सद्गुरु शिष्यका गम्भीर प्रश्नहरूको सविस्तार उत्तर दिन तत्पर हुनुहुन्छ, जुन शिष्यको प्रश्नको प्रशंसाबाट सुरू हुन्छ ।)
धन्योऽसि कृतकृत्योऽसि पावितं ते कुलं त्वया ।
यदविद्याबन्धमुक्त्या ब्रह्मीभवितुमिच्छसि ।।५२।।
तिमी धन्य छौ । कृतकृत्य (कृतज्ञ) छौ । तिम्रो कूल पवित्र भएको छ किनकि तिमीले अविद्यारूपी बन्धनबाट छुटेर ब्रह्मभावलाई प्राप्त गर्न चाहेका छौ । ।।५२।।
माथिका श्लोकहरूमा भनिसकिएको छ – ब्रह्मभावमा स्थित गुरुहरूको हृदयमा अकारण प्रेम र करूणा बहन्छ । यो श्लोकमा भनिएको छ – शिष्(यका मोक्षसम्बन्धी सात प्रश्नका गहिराइ, सङ्केत गरेका दिशा, अनि शिष्(यको आत्मज्ञानप्रतिको तीव्र पिपासा देखेर गुरुको हृदय झन् झन् उर्लिएर आउँछ । किनकि, आज मोक्षको शिक्षा ग्रहण गर्नसक्ने पात्रता विकास भैसकेको, अन्यन्त योग्य शिष्य विनम्रतापूर्ण ज्ञानको भिख मागिरहेको छ । त्यसैले उहाँ भन्नु्हुन्छ – हे शिष्य ! तिमी परिपक्व वैराग्यको कारणले धन्य छौ । तिमीमा मोक्ष प्राप्त गर्ने तीव्र जिज्ञासा जागेको छ । यो अत्यन्त प्रशंसनीय छ ।
किनकि प्रथमतः मनुष्य जगत््को आकर्षण र भोगमा जीवनपर्यन्त यति लिप्त रहन्छन् कि ऊ इच्छा, वासना र भोगको जगतबाट बाहिर निस्कन नै सक्दैन । यही वासना–सागरमा लिप्त हुँदै र जुकाले रगत चुसेजस्तै जीवनभरि नै भोगप्रति तीव्रप्यासी हुँदै, भोगकै लागि जीवन प्राप्त भएझैं सधैं अतृप्त रहँदै अमूल्य जीवन नष्ट गर्र्दछ । जीवनमा अमृत छ । अमृतलाई चिन्नै सक्दैन । ज्ञान प्राप्त गर्ने पीपासा नै मनुष्यमा जाग्दैन । आज ईश्वरको कृपाले अनि तिमै्र प्रारब्ध भाग्यले तिमीमा यो भोगमय संसारबाट मुक्त भई मोक्षरूपी अमृत प्राप्त गर्ने अमिप्सा पलाएको छ । यही विचारका कारण तिमी पवित्र भएका छौ । कूलको दीपक बनेका छौ । तिम्रो उच्च विचार अनि खोजले गर्दा तिम्रो कूलको नै सम्मान बढेको छ । तिम्रो कूलमा पवित्रता मिसिँदा कुल नै पवित्र भएको छ । तिमी धन्य छौ । किनकि तिमीमा अविद्यारूपी बबन्धनबाट छुटेर ब्रह्मभाव प्राप्त गर्ने इच्छा जागेको छ ।