विपश्यना साधनाको चरणबद्ध साधनाविधि

९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन

0 टिप्पणीहरू 515 आगन्तुकहरू

यस अध्यायसम्म आइपुग्दा तपाईंले विपश्यना साधनासँग जोडिएका प्रायः सैद्धान्तिक पक्षको जानकारी प्राप्त गरिसक्नुभएको छ । यस अध्यायबाट तपाईं विपश्यना साधनामा प्रत्यक्ष प्रवेश गर्न गइरहनुभएको छ अथवा विपश्यना साधनाका सम्पूर्ण सैद्धान्तिक जानकारी, जुन तपाईंले हालसम्म प्राप्त गर्नुभएको छ तिनै सैद्धान्तिक जानकारीलाई प्रत्यक्ष साधनामा उतारेर निर्वाण प्राप्त गर्न जाँदै हुनुहुन्छ ।

यद्यपि तपाईंले विपश्यना साधनाका लागि आवश्यक पर्ने सम्पूर्ण सैद्धान्तिक ज्ञान प्राप्त गरिसक्नुभएको छ तर निर्वाण साधना अत्यन्त सूक्ष्म साधना भएकाले यस साधनामा साधकलाई साधनाका सम्पूर्ण पक्षको जानकारी स्पष्टरूपमा बोध भएको जस्तो प्रतीत भए पनि यथार्थमा ऊ साधनाका कैँयौँ पक्षप्रति अनभिज्ञ रहने समस्या सदैव उपस्थित रहने भएकाले विपश्यना साधनाको चरणबद्धविधिमा प्रवेश गर्नुपूर्व पुनः ‘एकपल्ट’ विपश्यना साधनासँग जोडिएका सैद्धान्तिक पक्षलाई सारांशमा अवलोकन गर्ने प्रयास गरिएको छ । त्यसैले विपश्यना साधनासँग जोडिएका तलका सम्पूर्ण पक्षप्रति पुन स्पष्ट हुनुहोस् ।

मानव देहसत्ताको संरचना कस्तो छ ?

चित्तका संस्कारहरू तपाईंको देहसत्ताभित्रै उत्पन्न हुन्छन् । यसर्थ विपश्यना साधनामा प्रवेश गर्नुपूर्व तपाईंले आफ्नै देहसत्ताको संरचनाप्रति स्पष्ट हुन अत्यन्त आवश्यक हुन्छ । भगवान् बुद्धका अनुसार विभिन्न अङ्गका संयोजनबाट रथको निर्वाण भए झैँ कायको क्षेत्र र चित्त क्षेत्रको संयोजनबाट तपाईंको देहसत्ता निर्माण भएको छ ।
तपाईंको देहसत्ताका यी दुई पक्षमध्ये देहपक्षमा पञ्चइन्द्रियहरू छन् । त्यस्तै चित्तको पक्षमा विज्ञान, संज्ञा, वेदना, संज्ञा गरी चार खण्ड छन् । प्रकृतिका छवटा शाश्वत नियम पनि तपाईंको यही देहसत्ताभित्र छिपेका छन् । देह पक्षका सम्पूर्ण अङ्ग, चित्त पक्षका सम्पूर्ण खण्ड र प्रकृतिको शाश्वत नियमको संयोजनमा तपाईंको जीवन प्रक्रिया सञ्चालित छ वा क्रियाशील छ । त्यसैले तपाईंको आफ्नै जीवनसत्ताको संरचनाप्रति स्पष्ट हुनुहोस् ।

चित्तमा संस्कारहरू कसरी उत्पत्ति हुन्छन् ?

देह पक्षका पाँचइन्द्रिय (मनसहित छ इन्द्रिय) तथा चित्तका चार खण्ड र प्रकृतिका शाश्वत नियम क्रियाशील रहेको तपाईंको जीवनसत्तामा जब इन्द्रियहरूको मिलन जगत्का विषयहरूसँग हुन पुग्छ त्यस क्षणमा तपाईंको पूर्वसंस्कारका कारण अनेक प्रकारका सुखद र दुखद संवेदना तपाईंको मनमा उत्पन्न हुन्छ । यस क्षणमा तपाईंको चित्तको प्राकृतिक स्वभावका कारण तपाईंको चित्तले यी संवेदनालाई स्वतः भोग्न थाल्छ । त्यस क्षणमा प्रकृतिको संस्कार वा बीज सङ्ग्रहको नियमले चित्तको यस संवेदना भोग गर्ने स्वभावलाई सुरक्षित राखिदिन्छ । यसरी प्रकृतिको शाश्वत नियमका कारण तपाईंको चित्तमा संस्कार (विषयबाट उत्पन्न हुने सुखद वा दुःखद संवेदना भोग गर्ने स्वभाव) उत्पत्ति हुन्छ । विपश्यनामा चित्तको यही संवेदना भोग गर्ने स्वभावलाई नाश गरिन्छ । मानिसको चित्तमा संस्कारहरू कसरी उत्पन्न हुन्छ भन्ने तथ्यको व्याख्या गरिसकिएको छ । त्यसैले तपाईं स्वयंमा कसरी संस्कारहरू उत्पत्ति हुन्छन् वा भइरहेका छन् भन्ने तथ्यप्रति स्पष्ट बन्नुहोस् ।

मानिसमा जगत्का विषय बन्धनहरुको उत्पत्ति कसरी हुन्छ ?

