मुक्ति कसरी प्राप्त हुन्छ ?

0 टिप्पणीहरू 626 आगन्तुकहरू

गुरुका व्याख्याहरू माथि शिष्यका जिज्ञाशाहरू समाप्त भएका छैनन् ।

भ्रमेणाप्यन्यथा वास्तु जीवभावः परात्मनः ।
तदुपाधेरनादित्वान्नानादेर्नाश इष्यते ।।१९४।।
अतोऽस्य जीवभावोऽपि नित्यो भवति संसृतिः ।
न निवर्तेत तन्मोक्षः कथं मे श्रीगुरो वद ।।१९५।।

शिष्य भन्दछन् भ्रमले होस् वा अन्य कारणले होस् परमात्मामा जुन जीवभाव प्राप्त भएको छ । त्यो जीवभावरूपी उपाधि अनादि छ र अनादिको नाश हुँदैन भनि भनिएको छ । यसकारण परमात्माको यो जीवभाव पनि नित्य हुनजान्छ । यस्तो भएपछि जन्म मरणरूपी यो संसारको निवृत्ति हुँदैन । फेरि मोक्ष कसरी प्राप्त होला ? हे सद्गुरु कृपा गरेर मलाई उपदेश गर्नुहोस् । ।।१९४,१९५।।

श्लोक ५१ मा शिष्यका बन्धन के हो ? यो कसरी सिर्जना भयो ? आदि सात महङ्खवपूर्ण प्रश्नहरू छन् । यी सम्पूर्ण प्रश्नहरूलाई पूर्णरूपमा सम्बोधन गर्न शरीर, इन्द्रिय, मन, बुद्धि आदिको पूर्ण जानकारी दिनुपर्ने भएकोले आदिगुरुले माथि श्लोकहरूमा स्थूल, सूक्ष्म, कारण शरीर, अन्तकरण, आत्मा, अनात्मवर्णन, र अध्यासको सविस्तार वर्णन गरेर अन्नमय, प्राणमय, मनोमय र विज्ञानमय कोशको निरूपण गर्नु भएको छ । तर जब श्लोक १८८ मा आदिगुरु जब आत्माका उपाधिहरूलाई अनादि भनेर उल्लेख गर्नुहुन्छ । यसले शिष्यको मनमा गम्भीर शंका उत्पन्न गराउँदछ । यो श्लोकमा शिष्यले त्यही जिज्ञासा राखेका छन् । यदी आत्माको यो अविद्या उपाधि अनादि छ भने, अनि अनादि भएको कारणले हिजो पनि नास भएन, भोलि पनि नास हुँदैन यो उपाधि पनि नित्य हो भने मनुष्यलाई मोक्ष कसरी प्राप्त हुन्छ ? यो गम्भीर प्रश्न देखिन्छ ।

सम्यक् ज्ञानबाट मुक्ती
(तलका श्लोकहरूमा शिष्यको पछिल्लो प्रश्नहरूको वर्णन गरिएको छ ।)

सम्यक्पृष्टं त्वया विद्वन्सावधानेन तच्छृणु ।
प्रामाणिकी न भवति भ्रान्त्या मोहितकल्पना ।।१९६।।

हे विद्वान् तिमीले धेरै उत्तम प्रश्न गर्यौ ।यो प्रश्नको उत्तर सावधान भएर सुन । भ्रान्तिबाट मोहित पुरुषको कल्पना यथार्थ हुँदैन । ।।१९६।।

शिष्यको गहिरो प्रश्न, र त्यो त्यो प्रश्नले दर्शाएको विद्वता तथा जिज्ञासाको गहिराई देखेर गुरु प्रशन्न भएर भन्नुहुन्छ; कि, हे विद्वान् तिमीले उत्कृट प्रश्न ग¥यौ । तिम्रो यो प्रश्न अत्यन्त सान्दर्भिक छ । यो प्रश्नको उत्तर तिमी सावधान भएर सुन । आत्मज्ञान प्राप्त नभएसम्म पुरुषमा जगत्का भ्रान्ती रहिरहन्छ । यो भ्रान्तिबाट मोहित (प्रभावित) पुरुषका कल्पनाहरू यथार्थ सत्य हुँदैनन् । यसैले सम्यक् ज्ञान प्राप्त नभएसम्म भ्रमहरू नष्ट नभएसम्म तिमी ध्यानपुर्वक सुन ।

भ्रान्तिं विना त्वस·स्य निष्क्रिस्य निराकृतेः ।
न घटेतार्थसम्बन्धो नभसो नीलतादिवत् ।।१९७।।

