विश्व प्रसिद्ध आध्यात्मिक महापुरुषहरुको व्याख्या गर्नु भएको विपश्यना साधना विधि

१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या

0 टिप्पणीहरू 506 आगन्तुकहरू

विपश्यना भावना

जुन साधक निष्ठापूर्वक ध्यानमा बस्न चाहन्छ र अन्र्तदृष्टि (विपश्यना–ज्ञान) प्राप्त गर्न चाहन्छ, त्यो साधकको लागि यो उचित छ कि उ विपश्यना प्रशीक्षणकालमा सांसारीक विचार र क्रियाबाट बिदा लिओस् । उसले शील पालना गर्न अत्यन्त आवश्यक छ । पन्चशीलमा अहिंसा, सत्य, अस्त्येय (चोरी नगर्नु), ब्रम्हाचर्य र अपरिग्रह मुख्य छन् । ध्यानमा प्रवेश गरेर विपश्यना ज्ञान प्राप्त गर्नको लागि शील, सदाचार र सद्विचारको महत्वपूर्ण स्थान छ । साधकले सदाचार, सद्विचार र शीलद्धारा अन्र्तदृष्टि (विपश्यना ज्ञान) अवश्य प्राप्त हुन्छ भन्ने तथ्यमा पूर्ण विश्वास राख्नुपर्दछ । यदि साधकद्धारा कुनै स्थितिमा कुनै महापुरुषको अपमान भयो भने उसले तुरुन्त निश्चल भावले क्षमा माग्नुपर्दछ । ध्यानमा प्रवेश गर्नुपूर्व त्रिशरण (धर्म, बुद्ध, संघर्ष) वा स्वयंको इष्टदेवलाई मन मनमा स्मरण गर्नुपर्दछ ता कि ध्यान साधना वा भावनामा यदि कुनै अपावन (अपवित्र), अशोभनीय दृश्य आयो भने साधक ती दृश्यबाट भयभीत हुने छैन र कुनै पनि स्थितिमा बाह्य प्रभावबाट विचलित हुने छैन ।

दोश्रो ध्यान दिनु पर्ने तथ्य के छ भने साधक स्वयंको आचार्य प्रति आस्थावान् हुनुपर्दछ । अनुगत (आज्ञाकारी) हुनुपर्दछ । यसको लाभ यो हुन्छ कि साधक स्वयंको कठिनाइ आचार्य (गुरु) को सम्मूख निःसंकोच भावले राख्नसक्दछ । र आचार्य साधकको शंकाको समाधान गरिरहन्छ । र साधकलाई ध्यानको मार्गमा सधैँ अग्रसर हुन पे्ररणा र प्रोत्साहन दिइरहन्छ । आवश्यकता अनुसार समय समयमा आदेश प्रदान गर्दछ ।

निर्वाण (मुक्ति) परम मंगलमयी छ । निर्वाणलाई प्राप्त गर्ने मार्ग पनि मंगलमय छ । विपश्यनाको साधक निश्चय नै ज्ञान मार्ग र निर्वाणलाई सिद्ध गर्दछ । यसर्थ यो मार्गको पथिकलाई आफ्नो अन्तिम लक्ष्य प्राप्तिमा पूर्ण विश्वास हुनुपर्दछ । जुन पुरुषहरुले निर्वाण प्राप्त गरे ति सबैलाई यही साधनाबाट गुज्रिनु परेको थियो । यसर्थ साधकको लागि यो परम सौभाग्यको विषय छ कि उ यो साधना मार्ग (जुन निर्वाण पुरुषहरुको विचरण गरेका थिए) को अनुसंरण गरिरहेछ । विपश्यना ज्ञानको साधना आरम्भ गर्नुपूर्व भगवान्को ध्यान गर्नुपर्दछ ।

साधक यदि चाहन्छ भने भगवान् बुद्धको नौ मंगलमय विशिष्ट गुणको स्मरण पनि गर्न सक्दछ । ति नौ गुण हुन्– भगवान् बुद्ध परम पवित्र हुनुहुन्छ । परम संप्रज्ञानी हुनुहुन्छ । ज्ञान र आचरणमा पूर्ण हुनुहुन्छ । कल्याण स्वरुप हुनुहुन्छ । विश्वको ज्ञाता हुनुहुन्छ । मनुष्यलाई सत्पथमा विचरण गराउने कुशल सारथी हुनुहुन्छ । देवता र मानव मात्रको गुरु हुनुहुन्छ । संबुद्ध र महामहिमामय हुनुहुन्छ । तत्पश्चात साधकले आफ्नो मैत्री भावना विश्वभरका प्राणीहरुको लागि वितरीत गरोस् । सम्पूर्ण प्राणीको प्रति अगाध करुणाको भाव ल्याओस् । यदि सम्भव छ भने शरीरको क्षणभंगूरता र मृत्युको आकस्मिक आक्रमण माथि पनि विचार गरोस् ।

आसन ग्रहण विधि

अब साधक सुखासन बस्नुहोस् । जुन आसनमा धेरै समयसम्म विनाकष्ट र बारम्बार आसन नबदली बस्न सकिन्छ त्यही आसन (विपश्यना साधनाको लागि) उपयुक्त हुन्छ । एउटा खुट्टालाई दोश्रो खुट्टामा राख्दा दवाबको कारण गर्मी हुन्छ र फेरि (आसनमा) बस्दा कष्टको अनुभव हुन सक्दछ । यसैले दुवै खुट्टालाई थोरै टाढा टाढा राख्यो भने धेरै समयसम्म सुखपूर्वक (आसनामा) बस्न साधकलाई सहज अनुभव हुन्छ । जुन साधकलाई जमीनमा बस्ने अध्यास छैन । त्यो साधक आफ्नो सुविधा अनुसारको आसनमा बस्न सक्दछ । अब साधक (विपश्यना) ध्यानको अभ्यास आरम्भ गर्नुहोस् ।

आनापान सति साधना

साधक आफ्नो ध्यानलाई श्वास प्रश्वासमा लगाउनुहोस् । श्वास लिँदा जब पेट माथि उठ्दछ र श्वाश छोड्ने समयमा जब पेट तल जान्छ, त्यो क्रियामा ध्यान लैजानुहोस् । यदि साधनाको प्रारम्भमा पेट माथि उठ्ने र पेट तल जाने प्रक्रियाको (यथाभूत) आभाश प्राप्त भएन भने पेटमा एक हात वा दुवै हातलाई राखी दिँदा श्वाश प्रश्वास क्रियाको स्पष्ट बोध प्राप्त हुन्छ । अब पेट माथि उठिरहेको र पेट तल गइरहेको क्रियामा ध्यानलाई केन्द्रित गर्नुहोस् । साधकको लागि ध्यानमा सति (स्मृति वा जागरुकता), समाधि र ज्ञानको उद्भव गर्नको लागि यो अत्यन्त सरल र परम सहायक क्रिया (साधना) हो । जतिजति (आनापान सति साधनाको) अध्यास बढ्दै जान्छ, श्वाशप्रश्वास आइरहेको गइरहेको अथवा पेट माथि गइरहेको तल गइरहेको आभास सहज हुँदै जान्छ ।

