परमशान्त, परम आनन्द, सम, अकर्ता, आदि जस्ता मौलिक गुणहरु, मानिसमा प्रकट भइरहेका शक्ति, सामथ्र्य, संकल्प आदि जस्ता विभूति बाहेक परमात्मा तत्वमा छिपेको तेस्रो अत्यन्त असाधारण, अलौकिक र विशिष्ट गूण हा, यो तत्वमा छिपेका ६ वटा शाश्वत नियमहरु जब तँपाई गहीरीएर गीतामा भगवान् कृष्णका जुन वचनहरुलाई गहीरीएर अवलोकन गर्नुहुन्छ, तँपाई यो तथ्यमा स्पष्ट हुनुहुन्छ कि परमात्मा तत्व ।
यो ब्रम्हाण्ड, ब्रहाण्डका प्रत्येक वस्तुहरु, मनुष्य सहित यावत् प्राणीहरु, सृष्टिको कण कणमा उ यिनै श्वाशत नियमहरु मार्फत नै क्रियाशील छ । यो जगतको सृष्टि, संरक्षण र प्रलय आदि सम्पूर्ण यिनै श्वाशत नियमहरुको कारण नै घटीत हुन्छ । या जगतका प्रत्येक मानिसले जीवनमा प्रतिपल प्राप्त गरीरहेको दुःख–सुख, आँसु–हाँसो, हर्ष–विस्मात आदि सम्पूर्ण अनुभूतिहरु सम्पूर्णको पछाडि पनि यिनै नियमहरु नै छिपेका छन् । मृत्यू पश्चात मानिसले प्राप्त गर्ने अनेकन् योनीहरु, लोकहरु, पूर्वजन्महरु पनि परमातमाका यीनै श्वाशत नियमहरुले नै निर्धारण गर्दछन् । परमात्मा तत्व साक्षात रुपमा प्रकट भएर मोक्ष प्रदान गर्न असमर्थ छ, परमात्मा तत्व साकार रुपमा प्रकट भएर हत्केला उठाएर आर्शिवाद दिए झैँ कुनै साधकलाई मोक्ष प्रदान गर्न असमर्थ छ ।
गीता नै यो स्वयंको प्रमाण छ । गीतामा स्वयं भगवान् कृष्ण प्रिय शीष्य अर्जुनलाई मोक्ष प्रदान गर्न असमर्थ हुनुहुन्छ । परमात्मा तत्व प्रकट भएर मोक्ष प्रदान गर्न असमर्थ छ भन्ने तथ्य छर्लङ्ग हुँदाहुँदै ‘ईश्वरले मोक्ष प्रदान गर्दछ’ भनेर शास्त्रहरुमा जुन उल्लेख गरिएको छ, यो मोक्ष यथार्थमा कुनै साकार ईश्वर नभई ईश्वरीय तत्वमा छिपेका यिनै शाश्वत नियमहरुले नै प्रदान गर्दछन् । यथार्थतामा मोक्ष साधना भन्नु ति ईश्वरीय श्वाशत नियमहरु जुन नियमको कारण विषयहरु र इन्द्रीयहरुको मीलनको क्षणमा तँपाईको देह र मन क्षेत्रमा उत्पन्न भएका सुखद् दुखद् अनुभूति (संवेदना) हरुलाई तँपाईले राग र द्वेषपूर्ण प्रतिक्रिया गर्दा वा भोग गर्दा अनेकन् संस्कारहरुको उत्पत्ति र विस्तार भइरहेको छ । तिनै श्वाशत ईश्वरीय नियमहरुमा संवेदनाहरु प्रति न राग न द्वेष वा समभावको विज छरी यिनैश्वाशत नियमहरुलाई मोक्षका पक्षमा क्रियाशील गराउनु हो ।
गीतामा भगवान्ले परमात्मा तत्वमा छिपेका ६ वटा शाश्वत नियमहरुको व्याख्या गर्नुभएको छ । परमात्मा तत्वमा छिपेका यी ६ शाश्वत नियमहरु निम्न प्रकारका छन्ः
१) संस्कार वा विज संग्रहको नियम
२) संस्कार वा विज विस्तारको नियम
३) संस्कार वा विज प्रकटीकरणको नियम
४) संस्कार वा विज आकर्षणको नियम
५) कार्य–कारण–कार्य वा कर्मफलको नियम
६) संस्कार वा विज उच्छेद वा नाशको नियम