त्रिगुणी संस्कारहरु मूलतः तमोगुणी र रजोगुणी संस्कारहरु नै ति कारणहरु हुन् जसको कारण मानिस अनेकन् वाह्य इन्द्रिय विषयहरु प्रति मानिस आकर्षित भइरहन्छ । अशान्त, द्वन्द्वपूर्ण भइरहन्छ । यि इन्द्रिय विषयहरु माझमा पनि भोग काम लालसा त्यो भयानक इन्द्रिय विषय हो, जसको कारण आज पनि मानिसले भगवानले व्याख्या गर्नुभएको यो स्थिति भोगिरहेको छ ।
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।२–६२।।
विषयहरुको चिन्तन गर्ने मनुष्यको ति विषयहरुमा आशक्ति उत्पन्न हुन जान्छ । अनि आशक्तिबाट विषयहरुको कामना उत्पन्न हुन्छ । अनि कामना (प्राप्ति) मा विघ्न भए क्रोध उत्पन्न हुन्छ ।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।२–६३।।
क्रोधबाट अत्यन्त मूढभाव (अविवेकी, बेहोसी) उत्पन्न हुन्छ । मूढभावबाट स्मृतिमा भ्रम उत्पन्न हुन्छ । स्मृति भ्रमले बुद्धि (विवेक) को नाश हुन्छ । बुद्धि (वा विवेक) नाश भएपछि मनुुष्यको पतन हुन्छ ।
रागद्वेषविमुक्तैस्तु विषयानिन्द्रियैश्चरन् । यचवियुक्तैस्तु
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।२–६४।।
तर स्वाधीन अन्तःकरण भएको पुरुष आफ्नो वशमा रहेको राग, द्वेषरहित इन्द्रियहरुद्वारा विषयहरुमा विचरण गर्दा पनि अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्दछन् ।
जब कोहि साधक मोक्ष जीवन स्थिति प्राप्त गर्दछ । सर्वप्रथम त्यो मोक्ष पुरुष मानिस मात्रको मूल शत्रु कामवासनाबाट सधैँको लागि मुक्त हुन्छ । मोक्ष पुरुषमा त्रिगुणी संस्कारहरु नाश भएको कारण, ‘म’ भाव विलय भई आत्मभावमा स्थित रहेको कारण, परम तत्वको परम आनन्दमा तृप्त भएको कारण कामवासना सहित सम्पूर्ण इन्द्रिय विषयहरुको स्मरणसम्म पनि उपस्थित रहँदैन । जब यस्तो आत्मतृप्त मानिसमा मानौँ कुनै कारणवस इन्द्रिय विषयहरु सम्पर्कमा आए पनि त्यो अवस्थामा यि इन्द्रिय विषयहरु मोक्ष पुरुषको परम शान्त मनको महासागरमा हलचल ल्याउन असमर्थ रहन्छन् । अन्तःकरणको शान्ति र प्रसन्नतालाई नष्ट गर्न असमर्थ रहन्छन् । भगवान यो स्थितिको व्याख्या गर्दै भन्नुहुन्छः
यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।२–५८।।
र जसरी कछुवाले सम्पूूर्ण तिरबाट जसरी आफ्ना अङ्गहरुलाई खुम्चाउँछ । यो पुुरुष इन्द्रियका विषयहरुबाट इन्द्रियहरुलाई त्यसरी नै खिच्दछ । उसको प्रज्ञा (बुद्धि) स्थिर छ ।
तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।२–६१।।
ति सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरी समाहित (सम) चित्तयुक्त भएर मेरो परायण (आश्रय) मा बस । किनभने जुन पुरुषको इन्द्रियहरु वशमा छन् । उसको बुद्धि स्थिर छ ।
आपूर्यमाणमचलप्रतिष्ठं समुद्रमापः प्रविशन्ति यद्वत् ।
तद्वत्कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी ।।२–७०।।
जसरी सम्पूर्ण तिरबाट परिपूूर्ण, अचल स्थितिमा प्रतिष्ठित नदीहरुको जल (धारा) समुन्द्रलाई विचलित नगरीकन समाहित वा विलय हुन्छन् । त्यस्तै सम्पूर्ण भोग विचारहरु स्थितिप्रज्ञ पुरुषमा कुनै पनि प्रकारको विकार उत्पन्न नगरिकन समाहित वा विलय हुन्छन् । यस्तो पुरुषलाई नै परम शान्ति प्राप्त हुन्छ । न कि भोगहरुलाई चाहने व्यक्तिहरुलाई ।