मुक्तिको पथमा कर्म र विचारको फलद्वारा उपलब्ध हुने स्थितिको व्याख्या प्रस्तुत श्लोकमा गरिएको छ –
चित्तस्य शुद्धये कर्म न तु वस्तूपलब्धये ।
वस्तुसिद्धिर्विचारेण न किञ्चित् कर्मकोटिभिः ।।११।।
कर्म चित्त शुद्धिको लागि हो, मोक्ष प्राप्तिको लागि होइन । मोक्षको सिद्धि (मोक्ष) विचारबाट प्राप्त हुन्छ । करोडौं कर्म गरे पनि मोक्ष प्राप्ति हुँदैन ।।११।।
यो श्लोकमा कर्म भन्नाले चित्त शुद्धिका लागि गरिने धार्मिक कर्महरू (स्नान, पूजा, पाठ, मन्त्र, हवन, प्रार्थना, उपासन, तीर्थ आदि) प्रति संकेत गरिएको छ । मनमा उत्पन्न वासना–चिन्तनले चित्तमा रागरूपी क्लेश उत्पन्न गराउँछ । चित्तका क्लेशहरूले नै साधकलाई बहिर्मुखी बनाई जगत््का आकर्षणहरुमा फसाउँदछ ।
मोक्ष–साधनाको अन्तिम लक्ष्य संयक चित्त हो । धार्मिक अनुष्ठान वा कर्महरूमा ईश्वरको चिन्तन गरिने हुनाले तिनीहरू चित्तशुद्धीका लागि सहयोगी हुन्छन् । यी कर्महरूले चित्तलाई क्लेशरहित बनाई मोक्षका लागि पात्रता र पृष्ठभूमि तयार पार्दछन् । तर मोक्ष प्रदान भने गर्दैनन् । मोक्ष–प्राप्ति आत्मचिन्तनरूपी विचारबाट मात्रै सम्भव छ । जब साधक संसारका अनेकन् वस्तुहरू छोडेर आत्मास्वरूपको चिन्तन, मनन् र विचार गर्न थाल्दछ तब विस्तारै विस्तारै उसको चित्तमा रहेका भ्रम–ज्ञान समाप्त भएर प्रमाज्ञानको अभ्यासले मोक्षको उदय आरम्भ हुन्छ ।
सम्यग्विचारतः सिद्धा रज्जुतत्ङ्खवावधारणा । भ्रान्त्योदितमहासर्पभयदुःखविनाशिनी ।। १२ ।।
भ्रान्ति जनित सर्पबाट उत्पन्न दुःख (भय) को नाश डोरीलाई (प्रकाशको उपस्थितिमा) संयक विचारले हे¥यो भने सिद्ध वा निश्चय हुन्छ ।।१२।।
अँध्यारोमा डोरी सर्पझैँ प्रतित हुन्छ । त्यो प्रतीतिले मनुष्य हृदयमा भय, कम्पनादि सिर्जना गर्दछ । अध्ँयारोको कारण भ्रमवश जन्मिएको भय तबसम्म रहिरहन्छ, जबसम्म प्रकाशको उपस्थितिमा सर्पझैं प्रतीत वस्तु डोरी नै हो भन्ने निश्चित हुँदैन । जब प्रकाशको उपस्थितिमा विचार गरेर हेरिन्छ, सत्यता प्रकट हुन्छ । जब सत्यता प्रकट हुन्छ, भ्रमबाट ििसर्जित दुःख, भय, कम्पनादिको अन्त्य हुन्छ । यथार्थतामा आत्मा हुँदाहुँदै पनि स्वयंलाई देह मानेर मनुष्यहरू भ्रमवश अनेकौं दुःख–कष्टहरू भोगिरहेका छन् । यी सम्पूर्ण दुःखको निवृत्तिसम्यक् आत्मतङ्खवको ज्ञानबाट प्राप्त हुन्छ ।
अर्थस्य निश्चयो दृष्टो विचारेण हितोक्तितः ।