जब तपाईंको चित्तमा कुनै विषयबाट उत्पन्न हुने सुखद संवेदनाहरू भोग गर्ने स्वभाव सङ्ग्रह हुन्छ त्यस अवस्थामा तपाईंको मनमा स्वतः सुखद संवेदना उत्पन्न गर्ने विषय (इन्द्रिय भोग, वैभव, सम्मान आदि) प्रति आशक्ति र दुःखद संवेदना उत्पन्न गर्ने विषयप्रति अनाशक्ति (जुन स्वयंमा बन्धन हो) हुन पुग्छ । यसरी तपाईंको मनमा जगत्का विषयहरूप्रति बन्धन उत्पत्ति हुन्छ, जसका कारण तपाईं जीवनपर्यन्त सुखद संवेदना प्रदान गर्ने विषयको प्राप्ति र दुःखद संवेदना प्रदान गर्ने विषय अप्राप्तिको प्रयासमा दौडिरहनुहुन्छ ।

विपश्यना साधनामा चित्तको संवेदना भोग गर्ने यही स्वभावलाई नष्ट गरी विषय बन्धन वा आशक्ति नाश गरिन्छ ।

मानिसमा दुःखचक्र, भवचक्र, लोकचक्रको उत्पत्ति कसरी हुन्छ ?

जब तपाईंको चित्तमा संस्कारको उत्पत्ति र विकास हुन्छ । त्यस क्षणमा तपाईंमा छिपेका प्रतित्यसमुत्पाद नामक नियमले अनुलोमको चक्र उत्पन्न गर्छ । जब तपाईंमा अनुलोमको चक्र उत्पन्न हुन्छ यस चक्रका कारण तपाईं अन्तहीन दुःखचक्र, लोकचक्र, भवचक्र प्राप्त गरिरहनुहुन्छ । विपश्यना साधनामा तपाईं स्वयंमा प्रतिलोमको चक्र उत्पन्न गरी यस दुःखचक्र, भवचक्र, लोकचक्र नाश गर्नु हुन्छ । मानिसमा कसरी दुःखचक्र, भवचक्र, लोकचक्र उत्पत्ति हुन्छ भन्ने कुराको व्याख्या अध्याय चारमा गरिसकिएको छ । त्यसैले तपाईं स्वयंमा कसरी दुःखचक्र, भवचक्र, लोकचक्र उत्पत्ति भइरहेको छ भन्ने तथ्यप्रति स्पष्ट हुनुहोस् । विपश्यना साधनाले कसरी प्रतिलोमको चक्र उत्पत्ति गरी निर्वाण प्रदान गर्छ भन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् ।

विपश्यना साधनाको लक्ष्य के हो ?

विपश्यना साधनाको लक्ष्य भनेको चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नाश गरी स्वयंमा प्रतिलोमको चक्र (निर्वाणको चक्र) उत्पन्न गर्दै स्वयंको दुःखचक्र, भवचक्र, लोकचक्रलाई पनि नष्ट गर्दै निर्वाण प्राप्त गर्नु हो । विपश्यना साधनाको लक्ष्य र विपश्यना साधनाले समाधान गर्नुपर्ने पाँच समस्याहरूका व्याख्या अध्याय आठमा गरिसकिएको छ । त्यसैले विपश्यना साधनाको लक्ष्यप्रति स्पष्ट हुनुहोस् ।

चार सत्य वा चार आर्य सत्य भनेको के हो ?

चार सत्य (दुःख छ, दुःखको कारण छ, दुःख निरोध वा निर्वाणको स्थिति छ, दुःख निरोधको स्थिति प्राप्त गर्ने साधनाको मार्ग छ) भन्ने कुरा संसारका प्रत्येक मानिसमा छिपेको सत्य हो । विपश्यना साधनामा तपाईं दुःखको कारण (जुन चित्तको संवेदना भोग गर्ने स्वभाव हो) लाई दुःख निरोध प्रदान गर्ने मार्ग (जुन विपश्यना वा संवेदनाप्रति समभावी साधना हो) द्वारा नष्ट गरी समानान्तररूपमा स्वयंको दुःख (दुःखचक्र, भवचक्र, लोकचक्र) नाश गरी निर्वाण प्राप्त गर्न गइरहनु भएको छ । चार सत्य वा चार आर्य सत्य के हो र चार सत्यमाथि कसरी साधना गरिन्छ भन्ने कुरा व्याख्या अध्याय ६ मा गरिएको छ । त्यसैले चार आर्य सत्यप्रति स्पष्ट हुनुहोस् । तपाईं कुनै आत्माप्राप्ति, परमात्माप्राप्ति, दिव्य दर्शनप्राप्ति आदि अमुक प्राप्तिका लागि विपश्यना साधनामा प्रवेश गरिरहनुभएको छैन भन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् ।

चार आर्य सत्यका बाह्र आवृत्ति के हो ?