विपश्यना (अन्र्तदृष्टि) को अध्यास जतिजति बढ्दै जान्छ, साधक आफ्नो छ इन्द्रियद्धारमा नाम रुपको बारम्बार उत्पति र विलय हुने क्रियालाई ठीक ठीकसँग समात्न सक्दछ । आरम्भमा सति र समाधि अपरिपक्व भएको साधकको लागि नाम र रुपको प्रत्येक उदय व्ययलाई ज्यूँ का त्यूँ वा तत्क्षण बोध गर्न कठीन प्रतीत हुन्छ । साधनाको आरम्भमा त उ (नव साधक) छ ईन्द्रीय द्धारमा सजग र सावधान भएर वा अप्रमत (जागरुक) भएर नाम र रुपलाई कसरी समात्न सकिन्छ ? भन्ने बुझ्न पनि सक्दैन । तर श्वाश प्रश्वासको आउने जाने क्रिया त स्वयं निरन्तर चलीरहेको छ, यो प्रक्रियालाई खोज्न कही बाहिर भट्किनु पर्दैन । यसैले साधकले सुस्थिर चित्तले श्वाश आइरहेको गइरहेको वा पेट माथि उठिरहेको वा तल गइरहेको क्रियामा ध्यान राखोस् । अत्यन्त गहिराईमा उ ध्यानपूर्वक यो क्रियालाई हेरिरहोस् । श्वाश आउने जाने वा पेट माथि उठ्ने तल जाने, क्रियामा ध्यान त रहोस्, तर यो क्रियालाई शब्दद्वारा मुखले उच्चारण गर्ने कुनै आवश्यकता छैन ।
श्वास प्रश्वास वा पेट उठ्ने उठिरहेको तल गइरहेको क्रियालाई अधिक वलबान् बनाउन जोड जोडले श्वाश लिनुपर्ने कुनै आवश्यकता छैन । यदि साधक जोड जोडले छिटो छिटो श्वास फेर्न थालेमा उ तुरुन्त नै थाक्दछ । यसैले आवश्यक छ कि साधक सहज रुपमा नै श्वास प्रश्वासको छन्दमय गति वा पेट उठ्ने र पेट तल जाने क्रियामा ध्यान राखोस् ।
साधनकालमा उत्पन्न हुने संकल्प, संस्कार, इच्छा, विचार, भाव, कल्पना आदि माथिको विपश्यना साधना
यस प्रकार जब साधक श्वाश आइरहेको गइरहेको वा पेट माथि उठिरहेको वा तल गइरहेको क्रियामा ध्यान केन्द्रित गर्दछ । साधकमा संकल्प, संस्कार, इच्छा, विचार, विभाव (भाव), कल्पना आदि उत्पन्न हुन थाल्दछ, जुन अत्यन्त स्वभावीक हो । (विपश्यना साधनामा) यी मानसिक क्रियाहरुलाई अवहेलना गर्न सकिन्न । (विपश्यना साधनामा) यी मानसिक क्रियाहरु जब उत्पन्न हुन्छन्, तुरुन्त त्यही क्षणमा यी मानसिक क्रियालाई अवलोकन गर्नुपर्दछ । मन मनमा यी मानसिक क्रियाहरुलाई यथाभूत रुपमा हेर्नुपर्दछ । मात्र हेर्ने वित्तिकै यी मानसिक क्रियाहरु विलाएर जान्छन् तर शर्त (वा आवश्यकता) के छ भने साधक यी मानसिक क्रियाहरुमा अल्झीन हुँदैन । सतत् जागरुकता र सावधानी नै विपश्यना साधनाको प्राण हो ।

उदाहरणको लागि मानौ कि तपाईं विपश्यना भावना (ध्यान)मा बस्नुभएको छ । र श्वास आउने जाने वा पेट तल माथि जाने क्रियामा ध्यान केन्द्रित गर्नुभएको छ । यदि त्यो समयमा कुनै कल्पना आयो भने तत्काल तपाईंले मन मनमा ‘कल्पना आयो’, ‘कल्पना आयो’ मात्र बोध गर्नुहोस् । कुनै विचार आयो भने मन मनमा ‘विचार आयो’, ‘विचार आयो’ मात्र थाहा पाउनुहोस् । यदि चिन्तन आयो भने मन मनमा बोध गर्नुहोस् कि ‘चिन्तन आयो’, ‘चिन्तन आयो’, कुनै इच्छा मनमा जाग्यो भने मन मनमा थाहापाउनुहोस् कि ‘इच्छा जाग्यो’, ‘इच्छा जाग्यो’, कुनै प्रश्नको (समाधान) आयो भने ‘समझमा आयो’, ‘समझमा आयो’ मन मनमा अवलोकन गर्नुहोस् । तपाईं यो मानसिक क्रियाको उल्झनमा नफस्नुहोस् । ‘म विचार गरिरहेको छु’, ‘म कल्पना गरिरहेको छु’ । ‘म इच्छा गरिरहेको छु’–यसरी होइन । यी मानसिक क्रियाहरुमा तपाईं ‘म’ लाई नजोड्नुहोस् । मेरो कल्पना, मेरो विचार, मेरो इच्छा, मेरो समझ–यसरी पनि होइन । ‘म’ र ‘मेरो’ का यी प्रक्रियामा नअल्झन्होस् । वा नफस्नुहोस् । तटस्थ भएर मनमा उत्पन्न भएको विचार, कल्पना, इच्छा, संकल्पलाई हेरिरहनुहोस् । मन मनमा यी मानसिक क्रियाहरुलाई थाहा पाइरहनुहोस् । जब तपाईं यी मानसिक प्रक्रिया मात्र थाहा पाउनुहुन्छ, यी क्रियाहरु बिलाएर स्वतः गायब हुन्छन् । तपाईं स्वतः साधना पथमा निश्चिन्त, निरापद (बिना अवरोध) अगाडि बढ्दै जानुहुन्छ ।

ध्यान गरिरहेका समयमा यदि तपाईंले तपाईंको मन बाहिर चक्कर वा घुम्न निस्किएको थाहा पाउनुभयो भने तपाईंले (यो स्थिति) मन मन थाहापाउनुहोस् कि मन ‘चक्कर लगाइरहेछ’, ‘चक्कर लगाइरहेछ’, यदि मन कतै गइरहेको छ भने ‘गइरहेछ’, ‘गइरहेछ’। मन पुग्न लागि रहेछ, भने ‘पुग्न लागि रहेछ’, ‘पुग्न लागि रहेको छ’, भनि बोध गर्नुहोस् । यदि मन कुनै व्यक्तिसँग मिलिरहेको छ भने मिलिरहेको छ’, ‘मिलिरहेको छ’ । मन उ (त्यो व्यक्ति) सँग कुरा गरिरहेको छ भने ‘बोली रहेछ’, ‘बोली रहेछ’, बहस गरिरहेछ भने ‘बहस गरिरहेछ’, ‘बहस गरिरहेछ’ । आदि साधनाकालमा उत्पन्न हुने दृश्य, ज्योति, रंग आदि माथिको विपश्यना साधन

