विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ?

0 टिप्पणीहरू 605 आगन्तुकहरू

विपश्यना साधना अत्यन्त सूक्ष्म साधना हो । सत्य निर्वाण साधना भए पनि यस साधनाबाट त्यस्तो स्थितिमा मात्र निर्वाण सम्भव हुन्छ जब विपश्वी साधक तलका तीन गुणले पूर्ण हुन्छ । भगवान्ले व्याख्या गर्नुभएको विपश्वी साधकमा हुनुपर्ने तीन मूल गुण यसप्रकार छन्–

आतापी

आतापीको अर्थ हो साधनामा तप्नु वा साधनामा लगनशीलतापूर्वक लागिरहनु । निर्वाण साधनाको अर्थ हुन्छ जन्म–जन्मान्तरदेखि मन वा चित्त (चेतन, अर्धचेतन, अवचेतन) मा सङ्ग्रहित अनेक विषयबाट उत्पन्न हुने संवेदनालाई भोग गर्ने चित्तको स्वभावलाई नष्ट गरी मनलाई समभावी बनाउनु । मन वा चित्तलाई संवेदनाहरूप्रति समभावी बनाउनु निकै दुरुह साधना हो । यो करोडौँ साधकमा एकदुई अत्यन्त गम्भीर र लगनशील साधकले मात्र सिद्ध गर्न सम्भव साधना हो ।

मनलाई संवेदनाहरूप्रति समभावी बनाउने जस्तो असाधारण लक्ष्य त्यस्तो अवस्थामा मात्र सम्भव हुन्छ जब साधक दीर्घकालीन साधनामा लगनशील भएर लागिरहन्छ वा मनमा सङ्ग्रहित विकारको बीजलाई नष्ट गर्न साधनामा तपिरहन्छ । यही अर्थमा ऊ आतापी बन्छ । स्मरणरहोस् विपश्यना साधनामा तप्नुको अर्थ अन्य मोक्ष शास्त्रमा व्याख्या गरिए जस्तै पञ्चाग्नि जलाएर देहलाई तपाउनु होइन, पञ्चाग्निमा तपेर मनको संवेदनालाई भोग गर्ने स्वभाव नष्ट गर्न सकिन्न । विपश्यना साधनामा साधक आतापी बन्छ वा लगनशील भएर साधनामा लागि रहन्छ ।

स्मृतिवान्

सति वा स्मृतिको अर्थ हो– जागरुकता, वर्तमान क्षणप्रतिको जागरुकता । विपश्यना साधनामा जब जागरुकता वा स्मृति भनिन्छ, त्यसको अर्थ कुनै बाह्य वर्तमान अवस्थाप्रतिको जागरुकता नभई विपश्यना साधनाका क्षेत्रहरू (काय, चित्त) का वर्तमान अवस्थाप्रतिको जागरुकता भन्ने बुझिन्छ । पूर्वसंस्कारहरूका कारण मानिसको मनमा यस्तो स्वभाव विकास भएको छ कि ऊ कि पूर्वजीवनका स्मृति (विषय), कि भविष्यका कल्पना (विषय), कि वर्तमानका विषयहरूमा डुल्न रुचाउँछ ।

विपश्यनाको गम्भीर साधकले मनको यस स्वभावको भयावह अवस्थालाई बुझेको हुन्छ । उसले मनको बेहोसीका क्षणहरूमा धम्मका शाश्वत नियमहरूका कारण स्वयंको जीवनमा के परिणाम प्राप्त हुन्छ ? भन्ने तथ्यलाई राम्रोसँग बुझेको हुन्छ । यस कारण ऊ मनको गतिप्रति अत्यन्त जागरुक बन्छ, काय र चित्तका क्षेत्रहरूका वर्तमान स्थितिप्रति जागरुक बन्छ । यी क्षेत्रमा घटित संवेदनाहरूको उदय र व्ययप्रति न राग, न द्वेष मात्र जागरुकता राखिरहन्छ । यस अर्थमा ऊ, स्मृतिवान् बन्छ । स्मरणरहोस् विपश्यना साधनामा स्मृति (जागरुकता) सँगै संप्रज्ञान (संवेदना उदय र व्ययको ज्ञान) जोडिन आवश्यक छ । जब संवेदनाहरूप्रतिको जागरुकता वा स्मृतिमा प्रज्ञा जोडिन्छ तब साधनामा सम्यक स्मृतिको जन्म हुन पुग्छ । अन्ततः सम्यक स्मृतिले साधकलाई निर्वाणतर्फ अग्रसर गराउँछ । विपश्यना साधनामा साधक सतत स्मृतिवान् बनिरहन्छ ।