असंग, निष्क्रिय र आकृतिरहित जुन आत्मा छ । उसको उपाधि पदार्थसँगको सम्बन्ध आकाश र निलो र·को सम्बन्ध जस्तै भ्रान्ति बाहेक केही हुन सक्दैन । ।।१९७।।

वस्तुसँग रहित भएकोले असंग, क्रियारहित भएकोले निष्क्रिय, रूपरहित भएकोले निरूप, यस्तो असंग, निष्क्रिय, आकृतिरहित आत्माको देह, मन, प्राण, इन्द्रिय जगत्् पदार्थहरूसँग जुन सम्बन्ध छ त्यो मात्र अविद्याले प्राप्त उपाधि स्थिति हो । भ्रम हो । आकाशको रङ्ग निलो छ भन्नु जस्तै भ्रम हो ।

स्वस्य द्रष्टुर्निर्गुणस्याक्रियस्य प्रत्यग्बोधानन्दरूपस्य बुद्धेः ।
भ्रान्त्या प्राप्तो जीवभावो न सत्यो मोहापाये नास्त्यवस्तुस्वभावात् ।।१९८।।

साक्षी, निर्गुण, अक्रिय, प्रत्यक बोध स्वरूप आत्मामा बुद्धिको भ्रान्तिद्वारा कल्पित जीवभाव वास्तविक होइन । किनकि मोह (अज्ञान) हटेपछि कल्पीत वस्तु रहँदैन । ।।१९८।।

द्रष्टारूप भएकोले साक्षी, (तम, रज, सत्) गुण रहित भएकोले निर्गुण, क्रियारहित भएकोले निष्क्रिय, सर्व अन्तरयामी बोध ज्ञाता भएकोले प्रत्यक बोध स्वरूप भएको यस्तो आत्मामा अविद्याको कारणले सिर्जित ‘म शरीर हुँ’ भन्ने जुन दृढ जीवभाव छ त्यो वास्तविक होइन, भ्रम हो । जब साधक गुरुको मुखारविन्दबाट वेदान्त वचनहरूको श्रवण, मनन र चिन्तन गरेर आत्मा साक्षात्कारको स्थिती प्राप्त गर्दछ । उसको अज्ञान नाश हुन्छ । जब अज्ञानको नाश हुन्छ भ्रान्ति हट्दछ । जब भ्रान्ति हट्दछ, कल्पित वस्तु स्वभावत् रहँदैन ।

यावद् भ्रान्तिस्तावदेवास्य सत्ता मिथ्याज्ञानोज्जृम्भितस्य प्रमादात् ।
रज्ज्बां सर्पो भ्रान्तिकालीन एव भ्रान्तेर्नाशे नैव सर्पोऽस्ति तद्वत् ।।१९९।।

जसरी डोरीमा सर्प भ्रान्तिको स्थिति रहँदासम्म रहन्छ । (प्रकाशले उपस्थितिमा) भ्रान्ति नष्ट भएपछि सर्प प्रतीत हुँदैन् । त्यस्तै प्रमादवश मिथ्याज्ञानबाट उत्पन्न भएको यो जीवभावको सत्ता भ्रान्ति रहेसम्म रहन्छ । ।।१९९।।

जसरी साँझको डोरीमा प्रकाश नपरेसम्म सर्पको भ्रान्ति अनि त्यो भ्रान्तिको कारण सिर्जना हुने भय, कम्पन आदि स्थिति प्राप्त भइरहन्छ । त्यस्तै मनुष्य स्वयंम आत्मा हुँदाहुँदै पनि अज्ञान सिर्जित मिथ्याज्ञानको कारण ‘म मनुष्य हँु’ ‘म जीव हुँ’ भन्ने दृढ जीवभाव उपस्थित छ । यो भ्रम (मिथ्या) अनुभूति आत्मासाक्षात्कार नभएसम्म रहिरहन्छ ।

अनादित्वमविद्यायाः कार्यस्यापि तथेष्यते ।
उत्पन्नायां तु विद्यायामाविद्यकमनाद्यपि ।।२००।।

अविद्या र उसको कार्य (जीवभाव) लाई अनादित्व भनिएको छ । जागेपछि जसरी सपना मूलसहित नष्ट हुन्छ त्यस्तै विद्या (ज्ञान) उत्पन्न भएपछि अविद्या जनित जीवभाव पनि नष्ट हुन्छ । ।।२००।।

