जब तँपाई विपश्यना वा धर्मचक्र साधनामा प्रवेश गर्नुहुन्छ, तँपाईमा साधना संस्कारको जन्म हुन्छ । चित्तमा समभावको उत्पत्ति हुन्छ । जब तँपाई साधनालाई निरन्तरता दिइरहनुहुुन्छ, शनै शनै विपश्यना साधना नै तँपाईको गूण बन्दछ । यो साधना गूण बारम्बार ‘स्वत प्रकट’ हुँदा बारम्बार तँपाई साधनामा प्रवेश गर्नुहुन्छ । स्वतः सजातिय गूण भएका व्यक्तिहरु वा विषयहरु प्रति आर्कषित हुन थाल्नुहुन्छ । शनै शनै यहि साधना प्रक्रियाद्धारा चित्तका संस्कारहरुलाई नाश गर्दै तँपाई सोतापन्ना, सकृदागामी, अनागामी र अरहंत अवस्था प्राप्त गर्नुहुन्छ । शुद्ध चित्त स्थिति वा निर्वाण प्राप्त गर्नुहून्छ ।
यो स्थितिमा पनि प्रश्न उठ्दछ कि तँपाईमा साधना संस्कारको उत्पत्ति कसरी हुन्छ ? तँपाईको चित्तमा समभावको संस्कारको कसरी उत्पत्ति हुन्छ ? कसरी तँपाईको प्रथम साधना संस्कार विस्तारीत भएर साधना गूणमा परिवर्तन हुन्छ ? किन तँपाईको साधना गूण प्रकट हुन्छ ? वा किन तँपाई पुनः पुनः साधनामा प्रवेश गर्नुहुन्छ ? कीन वा कसरी चित्तका संस्कारहरु नष्ट भएर शुद्ध समभावी चित्त स्थिति उत्पत्ति हुन्छ ?
माथि व्याख्या गरिएका परिणामहरु कुनै एक विपश्यी साधकले मात्र प्राप्त गर्दैन, विधिपूर्वक विपश्यना वा महासतिपट्ठान साधना गर्ने प्रत्येक साधकले अन्ततः यिनै परिणामहरुनै प्राप्त गर्दछन् । यो स्थितिमा पनि प्रश्न उठ्दछ कि आखीर किन साधनामा प्रवेश गर्ने ‘प्रत्येक’ साधकमा साधना विज संग्रह, साधना विज विस्तार, साधना गूण प्रकटीकरण, सजातिय गूण भएका विषयहरु वा व्यक्तिहरु प्रति आर्कषण, संस्कार उच्छेद, चित्त शुद्धी र अन्ततः निर्वाण प्राप्ती आदि परिणामहरु यी ‘अकाट्य’ वा समान रुपमा प्राप्त हुन्छ ? के यो प्रत्येक साधकले प्राप्त गर्ने अकाट्य समान परिणामहरुको पछाडी प्रकृतिका श्वाशत नियमहरु छिपेका छन् ? कि यि परिणामहरु पनि अकारण रुपमा नै प्राप्त भएका छन् ? यदि यि परिणामहरु अकारण प्राप्त भएका छन् भने किन प्रत्येक साधकले प्राप्त गर्ने परिणामहरु समान छन् ?
यो अत्यन्त दुर्भाग्यपूर्ण छ की वर्तमान समयमा पनि बन्धन र निर्वाणको मूल कारण प्रकृतिका यिनै श्वाशत नियमहरुको रहस्यलाई बुझ्न नसकी असंख्य साधकहरु निर्वाण प्राप्तीको नाममा अनेकन् कर्मकाण्डीय साधना विधिहरुमा अल्झीरहेका छन् । अनेकन् सम्प्रदायहरु, गूरुहरु, मालाहरु, आभूषणहरु, मतहरु, दर्शनहरु ग्रहण गरीरहेका छन् ।
प्रकृतिका श्वाशत नियमहरु (स्मरण रहोस्– तँपाई यि प्रकृतिका श्वाशत नियमहरुलाई ईश्वरको नियम पनि भन्न सक्नुहुन्छ) लाई बुझ्न असमर्थ भई ‘मोक्ष वा निर्वाण’ शब्दको वरीपरी कर्मकाण्डको यति डरालाग्दो पहाड खडा गरेका छन् कि प्रकृतिकै श्वाशत नियमहरु कै कारण साधकहरु निर्वाण विपरीत परिणामहरु प्राप्त गरीरहेका छन् । यसैले निर्वाण साधनाका गम्भीर साधकहरुले बन्धन र मोक्षको केन्द्रमा अवस्थित धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरुसँग पूर्ण परिचित हुन अत्यन्त आवश्यक छ ।