शरीर उपेक्षा

0 टिप्पणीहरू 328 आगन्तुकहरू

मोक्ष साधनामा मिथ्या देह उपेक्षाको आवश्यकता वर्णन गरिन्छ ।

छायेव पुंसः परिदृश्यमानमाभासरूपेण फलानुभूत्या ।
शरीरमाराच्छववन्निरस्तं पुनर्न सन्धत्त इदं महात्मा ।।४१४।।
महात्माहरू आत्मालाई साक्षात्कार गरेर छायाँ झैं आभासरूपमा प्रतीति हुने यो शरीरलाई शब झैं त्यागेर पुनः ग्रहण गर्दैनन् । ।।४१४।।

यो शरीर छायाँ झैं एक प्रतीति मिथ्या हो, ब्रह्म सत्य हो, भन्ने पूर्ण अनुभूति प्राप्त गरिसकेका आत्मज्ञानी महात्माहरू, यो देह, देह प्रतिको सम्पूर्ण अहंता, ममतादिलाई पुनःग्रहण नगरि ब्रह्म भावमा स्थिर भएर यो जगत्लाई आनन्दले भोग्दछन् । रहन्छन् । तिमी पनि आत्मज्ञान प्राप्त गरि मुर्दा समान यो शरीरप्रतिको मोह, आसक्तिलाई त्याग गरेर ब्रह्मभावमा स्थिर वन । तिमी आत्मज्ञानी महात्मा वन ।

सततविमलबोधानन्दरूपं समेत्य
त्यज जडमलरूपोपाधिमेतं सुदूरे ।
अथ पुनरपि नैव स्मर्यतां वान्तवस्तु
स्मरणविषयभूतं कल्पते कुत्सनाय ।।४१५।।
नित्य, निर्मल र बोधमय स्वरूप ब्रह्मलाई प्राप्त गरेर यो जड र मलरूप उपाधि (शरीर) लाई टाढैबाट त्याग गर । कहिल्यै पनि यसलाई स्मरण नगर, किनकि वान्ता गरेको वस्तुलाई स्मरण गर्दा घृणा उत्पन्न हुन्छ । ।।४१५।।

तिमी सर्वप्रथम अज्ञानलाई नष्ट गरी नित्य निर्मल बोधमय (सच्चिदानन्द) आत्मा ब्रह्म वा जुन तिम्रो स्व–स्वरूप हो, त्यसलाई प्राप्त गर । जब तिमीलाई सम्यक् बोधको यो स्थिति प्राप्त हुन्छ । तिमी नित्य ब्रह्म चिन्तनद्वारा ब्रह्ममा लिन वनि यो देह र जगत्को स्मरण नगर । तिमी साधनामा सावधान वन । तिमी देहमोहलाई त्याग गर ।

समूलमेतत् परिदह्य वह्नौ सदात्मनि ब्रह्मणि निर्विकल्पे ।
ततः स्वयं नित्यविशुद्धबोधानन्दात्मना तिष्ठति विद्वरिष्ठः ।।४१६।।
ज्ञानवान श्रेष्ठ पुरुष (महात्मा) सत् स्वरूप निर्विकल्प ब्रह्मअग्निमा यो स्थूल शरीरलाई मुल (अज्ञान) सहीत भष्म गरेर स्वयं नित्य विशुद्ध बोधानन्द रूपमा स्थित रहन्छन् । ।।४१६।।

आत्मज्ञानी श्रेष्ठ पुरुषहरू सत् स्वरूप निर्विकल्प ब्रह्ममा यो स्थूल शरीर, मन, अहंकार आदि सम्पूर्ण उपाधिलाई नष्ट गरेर नित्य विशुद्ध चेतन आत्ममय भई सर्वब्रह्ममयि दृष्टि फैलाएर परम शान्ति र आनन्दमा स्थिर रहन्छन् । जगत् दृश्य तिनीहरूलाई पनि भासवान हुन्छ । तर जगत्सँग सम्पर्क राख्ने मन पूर्णरूपमा नष्ट भएकोले तिनीहरूको स्थिति समाधिष्ठ मुनिको झैं स्थिर रहन्छ। प्रारब्धसूत्रग्रथितं शरीरं प्रयातु वा तिष्ठतु गोरिव स्रक् ।

न तत्पुनः पश्यति तङ्खववेत्ताऽऽनन्दात्मनि ब्रह्मणि लीनवृत्तिः ।।४१७।।
गाईलाई गलामा लगाइएको माला झैं प्रारब्ध सुत्रबाट प्राप्त यो शरीर रहोस् वा जाओस् आनन्दरूप ब्रह्ममा लीनवृत्ति तङ्खववेत्ता वास्ता गर्दैनन् । ।।४१७।।