न स्नाने न दानेन प्राणायामशतेन वा ।। १३ ।।
हितकारी उक्ति (शास्त्र सद्गुरुका उपदेश) को सम्यक् विचारबाट आत्मतङ्खवको स्वरूप निश्चय भएको देखिएको छ । स्नान, दान तथा सयौं प्राणयामबाट मात्र हुन सक्दैन ।।१३।।
स्नान, दान, प्राणायम आदिहरूबाट शरीर शुद्धि, चितशुद्धि आदि प्राप्त भई साधकमा मोक्षको लागि पात्रता (पृष्ठभूमि) को सिर्जना हुन्छ । तर यी क्रियाहरूबाट सम्यक्–बोध वा आत्मतङ्खव स्वरूप प्राप्त हुन सक्दैन । आत्मतङ्खव स्वरूप निश्चय त्यो स्थितिमा मात्र हुन्छ जब साधक हितकारी उक्ति वा सद्गुरुका उपदेशहरूको सम्यक् विचार, चिन्तन, मनन गरी आत्मा–साक्षात्कार प्राप्त गर्दछ ।
अधिकारिणमाशास्ते फलसिद्धिर्विशेषतः ।
उपाया देशकालाद्याः सन्त्यस्मिन्सहकारिणः ।। १४ ।।
विशेषतः अधिकारीलाई नै फलसिद्धि हुनसक्छ । देश, काल आदि उपाय पनि त्यसमा सहायक हुन्छन् ।।१४।।
कर्म गर्न समर्थ पुरुषलाई नै कर्मफल मिल्दछ । त्यस्तै, मोक्षमा पनि सफलता वा असफलता नितान्त साधकको व्यक्तिगत क्षमता र लक्ष्यप्रतिको दृढता, निरन्तरता, साधनाको गहिराइ वा आन्तरिक सामथ्र्यमा निर्भर गर्दछ । त्यसैले संकल्पवान् साधकहरूले मात्र यो स्थिति प्राप्त गरेका छन् । उचित स्थान, समय र परिस्थितिद्वारा सद्गुरुको माध्यमले साधनालाई सहज बनाई यो यात्रामा सहयोग गर्दछ । यो आत्मज्ञानको पात्रता भएका संकल्पवान् मुमुक्षु (अधिकारी) लाई मात्र प्राप्त हुन्छ ।
अतो विचारः कर्तव्यो जिज्ञासोरात्मवस्तुनः ।
समासाद्य दयासिन्धुं गुरुं ब्रह्मविदुत्तमम् ।। १५ ।।
यसकारण जिज्ञासु साधकहरूले ब्रह्मज्ञानीमा पनि श्रेष्ठ दयासागर सद्गुरुको शरणमा गएर आत्मतङ्खवको विचार गर्नु पर्दछ ।।१५।।
मोक्ष सहजै पाउने वस्तु होइन । मोक्षको सफलतामा सद्गुरुको उपस्थिति र गुरुकृपाको गहन भूमिका रहन्छ । त्यसैले व्यक्तिगत रूपमा स्व–साधना गर्नुभन्दा (सम्भव छ भने) मुक्तिका तीव्र जिज्ञासु साधकहरूले ब्रह्मज्ञानीहरूमा पनि श्रेष्ठ (सर्वश्रेष्ठ) सद्गुरुको शरणमा गएर उहाँकै निर्देशनअनुसार साधना र आत्मतङ्खवको चिन्तन गर्नु पर्दछ ।
महापुरुषको आश्रय अनि तिनीहरूको व्यक्तित्व वा उपस्थितिले मात्र पनि वातावरणमा उर्जा सिर्जना गरी साधनालाई अत्यन्त सहज बनाउँदै उच्च स्थितिमा लैजान्छ । त्यसैले सद्गुरुको सामिप्य साधकका लागि अत्यन्त महत्त्वपूर्ण छ ।