श्लोक १९५ मा शिष्यले हे गुरु यदि मनुष्यमा रहेको जीवभाव उपाधि यदि अनादि हो । अनि अनादिको नाश नहुने मानिन्छ भने कसरी मोक्ष सम्भव छ भन्ने जिज्ञासा राखेका छन् ।

यो श्लोकमा आदिगुरु भन्नुहुन्छ कि बुद्धिको अविद्या अनादि हो भन्ने सत्य हो । तर अनादि हुँदाहुँदै पनि साधक प्रारब्ध आदि कारणले जब शास्त्र, गुरु आदिको
सम्पर्कमा आउँछ । उसमा मोक्षप्रति जिज्ञासा उठी उ साधनामा प्रवेश गर्दछ । साधन चतुष्टय अनि शास्त्र श्रवण, मनन र निदीध्यासन (आत्म स्वरूपको ध्यान) आदिद्वारा साधक जब आत्मासाक्षात्कारको स्थिती प्राप्त गर्दछ । त्यो स्थितिमा अनादि मानिएको अविद्या र त्यसको परिणाम जीवभाव नष्ट हुन्छ । ज्ञान प्राप्त भएपछि अनादि अविद्या नष्ट हुन्छ ।

प्रबोधे स्वप्नवत्सर्वं सहमूलं विनश्यति ।
अनाद्यपीदं नो नित्यं प्रागभाव इव स्फुटम् ।।२०१।।

प्रागभाव झै यो अविद्या र उसको कार्य अनादि भएपनि नित्य होइन । अनादि भएपनि प्रागभाव नाश भएको देखिएको छ । ।।२०१।।

प्रागभाग भन्नाले उत्पती भन्दा पूर्व वस्तुको अभाव भन्ने बुझिन्छ । तार्कीक मतअनुसार अस्तिङ्खवमा कुनै वस्तु प्रकट भएपछि प्रागभाव नष्ट हुन्छ । उदाहरणको लागि मानौ सृष्टिमा माटोको गाग्रो बनेको थिएन । एकदिन कुनै माटोको गाग्रो बन्यो । त्यो क्षण गाग्रोको (प्रागभाव) नष्ट हुन्छ । यही उदाहरण पृथ्वीमा लागू गर्न सकिन्छ किनकि जब पृथ्वीको सृष्टि भयो पृथ्वीको अभावको स्थिती प्रागभाव नष्ट भयो ।

त्यस्तै अविद्या र त्यसको कार्य अनादि भएपनि त्यो नित्य होइन । शास्त्र प्रमाण उदाहरणद्वारा भन्न सकिन्छ कि कैयन महापुरुषहरू यही पृथ्वीमा जन्मिएपछि पनि साधनाद्वारा ज्ञान प्राप्त गरी अविद्यालाई नष्ट गरि मुक्त भएका थिए । सारांशमा आत्मा बाहेक अविद्या लगायतका सम्पूर्ण वस्तुहरू अनित्य हुन । अनित्य वस्तु नास हुन्छ । नास गर्न सकिन्छ । अविद्याको नास सम्भव छ ।

अनादेरपि विध्वंसः प्रागभावस्य वीक्षितः ।
यद् बुद्ध्युपाधिसम्बन्धात्परिकल्पितमात्मनि ।।२०२।।

आत्मामा बुद्धिको उपाधि सम्बन्धले जुन जीवनको परिकल्पना गरिएको छ । त्यो उसबाट (आत्माबाट) स्वरूपमा भिन्न छैन । ।।२०२।।

बुद्धिको कारणले परिकल्पित जीवभावको कल्पनाको भ्रमलाई चिर्न यो श्लोकमा भनिएको छ की जीवमा ‘म मनुष्य हुँ’‘म शरीर हुँ’ आदि जुन देहभाव कल्पनाहरू छन्, यी मात्र बुद्धिको उपाधि सम्बन्धले सिर्जित भ्रमहरू हुन् । यथार्थमा जीव आत्माबाट स्वरूपमा पृथक् कहिल्यै छैन् । जीव स्वयंमा आत्मा हो । मात्र अविधा बुद्धिको कारण यो भ्रम सिर्जना भएको हो । जब बुद्धिको अविद्या नष्ट हुन्छ, त्यही क्षण यो जीवरूप परिकल्पना नष्ट भई मनुष्य स्वयं ‘म आत्मा रहेछु’ भन्ने अनुभूति प्राप्त गर्दछ ।

जीवत्वं न ततोऽन्यत्तु स्वरूपेण विलक्षणम् ।
सम्बन्धः स्वात्मनो बुद्ध्या मिथ्याज्ञानपुरःसरः ।।२०३।।