अलंकार दृष्टिले गाइको गलामा लगाइएको माला रहोस वा नरहोस गाईलाई कुनै वास्ता हुँदैन । त्यस्तै आत्मज्ञान प्राप्त गरी देह अहंभाव पूर्णनष्ट गरी आनन्दरूप ब्रह्ममा लीन भएका पुरुषहरू प्रारब्धवस प्राप्त शरीर रहोस नरहोस् कुनै वास्ता राख्दैनन् । ब्रह्मभावमा स्थित रहने हुनाले शरीरको अवस्थाप्रति उदासिन रहन्छन् ।

अखण्डानन्दमात्मानं विज्ञाय स्व–स्वरूपतः ।
किमिच्छन् कस्य वा हेतोर्देहं पुष्णाति तङ्खववित् ।।४१८।।

तङ्खववेत्ता अखण्ड आनन्दरूप आत्मालाई आफ्नो स्वरूप हो भन्न जानेपछि कुन इच्छाले शरीरको पोषण गर्ला ?।।४१८।।

तङ्खव (आत्मा) लाई चिनेको तङ्खववेत्ता पुरुष जो मन, अहंकारादि सम्पूर्ण अध्यास÷उपाधिलाई नष्ट गरि क्षणीक जगत् आनन्दलाई त्याग गरिसकेको छ त्यो पुरुषले कसरी पुनः मिथ्या पदार्थको इच्छा गर्दछ ? कुन कारणले जगत् वासनाप्रति प्रवृत्त होला ? ब्रह्मको परम आनन्दमय रस नित्य प्राप्त गरेपछि किन अनित्य सांसारिक आनन्दमा फर्किएला ? अमृत प्राप्त भएपछिको विषय प्रति प्रवृत्त होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 482 0
मंगलाचरण 1/15/2023 513 0
मुक्तिको दुर्लभता 1/15/2023 416 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 626 0
विचारको महङ्खव 1/15/2023 407 0
शिष्य लक्षण 1/15/2023 474 0
साधन–चतुष्टय 1/15/2023 1193 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 425 0
सद्गुरु लक्षण 461 0
शिष्य प्रार्थना 1/15/2023 523 0
गुरु कर्तव्य 1/15/2023 581 0
1/15/2023 397 0
शिष्य प्रशंसा 1/15/2023 436 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 400 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 450 0
अपरोक्षानुभवको आवश्यकता 422 0
स्थूल शरीरको व्याख्या 1/15/2023 625 0
विषयविन्दा 1/15/2023 455 0
देहाशक्तिको निन्दा 1/15/2023 437 0
स्थूल शरीर निन्दा 1/15/2023 522 0
दश इन्द्रियहरू 1/15/2023 746 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 409 0
पञ्चप्राण 1/15/2023 536 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 567 0
प्राणको धर्म 1/15/2023 366 0
अहंकार 1/15/2023 387 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 322 0
माया वर्णन 1/15/2023 1004 0
रजोगुण 1/15/2023 400 0
तमोगुण 1/15/2023 350 0
सङ्खवगुण 1/15/2023 373 0
कारण शरीर 1/15/2023 404 0
आत्मा–निरूपण 1/15/2023 402 0
अध्यास 1/15/2023 458 0
आवरण र विक्षेपशक्ति 1/15/2023 502 0
बन्ध निरूपण 1/15/2023 358 0
अन्नमय कोश 1/15/2023 406 0
प्राणमय कोश 1/15/2023 390 0
मनोमय कोश 1/15/2023 367 0
विज्ञानमय कोश 1/15/2023 410 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 481 0
आनन्दमय कोश 1/15/2023 332 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 335 0
आत्मस्वरूप निरूपण 1/15/2023 401 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 333 0
जगत्को मिथ्यात्व 1/15/2023 419 0
ब्रह्म निरूपण 1/15/2023 601 0
महावाक्य – विचार 1/15/2023 460 0
ब्रह्मा–भावना 1/15/2023 504 0
वासना त्याग 1/15/2023 489 0
अध्यास निराकरण 1/15/2023 386 0
अहंपदार्थ निरूपण 1/15/2023 406 0
अहंकार – मुख्यवाधा 1/15/2023 326 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 366 0
प्रमाद – निन्दा 1/15/2023 441 0
अविद्याको स्थिति 1/15/2023 414 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 409 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 393 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 478 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 392 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 370 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 391 0
ध्यान विधि 1/15/2023 396 0
आत्म दृष्टि 1/15/2023 427 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 420 0
आत्म चिन्तनको उपदेश 1/15/2023 346 0
आत्मज्ञानको फल 1/15/2023 436 0
जीवनमुक्तको लक्षण 1/15/2023 421 0
प्रारब्ध कर्म विचार 434 0
प्रारब्ध निराकरण 1/15/2023 385 0
नानात्व – निषेध 1/15/2023 463 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 466 0
बोधोपलब्धी 1/15/2023 410 0
शिष्यको अनुभव 1/15/2023 463 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 598 0
गुरुको अन्तिम उपदेश 1/15/2023 785 0
आत्माको अविनाशिता 1/15/2023 797 0
परमार्थता 1/15/2023 1112 0
शिष्य बिदाइ 1/15/2023 1056 0
अनुवन्ध – चतृष्टय 1/15/2023 34344 0