संप्रज्ञानी

संप्रज्ञान विपश्यना साधनाको एक विशिष्ट पक्ष हो । यथार्थमा विपश्यना साधनामा ‘प्रज्ञा’ पक्ष उपस्थित भएकाले नै भगवान् बुद्धले निर्वाण प्राप्त गर्नुभएको हो । यहाँनेर सर्वप्रथम प्रज्ञा के हो भन्ने तथ्य नै बुझ्नुपर्ने हुन्छ । प्रज्ञाको अर्थ हो काय र चित्तका क्षेत्रमा उत्पन्न भएका संवेदनाहरूका उदय र व्यय वा अनित्य गुण, धर्म, स्वभावलाई यथाभूतरूपमा अवलोकन गर्दा धम्म (प्रकृति) का शाश्वत नियमहरूका कारण साधकमा जुन प्रामाणिक आन्तरिक रूपान्तरण प्राप्त हुन्छ, अनि त्यही आन्तरिक रूपान्तरणको अनुभूतिका कारण साधकले जुन ज्ञान प्राप्त गर्छ त्यही ज्ञान नै प्रज्ञा हो ।
यही प्रज्ञा वा प्रामाणिक ज्ञानका कारण साधकले आफू निर्वाणको कुन अवस्थामा छु ? साधनाको कारण ममा केके आन्तरिक रूपान्तर प्राप्त भइरहेका छन् ? साधनामा मलाई जुन अनुभूति प्राप्त भइरहेका छन् ती अनुभूति के हुन् ? ती अनुभूति साधनाका कुन चरणका अनुभूति हुन् ? के ती निर्वाण क्षेत्रका अनुभूति हुन् ? आदि कुराको प्रामाणिकरूपमा बोध गर्छ । भगवान् बुद्धको समयमा जस्तै हाल प्रचलित मोक्षसाधनाका अनेक विधिमा शील र समाधि पक्ष उपस्थित त छ तर संवेदनाहरूमाथि साधना गरिने प्रज्ञापक्ष अनुपस्थित छ, जसका कारण यी साधनाविधि अपूर्ण छन्, भ्रामक छन्, मोक्ष प्रदान गर्न असमर्थ छन् । प्रज्ञा नै त्यो साधना पक्ष वा अङ्ग हो, जसका कारण महासतिपट्ठान साधना अन्य साधनाविधिभन्दा पृथक छ, प्रभावकारी छ, मोक्षदायी छ ।

विपश्यना साधनामा साधकले काय र चित्तका क्षेत्रमा उत्पन्न हुने संवेदनाहरूका गुण, स्वभाव, धर्मलाई जस्ताकोतस्तै अवलोकन गर्छ । संवेदनाका अनित्य स्वभावलाई यथाभूतरूपमा अवलोकन गर्छ । ऊ यही साधना प्रक्रियाद्वारा चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रहित विकारलाई जरैदेखि उखेल्दै चित्त शुद्धीकरणको प्रक्रिया प्रारम्भ गर्छ । अन्ततः यही शुद्धीकरण प्रक्रियाका कारण साधकले निर्वाण प्राप्त गर्छ । विपश्यना साधनामा साधक सतत प्रज्ञावान् रहन्छ । अथवा चैवीसै घण्टा काय र चित्तका क्षेत्रमा उत्पन्न कुनै पनि प्रकारका संवेदनाहरूका उदय र व्ययलाई बोध गरिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 434 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 819 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 560 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 492 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 486 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1834 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 573 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 561 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 451 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 499 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 505 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 738 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 499 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 483 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 576 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 468 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 432 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 471 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 514 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 478 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 866 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 704 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 469 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 563 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 690 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 532 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 786 0
७.२ सम्यक वाणी साधना 1/11/2023 633 0
७.१ सम्यक कर्म साधना 1/11/2023 589 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 524 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 476 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 451 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 408 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 529 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 541 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 556 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 480 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 499 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 439 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 390 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 496 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 448 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 562 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 447 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 492 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 545 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 393 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 500 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 508 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 513 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 476 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 595 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2125 0