यदि विपश्यना ध्यान कालमा कुनै दृश्य, कुनै ज्योति, कुनै रङ आदि देखियो भने ‘देखि रहेको छु’, ‘देखिरहेको छु’ । यी मानसिक दृश्यहरुलाई त्यो क्षणसम्म बारम्बार मन मनमा बिलाएर नगएसम्म हेरिरहनुहोस् । जब यी मानसिक दृश्यहरु बिलाएर जान्छन्, तत्पश्चात पुनः श्वाश आएको गएको वा पेट उठेको बसेको क्रियामा ध्यान लगाउनुहोस् । पुनः केही समय पश्चात् तपाईंमा पुन यिनै मानसिक क्रिया, मानसिक दृश्य उत्पन्न हुन्छन्, किनकि यो त्यही खुँटी (बन्धन) हो जसले तपाईंको मन बाँधिएको छ ।

साधनाकालमा उत्पन्न हुने र्‍याल, थुक, शरीरको अवस्थामाथिको विपश्यना साधना

विपश्यना ध्यानको प्रक्रियामा प्रायशः मुख र्‍यालले भरिन्छ । यदि मुखको र्‍याललाई निल्ने इच्छा उत्पन्न भयो भने मन मनमा थाहा पाउनुहोस् कि ‘इच्छा भइरहेको छ’, ‘इच्छा भइरहेको छ’ । यदि र्‍याल निल्नुभयो भने ‘निलिरहेको छु’, ‘निलिरहेको छु’ । यदि र्‍याललाई थुकिदिने विचार आयो भयो ‘थुकिरहेको छु’, ‘थुकिरहेको छु’ भनि मन मनमा थाहा पाउनुहोस् । ‘म’ लाई कुनै प्रक्रियामा नजोड्नुहोस् । पुनः श्वाश आइरहेको गइरहेको वा पेट माथि गइरहेको तल गइरहेको क्रियामा ध्यान केन्द्रित गर्नुहोस् ।

यदि (साधनाकालमा) गर्दन झुकाउने इच्छा भयो भने ‘इच्छा भइरहेछ’, ‘इच्छा भइरहेछ’, यदि गर्धन झुकाउनु भयो भने ‘झुकाएँ’, ‘झुकाएँ’ । यदि गर्धनलाई सीधा गर्ने इच्छा भयो भने ‘इच्छा भयो’, ‘इच्छा भयो’, यदि गर्धन सीधा गर्नुभयो भने ‘सीधा भयो’ ‘सीधा भयो’ । गर्धनलाई झुकाउने र सीधा गर्ने क्रिया अत्यन्त विस्तारै विस्तारै हुनुपर्दछ । पुन तुरुन्त मन श्वाश आइरहेको गइरहेको वा पेट माथि गइरहेको तल गइरहेको क्रियामा ध्यानस्थ होस् ।

साधनाकालमा शरीरमा उत्पन्न हुने थकाई कडापन माथिको विपश्यना साधना

जब साधकलाई एउटै आसनमा धेरै समयसम्म ध्यान बस्नुपर्दछ, यो अत्यन्त स्वभावीक हो कि साधक शरीरमा थकान र अंगमा कडापनको अनुभव गर्दछ । यो अवस्थामा जहाँ थकानको बोध भइरहेको छ, त्यहाँ ध्यान केन्द्रित गरेर ‘थाकेको’, ‘थाकेको’ वा ‘कडा’, ‘कडा’ को ध्यान गर्नुहोस् । स्वभाविक रुपमा न त अत्यन्त सुस्त सुस्त न त छिटो छिटो ध्यान गर्नुहोस् । यसरी ध्यान केन्द्रित गर्दा थकान, कडापन भाव (संवेदना) स्वयं विस्तारै विस्तारै हराउँदै जान्छ ।
साधनाकालमा आसन परिवर्तन गर्दा गरिने विपश्यना साधना

यो पनि सम्भव छ कि (साधनाकालमा) तपाईंको शरीरका थकान वा कडापन झन् विस्तार हुन सक्दछ, (तपाईंको शरीरको थकान वा कडापन) यो स्थितिसम्म विस्तार हुनसक्दछ कि (तपाईंलाई) सहन नै असश्य हुन सक्दछ । यो अवस्थामा साधकलाई आसन बदल्न मन लाग्न सक्दछ । यो स्थितिमा साधकले मन मनमा ‘मन लागिरहेछ’, ‘मन लागिरहेछ’ भन्ने तथ्यलाई थाहा पाउनु पर्दछ र आसन विस्तारै विस्तारै बदल्दै बदल्दै प्रत्येक स्थितिको शनैः शनैः क्रमशः अवलोकन गर्दै आसन बदल्नु पर्दछ ।

उदाहरणको लागि यदि तपाईंलाई हात उठाउन मन लाग्दछ भने मन मनमा थाहापाउनु होस् कि ‘मन लागिरहेछ’, ‘मन लागिरहेछ’, हात उठाउँदा ‘उठाइरहेछु’, ‘उठाइरहेछु’, हात फैलाउँदा ‘फैलाइरहेछु’, ‘फैलाइरहेछु’ हातलाई मोड्दा वा घुमाउँदा ‘घुमाइरहेछु’, ‘घुमाइरहेछु’ । तल लैजाँदा ‘तल लगिरहेछु’, ‘तल लगिरहेछु’, पृथ्वी (जमिन) लाई हातले स्पर्श गर्दा ‘छोइरहेछु’, ‘छोइरहेछु’ । माथि बताएका सम्पूर्ण कार्य वा क्रिया अत्यन्त विस्तारै प्रत्येक स्थितिलाई सूक्ष्म भन्दा सूक्ष्म रुपमा अवलोकन गर्दै गर्नुपर्दछ । जब साधक आफ्नो आसन बदलेर स्थिर रुपमा बस्दछ, तत्पश्चात पुनः श्वाश आएको गएको वा पेट उठेको तल गएको क्रियामा पेटमा ध्यान केन्द्रित गरोस् ।

साधनाकालमा शरीरमा उत्पन्न हुने गर्मी, जाडो, चिलाउने, दुख्ने आदि क्रिया माथि गरिने विपश्यना साधना
यदि शरीरमा गर्मीको बोध भइरहेको छ भने त्यो स्थानमा ‘गर्मी’, ‘गर्मी’ को ध्यान गर्दा गर्मी समाप्त भएर जान्छ । यदि शरीरको कुनै भागमा चिलायो भने त्यो स्थान विशेषमा मनलाई केन्द्रित गरेर ‘चिलाइरहेको छ’, ‘चिलाइरहेको छ’ को ध्यान गर्नुहोस् । न त अत्यन्तै विस्तारै विस्तारै न त छिटो छिटो ध्यान गर्नुहोस् । यदि यसरी चिलाएको स्थानमा ध्यान केन्द्रित गर्दा चिलाउने प्रक्रिया स्वयं विलाएर गयो भने पुनः साधक श्वाश आएको गएको वा पेट उठेको तल गएको क्रियामा ध्यानलाई केन्द्रित गर्नुहोस् ।

