मानिसको जीवनमा गुण नै प्रकट हुन्छ (३–२७) । मानिसमा भित्र जुन गुणको वाहुल्यता छ, मूलतः मानिसमा त्यहि गुण अनुरुप कै विचारहरु उत्पन्न हुन्छन् । उ त्यहि अनुरुप नै वाह्य कर्महरु गर्दछ । ज्ञानवान वा मोक्ष पुरुषले पनि स्वगुण अनुरुप नै कार्य गर्दछ (३–३३) । आन्तरिक रुपमा सम्पूर्ण त्रिगुणी संस्कारहरुको अनुपस्थिति भएकाले मोक्ष पुरुष वाह्य रुपमा सर्वत्र स्नेह रहित (२–५७), शुभ–अशुभ वस्तु प्राप्तिमा न खुसी न दुखी (२–५७) । गुणले नै कर्म गराउँछ भन्ने बुझी कर्ममा अनाशक्ति (३–२८), कर्मफल आशक्ति त्याग गरी संसारमा आश्रय रहित (४–२०), न राग, न द्वेष, न आकांक्षा, सदा सन्यासी वृत्ति (५–३), कर्ममा अलिप्त (५–७), मात्र अन्तकरण शुद्धिको लागि कर्म (५–११), ब्रम्हाण्ड, गाई, हात्ती, कुकुर, चाण्डालमा समदर्शी (५–१८) विषयबाट प्राप्त काम–क्रोधमा सम (५–२३), प्राणीको हितमा रत (५–२५), वाह्य मान अपमानमा अविचलित (१४–२५) आदि आदि स्वभावले युक्त हुन्छ । यो प्रसङ्गमा भगवानका केहि वचनहरुः
यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।२–५७।।
सर्वत्र स्नेहरहित भएको पुरुष ति ति शुभ अशुभ वस्तुहरुलाई प्राप्त हुँदा न प्रसन्न हुन्छ, न द्वेष गर्दछ । उसको बुद्धि (परमात्मामा) स्थिर छ ।
तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयोः ।
गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते ।।३–२८।।
तर हे महावाहु ! गुण विभाग र कर्म विभागलाई तत्वबाट जान्ने तत्वविद् सम्पूर्ण गुण नै गुणहरुमा प्रकट भइरहेछ (वा गुण आफ्नो कार्य गरिरहेछ) ।
त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः ।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित्करोति सः ।।४–२०।।
जो कर्म र फलको आशक्तिलाई पूर्णरुपमा त्यागेर संसारमा (आश्रय निराश्रय रहित) भई परमात्मा तत्वमा नित्य तृप्त छ, उ कर्ममा राम्रोसँग लागे पनि केहि गर्दैन ।
ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति ।
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ।।५–३।।
हे अर्जुन ! जुन पुरुष न कसैसँग वा कुनै (विषय) सँग द्वेष गर्दछ । न केही आकांक्षा गर्दछ, त्यो कर्मयोगी सँधै सन्यासी भनिन योग्य छ, किनभने राग – द्वेषादि द्वन्दबाट रहीत पुरुष सुखपूर्वक संसार वन्धनबाट मुक्त हुन्छ ।
योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।५–७।।
जसको मन आफ्नो वशमा छ । जो जितेन्द्रीय छ । जसको अन्तःकरण शुद्ध छ । सम्पूर्ण प्राणीको आत्मारुप परमात्मा नै जसको आत्मा छ । यस्तो कर्मयोगी कर्म गर्दा पनि (कर्ममा) लिप्त हुँदैन । ५–११
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।५–१८।।
पण्डित वा ज्ञानी महापुरुष विद्याविनययुक्त ब्राम्हण, गाई, हात्ती, कुकुर र चाण्डलमा समदर्शी (समरुप परमात्मा तत्वको उपस्थिती देख्ने) हुन्छ ।
शक्नोतीहैव यः सोढुं प्राक्शरीरविमोक्षणात् ।
कामक्रोधोद्भवं वेगं स युक्तः स सुखी नरः ।।५–२३।।
जुन साधक यो शरिरको नाश हुने भन्दा पहिले (मृत्युपूर्व) नै काम क्रोधबाट उत्पन्न हुने (संवेदनाहरुको) वेगलाई सहन गर्न समर्थ हुन्छ । त्यही पुरुष योगी हो । त्यही सुखी हो ।
लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषाः ।
छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ।।५–२५।।
परमात्मा साक्षात्कारको कारण जसको सम्पूर्ण पाप वा विकार नष्ट भएको छ । जसको सम्पूर्ण संशय नष्ट भएको छ । जो सम्पूर्ण प्राणीका हितमा लागेको छ । जसको वशमा आएको मन निश्चल भावले परमात्मामा स्थित छ । त्यो ब्रम्हावेत्ता पुरुष ब्रम्हा निर्वाणलाई प्राप्त हुन्छ ।
मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी गुणातीतः स उच्यते ।।१४–२५।।
मान – अपमानमा सम छ । मित्र – शत्रु पक्षमा सम छ । सम्पूर्ण (सकाम) कर्मको आरम्भ परित्याग गर्दछ । त्यो पुरुषलाई गुणातीत भनिन्छ ।