विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ?

0 टिप्पणीहरू 507 आगन्तुकहरू

निर्वाणपश्चात् भगवान् बुद्धले निर्वाणाभिलाषी साधकहरूले निर्वाण प्राप्त गरुन् भन्ने ध्येयले आठवटा साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका, सम्यक स्मृति, सम्यक व्यायाम, सम्यक समाधि, सम्यक सङ्कल्प, सम्यक दृष्टि) लाई संयोजन गरेर विकास गर्नुभएको पूर्ण सत्य निर्वाण साधनाविधि नै विपश्यना साधना हो । विपश्यना साधनाको विस्तृत व्याख्या माथिका विभिन्न अध्यायमा गरिसकिएको छ ।

धर्मको अर्थ हो मूल गुण । आगोको धर्म पोल्नु, पानीको धर्म चिसो गराउनु भएजस्तै तपाईंका धर्म (मूल गुण) ‘म’ अनुपस्थित मात्र दर्शन वा बोध शेष रहेको शुद्ध चित्तको स्थिति हो । जन्म–जन्मदेखि तपाईंको चित्तमा अनेक प्रकारका संस्कार सङ्ग्रह भएका कारण तँपाईले आफ्नै धर्म वा विशुद्ध चित्तको स्वरूपलाई प्राप्त गर्न सकिरहनुभएको छैन । विपश्यना साधनाको अन्तिम लक्ष्य भनेको चित्तका संस्कार नाश गरी तपाईंलाई शुद्ध चित्तको स्थिति प्रदान गर्नु हो वा तपाईंको धर्म (मूल गुण) प्रदान गर्नु हो । जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ यस साधनाले शनैःशनैः तपाईंको चित्तमा जम्मा भएको संस्कारहरूलाई नष्ट गर्दै ‘म’ भाव अनुपस्थित विशुद्ध चित्तको स्थिति प्रदान गर्छ वा तपाईंको धर्म (मूल गुण) प्रदान गर्छ । यसर्थ विपश्यना धर्मसाधना भनेको धर्म विरोधी साधना होइन ।

तर धर्मको सत्य अर्थ नष्ट भएका कारण संसारमा धर्म सम्बन्धी अनेक धारणा प्रचलनमा छन् । युगौँदेखि प्रचलनमा रहेका यस्ता धर्म सम्बन्धी अनेक धारणाले मानिसको मस्तिष्कमा यति गहिराइसम्म पुगेर जरा गाडेको छ कि हाल मानिसको दृष्टिमा जब धर्म भनिन्छ त्यहाँ ईश्वर, गुरु, धार्मिक क्रियाहरू (पूजा, यज्ञ, मन्त्र उच्चारण, प्रार्थना, भजन आदि) उपस्थित हुनु आवश्यक मानिन्छ । मानिस ईश्वर, गुरु, बाह्य धार्मिक क्रिया अनुपस्थित कुनै पनि कर्म वा साधनालाई धर्म साधना मान्ने कुराको कल्पनासम्म गर्न पनि सक्दैनन् ।

जब धर्मलाई यसरी बाह्य धार्मिक क्रियाका रूपमा बुझेका साधक विपश्यना साधनामा सहभागी हुन्छन्, जब यी साधक विपश्यना साधनामा धर्म, ईश्वर, आत्मा, पूजा, यज्ञ, प्रार्थना आदि धार्मिक विषयक क्रियाका अनुपस्थिति देख्छन्, जब यी साधक विपश्यना साधनामा श्वाशप्रश्वाश र संवेदनाप्रति जागरुक र समभावी हुनुको अतिरिक्त अन्य कुनै प्रचलित बाह्य धार्मिक क्रिया देख्न असमर्थ रहन्छन् त्यस स्थितिमा ती साधकका मनमा विपश्यना साधनाप्रति अनेक किसिमका शङ्का जन्म हुन पुग्छ । त्यस्तो स्थितिमा उनीहरू आफू कतै आफ्नो धर्म, ईश्वर, गुरु, सम्प्रदाय, धार्मिक आस्था विपरीत नास्तिक वा अर्धमको मार्गतर्फ बढिरहेको त छैन ? कतै यो श्वासप्रश्वास र संवेदनामाथिको यथाभूत अवलोकन गर्ने कार्य धर्म विरोधी साधना त होइन ? कुनै धर्म, ईश्वर, गुरु, धार्मिक क्रिया अनुपस्थित यो साधना कसरी धर्म साधना हुनसक्छ ? भन्ने जस्ता प्रश्न मनमा उठाउँछन् । धर्मको भ्रामक परिभाषाबाट प्रभावित यस्ता साधक विपश्यनालाई धर्म विरोधी साधनाको संज्ञा दिन पनि पछि पर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 436 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 823 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 655 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 562 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 494 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 508 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 465 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1836 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 577 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 563 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 557 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 453 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 608 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 499 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 507 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 740 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 503 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 485 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 578 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 470 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 432 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 475 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 518 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 421 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 480 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 866 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 706 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 471 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 567 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 635 0
७.१ सम्यक कर्म साधना 1/11/2023 591 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 526 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 476 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 453 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 410 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 558 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 480 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 503 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 392 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 498 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 450 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 564 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 449 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 494 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 547 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 395 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 502 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 508 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 543 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 517 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 478 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2126 0