आत्माको बुद्धिसँग सम्बन्ध मिथ्या अज्ञानमूलक हो यो अज्ञानमूलक
सम्बन्धको निवृत्ति सम्यक् ज्ञानबाट मात्र हुनसक्दछ । अन्य कुनै प्रकारबाट हुन सक्दैन । ।।२०३।।

सर्वप्रथम शास्त्र तथा श्रुती प्रमाण अनुसार आत्मालाई असंग, अविकारी भनिएको हो । यदि कुनै तङ्खव असँग छ भने त्यो तत्वको अन्य तत्वसँग सम्बन्ध हुन सक्दैन । यदि सम्बन्ध देखिन्छ भने त्यो मिथ्या वा भ्रम हुन्छ ।

त्यसैले, आत्माको बुद्धिसँग जुन सम्बन्धको परिकल्पना गरिएको छ । त्यो मिथ्या झुठो हो । जब आत्माज्ञान प्राप्त हुन्छ । त्यो स्थितीमा मात्र आत्मा र बुद्धि बीच कुनै सम्बन्ध नभएको स्पष्ट हुन्छ । यो अज्ञानमूलक सम्बन्धको निवृत्ति सम्यक् ज्ञानबाट मात्र सम्भव छ ।

विनिवृतिर्भवेत्तस्य सम्यग्ज्ञानेन नान्यथा ।
ब्रह्मात्मैकत्वविज्ञानं सम्यग्ज्ञानं श्रुतेर्मतम् ।।२०४।।

ब्रह्म र आत्माको एकत्वको ज्ञान नै सम्यक् ज्ञान हो । यस्तो श्रुतीकोे सिद्धान्त छ । ।।२०४।।

श्रुती (वेद, उपनिषद आदि) मा उल्लेखित “तङ्खवमसि” (त्यो परमात्मा तिमी नै हौ)‘अहं ब्रह्मास्मी’ (म ब्रह्म हुँ) “अयमात्मा ब्रह्म” (यो आत्मा ब्रह्महो) प्रज्ञानं ब्रह्म (प्रज्ञा नै ब्रह्म हो महावाक्यहरूले मनुष्य, आत्मा, परमात्मा, ब्रह्म आदिमा कुनै भेद नभएको वताइएको छ । यी श्रुती प्रमाणले ब्रह्म र आत्माको एकत्वको ज्ञान नै सम्यक् ज्ञान हो भनि प्रमाणित गर्दछ ।

तदात्मानात्मनोः सम्यग्विवेकेनैव सिध्यति ।
ततो विवेकः कर्तव्यः प्रत्यगात्मासदात्मनोः ।।२०५।।

त्यो सम्यक् ज्ञान आत्मा र अनात्माको सम्यक् विवेकबाट सिद्ध हुन्छ । यसैले प्रत्यगात्मक (सतआत्मा) र असद्आत्माको विवेक गर्नुपर्दछ । ।।२०५।।

पूर्वको श्लोकमा भनिएको छ की ब्रह्म र आत्माको एकत्व ज्ञान सम्यक् ज्ञान हो । प्रश्न उठ्दछ की सम्यक् ज्ञान कसरी प्राप्त हुन्छ ? यो श्लोकमा भनिएको छ की साधक जब आत्मा (नित्य), अनात्मा(अनित्य) वस्तुको भेद छुट्याउन थाल्दछ, जब नित्य र अनित्य वस्तुको भेद जान्दछ । स्वभावत् अनात्मा वस्तुहरूप्रति मनको प्रवृत्ति वा आकर्षण घट्न थाल्दछ । त्यस्तो स्थितीमा अनात्म वस्तु प्राप्तीकोे लागि वहिर्मुखी हुने मनको प्रवृत्तिको पनि ह्रास हुन्छ । अनि यसरी अनात्म पदार्थबाट विरक्त भएको मन श्रवण, मनन, निदिध्यासन आदि प्रति आकृष्ट भई अन्ततः सर्वअन्तरयामी ब्रह्मलाई स्वयंको आत्माको रूपमा साक्षात्कार गर्न समर्थ बन्दछ ।

जलं पङ्कावदस्पष्टं पङ्कापाये जलं स्फुटम् ।
यथा भाति तथात्मापि दोषाभावे स्फुटप्रभः ।।२०६।।