यदि साधकलाई चिलाउने प्रक्रिया विलय नभइकन झन् झन् विस्तारीत हुँदै सहन असह्य भइरहेको छ । र यो चिलाएको स्थानमा कन्याउन मन लागिरहेको छ भने आफ्नो यो इच्छालाई हेर्नुहोस्, ‘चाहिरहेछु’, ‘चाहिरहेछु’ । ‘म’ लाई कुनै क्रियाहरुमा नजोड्नुहोस् । यो स्थितिमा अत्यन्त सुस्तरी सुस्तरी हातलाई उठाएर त्यो आफ्नो चिलाइरहेको स्थानलाई कन्याउनुहोस् । तर प्रत्येक स्थितिलाई सावधानीसँग बोध गर्दै जानुहोस्, जस्तो कि हात ‘उठाइरहेको छु’, ‘उठाइरहेको छु’, ‘छोइरहेको छु’, ‘छोइरहेको छु’, ‘कन्याइरहेको छु’, ‘कन्याइरहेको छु’ । जब हात हटाउनुहुन्छ पुनः प्रत्येक स्थितिलाई अत्यन्त सावधानीपूर्वक थाहा पाउँदै हात हटाउनुहोस् । पुनः श्वाश आएको गएको वा पेट माथि उठिरहेको तल गइरहेको क्रियामा ध्यान केन्द्रित गर्नुहोस् ।

विपश्यना भावना (साधना) को समयमा यदि शरीरको कुनै भागमा दुख वा दर्दको अनुभव भइरहेको छ भने मनलाई त्यो स्थान विशेषमा केन्द्रित गरि ‘दुखिरहेको छ’, ‘दुखिरहेको छ’, ‘पीडा भइरहेको छ’, ‘पीडा भइरहेको छ’, ‘कष्ट भइरहेको छ’, ‘कष्ट भइरहेको छ’, को अवलोकन गर्नुहोस् । यसै प्रकार यदि थकानको अनुभव भइरहेको छ भने ‘थाके’, ‘थाके’ यदि शिरमा चक्कर आइरहेको छ भने ‘चक्कर आइरहेको छ’, ‘चक्कर आइरहेको छ’, यसरी अवलोकन गर्दा साधकले दर्द वा पीडा वा थकान वा शिरको चक्कर आदि सम्पूर्ण गायव भएको देख्दछ ।

यो पनि हुन सक्दछ कि दर्द बढ्न पनि सक्दछ । यो स्थितिमा साधक धैर्यतापूर्वक दर्दलाई धैर्यतापूर्वक अवलोकन गरिरहोस् । यदि अलिक समयसम्म भावना (ध्यान) लाई निरन्तरता दिइरहनु भयो भने दर्द अवश्य मेटिएर जानेछ । तर यदि दर्द हटिरहेको छैन र सहन असह्य भइरहेको छ भने ध्यानलाई त्यहाँबाट हटाएर श्वास आएको गएको प्रश्वास वा पेट माथि उठेको तल गएको क्रियामा ध्यानलाई केन्द्रित गर्नुहोस् ।

कहिलेकाहीँ समाधिमा अलिकति प्रगति गरे पश्चात साधक असह्य पीडाको अनुभव गर्न थाल्दछ । वा यस्तो लाग्दछ कि श्वाश फेर्न अत्यन्त कठीन भइरहको छ, वा कुनै छुरीले घोचिरहेको छ, वा सुइले घोचीरहेको छ, वा शरीरमा कुनै साना साना कीराहरु घुमिरहेका छन् । कहिलेकाहीँ अत्यन्त तिव्र रुपमा चिलाएझै, असाध्यै जाडो, भयङ्कर गर्मीको पनि अनुभव हुन्छ । साधक जब ध्यान बन्द गर्दछ यी अनुभूतिहरु पनि स्वयं समाप्त भएर जान्छन् । तर जब साधक ध्यान गर्न प्रारम्भ गर्दछ यी अनुभूतिहरु पुनः बोध हुन थाल्दछ ।

यर्थाथता त यो हो यी देह कष्टबोध न त महत्वपूर्ण हुन्छन् न त यी कुनै देह बिमारीका लक्षण नै हुन् । यी दोषहरु त शरीरमा पहिला देखि नै विद्यमान रहेका हुन्छन् । तर हामी जब कुनै महत्वपूर्ण कार्यमा संलग्न रहन्छौ, यी शरीरका स—साना दोषहरु छिपेर रहेका हुन्छन् । ध्यानको समयमा मनको शक्ति प्रवल हुने हुनाले यी देह दोषहरु पुन उत्पन्न हुने हुनाले साधकले (यो देह दोषहरुलाई) बोध गर्दछ वा समात्दछ । र उ यी शरीरका दोषहरु माथि विजय प्राप्त गर्ने स्थितिमा रहन्छ । यदि साधकले ध्यानलाई निरन्तरता दिइरह्यो भने निश्चय पनि यी अप्रिय बोधहरु माथि विजयी हुन्छ । तत्पश्चात पुन यी शरीरका दोषहरुबाट उत्पन्न हुने अप्रिय देह बोधहरु साधकमा हावी हुन सक्दैन ।

यदि साधक आफ्नो शरीरलाई झुलाउन (हल्लाउन) चाहन्छ भने पहिला ‘चाहन्छु’, ‘चाहन्छु’ र पुनः झुलाएको समयमा ‘झुलिरहेको छ’, ‘झुलिरहेको छ’ को भावना गरोस् । कहिलेकाहीँँ यो पनि हुन सक्दछ कि साधक जब भावना (ध्यान) मा बस्दछ, यो क्षणमा साधकको शरीर स्वयं दाँया बाँया वा अगाडि पछाडि झुल्न वा हल्लिन थाल्दछ । यो स्थितिमा साधक उद्धीग्न वा चिन्तित हुन हुँदैन । न त उ प्रशन्न नै हुनुपर्दछ । र न यो शरीर झुलिरहोस् भन्ने नै चाहनुपर्दछ । साधकले स्मरण राख्नुपर्दछ कि यसरी झुलिरहेको प्रक्रियामा ध्यान जाने वित्तिकै देहको यो प्रक्रिया स्वतः बन्द हुन पुग्दछ । यो स्थितिमा साधकले मन मनमा ‘देह झुलीरहे छ’, ‘देह झुलिरहेछ’ भन्ने तथ्यलाई यथाभूतरुपमा थाहा पाउनुपर्दछ । जब साधक यो स्थितिलाई न त विस्तारै विस्तारै न त छिटो छिटो अवलोकन गर्दछ, त्यसको केही क्षणपश्चात् शरीरको यो झुल्ने प्रक्रिया स्वतः समाप्त हुन्छ ।

