शिष्यको प्रशंसा गरिसकेपछि सद्गुरु मोक्ष स्वप्रयत्नबाट प्राप्त हुन्छ भन्दै केही वचन भन्नुहुन्छ –
ऋणमोचनकर्तारः पितुः सन्ति सुतादयः ।
बन्धमोचनकर्ता तु स्वस्मादन्यो न कश्चन ।।५३।।
पिताको ऋण त पुत्र आदिले तिर्न सक्छन्, तर संसारको भव–बन्धनबाट स्वयंबाहेक अन्य कसैले छुटाउन सक्दैन ।।।५३।।
पिताको ऋण बाह्य बाधा–बन्धन हो, जुन पुत्र वा अन्य जोकोहीले तिरेर हटाइदिन सक्दछ । यो सहज छ । तर अहंकारदेखि लिएर देहपर्यन्तसम्म आत्मबुबुद्धिको कारण जुन संसारको भव–बबन्धन प्राप्त भएको छ त्यसमा शास्त्र, सद्गुरु सहयोगी हुन सक्दछन् । तर यी बन्धनहरू अनादि अज्ञानको कारण स्वयंबाट ििसर्जित भएकाले स्व–साधना, स्वप्रयास, स्वज्ञान वा स्वयंले प्रयत्न गरेर मात्र छुट्दछ ।
मस्तकन्यस्तभारादेर्दुःखमन्यैर्निवार्यते ।
क्षुधादिकृतदुःखं तु विना स्वेन न केनचित् ।।५४।।
शरीरमा राखेको भारी (बोझ) को दुःखत कसैले पनि हटाइदिन (हलुका गरिदिन) सक्दछ । तर क्षुधा (भोक–प्यास) आदिको दुःख अन्य कसैबाट हटाउन सकिँदैन । ।।५४।।
शरीरका वा शिरको भारी (बोझ) को दुःखलाई वा बाह्य दुःखहरूलाई जोसुकैले पनि हटाइदिन सक्छन् । तर जब कसैलाई भोक, तिर्खा आदि लाग्छ, अरू कसैले खाना वा पानी खाएर त्यो हट्दैन; स्वयंले नै खाना, पानी ग्रहण गर्नुपर्छ । यस्तै ज्ञान प्राप्तीका लागि पनि स्वयंले प्रयत्न गर्नुपर्छ । स्वयंको बबन्धनलाई स्वयंले नै नष्ट गर्नुपर्छ ।
पथ्यमौषधसेवा च क्रियते येन रोगिणा ।
आरोग्यसिद्धिर्दृष्टास्य नान्यानुष्ठितकर्मणा ।।५५।।
जसले रोग पथ्य (निवारक भोजन) र औषधि सेवन गरेको छ, उसैलाई आरोग्य लाभ भएको देखिएको छ । अरू कसैले पथ्य वा औषधि सेवन गरेर आरोग्य लाभ भएको देखिएको छैन । ।।५५।।
रोग निवारक खाना, जलादिलाई पथ्य भनिन्छ । जो बिरामी उचित पथ्य र औषधि आदि ग्रहण गर्दछ, उसले नै स्वास्थ लाभ, आरोग्य प्राप्त गर्दछ । अन्य कसैले औषधि वा पथ्य ग्रहण गरेर कुनै दोस्रो बिमारीको स्वास्थ्य लाभ हुँदैन । त्यस्तै बन्धन तिमीमा ििसर्जित छ । वासना, इच्छाले तिमी अस्थिर, चञ्चल र व्यथित छौ । जन्म–मरणको चक्रमा तिमी फसेका छौ । यो संसाररूपी भवरोगलाई तिमी स्वयंले आत्मज्ञान प्राप्त गरी हटाउनु पर्दछ । अन्य कसैले आत्मज्ञान प्राप्त गरेर तिम्रो अज्ञान नष्ट हुँदैन ।
वस्तुस्वरूपं स्फुटबोधचक्षुषा स्वेनैव वेद्यं न तु पण्डितेन ।
चन्द्रस्वरूपं निजचक्षुषैव ज्ञातव्यमन्यैरवगम्यते किम् ।।५६।।
कुनै पण्डितको व्याख्याबाट नभई स्वयंको निर्मल ज्ञानरूपी नेत्रद्वारा आत्मवस्तुको स्वरूप जान्नुपर्दछ । चन्द्रमाको स्वरूप स्वयंको नेत्रद्वारा नै जान्नुपर्दछ । अन्य नेत्रहीन व्यक्तिद्वारा के त्यो (चन्द्रस्वरूप) जान्न
सकिन्छ र ?।।५६।।
वेद आदिमा आत्माको स्वरूपलाई सत् (अस्तिङ्खव), चित्त (चेतना), आनन्द अद्वितीय भनेर व्याख्या गरिएको छ ? के यो यथार्थ हो ? के यो सत्य हो ? के आत्मा यर्थाथमा सत्, चित, आनन्द, अद्वितीय स्वरूप छ ? यो मात्र मिथ्या वा फगत वेदान्त शास्त्रीहरूको कल्पना हो ?
यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – पण्डितद्वारा गरिएको व्याख्या वा शास्त्रको अध्ययनकै भरमा आत्मा चिदानन्द स्वरूप छ, भन्नु नेत्रहीन व्यक्तिबाट चन्द्रमाको
स्वरूपको व्याख्या सुनेर चन्द्रमा प्रकाशवान्, शीतल छ भन्नुजस्तै अर्थहीन, मिथ्या वा अज्ञानता हो । त्यस्तै, आत्मतङ्खवको बारेमा बोध प्राप्त नभई वा थाहा नै नपाएका वस्तुलाई थाहा पाएँ, बुझें भन्नु अरूलाई बुझेझैं बुझाउन खोज्नु स्वयंलाई धोका, अर्काप्रति बेइमानी हो । त्यसैले मुमुक्षुहरूले सर्वप्रथम साधनाबाट आत्मसाक्षात्कार प्राप्त गरी आत्मवस्तुको स्वरूपको यथार्थबोध गर्नुपर्दछ । अन्य कसैद्वारा गरिएको व्याख्याको आधारमा आत्मवस्तुको स्वरूपलाई बुझेझैं गर्नु अज्ञानताको प्रदर्शन गर्नु मात्र हो ।
अविद्याकामकर्मादिपाशबन्धं विमोचितुम् ।
कः शक्नुयाद्विनात्मानं कल्पकोटिशतैरपि ।।५७।।
अविद्या, कामना, कर्म आदिबाट ििसर्जित जालको बबन्धनलाई सय करोड कल्प बिते पनि आफूबाहेक अरू कसले खोल्न सक्दछ र ? ।।५७।।
स्व–स्वरूपको अज्ञानता (शरीरलाई नै म हुँ) भनेर भन्नु नै अविद्या हो । जबसम्म अज्ञान रहिरहन्छ तबसम्म मनका इच्छा वा कामनाहरू रहिरहने हँुदा मन बहिर्मुखी बनी मनुष्यलाई (वासना) कर्ममा प्रवृत्त गराउँछ । जब कर्म घटित हुन्छ, जब चित्तको वृत्तिलाई तृप्त बनाएर समाधान खोजिन्छ, तब यी वासनाहरू झन् झन् शक्तिशाली बन्दै आशक्तिमा परिणत भई जीवनलाई नै पूर्ण वासनामय बनाइदिन्छ ।
वेदान्त दर्शनको मत छ कि जब मनुष्यको मृत्यु हु्न्छ, यी वासनाहरू नष्ट हुँदैनन् । यिनीहरू पनि सूक्ष्म शरीर हुँदै मनुष्यको अर्को जन्मसँगै फेरि जीवनमा आइपुग्दछन् । ज्ञानको अभावमा त्यही चक्र कैयन् जुनीसम्म चलिरहन्छ । त्यसैले यदि यो मनुष्य जुनीमा नै स्वःप्रयत्न गरी यो अज्ञानलाई नष्ट गरिएन भने, यो जन्ममा नै आत्मज्ञान प्राप्त भएन भने, करोडौं जन्म बिते पनि अविद्या, कामना र कर्मादी रूपी बबन्धनलाई कसैले नष्ट गर्न सक्दैन ।
न योगेन न साङ्ख्येन कर्मणा नो न विद्यया ।
ब्रह्मात्मैकत्वबोधेन मोक्षः सिद्ध्यति नान्यथा ।।५८।।
मोक्ष न योगबाट सिद्ध हुन्छ, न सांख्यबाट, न कर्मबाट, न त अपराविद्याबाट नै हुन्छ । यो (मोक्ष) त मात्र ब्रह्म र आत्माको एकताको ज्ञानबाट प्राप्त हुन्छ । अन्य कुनै प्रकारले मोक्ष सिद्ध हुँदैन । ।।५८।।
मोक्षको स्थितिमा आत्मा र ब्रह्ममा एकत्व हुन्छ । अथवा आत्मा पूर्ण रूपमा ब्रह्ममा विलय हुन्छ । मोक्ष योग, सांख्य, कर्म र अपराविद्याबाट प्राप्त हुँदैन । माथिका कैयन् श्लोकहरूमा व्याख्या गरिएझैं यो (मोक्ष) साधन चतुष्ट्य सिद्धी, सद्गुरु शरणमा श्रवण, मनन, नित्य आत्मस्वरूपको चिन्तनबाट मात्र प्राप्त हुन्छ ।
योग आत्मा–परमात्माको मिलन विन्दु हो । तर यो आत्माब्रह्म पूर्ण एकताको स्थिति होइन । पतञ्जलि मुनिबाट निर्देशित अष्टाङ्ग योग मार्ग (यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान, समाधि) द्वारा चित्त निरोध हुन गई समाधिको स्थितिसम्म मात्र प्राप्त हुन सक्दछ । समाधिको स्थिति पूर्ण ब्रह्मआत्मा एकत्वबोध (मोक्ष) को स्थिति होइन । कपील महर्षिबाट प्रतिपादित
सांख्य दर्शन, जुन जीवमा अनेकताको सिद्धान्त प्रतिपादन गर्दछ, यसबाट मोक्ष सम्भव छैन । किनकि वेदान्त दर्शनमा द्वैतसत्ताको उपस्थितिलाई स्वीकार गरिँदैन । द्वैतसत्ता वा भेदको प्रतीति रहेसम्म मोक्ष प्राप्ति भएको मानिँदैन । कर्मकाण्डीय शास्त्रहरूमा वर्णित (यज्ञ, पूजा, हवन प्रार्थना, मन्त्र आदि), ईश्वरलाई सगुण स्वीकार गरी पूजाअर्चना (अपराविद्या) बाट पनि मोक्ष प्राप्ति सम्भव छैन । मोक्षमात्र ब्रह्मआत्माको एकत्व बोधबाट हुन्छ ।