मुक्तिको दुर्लभता

0 टिप्पणीहरू 493 आगन्तुकहरू

प्रस्तुत श्लोकमा मुक्तिको दुर्लभता प्रकाश पारिएको छ –

जन्तूनां नरजन्म दुर्लभमतः पुंस्त्वं ततो विप्रता तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्त्वमस्मात्परम् ।
आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थिति– र्मुक्तिर्नो शतकोटिजन्मसु कृतैः पुण्यैर्विना लभ्यते ।। २ ।।

जीवहरूका लागि प्रथमतः मानव जन्म नै दुर्लभ छ । योभन्दा पनि दुर्लभ पुरुषत्व छ । ब्राम्हणतङ्खव अझ दुर्लभ छ । योभन्दा पनि दुर्लभ बैद्धिक धर्ममार्गमा शास्त्रहरूद्वारा प्रतिपादन गरेअनुसार छ । यो अनुसरणभन्दा दूर्लभ विद्वता छ । यी सबैभन्दा दुर्लभ आत्मा र अनात्माको विवेचना गरेर आत्म–साक्षात्कार प्राप्तगरी ब्रह्मरूप नित्य स्थितिरूपी मुक्ति छ । जुन रूप करोडौँ जन्ममा गरिएका शुभ (पुण्य) कर्मविना प्राप्त हुन सक्दैन ।।२।।

मानव जन्म प्रारब्धले हुन्छ । यो प्रारब्ध कहिले, कसरी प्राप्त हुन्छ ? ईश्वरीय नियमहरूको नियन्त्रणमा छ । तसर्थ, मानव भएर पृथ्वीमा जन्मन पाउनु अत्यन्त दुर्लभ अवसर हो । मानव भएर जन्मन पाउनु यति धेरै दुर्लभ छ कि शास्त्रहरूले पनि स्वर्गादि देवयोनिलाई भोगयोनिको संज्ञा दिँदै ‘नुतन कर्म’ गर्ने अवसर प्राप्त हुने भएकाले मनुष्य योनिलाई ‘देवयोनि’भन्दा उच्च स्थानमा शास्त्रहरूले राखेको पाइन्छ । मनुष्ययोनिबाहेक अन्य योनिमा स्वतन्त्र कर्म गर्न सम्भव नभएकाले तथा चेतनासमेत यो स्तरमा विकास नभएकाले मनुष्य जन्म अत्यन्त दुर्लभ र मोक्षका दृष्टिले एक अमूल्य अवसर हो । हामीलाई प्रारब्ध कर्मले मोक्षसम्म लैजान सक्ने चेतनायुक्त मानव जन्म प्राप्त भयो, तर मानव जन्म मात्र मोक्षको लागि प्रर्याप्त भने हुँदैन ।

मोक्षको दृष्टिले मानव जन्मभन्दा पनि दुर्लभ तत्व हो, पुरुषार्थ वा गहन कार्यसम्पादन गर्ने संकल्प र क्षमता । जीवनमा पुरुषार्थ गर्न नसकी वासना चिन्तन र तृप्तिमा नै मनुष्य जीवन समाप्त भएर गएका कैयन् उदाहरणहरू हाम्रै वरिपरि छन् ।

मानव जन्म प्राप्त भयो । पुरुषार्थ गर्ने संकल्प पनि प्राप्त भयो । तर बैद्धिक धर्मशास्त्रहरुद्वारा निर्देशित विविध कर्म एवं उपाशनाद्वारा चित्त शुद्ध भएपश्चात् तीव्र मोक्ष प्राप्त गर्ने इच्छा नभएमा मोक्ष प्राप्त गर्न सकिँदैन । अतः यो संसारमा मुक्त हुने इच्छा थोरै मनुष्यहरूलाई मात्र हुन्छ ।