यदि पुनः शरीरको यो झुल्ने प्रक्रिया समाप्त नभइकन त झन् विस्तार भयो भने साधकले भित्तामा पीठलाई अडेस् लगाउनु पर्दछ । वा आफ्नो ओछ्यानमा पल्टिनुपर्दछ । र पुनः ध्यानमा संलग्न हुनुपर्दछ । यदि शरीरमा कम्पन वा थरथराहट भयो भने यही साधना प्रक्रियाको आधार लिनुपर्दछ । ध्यान जति जति प्रगााढ हुन्छ, (त्यो स्थितिमा) कहिलेकाहीँँँ खुसीको गुदगुदीको अनुभूति उत्पन्न हुन्छ । वा रीठको भित्रबाट सम्पूर्ण शरीरमा एक शीतल धारा प्रवाहको अनुभूति उत्पन्न हुन्छ । यो अनुभूति अरु केही नभई प्रीति प्रमोदको प्रवाह हो जुन ध्यानको सफल प्रगतिमा उत्पन्न हुन्छ । साधक जब ध्यानमा बस्दछ उ अलिकति मात्र पनि हलुका आवाजबाट चमत्कृत हुन्छ, यसको कारण यो हो कि साधक फस्सोवा ‘स्पर्श’ अनुभूतिको विशेष अनुभव गरिरहन्छ ।

साधनाकालमा शरीरको स्थिति परिवर्तन, प्यास, उभिनु, हिँड्नु आदि माथि गरिने विपश्यना साधना यदि ध्यान कालमा शरीरको स्थितिलाई परिवर्तन गर्ने इच्छा मनमा उत्पन्न भयो भने प्रत्येक अवस्थालाई मन मनमा हेर्दै जानुहोस् र विस्तारै विस्तारै सम्पूर्ण प्रक्रियाको एक एक व्यहोरालाई अवलोकन गर्दै शरीरको अंगलाई सुविधा अनुसार यथारुचि बदल्नुहोस् । अवश्य यो प्रक्रिया असाध्यै विस्तारै विस्तारै हुनुपर्दछ ता कि ध्यानमा कुनै प्रकारको विघ्न वा बाधा नआओस् ।

ध्यानको समयमा यदि प्यासको अनुभव भयो भने साधकले ‘प्यास लागिरहेको छ’, ‘प्यास लागिरहेको छ’ यथाभूत रुपमा थाहा पाउनुहोस् । साधकलाई यदि उभिन मन लाग्यो भने ‘मन लागिरहेको छ’, ‘मन लागिरहेको छ’ । जब साधक उभिन्छ, उभिने क्रममा घटित प्रत्येक क्रियाको एक एक व्यहोरालाई नोट गर्दै जानुहोस् र ‘उभिरहेको छु’, ‘उभिरहेको छु’ को बोध गरिरहनुहोस् । उभिएर जब अगाडि हेर्नुहुन्छ, ‘देखिरहेको छु’, ‘देखिरहेको छु’ लाई मन मनमा नोट गर्नुहोस् । अब यदि साधकलाई अगाडि हिँड्न मन लाग्यो भने पहिला हिँड्न ‘चाहिरहेको छु’, ‘हिँड्न चाहिरहेको छु’ । र जब अगाडि बढ्दछ ‘बढिरहेको छु’, ‘बढिरहेको छु’ र प्रत्येक कदम कदममा हिँड्ने प्रक्रियालाई नोट गर्दै जानुहोस् वा थाहा पाउँदै जानुहोस् । चलिरहेको समयमा प्रत्येक क्रियालाई राम्रोसँग नोट गरिरहनुहोस् । हिँडेको समयमा ‘कदम उठाइरहेको छु’, ‘कदम अगाडि बढाइरहेको छु’, ‘कदम राखिरहेको छु’ र ‘फेरि कदम उठाइरहेको छु’, ‘कदम अगाडि बढाइरहेको छु’, ‘कदम राखिरहेको छु’ छ अथवा कदम ‘उठ्यो’, ‘चल्यो’, ‘राख्यो’ लाई मात्र थाहा पाउनुहोस् ।

अब जब साधक पानीको घडा वा नललाई देख्दछ, यो स्थितिमा बोध गर्नुपर्दछ कि ‘देखिरहेको छु’, ‘देखिरहेको छु’, रोकियो भने ‘रोकिए’, ‘रोकिए’, हात फैलाउँदा ‘फैलाइरहेको छु’, ‘फैलाइरहेको छु’ ग्लास वा कप छुँदा ‘छोएँ’ , ‘छोएँ’ पानीमा ग्लासलाई डुबाउँदा वा पानी ग्लासमा हाल्दा ‘डुबाइरहेको छु’, ‘डुबाइरहेको छु’ ‘हालिरहेको छु’, ‘हालिरहेको छु’ । जब ग्लासले ओठलाई छुन लाँदा ‘छोइरहेको छु’, ‘छोइरहेको छु’, पानीको स्पर्श पाएर जब शीतलताको अनुभव हुन्छ, ‘चिसो’, ‘चिसो’ । जब पानी पिउन थाल्दछ ‘पिइरहेको छु’, ‘पिइरहेको छु’ । ग्लासलाई (भुइँमा) राख्दा ‘राखिरहेको छु’, ‘राखिरहेको छु’ । ग्लासबाट हात हटाउन सुरु गर्दा ‘हटाइरहेको छु’, ‘हटाइरहेको छु’ । यो क्रममा यदि शरीरको कुनै अंग छोइयो भने ‘छोइरहेको छु’, ‘छोइरहेको छु’ । र अब पानी पिएर जब फर्कने इच्छा हुन्छ, त्यो क्षणमा ‘इच्छा लागि रहेछ’, ‘इच्छा लागिरहेछ’ । र ध्यानको स्थानमा फर्किएर जाँदा ‘गइरहेको छु’, ‘गइरहेको छु’ । आफ्नो स्थानमा पुगेर रोकिदा ‘रोकिएँ’, ‘रोकिएँ’ । र यदि त्यहाँ केही समय उभिन मन लाग्यो भने श्वाश आइरहेको गइरहेको वा पेट माथि आइरहेको तल गइरहेको क्रियामा केन्द्रित गर्नुहोस् ।

अब यदि बस्न मन लाग्यो भने ‘चाहिरहेको छु’, ‘चाहिरहेको छु’ । बस्ने स्थानसम्म गइरहनुभएको छ भने ‘गइरहेको छु’, ‘गइरहेको छु’ पुगेपछि ‘पुगँे’, ‘पुगेँ’। बस्नु भन्दा अगाडि बस्ने इच्छालाई थाहा पाउनुहोस्, ‘चाहन्छु’, ‘चाहन्छु’ बस्दा खेरी ‘बसिरहेको छु’, ‘बसिरहेको छु’ अब विस्तारै विस्तारै बस्ने सम्पूर्ण प्रक्रियालाई नोट गर्दै वा थाहा पाउँदै बस्नुहोस् ।
हात खुट्टालाई आफ्नो स्थानमा लेजाने प्रत्येक प्रक्रियालाई सावधानीपूर्वक राम्रो सँग नोट गर्दै जानुहोस् । आसनमा बसी सकेपछि अब श्वाश आइरहेको गइरहेको वा पेट माथि आइरहेको तल गइरहेको क्रियामा पेट ध्यान केन्द्रित गर्नुहोस् ।
साधक जब लेट्न वा पल्टन चाहन्छ भने ‘चाहन्छु’, ‘चाहन्छु’, को भावना गर्नुहोस् । र पल्टने प्रक्रियाको एक एक व्यहोरो माथि ध्यान दिनुहोस्, जस्तै ‘उठिरहेको छु’, ‘उठिरहेको छु’, खुट्टालाई फैलाइरहेको छु, ‘फैलाइरहेको छु’, ‘झुकिरहेको छु’, ‘झुकिरहेको छु’ आदि । पल्टिँदै गर्दा ‘पल्टिरहेको छु’ , सिरानीलाई शिरले छुँदा ‘छोइ रहेको छु‘, ’छोइरहेको छु’ । फेरि शिरको एक एक भागलाई पल्टिएको स्थितिमा यथास्थानमा राख्दै ती एक एक अंगमाथि ध्यान दिनुहोस् । यो सम्पूर्ण कार्य विस्तारै विस्तारै हुनुपर्दछ । र पूर्ण रुपमा पल्टिएपछि पुनः श्वाश आएको गएको पेट उठेको बसेकोमा ध्यान केन्द्रित गर्नुहोस् । यदि लेट्दा वा पल्टिँदा साधकलाई दर्दको अनुभव भयो, थाकेको अनुभव भयो, गर्मीको अनुभव भयो वा चिलाएको अनुभव भयो भने एक एक स्थितिलाई मनमा नोट गर्नुहोस् । वा थाहा पाउनुहोस् ।

