धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.६

मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति

0 टिप्पणीहरू 277 आगन्तुकहरू

यसरी लामो समयसम्म अनवरत प्रयास गर्दा पनि भगवान्ले निर्वाण प्राप्त गर्नु त धेरै परको कुरा निर्वाण प्राप्त सद्गुरु वा सत्य मोक्ष साधनाविद्या सिकाउने गुरुसम्म पाउन सक्नुभएन । यद्यपि उहाँको समयमा पनि हालकै जस्तो साधकहरूले निर्वाण खोजिरहेका थिए, विविध प्रकारका आध्यात्मिक साधनामा समाहित थिए । तथापि निर्वाण प्राप्त सद्गुरुको अनुपस्थिति वा सत्य मोक्ष विद्या लुप्त भएकाले ती साधक निर्वाणको नाममा अनेक अपूर्ण, अस्पष्ट, सत्य अनुभूति दिन असमर्थ साधनाविधिमा अल्झिरहेका थिए ।

उनीहरू ध्यान साधनामा मनको एकाग्रताका कारण प्राप्त हुने शान्ति, आनन्द, खुसी आदि क्षणिक अनुभूतिलाई नै मोक्षको अनुभूति मानेर भ्रमित थिए । कैँयौँ साधक आफ्नै सम्प्रदायसँग जोडिएका धर्म, ईश्वर, गुरु, वस्त्र, टीका, माला आदि बाह्य आलम्बनका कारण अध्यात्मका विषयहरूमा राग वा आध्यात्मिक जडपन विकास गरेर त्यसैमा अड्किएका थिए । सबै साधकको प्यास निर्वाण थियो तर निर्वाण प्राप्त कोही थिएनन्, अविनाशी शान्ति कसैले पनि प्राप्त गरेका थिएनन् ।

मोक्षको यस रहश्यमय संसारमा स्वयं गुरुहरू नै इमान्दारी विहीन देखिन्थे । असत्यवादी देखिन्थे । गुरुत्वको भोगमा रमाइरहेका त्यस्ता गुरुहरू कि त निर्वाणसँग कुनै सम्बन्ध नै नभएका व्यर्थ विद्वतापूर्ण व्याख्यामा हराइरहेका थिए कि आंशिक, अपूर्ण, आफैँले प्रामाणिकरूपमा अनुभूति प्राप्त नगरेको साधनाविधिलाई सत्य मोक्ष साधनाविधि भनेर बाँडिरहेका थिए ।

मोक्ष खोजको संसारमा एक रहश्यमय अन्धकार छाएको थियो । यो अन्धकारमा एक दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्‍याइरहेको थियो । यस्तो अन्धकारमा मोक्षमार्ग पहिल्याउन कोही पनि समर्थ थिएनन् । मोक्षको सत्य मार्ग पहिल्याउन कसैले पनि जानेका थिएनन् तर जानेको छैन वा जान्दिन भन्ने पनि कोही थएनन् । सबै गुरु, साधकहरू परम्परागत शास्त्रबाट प्राप्त आफैँले नबुझेका वा आफैँमा अप्रमाणित धारणा, विचार, मत, सिद्धान्त बोकेर हिँडिरहेका थिए ।

भगवान्लाई आध्यात्मिक संसारको यथार्थ बोध भइरहेको थियो । आध्यात्मिक संसार बाहिरबाट हेर्दा जति सुन्दर, शान्त, पवित्र र प्रकाशवान् देखिन्थ्यो यथार्थ अर्कै थियो । अध्यात्मको यो संसारमा सांसारिक वृतिहरूको साम्राज्य थियो । आंशिक, मिथ्यापूर्ण शास्त्रज्ञानको अन्धकारले जन्माएको मार्ग विहीन अवस्थामा निर्वाण लक्ष्यको खोज दुरुह प्रयास थियो । आध्यात्मिक संंसारमा देखिएका यस किसिमको भ्रमपूर्ण सत्य बोधसँगै भगवान्मा पुनः मोक्ष प्राप्त गुरु खोजी गर्ने अभिलाषा समाप्त भयो । अन्ततः भगवान्ले सदगुरु वा सत्यमोक्ष साधनाविधिको खोजलाई त्यहीँ टुङ्ग्याउनुभयो । यस निर्णयसँगै भगवान् एक मार्गविहीन अवस्थामा पुग्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 317 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 388 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 250 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 283 0
सद्गुरुको खोजी 1/12/2023 275 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 283 0
गुरु अलार कालमसँग भेट 1/12/2023 344 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 274 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 211 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 243 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 243 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 287 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 278 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 245 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 735 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 272 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 346 0
उपक आजीवनसँग भेट 1/13/2023 281 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 320 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 299 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 283 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 317 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 337 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 383 0
चार आर्य सत्य 1/13/2023 410 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 338 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 298 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 280 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 427 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 271 0
दुःख समुदय आर्य सत्य 1/13/2023 333 0
दुःख निरोध आर्यसत्य 1/13/2023 282 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 308 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 441 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 296 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 280 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 303 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 270 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 235 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 334 0
आसन ग्रहण 1/13/2023 271 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 238 0
आनापानसति 1/13/2023 296 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 317 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 301 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 275 0
कायानुपश्यना 1/13/2023 244 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 301 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 314 0
चित्तानुपश्यना 1/13/2023 315 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 238 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 263 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 290 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 303 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 290 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 295 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 288 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 284 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 238 0
दसौँचरण-अनित्य बोध 1/13/2023 253 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 320 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 230 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 350 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 305 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 265 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 268 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 251 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 372 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 292 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 241 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 254 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 265 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 330 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 312 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 543 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 413 0