मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति

0 टिप्पणीहरू 669 आगन्तुकहरू

मानिसको जीवनमा गुण नै प्रकट हुन्छ (३–२७) । मानिसमा भित्र जुन गुणको वाहुल्यता छ, मूलतः मानिसमा त्यहि गुण अनुरुप कै विचारहरु उत्पन्न हुन्छन् । उ त्यहि अनुरुप नै वाह्य कर्महरु गर्दछ । ज्ञानवान वा मोक्ष पुरुषले पनि स्वगुण अनुरुप नै कार्य गर्दछ (३–३३) । आन्तरिक रुपमा सम्पूर्ण त्रिगुणी संस्कारहरुको अनुपस्थिति भएकाले मोक्ष पुरुष वाह्य रुपमा सर्वत्र स्नेह रहित (२–५७), शुभ–अशुभ वस्तु प्राप्तिमा न खुसी न दुखी (२–५७) । गुणले नै कर्म गराउँछ भन्ने बुझी कर्ममा अनाशक्ति (३–२८), कर्मफल आशक्ति त्याग गरी संसारमा आश्रय रहित (४–२०), न राग, न द्वेष, न आकांक्षा, सदा सन्यासी वृत्ति (५–३), कर्ममा अलिप्त (५–७), मात्र अन्तकरण शुद्धिको लागि कर्म (५–११), ब्रम्हाण्ड, गाई, हात्ती, कुकुर, चाण्डालमा समदर्शी (५–१८) विषयबाट प्राप्त काम–क्रोधमा सम (५–२३), प्राणीको हितमा रत (५–२५), वाह्य मान अपमानमा अविचलित (१४–२५) आदि आदि स्वभावले युक्त हुन्छ । यो प्रसङ्गमा भगवानका केहि वचनहरुः

यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।२–५७।।

सर्वत्र स्नेहरहित भएको पुरुष ति ति शुभ अशुभ वस्तुहरुलाई प्राप्त हुँदा न प्रसन्न हुन्छ, न द्वेष गर्दछ । उसको बुद्धि (परमात्मामा) स्थिर छ ।

तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयोः ।
गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते ।।३–२८।।

तर हे महावाहु ! गुण विभाग र कर्म विभागलाई तत्वबाट जान्ने तत्वविद् सम्पूर्ण गुण नै गुणहरुमा प्रकट भइरहेछ (वा गुण आफ्नो कार्य गरिरहेछ) ।

त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः ।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित्करोति सः ।।४–२०।।

जो कर्म र फलको आशक्तिलाई पूर्णरुपमा त्यागेर संसारमा (आश्रय निराश्रय रहित) भई परमात्मा तत्वमा नित्य तृप्त छ, उ कर्ममा राम्रोसँग लागे पनि केहि गर्दैन ।

ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति ।
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ।।५–३।।

हे अर्जुन ! जुन पुरुष न कसैसँग वा कुनै (विषय) सँग द्वेष गर्दछ । न केही आकांक्षा गर्दछ, त्यो कर्मयोगी सँधै सन्यासी भनिन योग्य छ, किनभने राग – द्वेषादि द्वन्दबाट रहीत पुरुष सुखपूर्वक संसार वन्धनबाट मुक्त हुन्छ ।

योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।५–७।।

जसको मन आफ्नो वशमा छ । जो जितेन्द्रीय छ । जसको अन्तःकरण शुद्ध छ । सम्पूर्ण प्राणीको आत्मारुप परमात्मा नै जसको आत्मा छ । यस्तो कर्मयोगी कर्म गर्दा पनि (कर्ममा) लिप्त हुँदैन । ५–११

विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।५–१८।।

पण्डित वा ज्ञानी महापुरुष विद्याविनययुक्त ब्राम्हण, गाई, हात्ती, कुकुर र चाण्डलमा समदर्शी (समरुप परमात्मा तत्वको उपस्थिती देख्ने) हुन्छ ।

शक्नोतीहैव यः सोढुं प्राक्शरीरविमोक्षणात् ।
कामक्रोधोद्भवं वेगं स युक्तः स सुखी नरः ।।५–२३।।

जुन साधक यो शरिरको नाश हुने भन्दा पहिले (मृत्युपूर्व) नै काम क्रोधबाट उत्पन्न हुने (संवेदनाहरुको) वेगलाई सहन गर्न समर्थ हुन्छ । त्यही पुरुष योगी हो । त्यही सुखी हो ।

लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषाः ।
छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ।।५–२५।।

परमात्मा साक्षात्कारको कारण जसको सम्पूर्ण पाप वा विकार नष्ट भएको छ । जसको सम्पूर्ण संशय नष्ट भएको छ । जो सम्पूर्ण प्राणीका हितमा लागेको छ । जसको वशमा आएको मन निश्चल भावले परमात्मामा स्थित छ । त्यो ब्रम्हावेत्ता पुरुष ब्रम्हा निर्वाणलाई प्राप्त हुन्छ ।

मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी गुणातीतः स उच्यते ।।१४–२५।।

मान – अपमानमा सम छ । मित्र – शत्रु पक्षमा सम छ । सम्पूर्ण (सकाम) कर्मको आरम्भ परित्याग गर्दछ । त्यो पुरुषलाई गुणातीत भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 989 0
अवतरण के हो ? 1/9/2023 882 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 856 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 870 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 893 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 835 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 802 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 869 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 783 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 852 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 856 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 719 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 675 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 726 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 893 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 752 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 866 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 697 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 884 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 773 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 861 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 736 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 856 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 677 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 791 0
त्रिगुण के हो ? 1/9/2023 1030 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 741 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 719 0
त्रिगुण र बन्धन 1/9/2023 828 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 706 0
सतगुण के हो ? 1/9/2023 690 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 655 0
मनुष्य उत्पति 1/9/2023 726 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 754 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 612 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 800 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 623 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 700 0
धर्मक्षेत्र के हो ? 1/9/2023 650 0
मोक्ष साधना के हो ? 1/9/2023 649 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 784 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 520 0
यज्ञ के हो ? 1/9/2023 580 0
धर्मयुद्ध के हो ? 1/9/2023 735 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 669 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 660 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 620 0
के हो ईश्वर भजन ? 1/9/2023 699 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 575 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 470 0
कर्म के हो ? 1/9/2023 1052 0
कर्मको गति किन गहन छ ? 1/9/2023 651 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 764 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 641 0
कर्मयोग के हो ? 1/9/2023 664 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 672 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 617 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 708 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 675 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 637 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 756 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 953 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 591 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 573 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 638 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 674 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1650 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 779 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 797 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1633 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 683 0
वेद के हो ? 1/10/2023 717 0
देवता के हो ? 1/10/2023 767 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 744 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 738 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 696 0
मृत्यु के हो ? 1/10/2023 745 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 707 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 698 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3326 0