र्‍याल निल्दा, थुक्दा वा दर्दको अनुभव गर्दा, विचार, भाव, चिन्तन आदि तथा हात, खुट्टा र शरीर हिँड्ने डुल्नेको पनि उही भाव यथाभूत मनमा नोट गर्नुहोस् वा थाहा पाउनुहोस्, जुन भाव ध्यानमा बस्ने स्थितिमा गरिन्छ । यदि कुनै विशेष कुरा (क्रिया) भावना (ध्यान) लाई केन्द्रिभूत गर्नको लागि होइन भने साधक तुरुन्त श्वाश आएको गएको वा पेट उठेको बसेकोमा ध्यान केन्द्रित गर्नुहोस् ।

साधनाकालमा निद्रा, माथि गरिने विपश्यना साधना

यदि साधनाकालमा निद्रा आयो भने ‘निद्रा आइरहेको छ’, ‘निद्रा आइरहेको छ’, यदि निद्राले आँखा झपक्क पार्न थाल्यो भने ‘झपक्क भइरहेछ’, ‘झपक्क भइरहेछ’ थाहा पाउनुहोस् । यदि साधकले ध्यानमा एकाग्रता सिद्ध गर्न सक्यो भने उसले देख्दछ कि निद्रा वा आँखा झपक्क हुन लागेको स्थितिलाई नोट गर्ने वित्तिकै वा थाहा पाउने बित्तिकै निद्रा र आँखाको झपकी स्वयं समाप्त हुन्छ । र तुरुन्त उसलाई एक विचित्रको ताजापनको अनुभव हुन्छ । तत्पश्चात उसले पुन श्वास आएको गएको वा पेट उठेको तल गएको क्रियामा ध्यान केन्द्रित गर्नुपर्दछ । यदि उसले निद्रा या झपकीमाथि विजय प्राप्त गर्न सकेन भने पनि उसले ध्यान निद्रा नहराएको क्षणसम्म निरन्तरता दिइराख्नुपर्दछ ।

निद्रा भवंग संतान को सिवाय अरु के हो? वा यो जन्मको समयको पहिलो चेतना स्थिति र मृत्युको समयको अन्तिम चेतना स्थिति नै त हो । चेतनाको यो स्थिति अत्यन्त दुर्वल हुन्छ । र कुनै पनि पदार्थलाई जान्न सक्दैन । जाग्रत अवस्थामा पनि भंवगको यो स्थिति हेर्ने, सुन्ने, सोच्ने क्षणहरुको बीचमा पनि बराबर आइरहन्छ । तर भवंगको यो स्थिति केही क्षण मात्र रहन्छ, यसैले यो स्पष्ट रुपमा पकड वा बोधमा आउँदैन । निद्रामा भवंगको यो स्थिति धेरै समय सम्म रहन्छ, यसैले निद्राको क्षणमा यो भवंग स्थिति पूर्ण रुपमा पकड वा बोधमा आउँछ । निद्रामा कुनै पनि प्रकारको चिन्तन या ध्यान सम्भव छैन ।

विहान बिउँझिने बित्तिकै, मुख धुन, स्नान गर्नु आदि क्रियामा गरिने विपश्यना साधना

निद्राबाट जाग्ने बित्तिकै साधकले प्रथम क्षणबाट नै सतिको अभ्यास गर्नुहोस् ‘जागिरहेको छु’, ‘जागिरहेको छु’ । आरम्भमा साधकलाई निद्राबाट जाग्ने बित्तिकै प्रथम क्षणबाट नै सतिको अभ्यास गर्न कठिन हुन सक्दछ– जुन क्षण यो स्मृतिमा आउँछ, त्यो क्षणबाट सतिको अध्यास सुरु गर्नुहोस् । उदाहरणको लागि जुन क्षण साधकलाई चिन्तनको ध्यान आउछ, ‘चिन्तन गरिरहेको छु’, ‘चिन्तन गरिरहेको छु’ र फेरि श्वाश आएको गएको वा पेट उठेको तल बसेको क्रियामा ध्यान केन्द्रित गर्नुहोस् । शरीरको एक एक अंग हात खुट्टा आदिलाई मोड्दा, घुमाउदा, फैलाउँदा, भूलाउँदा, यी क्रियाहरुको नोट गर्नुहोस् । यदि साधक समयको बारेमा सोचिरहेको छ भने ‘सोचिरहेको छु’, ‘सोचिरहेको छु’, यदि साधक उठ्न चाहन्छ भने ‘चाहिरहेको छु’, ‘चाहिरहेको छु’ । यदि उ उठ्नको लागि शरीरलाई तयार गरिरहेको छ भने ‘तयार गरिरहेको छु’, ‘तयार गरिरहेको छु’ र जब जब सुस्तरी सुस्तरी उ शरीरलाई उठाउँछ, ‘उठाइरहेको छु’,‘उठाइरहेको छु’, जब बस्ने स्थिति आउँछ ‘बसिरहेको छु’, ‘बसिरहेको छु’, यदि उ बसेको स्थितिमा केही समयसम्म बस्न चाहन्छ भने तुरुन्त श्वाश आएको गएको वा पेट उठेकोे तल गएको क्रियामा ध्यान केन्द्रित गरोस् ।
यदि साधक आफ्नो मुख धुन चाहन्छ वा स्नान गर्न चाहन्छ भने प्रत्येक स्थितिलाई सावधानीसँग क्रमअनुसार पूर्ण ब्यहोरा वा तपसीललाई मन मनमा नोट गर्दै वा थाहा पाउँदै जाओस् । जस्तै ‘देखिरहेको छु’, ‘देखिरहेको छु’, ‘फैलाइरहेको छु’, ‘फैलाइरहेको छु’, लोटा उठाउने समयमा ‘उठाइरहेको छु’, ‘उठाइरहेको छु’, बाल्टीमा लोटालाई डुबाउँदा ‘डुबाइरहेको छु’, ‘डुबाइरहेको छु’ र लोटालाई बाल्टीबाट निकाल्दा ‘निकालिरहेको छु’, ‘निकालिरहेको छु’, शरीरमा पानी हाल्दा ‘हालिरहेको छु’, ‘हालिरहेको छु’ । जलको स्पर्शको शीतलताको अनुभव गर्दा ‘चीसो’, ‘चीसो’, शरीरलाई रगड्दा वा मल्दा ‘रगडिरहेको छु’, ‘रगडिहेको छु’ । यस प्रकार प्रत्येक क्रियाका एक एक तथ्यलाई मन मनमा नोट गर्दै जानुहोस् वा थाहा पाउनुहोस् । यसप्रकार कपडा लगाउँदा, बिछौना लगाउँदा, ढोका बन्द गर्ने समय वा खोल्ने वा कुनै वस्तुलाई लिने वा दिने समय त्यो क्रियाको एक एक व्यहोरालाई क्रमानुसार पूरा पूरा ध्यान दिइरहनुहोस् ।

