जाग्नुहोस्, जाग्नुहोस्, प्रतिक्षण जाग्नुहोस्, वोधी जागोस्, ज्ञान जागोस्, विद्या जागोस्, प्रतिक्षण होस जागोस् । प्रतिक्षण बेहोस टाढा जाओस्, अज्ञान टाढा जाओस्, अविद्या टाढा जाओस्, प्रज्ञा जागोस्, ज्ञान जागोस्, प्रत्येक क्षण, क्षण, प्रतिक्षण, क्षण प्रति क्षण, प्रज्ञा जागोस्, ज्ञान जागोस्, अज्ञान टाढा जाओस्, प्रतिक्षण वोध, वोध, वोध
शीरबाट पाइतालासम्म,पाइतालाबाट शीरसम्म यात्रा गर्दै जहाँ जहाँ जस्तो जस्तो प्रकारको (सुखद्, दुखद्) संवेदनाहरु अनुभूति भइरहेको छ, त्यसलाई (यथाभूत रुपमा जागरुक र समभावी भएर) जान्नुहोस् । चाहे सम्पूर्ण शरीरमा सूक्ष्म सूक्ष्म सुखद् (संवेदना) तरङ्ग धारा प्रवाह अनुभूति भइरहेको होस् वा चाहे यस्तो अनुभूति शरीरमा कहीँ कहीँ भइरहेको होस् । कहीँ कहीँ घनिभूत घनिभूत स्थूल दुखद् संवेदनाको अनुभूति भइरहेको होस् । अथवा सम्पूर्ण शरीरमा स्थूल स्थूल दुखद् संवेदनाको अनुभूति भई रहेको होस्, न कुनै एक (संवेदना) लाई राम्रो मान्नु न दोस्रो (संवेदना) लाई नराम्रो मान्नु (होस्), सम्पूर्ण अनुभूति (संवेदना) को एकै स्वभाव छ । एकै प्रकृति छ उदय हुनु, व्यय हुन, उत्पादन (उदय ) व्यय, उदय व्यय यही नै यी संवेदनाको धर्म हो । यही यी संवेदनाहरुको स्वभाव हो । यही यी संवेदनाहरुको प्रकृति हो । यो होस् बनिरहोस्, यो अनित्य बोध बनिरहोस्, प्रतिक्षण होस् बनिरहोस् ।
आफ्नो ध्यानलाई शीरबाट पैतालासम्म पैतालाबाट शीरसम्म केन्द्रित गर्नुहोस् । यसरी शीरबाट पैताला र पैतालाबाट शिरसम्मको यात्रामा जुनसुकै प्रकारको संवेदनाको अनुभूति कि नहोस्, यी संवेदनासँग कुनै सम्बन्ध नराखिकन्, नभोगिकन (वा सुखद् संवेदनामा सुखी, दुखद् संवेदनामा दुखी) नभइकन् यथाभूत रुपमा संवेदनाहरुलाई अवलोकन गर्न सिक्नुहोस् । चाहे तपाईंलाई सम्पूर्ण शरीरमा सूक्ष्म सुखद् संवेदनाहरुको तरङ्ग अनुभूति होस्, वा शररीरको कुनै भागमा सूक्ष्म सुखद् संवेदनाहरुको तरङ्गको अनुभूति होस् । वा तपाईंलाई सम्पूर्ण शरीरमा स्थूल दुखद् संवेदनाहरुको अनुभूति होस्, वा शरीरको कुनै भागमा यसले (यी सुखद् दुखद् तरङ्गहरुको) कुनै फरक पार्देन । तपाईंको कुनै प्रति प्रकारका संवेदना राग भाव द्वेषभाव नजागोस् । सम्पूर्ण संवेदनाको एउटै स्वभाव छ, अनित्य स्वभाव, उदय व्यय, उदय व्यय, स्वभाव, यो अनित्य प्रकृतिको बोध रहोस्, अनित्य, अनित्य, अनित्य । आफ्नो प्रज्ञाको विकास गरिरहनुहोस् । जतिसुकै सुखद् संवेदना किन नहोस्—राग नजागोस्, जतिसुकै दुखद् संवेदना किन नहोस् द्वेष नजागोस्, अनित्य बोध नै जागोस्, अनित्य बोध नै जागोस्, अनित्य अनित्य अनित्य ।
जब जब तपाईंलाई बोध हुन्छ कि मन अत्यन्त विचलित छ । वा मन अत्यन्त आलसी छ, तन्द्रील छ, संवेदनामा काम (समभावी साधना) गर्न असमर्थ छ, यो स्थितिमा आनापानमा आउनुहोस्, श्वाशलाई जानिरहनुहोस्, श्वाशको आवागमनलाई जान्नुहोस् । अत्यन्त सजग भएर श्वाशलाई जान्नुहोस् । (जब तपाईं श्वाशलाई सजग भएर बोध गर्नुहुन्छ) मन एकाग्र एकाग्र हुन थाल्दछ । जब तपाईंलाई बोध हुन्छ कि मन एकाग्र भएको छ फेरि संवेदनामा काम गर्न सुरु गर्नुहोस् । प्रतिक्षण चित्तको समभावलाई पूर्ण गरिरहनुहोस् । प्रतिक्षण, क्षण पश्चात क्षण, (चित्तको समभावलाई पुष्टि गरिरहनुहोस्)
