यो श्लोकमा गुरु सम्पूर्ण वेदान्तको निर्णयात्मक उपदेश दिनुहुन्छ ।
वेदान्तसिद्धान्तनिरुक्तिरेषा ब्रह्मैव जीवः सकलं जगच्च ।
अखण्डरूपस्थितिरेव मोक्षो ब्रह्माद्वितीयेश्रुतयः प्रमाणम् ।।४७९।।
वेदान्तको निर्णय अनुसार जीव जगत् ब्रह्म हो । त्यो ब्रह्ममस्थीत
रहनु मोक्ष हो । ब्रह्म अद्वितीय छ । यस विषयमा श्रुति प्रमाण छ । ।।४७९।।
वेदान्त दर्शनले द्वैत सत्तालाई स्वीकार गर्दैन । यसले अधिष्ठानको अस्तिङ्खवलाई स्विकार गर्दछ । आरोपित वस्तुको सत्तालाई स्विकार गर्दैन । वेदान्तको निर्णय यो छ की यो सम्पूर्ण जीव, जगत्, ब्रह्मााण्ड ब्रह्म हो । यहाँ ब्रह्मा बाहेक केही छैन । मनुष्य ब्रह्म हो । अज्ञानको कारणले उसले आफूलाई पृथक् मानिरहेको हो । जब ज्ञान प्राप्तगरि मनुष्यले स्वयंलाई ‘म ब्रह्म हुँ’ भन्ने अनुभूति प्राप्त गर्दछ । ‘म ब्रह्म हुँ’को त्यही अनुभूतिमा नित्य स्थीत रहनु मोक्ष हो । ब्रह्म अद्वितीय छ । यसलाई श्रुतिले प्रमाणित गरेको छ ।