भोजनको समयमा गरिने विपश्यना साधना

यस प्रकारका भोजन गर्ने समयमा पनि साधक एक एक व्यहोरामा क्रमानुसार ध्यान राखिरहोस् जस्तै जब उ भोजनलाई देख्दछ, ‘देखिरहेको छु’, ‘देखिरहेको छु’ । भोजनलाई आफ्नो हातबाट पस्किँदा ‘पस्किरहेको छु’, ‘पस्किरहेको छु’ । जब भोजन हातबाट मुखसम्म पुग्दा ‘पुगिरहेछ’, ‘पुगिरहेछ’ । भोजनको लागि जब गर्दन झुक्दछ (त्यसक्षणमा) ‘झुकिरहेछ’, ‘झुकिरहेछ’ । जब भोजनले ओठलाई छुन्छ, ‘छोइरहेछ’, ‘छोइरहेछ’, जब भोजन मुखमा आउँछ, ‘आयो’, ‘आयो’ । भोजनलाई चबाउनको लागि मुखमा बन्द गर्दा ‘बन्द भयो’, ‘बन्द भयो’ । हात पुन थालीतर्फ जाँदा ‘गइरहेछ’, ‘गइरहेछ’ । हातले थालीलाई छुँदा ‘छोइरहेछ’, ‘छोइरहेछ’, गर्दनलाई सीधा गर्दा ‘सीधा गरिरहेछु’, ‘सीधा गरिरहेछु’, भोजनलाई चबाउँदा ‘चबाइरहेछु’, ‘चबाइरहेछु’ । स्वादलाई थाहा पाउँदा ‘थाहा पाइरहेछु’, ‘थाहा पाइरहेछु’ । भोजनलाई निल्दा ‘निलिरहेछु’, ‘निलिरहेछु’, भोजन भित्र जाँदा जब आँतलाई छुन्छ ‘छोइरहेछु’, ‘छोइरहेछु’ । यस प्रकार प्रत्येक क्रियालाई पूरा भोजन समाप्त नभएसम्म नोट गर्दै जानुहोस् वा थाहा पाउँदै जानुहोस् ।

साधनाको आरम्भमा केही केही क्रियाहरु नोट गर्न छुट्दछ तर साधक यसबाट विचलित हुन हुँदैन । उ आफ्नो उद्देश्य सिद्धिको लागि यो अभ्यासमा पूर्णतः तत्पर रहनुपर्दछ । जति जति (विपश्यना) अभ्यास बढ्दै जान्छ, छुट (छुट्ने क्रम) घट्दै जान्छ । अगाडि बढ्दा जुन व्यहोराको चर्चा माथि गरियो त्यो भन्दा पनि अधिक विस्तारसँग साधक प्रत्येक क्रियाको व्यहोरा नोट गर्दै जान्छ ।

एक दिन र एक रात अध्यास गरेपश्चात साधक यो अनुभव गर्दछ कि उसको ध्यान विशेष रुपमा प्रगाढ र सघन हुँदै गएको छ । र उ श्वाश आइरहेको गइरहेको वा पेट उठिरहेको तल गइरहेको क्रियामा आफ्नो ध्यान सहजतापूर्वक केन्द्रित गर्न सक्दछ ।

यदि उ बस्ने स्थितिमा छ भने पेट तल माथि भइरहेको र स्वयंलाई बसिरहेको क्रियालाई पनि मनमनमा नोट गर्दै जाओस् । ‘उठे, तल गएँ, बसे’, ‘उठे, तल गएँ, बसे’ । यदि उ पल्टिएको छ भने मनमनमा नोट गरोस् कि ‘उठे, पल्टिएँ, सुतेँ’, ‘उठेँ, पल्टिएँ, सुतँे’ । यदि उ यी तीन विन्दूहरुमा एकै साथ मनलाई एकाग्र गर्न कठिनाई अनुभव गर्दछ भने श्वाश आइरहेको गइरहेकोे वा पेट उठिरहेको बसिरहेको क्रियामा ध्यान टिकाओस् ।

जब साधक आफ्नो शरीरको कुनै क्रियाको व्यहोरामा ध्यान लगाएको छ भने उ सुन्ने, हेर्ने आदि क्रियामा संलग्न हुनुहुँदैन । श्वाश आइरहेको गइरहेको वा पेट उठरहेको तल गइरहेको क्रियामा ध्यान लगाएको छ भने त्यो समय केही केही दृश्य हेर्नलाई कतै दृष्टि गयो भने त्यसलाई तुरुन्त नोट गर्नुपर्दछ कि ‘देखिरहेछु’, ‘देखिरहेछु’ । र पुन उसले श्वाश आइरहेको गइरहेके वा पेट माथि आइरहेको तल गइरहेको क्रियामा ध्यान केन्द्रित गर्नुपर्दछ ।

यदि कुनै व्यक्ति उसको दृष्टि पथमा आयो भने ‘देखिरहेछु’, ‘देखिरहेछु’, लाई दुई तीन पटक नोट गरोस । पुनः श्वाश आउने जाने वा पेट उठ्ने तल जाने क्रियामा ध्यान केन्द्रित गरोस् । यदि कोही ध्वनि वा शब्द सुनियो भने ‘सुनिरहेछु’, ‘सुनिरहेछु’ लाई दुई तीन पटक नोट गरोस् । र श्वाश आउने जाने वा पेट उठ्ने तल जाने क्रियामा ध्यान केन्द्रित गरोस् ।
यदि साधक जोड वा चर्को ध्वनि जस्तै कुकुर भुक्नु, जोड जोडले बोल्नु, जोड जोडले गीत गाइरहेको ध्वनि सुन्दछ भने ‘सुनिरहेको छु’, ‘सुनिरहेको छु’, लाई दुई तीन पटक नोट गरोस् । र आफ्नो ध्यानलाई श्वाश आउने जाने वा पेट उठ्ने तल जाने क्रियामा केन्द्रित गरोस् । यदि उ ती शब्दहरुको सुन्न लाग्यो भने सम्भव छ कि उ ती ती शब्दहरुमा अल्झिन्छ । र पुनः श्वासको आउने जाने वा पेट उठ्ने तल जाने क्रियामा ध्यान केन्द्रित नहुन सक्दछ । यस प्रकारको क्लेशले मनलाई क्षुब्द गर्ने विकार जन्माउँदछ र विस्तार गर्दछ । यदि यस्तो विचार आयो भने साधक तुरुन्त दुई तीन पटक नोट गरोस् कि ‘विचार गरिरहेको छु’, ‘विचार गरिरहेको छु’ र पुनः श्वाश आउने जाने वा पेट उठ्ने तल जाने क्रियामा ध्यान केन्द्रित गरोस् ।