आवश्यक पर्यो भने शीरबाट पैताला र पैतालाबाट शीरसम्म यात्रा गर्दा श्वासलाई पनि जानिरहनोस् र शरीरको विभिन्न स्थानहरुमा उत्पन्न भइरहको संवेदनालाई पनि (जागरुक र समभावमा) बोध गरिरहनुहोस् । यो (साधना) प्रक्रियाले मनको चन्चल वृत्तिलाई केही घटाउँदछ । पुरुषार्थ गर्नुछ, परिश्रम गर्नुछ, अत्यन्त लगनशीलपूर्वक, अत्यन्त निष्ठापूर्वक ।
जब तपाईंलाई लाग्दछ कि तपाईंको चित्त अत्यन्त चन्चल वा अस्थीर भइरहेको छ । र यो संवेदनालाई माथि (समभावी) साधना गर्न असमर्थ रहेको छ, त्यो स्थितिमा आनापान सति साधनामा फिर्ता आउनुहोस् । र श्वाशप्रश्वाश क्रिया माथि साधना गर्न प्रारम्भ गर्नुहोस् । नासीका भित्र आइरहेको श्वाश र नासीका बाहिर गइरहेको श्वाशमा ध्यान केन्द्रित गर्नुहोस् (आनापान सति साधनालाई निरन्तरता दिनुओस्)
जब तपाईंलाई अनुभूति हुन्छ कि तपाईंको मन शान्त भएको छ (वा संवेदनामाथि समभावी साधना गर्न सक्षम भएको छ) पुन संवेदना माथि साधना प्रारम्भ गर्नुहोस् । यदि आवश्यक प¥यो भने तपाईं शिरदेखि पैतालासम्म र पैतालादेखि शिरसम्म साधना गर्दा तपाईं श्वाशप्रश्वाशलाई पनि बोध गरिरहनुहोस् । संवेदनाहरु प्रति (पनि जागरुक र समभावी बनिरहनुहोस् । आफ्नो (चन्चल) चित्तलाई नियन्त्रण गर्न (वा संवेदनामा समभावी साधना गर्न सक्षम नभएसम्म) लगनशीलतापूर्वक, निरन्तरतापूर्वक, पुरुषार्थपूर्वक प्रयास गरिरहनुहोस्, प्रयास गरिरहनुहोस्, प्रयास गरिरहनुहोस् ।
जुन साधकको मन सामान्य स्वभाविक नैसर्गिक श्वाशमा लागि रहेको छैन (वा साधना गर्न असमर्थ छ) त्यो साधकले श्वाशलाई अलिक तेज गर्नुहोस् । प्रयत्नपूर्वक श्वाश लिन आरम्भ गर्नुहोस्, गहिरोसँग श्वाश प्रयास गर्नुहोस्, धेरै जोडले होइन, अलिकति जोडले श्वाश लिनुहोस्, श्वाश (तेज गरेको) जानकारी बोध बनिरहोस् । श्वाश आइरहेछ । श्वाश गइरहेको छ । बोेध बनि रहोस् ।
(साधनाकालमा) मन बारम्बार भट्किन्छ, मन धेरै समयसम्म भट्किरहन्छ । (यो स्थितिमा) अलिकति तेज श्वाशमा नै काम गर्नुहोस् । यसबाट लाभ हुन्छ । यो (साधना प्रक्रिया) बाट मन भट्किन कम हुन्छ । जब (मनको चन्चलता घट्दछ) पुन श्वाशमा जानुहोस्, जब मनको भट्काई अझ कम हुन्छ, पुन संवेदनामा साधना प्रारम्भ गर्नुहोस् । अत्यन्त समझदारीसँग (कहिले श्वाश जोडले तान्ने, कहिले आनापान सति साधना गर्ने, कहिले संवेदनामा साधना गर्ने) यसको निर्णय स्वयं गर्नुहोस् । सहज हुनुहोस् । स्वयंको बारेमा जुन सच्चाइ वा यर्थाथता (प्रकट भइरहेको) छ, तीन हातको शरीरको भित्र जे घटना घटिरहेको छ । त्योप्रति सजक रहनुहोस् । श्वाश छ, संवेदना छ । श्वाश छ, संवेदना छ ।
संवेदनालाई हामी तेज वा काम गर्न सक्दैनौ तर श्वाशलाई हामी काम (सुस्त) गर्न सक्दछौ । जहाँ जहिले आवश्यक छ, श्वाशलाई तेज गर्र्नुहोस्, फेरि सुस्त हुन दिनुहोस् । फेरि तेज गर्नुहोस् । फेरि सुस्त हुन दिनुहोस् । यो स्वयंसँग स्वयंले युद्ध गर्नु हो । विजय प्राप्त गर्नु हो । विजय प्राप्त गर्नु हो ।
श्वाशलाई हेर्दै मनलाई अविचल (स्थिर) गर्नुहोस्, जब तपाईं यसरी श्वाशलाई (यथाभूत रपमा) अवलोकन गर्नुहुन्छ, मन शान्त हुँदै जान्छ, मन शान्छ हुँदै जान्छ । शान्त र निश्चल हुँदै गएको मन शनै शनै शुद्ध हुँदैजान्छ र प्रज्ञा विस्तारै विस्तारै उत्पन्न हुँदै जान्छ । अनित्य, अनित्य, अनित्य, अनित्य छ । अनित्य नै त छ । सम्पूर्ण शरीरको प्रपन्च, सम्पूर्ण चित्तको प्रपन्च, अनित्य छ । अनित्य नै छ । अनित्य नै छ ।
अनित्य अनित्य अनित्य
अनित्य अनित्य अनित्य