मनुष्य जन्म प्राप्त भयो, यसमा पनि पुरुषार्थ गर्न योग्य शरीर एवं धर्मकर्मादिद्वारा चित्त शुद्धि, वैराग्य प्राप्त गर्न सफल भयौं, तर आत्मा–अनात्माको विवेक गर्न सकिएन भने अनात्म वासनाले जीवलाई सांसारिक बन्धनमात्र प्रदान गर्दछ । यसकारण मुमुक्षु पुरुषले निरन्तर संसार–मिथ्याको अभ्यास गर्दै स्वःस्वरूपमा निशंक भावले स्थिति प्राप्त गर्ने अभ्यास गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 572 0
मंगलाचरण 1/15/2023 591 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 734 0
विचारको महङ्खव 1/15/2023 477 0
शिष्य लक्षण 1/15/2023 558 0
साधन–चतुष्टय 1/15/2023 1455 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 521 0
सद्गुरु लक्षण 555 0
शिष्य प्रार्थना 1/15/2023 619 0
गुरु कर्तव्य 1/15/2023 659 0
1/15/2023 465 0
शिष्य प्रशंसा 1/15/2023 514 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 486 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 568 0
अपरोक्षानुभवको आवश्यकता 488 0
स्थूल शरीरको व्याख्या 1/15/2023 831 0
विषयविन्दा 1/15/2023 533 0
देहाशक्तिको निन्दा 1/15/2023 515 0
स्थूल शरीर निन्दा 1/15/2023 666 0
दश इन्द्रियहरू 1/15/2023 892 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 641 0
पञ्चप्राण 1/15/2023 644 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 731 0
प्राणको धर्म 1/15/2023 436 0
अहंकार 1/15/2023 479 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 396 0
माया वर्णन 1/15/2023 1088 0
रजोगुण 1/15/2023 498 0
तमोगुण 1/15/2023 430 0
सङ्खवगुण 1/15/2023 471 0
कारण शरीर 1/15/2023 498 0
आत्मा–निरूपण 1/15/2023 490 0
अध्यास 1/15/2023 648 0
आवरण र विक्षेपशक्ति 1/15/2023 658 0
बन्ध निरूपण 1/15/2023 428 0
अन्नमय कोश 1/15/2023 474 0
प्राणमय कोश 1/15/2023 476 0
मनोमय कोश 1/15/2023 443 0
विज्ञानमय कोश 1/15/2023 488 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 577 0
आनन्दमय कोश 1/15/2023 400 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 401 0
आत्मस्वरूप निरूपण 1/15/2023 459 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 416 0
जगत्को मिथ्यात्व 1/15/2023 487 0
ब्रह्म निरूपण 1/15/2023 737 0
महावाक्य – विचार 1/15/2023 568 0
ब्रह्मा–भावना 1/15/2023 572 0
वासना त्याग 1/15/2023 575 0
अध्यास निराकरण 1/15/2023 564 0
अहंपदार्थ निरूपण 1/15/2023 510 0
अहंकार – मुख्यवाधा 1/15/2023 386 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 430 0
प्रमाद – निन्दा 1/15/2023 519 0
अविद्याको स्थिति 1/15/2023 494 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 489 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 497 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 574 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 472 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 510 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 465 0
ध्यान विधि 1/15/2023 478 0
आत्म दृष्टि 1/15/2023 495 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 498 0
आत्म चिन्तनको उपदेश 1/15/2023 410 0
शरीर उपेक्षा 1/15/2023 405 0
आत्मज्ञानको फल 1/15/2023 512 0
जीवनमुक्तको लक्षण 1/15/2023 493 0
प्रारब्ध कर्म विचार 512 0
प्रारब्ध निराकरण 1/15/2023 477 0
नानात्व – निषेध 1/15/2023 535 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 556 0
बोधोपलब्धी 1/15/2023 498 0
शिष्यको अनुभव 1/15/2023 549 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 698 0
गुरुको अन्तिम उपदेश 1/15/2023 863 0
आत्माको अविनाशिता 1/15/2023 907 0
परमार्थता 1/15/2023 1386 0
शिष्य बिदाइ 1/15/2023 1168 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35264 0