थूल देह, सूक्ष्म देह, विषयहरू, तिनीहरूको धर्म र असंग आत्मा आदिको व्याख्यापछि कारण शरीरको निरूपण गर्न, मायाको वर्णन तल गरिन्छ ।

अव्यक्तनाम्नी परमेशशक्तिरनाद्यविद्या त्रिगुणात्मिका परा ।
कार्यानुमेया सुधियैव माया यया जगत्सर्वमिदं प्रसूयते ।।११०।।

परमेश्वरको शक्ति, अव्यक्त नाम गरेको, अनादि, अविद्या, तीन गुण (सङ्खव, रज, तम) भएको जुन माया छ, त्यसबाट नै सारा जगत्् उत्पन्न हुन्छ । विद्वान््हरू यस कार्यबाट नै यसको अनुमान गर्दछन् । ।।११०।।

स्थूल शरीर विषय, सूक्ष्म शरीर आदिको विस्तारपूर्वक व्याख्या गरिसकेपछि अब मायाको व्याख्या आरम्भ गरिएको छ । वेदान्तमा मायाको विशिष्ट महङ्खव छ । मायाका तीन गुणहरू (रज, तम, सङ्खव) मायाको स्वरूप मानिन्छ । मायालाई नै सृष्टिको कारण भनिन्छ ।

सर्वप्रथम, माया के हो ?

यो त्यस्तो शक्ति हो जसको चिन्तन (व्याख्या) गर्न असम्भव छ । प्रत्यक्षरूपमा प्राप्त नहुने हुनाले यसलाई अव्यक्त, आदि (सुरूवात) थाहा नभएकोले अनादि, कुनै सत्ता नभएकाले अविद्या मानिन्छ । मायाका (सङ्खव, रज, तम) तीन गुणहरू छन्, जुन यसको स्वरूप हो । यो नै सृष्टिको कारण हो । प्रत्यक्ष गोचर नभए पनि जसरी शब्द आदिबाट आकाश आदिको ज्ञान प्राप्त हुन्छ त्यस्तै यसको कार्य (सृष्टि) बाट नै मायाको अनुमान गर्नुपर्दछ । वेदान्त दर्शनअनुसार यदि मायालाई न मान्ने हो भने सृष्टिको व्याख्या गर्न सकिन्न ।

सन्नाप्यसन्नाप्युभयात्मिका नो भिन्नाप्यभिन्नाप्युभयात्मिका नो ।
सा·ाप्यन·ाप्युभयात्मिका नो महद्भुताऽनिर्वचनीयरूपा ।।१११।।

माया न सत् हो न असत् । यो न भिन्न हो, न अभिन्न, न (भिन्दाभिन्दै) दुई रूपको नै हो । यो न अंगसहित हो, न अंगरहित हो । यो अत्यन्त अद्भुत रूप हो । ।।१११।।

अघिल्लो श्लोकमा प्रारम्भ गरिएको मायाको व्याख्यालाई निरन्तरता दिँदै आदिगुरु भन्नुहुन्छ – यो माया (वा सङ्खव, रज, तम, गुणले बनेको) परम्ब्रह्माको शक्ति जुन सृष्टिको कारण हो) न त सत् हो न असत् नै हो । न त सत्–असत् दुवै हो । यो न ब्रह्मबाट भिन्न हो न ब्रह्मसँग अभिन्न हो । न त भिन्न–अभिन्न दुवै हो । अथवा यो अद्भुत र व्याख्या गर्न नसकिने रूप हो । यो अत्यन्त आश्चर्यरूप हो ।

शुद्धाद्वयब्रह्मविबोधनाश्या सर्पभ्रमो रज्जुविवेकतो यथा ।
रजस्तमसङ्खवमिति प्रसिद्धा गुणास्तदीयाः प्रथितैः स्वकार्यैः ।।११२।।

जसरी डोरीको ज्ञान भएपछि भ्रमपूर्ण सर्प लुप्त हुन्छ त्यसैगरी माया शुद्ध ब्रह्माको ज्ञानबाट नष्ट हुन्छ । मायाको तीनसङ्खव गुणहरू आ–आफ्नो कार्यबाट प्रसिद्ध छन् । ।।११२।।

साँझमा सर्पजस्तो देखिएको डोरीबाट प्रकाशको उपस्थितिमा सर्पभ्रम हटे जस्तै जब निर्गुण, अभेदरूप, शुद्ध ब्रह्मसँग मुमुक्षुको साक्षात्कार हुन्छ, जब शुद्ध ब्रह्मतङ्खवको ज्ञान प्राप्त हुन्छ, तब माया नष्ट हुन्छ । माया तम, रज र सङ्खव आ—आफ्नो धर्म (गुण) अनुसारको कर्मबाट प्रसिद्ध छन् । पछिल्ला श्लोकहरूमा मायाका यी तीन गुणहरूको गुण र यिनीहरूको कर्मको बारेमा विस्तृत व्याख्या गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 640 0
मंगलाचरण 1/15/2023 651 0
मुक्तिको दुर्लभता 1/15/2023 540 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 796 0
विचारको महङ्खव 1/15/2023 519 0
शिष्य लक्षण 1/15/2023 616 0
साधन–चतुष्टय 1/15/2023 1589 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 606 0
सद्गुरु लक्षण 633 0
शिष्य प्रार्थना 1/15/2023 693 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 511 0
शिष्य प्रशंसा 1/15/2023 574 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 560 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 628 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 921 0
विषयविन्दा 1/15/2023 612 0
देहाशक्तिको निन्दा 1/15/2023 571 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 984 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 736 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 795 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 559 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
रजोगुण 1/15/2023 578 0
तमोगुण 1/15/2023 500 0
सङ्खवगुण 1/15/2023 525 0
कारण शरीर 1/15/2023 590 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 724 0
आवरण र विक्षेपशक्ति 1/15/2023 724 0
बन्ध निरूपण 1/15/2023 502 0
अन्नमय कोश 1/15/2023 542 0
प्राणमय कोश 1/15/2023 556 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 594 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 629 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 465 0
आत्मस्वरूप निरूपण 1/15/2023 533 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 463 0
जगत्को मिथ्यात्व 1/15/2023 555 0
ब्रह्म निरूपण 1/15/2023 795 0
महावाक्य – विचार 1/15/2023 644 0
ब्रह्मा–भावना 1/15/2023 640 0
वासना त्याग 1/15/2023 651 0
अध्यास निराकरण 1/15/2023 640 0
अहंपदार्थ निरूपण 1/15/2023 558 0
अहंकार – मुख्यवाधा 1/15/2023 466 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 484 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 562 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 561 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 587 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 654 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 538 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 572 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 541 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 575 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 576 0
आत्म चिन्तनको उपदेश 1/15/2023 494 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 578 0
जीवनमुक्तको लक्षण 1/15/2023 567 0
प्रारब्ध कर्म विचार 598 0
प्रारब्ध निराकरण 1/15/2023 563 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 554 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 939 0
आत्माको अविनाशिता 1/15/2023 1001 0
परमार्थता 1/15/2023 1480 0
शिष्य बिदाइ 1/15/2023 1220 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35538 0