कीचड (फोहोर मैला) युक्त जल अस्पष्ट (धमिलो) देखिन्छ । कीचड हटाएपछि जल शुद्धरूपमा जसरी प्रतीत हुन्छ त्यस्तै आत्मा पनि उपाधिकृत दोष नास भएपछि प्रभायुक्त भाषित हुन्छ । ।।२०६।।

जसरी फोहोर मैला मिसिएको धमिलो पानीबाट फोहर, मैला हटाई संङ्गलो गराएपछि पानीको शुद्ध, निर्मल स्वरूप प्राप्त हुन्छ । त्यस्तै आत्माको वास्तविक स्वरूप पनि आत्मा र अनात्म वस्तु विवेकद्वारा आत्मामा थुप्रिएका देह, मन, इन्द्रिय, बुद्धि, प्राण आदि उपाधिहरूलाई नष्ट गरेपछि प्राप्त हुन्छ । जब आत्माका सम्पूर्ण दोषहरू नष्ट हुन्छन् अखण्ड, चैतन्य प्रकाशस्वरूप प्रमायुक्त आत्मा
स्पष्टरूपमा भासित हुन्छ ।

असन्निवृत्तौ तु सदात्मना स्फुटं प्रतीतरेतस्य भवेत्प्रतीचः ।
ततो निरासः करणीय एवासदात्मनः साध्वहमादिवस्तुनः ।।२०७।।

सत्य आत्माको विचारबाट असत्को निवृत्ति भएपछि प्रत्यक (आन्तरिक) आत्माको स्पष्ट प्रतित हुन्छ । यसैले अहंकार आदि असत् वस्तुको पूर्ण नाश आवश्यक छ । ।।२०७।।

अहंकारबाट लिएर देहसम्मका सम्पूर्ण असत् वस्तुहरू कारणले मनुष्यमा देह बुद्धि भई स्वयंलाई ‘म शरीर हुँ’ भनेर मानिरहेको छ । जब मनुष्य अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोशहरूको दोषको चिन्तन गर्दै स्वयंलाई यी कोशहरूबाट भिन्न मान्दै, असत्लाई निवृत्ति गर्दै, आत्मरूपमा स्थित भएपछि आत्माको सत्यता स्पष्ट रूपमा प्रतित हुन्छ ।

अतो नायं परात्मा स्याद्विज्ञानमयशब्दभाक् ।
विकारित्वाज्जडत्वाच्च परिच्छिन्नत्वहेतुतः ।
दृश्यत्वाद् व्यभिचारित्वान्नानित्यो नित्य इष्यते ।।२०८।।

यसैले विज्ञानमय शब्दले बुझिने यो कोश जुन विकारी, जड, परिछिन्न, दृश्यमय र व्यभिचारी छ । यो नित्य आत्मा हुन सक्दैन । जो नित्य आत्मा छ त्यो अनित्य विज्ञानमय कोश हुन सक्दैन । ।।२०८।।

विकारले पूर्ण भएकोले विकारी, स्वयंप्रकाशपूर्ण नभएकोले जड, व्यापक नभएकोले परिछिन्न, दृष्टाको विषय भएकोले दृश्यमय, र अभावको प्रतियोगी भएकोले व्यभिचारी, यस्तो स्वभाव (धर्म) भएको विज्ञानमय कोश विकाररहित, स्वप्रकाश, व्यापक, द्रष्टा अनि कहिल्यै अभाव नहुने (नित्य) आत्मा हुन सक्दैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 638 0
मंगलाचरण 1/15/2023 645 0
मुक्तिको दुर्लभता 1/15/2023 538 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 794 0
विचारको महङ्खव 1/15/2023 517 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 631 0
शिष्य प्रार्थना 1/15/2023 691 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 509 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 558 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 626 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 917 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 569 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 982 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 793 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 553 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 576 0
तमोगुण 1/15/2023 496 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 720 0
आवरण र विक्षेपशक्ति 1/15/2023 722 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 463 0
आत्मस्वरूप निरूपण 1/15/2023 531 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 553 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 638 0
अहंपदार्थ निरूपण 1/15/2023 556 0
अहंकार – मुख्यवाधा 1/15/2023 464 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 482 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 560 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 559 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 585 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 650 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 536 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 570 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 573 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 572 0
आत्म चिन्तनको उपदेश 1/15/2023 492 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 565 0
प्रारब्ध कर्म विचार 596 0
प्रारब्ध निराकरण 1/15/2023 561 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 937 0
आत्माको अविनाशिता 1/15/2023 999 0
परमार्थता 1/15/2023 1478 0
शिष्य बिदाइ 1/15/2023 1218 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35536 0