मोक्ष पुरुष त्यो पुरुष हो – जो नश्वर भौतिक वस्तुहरु प्रतिका मिथ्यात्व प्रति वैराग्य भाव उत्पन्न भएको कारण नै शाश्वतताको खोजीमा साधनामा प्रवेश गर्दछ । साधनाद्वारा परम प्रभुसँग एकाकार वा विलय स्थिति प्राप्त गर्दछ ।
परमात्मा तत्व आन्तरिक जीवनमा प्रकट भई परम तृप्त मोक्ष पुरुषको जगतका भौतिक वस्तुहरुसँग कुनै प्रकारको सम्बन्ध नै हुँदैन भन्ने तथ्य भगवानको यो वचनबाट प्रष्ट हुन्छः
समदुःखसुखः स्वस्थः समलोष्टाश्मकाञ्चनः ।
तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुतिः ।।१४–२४।।
त्यस्तो धीर पुरुष जो निरन्तर स्वस्वरुप वा आत्मभावमा स्थित छ, दुःख – सुखमा सम छ, माटो, ढुुंगा, स्वर्णमा समभाव राख्दछ । प्रिय – अप्रियमा सम रहन्छ । निन्दा – स्तुतिमा पनि समभाव राख्दछ ।
मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी गुणातीतः स उच्यते ।।१४–२५।।
मान – अपमानमा सम छ । मित्र – शत्रु पक्षमा सम छ । सम्पूर्ण (सकाम) कर्मको आरम्भ परित्याग गर्दछ । त्यो पुरुषलाई गुणातीत भनिन्छ ।
जब सन्यास, योग स्थिति गृहस्थमा स्थित सम्भव छ भने गृहत्याग, अग्नीत्याग आदि क्रियाहरु व्यर्थ रहेको बताउँदै भगवान भन्नुहुन्छः
श्रीभगवानुवाच ।
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ।।६–१।।
जो पुरुष कर्मफलको आश्रय नलिइकन (अनाशक्त) कर्तव्य कर्म गर्दछ । त्यो नै सन्यासी तथा योगी हो । केवल अग्नीलाई त्याग्ने सन्यासी होइन । (तथा) केवल क्रियालाई त्याग्ने योगी होइन ।
यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसंन्यस्तसङ्कल्पो योगी भवति कश्चन ।।६–२।।
हे अर्जुन ! जसलाई सन्यास भनिन्छ, त्यसलाई तिमी योग भन्ने बुझ । किनकि संकल्पको त्याग नगरीकन कुनै पुरुष योगी हुन सक्दैन ।
आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारूढस्य तस्यैव शमः कारणमुच्यते ।।६–३।।
योगमा आरुढ हुने इच्छा भएका मननशील पुरुषहरुको लागि निस्काम कर्तव्यकर्म गर्नु नै हेतु भनिएको छ । (र) योगारुढ स्थिति प्राप्त भएपछि त्यो योगारुढ पुरुषको जुन सर्वसंकल्पको अभाव (स्थिति) हुन्छ, त्यही कल्पापको कारण हुन्छ भनिएको छ ।