यदि शरीरको चल्ने डुल्ने कुनै क्रियालाई नोट गर्न (थाहा पाउन) भूल भयो भने ‘भूल भयो’, ‘भूल भयो’, मनमनमा नोट गर्नुहोस् । र आफ्नो नियमीत ध्यानमा संलग्न हुनुहोस् । कहिले कहिले ध्यानको प्रगाढ अवस्थामा साधक यो अनुभव गर्दैछ कि श्वाशको गति सुस्त भएको छ र पेट उठ्ने तल जाने गति पनि पकड वा बोधमा आइरहेको छैन । यो अवस्थामा यदि उ बसेको छ भने ‘बसिरहेको छु’, ‘छोइरहेको छु’, ‘बसिरहेको छु’, ‘छोइरहेको छु’ मा ध्यान केन्द्रित गर्नुपर्दछ । वा यदि पल्टिएको छ भने ‘पल्टिएको छु’, ‘छोइरहेको छु’ मा ध्यान लगाउनुपर्दछ । ‘छोइरहेको छु’, ‘छोइरहेको छु’ को ध्यान गर्ने समय कुनै स्थान विशेषको ध्यान नगरेर विभिन्न भागका स्थानको ध्यान अपेक्षित छ । कम्तीमा तीन वा चार स्थानहरुमा त हुनु नै पर्दछ ।

साधनामा प्रगति भए वा नभएको अनुभव, सन्देह, उदास आदि भावनामा गरिने विपश्यना साधना

यो प्रशिक्षणमा केही समय लगाएपछि साधकको मनमा यस्तो भाव उठ्न सक्दछ कि (मेरो) ध्यानमा यथेष्ट उन्नति भइरहेको छैन र उसलाई सुस्तीको भाव पनि आउन सक्दछ । यो समयमा ‘सुस्ती’, ‘सुस्ती’ को भावना गर्नुहोस् । यति मात्र होइन सति (स्मृति), समाधि र ज्ञान (अन्र्तदृष्टि) मा पर्याप्त उन्नति उपलब्धि गर्नुपूर्व साधकको मनमा यो (विपश्यना) प्रशिक्षणको उपयोगिता र सच्चाइप्रति पनि सन्देह उठ्न सक्दछ । यो स्थितिमा उ मन मन भावना गरोस् कि ‘संदेहमय’, ‘संदेहमय’ कहिले कहिले उ उत्तम परिणामको आशा अपेक्षा पनि त गर्दछ यो समय ‘आशा गरिरहेको छु’, ‘आशा गरिरहेको छु’, को भावना गरोस् ।

कहिले कहिले उ आफ्ना प्रशिक्षणको सम्पूर्ण प्रक्रियालाई स्मरण गर्ने चेष्टा गर्दछ यो समय ‘स्मरण गरिरहेको छु’ ‘स्मरण गरिरहेको छु’ वा ‘सोचिरहेको छु’, ‘सोचिरहेको छु’ को भावना गरोस् । कहिले कहिले साधक सोच्न थाल्दछ कि उसको ध्यानको विषय नाम वा रुप हो । यो समयमा मनमा भावना गरोस् कि ‘जाँचिरहेछु’, ‘जाँचिरहेछु’ । कहिले कहिले उ साधनामा दिक्क भएर उदास हुन्छ, यस्तो अवसरमा ‘उदास’, ‘उदास’, को भावना गरोस् । कहिले कहिले आफ्नो साधनाको सफलतामा उसलाई हर्ष र प्रसन्नताको अनुभव हुन्छ, यो अवसरमा ‘प्रसन्न’, ‘प्रसन्न’ को भावना गरोस् । सारांशमा साधक आफ्नो मनको प्रत्येक अवस्थाको सावधानीपूर्वक हेरिरहोस् । र एक एकलाई नोट गरिरहोस् । फेरि श्वाश आएको गएको वा पेट उठेको तल गएकोमा ध्यान केन्द्रित गरोस् । प्रातः उठ्ने वा बिहान समयबाट राति सुत्ने समयसम्म साधनाको समय हो । यस प्रकार साधक जबसम्म जागिरहन्छ, पूर्णतः सावधान र प्रमोद रहित रहोस् ।
यो साधना क्रियामा कुनै प्रकारको शिथिलता आउन नदिओस् । साधना परिपक्क भए पछि साधक स्वयं अनुभव गर्दछ कि अब उसलाई निद्राको जरुरत छैन । र उ रातदिन अविच्छिन्न र अखण्ड भावले लगातार साधना गरिरहन्छ । शुभ वा अशुभ जस्तो विचार मनमा उठे पनि साधक प्रत्येक मनः स्थितिको राम्रोसँग परीक्षण गरोस् र मनमनमा त्यसलाई अवलोकन गरोस् । शरीरको जुनसुकै क्रिया सूक्ष्म वा ठूलो (किन नहोस्) साधक प्रत्येक क्रियालाई मन मनमा अवश्य अप्रमादी भएर नोट गर्दे जाओस् वा थाहा पाउँदै जाओस् ।

मनमा सुखद् वा दुखद् जुनसुकै तरङ्ग (संवेदना) किन नहोस्, साधक त्यसलाई अत्यन्त सावधानीपूर्वक नोट गर्दै जाओस् । यदि केही विशेष कुरा सोच्नु छैन भने साधक श्वासको आउने जाने वा पेट उठ्ने तल जाने क्रियामा ध्यान केन्द्रित गरोस् । यदि कुनै कामले बाहिर जानु छ भने साधक कदम कदममा ‘गइरहेछु’ ‘गइरहेछु’, को भावना गरोस् । टहलने वा व्यायाम गर्ने समय साधक प्रत्येक कदममा तीन प्रकारका भाव गरोस्—उठाए, अगाडि बढाएँ , राखे । साधक यस प्रकार अहोरात्र साधनामा लागिरह्यो भने उसको ध्यान यति जाग्रत, प्रखर र प्रगाढ हुन्छ कि उदय व्यय नामक विपश्यनाको चतुर्थ ज्ञानको उपलब्धि तुरुन्त हुन्छ । र विपश्यना ज्ञानको परम र चरम अवस्था पनि उपलब्धि प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 434 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 821 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 560 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 492 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 486 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1834 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 573 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 561 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 451 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 606 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 499 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 738 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 499 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 483 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 576 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 468 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 432 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 471 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 514 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 478 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 866 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 704 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 469 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 563 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 692 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 532 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 786 0
७.२ सम्यक वाणी साधना 1/11/2023 633 0
७.१ सम्यक कर्म साधना 1/11/2023 589 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 524 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 476 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 451 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 408 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 529 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 541 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 556 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 480 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 499 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 439 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 390 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 496 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 448 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 562 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 447 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 492 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 545 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 393 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 500 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 508 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 513 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 476 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 595 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2125 0