साधना प्रवेश मार्ग पृथक पृथक झै प्रतित भएता पनि कर्मयोग, सांख्ययोग, भक्तियोग वा कुनै पनि समत्वबुद्धि योगको मात्र एक लक्ष्य हो – स्वयंमा छिपेको परमात्मा तत्वमा योग स्थिति प्राप्त गर्नु, एकीभाव प्राप्त गर्नु । मोक्ष साधनामा साधक जुनसुकै मार्गबाट किन प्रवेश नगरोस्, यदि मोक्ष साधना सत्य छ भने (वा यहि साधक विषयबाट प्राप्त हुने रागपूर्ण र द्वेषपूर्ण संवेदनाहरुको मध्यमार्गमा विचरण गर्दछ भने साधनाको कुनै एक विन्दूमा उ स्वयंमा छिपेको परमात्मा तत्वको सम्पर्कमा अवश्य आइपुग्दछ । उ अवश्य परमात्मा तत्वलाई स्पर्श गर्दछ । किनकि म सर्वत्र समवस्थितम् ईश्वरम् (ईश्वर तत्व सर्वत्र समभावमा छ, १३–२८) ।
मन र परमतत्व विचको स्पर्श विन्दू नै सम्यक सम विन्दू हो । यो त्यो विन्दू हो – जहाँ ईश्वरीय नियमहरु मोक्षको पक्षमा क्रियाशील हुन पुग्दछ । यहि विन्दूमा शुद्ध परमात्मा तत्वको सम्पर्कमा मन आउँदा ईश्वरीय उच्छेदको नियमको कारण मनका जन्म जन्मान्तरका संस्कारहरु उच्छेद वा जरैदेखि उखेलिन प्रारम्भ हुन्छ । भष्म हुन प्रारम्भ हुन्छन् । अन्ततः साधना सिद्धिकालमा साधकका सम्पूर्ण त्रिगुणी संस्कारहरु भष्म भई साधक शुद्ध वा पवित्र हुन पुग्दछ । स्वयंको स्वरुप प्राप्त गर्दछ । मोक्ष प्राप्त गर्दछ । भगवान भन्नुहुन्छः
यथैधांसि समिद्धोऽग्निर्भस्मसात्कुरुतेऽर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा ।।४–३७।।
किनभने हे अर्जुुन ! जसरी प्रज्वलित अग्नी इन्धनलाई सम्पुर्ण रुपमा भष्म गर्दछ, त्यसरी नै ज्ञानरुप अग्नी पनि सम्पूर्ण कर्म (संस्कारहरु) लाई सम्पूर्ण रुपमा भष्म गर्दछ ।
न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ।।४–३८।।
यो संसारमा ज्ञानको समान पवित्र (शुद्ध) गर्ने बस्तु निसन्देह अरु केहि छैन । यो ज्ञानलाई कति समय देखि (दीर्घकाल साधना) कर्मयोगद्वारा शुद्ध अंतःकरण भएको मनुष्यले अवश्य स्वतः आत्मामा अनुुभव गर्दछ ।
मोक्ष साधनाले मनलाई ईश्वर तत्वको सम्पर्कमा पुर्याउँदछ । जब मन र ईश्वर तत्वको विचमा मिलन हुन्छ । त्यो क्षण पश्चात कसरी ईश्वरीय तत्वमा छिपेका शाश्वत नियमहरुले धर्मचक्र प्रारम्भ गर्दै मोक्ष प्रदान गर्दछन् ? यो तथ्यको विस्तृत व्याख्या ईश्वर तत्वले कसरी मोक्ष प्रदान गर्दछ (दोश्रो अध्याय) मा पनि ………………