चार सत्यमाथि गरिने विपश्यना साधना अत्यन्त सूक्ष्म साधना भएकाले तपाईं आसन ग्रहण गरी आँखा चिम्लिएर आनापानसति साधना र संवेदनामाथि साधना गर्दैमा यस दुरुह साधनालाई सिद्ध गर्न सक्नुहुन्न । यसर्थ विपश्यना साधनामा श्रुत ज्ञान, चिन्तन ज्ञान, प्रत्यक्ष ज्ञान गरी तीन चरणमा साधना गर्नुपर्छ । चार आर्य सत्य सम्बन्धी जुन श्रुत ज्ञान तपाईंले भगवान् बुद्धबाट प्राप्त गर्नुभएको छ यस श्रुत ज्ञानमाथि गहन चिन्तन, मनन, मूल्याङ्कन, विश्लेषण, प्रश्नोउत्तर आदि प्रक्रियाद्वारा पूर्णरूपमा स्पष्ट भएर मात्र तपाईंले विपश्यना साधनामा प्रवेश गर्नुपर्छ । चार आर्य सत्यका बाह्र आवृत्तिको व्याख्या अध्यायमा ६ मा गरिसकिएको छ ।

आर्य अष्टाङ्गमार्ग साधना के हो ?

प्रकृतिका शाश्वत नियमहरूको क्रियाशीलताका कारण चौवीसै घण्टा संस्कार (चित्तको संवेदना भोग गर्ने स्वभाव) र अनुलोमको चक्र उत्पन्न भइरहेको तपाईंको जीवनसत्तामा बिहान बेलुका एकदुई घण्टा गरिने साधारण ध्यान साधनाबाट चित्तका संस्कारहरू नाश गरी स्वयंमा प्रतिलोमको चक्र (धर्मचक्र र निर्वाणको चक्र) उत्पत्ति गरी निर्वाण प्राप्त गर्न पूर्णतः असमर्थ रहनुहुन्छ । यही कारण भगवान्ले आठवटा साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका, सम्यक स्मृति, सम्यक व्यायाक, सम्यक समाधि, सम्यक सङ्कल्प, सम्यक दृष्टि) लाई जोडेर अत्यन्त शक्तिशाली पूर्ण सत्य निर्वाण साधनाविधिलाई विकास गर्नुभएको हो । त्यही साधना नै आर्य अष्टाङ्ग मार्ग साधना हो । आर्य अष्टाङ्गमार्ग साधना नै विपश्यना साधना हो । आर्य अष्टाङ्गमार्ग साधनाको विस्तृत व्याख्या अध्याय सातमा गरिएको छ । त्यसैले आर्य अष्टाङ्गमार्गका प्रत्येक साधनाप्रति स्पष्ट हुनुहोस् । विपश्यना साधनामा आठवटा साधनालाई जीवनमा उर्तान गइरहेको छु भन्ने तथ्यप्रति स्पष्ट हुनुहोस् ।

प्रकृतिका छ शाश्वत नियमहरु के हुन् ?

प्रकृतिका छवटा शाश्वत नियमलाई नबुझी तपाईंले बन्धन र निर्वाणको रहश्यलाई कहिल्यै बुझ्न सक्नुहुने छैन । यथार्थमा तपाईंका जीवनमा बन्धन र निर्वाण भन्नु नै प्रकृतिका यिनै प्रकृतिका शाश्वत नियमले प्राप्त गरेका संस्कार बीजका परिणाम हुन् । प्रकृतिका छवटा शाश्वत नियमहरूको व्याख्या अध्याय पाँचमा गरिएको छ । त्यसैले ती प्रकृतिका छवटा शाश्वत नियमहरूप्रति पनि स्पष्ट हुनुहोस् ।

विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ?

जब तपाईं काय र चित्तमा उत्पन्न भएका संवेदनाहरूप्रति जागरुक र समभावी बन्न प्रारम्भ गर्नु हुन्छ वा विपश्यना साधना प्रारम्भ गर्नु हुन्छ त्यस स्थितिमा प्रकृतिको शाश्वत नियमहरूले कसरी प्रतिलोमको चक्र उत्पन्न गर्दै तपाईंलाई निर्वाण प्रदान गर्छ भन्ने कुराको व्याख्या अध्याय आठमा गरिएको छ । एक विपश्वी साधकको हैसियतले तपाईं विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्छ भन्ने प्रक्रियाप्रति पनि पूर्णरूपमा स्पष्ट बन्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 434 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 821 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 560 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 492 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 486 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1834 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 573 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 561 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 453 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 606 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 499 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 507 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 738 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 499 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 485 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 576 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 470 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 432 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 471 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 478 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 866 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 704 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 469 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 563 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 692 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 532 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 786 0
७.२ सम्यक वाणी साधना 1/11/2023 633 0
७.१ सम्यक कर्म साधना 1/11/2023 589 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 524 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 476 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 451 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 408 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 541 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 556 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 480 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 499 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 439 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 390 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 496 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 448 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 562 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 447 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 492 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 545 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 393 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 500 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 508 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 513 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 476 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 595 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2125 0