मोक्ष प्राप्ति गरेको ज्ञानी शिष्यलाई गुरुले बिदाइ दिनुभयो ।
इति श्रुत्वा गुरोर्वाक्यं प्रश्रयेण कृतानतिः ।
स तेन समनुज्ञातो ययौ निर्मुक्तबन्धनः ।।५७७।।
यस प्रकार गुरुको वचन सुनेपछि संसार बन्धनबाट मुक्त भएका लागि शिष्य विनम्रपूर्वक गुरुलाई प्रणाम गरी गुरुको आज्ञा पाएर विदा भए । ।।५७७।।
जगत्को दानावल वासनारूपी अग्निबाट संतप्त भएर गुरुको चरणमा मोक्षको अभिलाषा राखेर आएको शिष्यले गुरुबाट शास्त्रका अमृत वचनहरूलाई श्रवणर मनन गरेपछि सम्यक् ज्ञानको अनुभूति प्राप्त गरे । पूनः गुरुदेवले मोक्ष प्राप्त गरिसकेको शिष्यलाई मोक्ष प्राप्तिको स्थिति पछि गर्नुपर्ने कर्तव्य आदि सम्झाएर अन्तमा भन्नुभयो कि हे शिष्य मैंले तिमीलाई आफ्नो पुत्र समान प्रिय मानेर शास्त्रका सम्पूर्ण गुप्त दर्शन र ज्ञानहरू तिमीलाई सिकाएँ ।
यसप्रकार गुरुको अन्तिम शब्दहरू सुनेपछि मोक्ष प्राप्त गरिसकेका शिष्यले गुरु चरणमा पुनः विनम्रतापूर्वक प्रमाण गरेर विदाइको लागि स्विकृति मागे । जब गुरुले हात उठाएर आशिर्वाद अनि विदाई दिनुभयो । सम्पूर्ण बन्धनबाट मोक्ष प्राप्त शिष्य गुरुसँग विदा लिएर जगत्को विचरण गर्न निस्किए ।
गुरुरेव सदानन्दसिन्धौ निर्मग्नमानसः ।
पावयन् वसुधां सर्वां विचचार निरन्तरम् ।।५७८।।
त्यसपछि गुरु पनि सदाआनन्द सागरमा निमग्न (लीन) मन लिएर सम्पूर्ण पृथ्वीलाई पवित्र गर्दै निरन्तर विचरण गर्न थाल्नु भयो । ।।५७८।।
शिष्यको सन्तापलाई शास्त्रका पवित्र वचनहरूद्वारा नष्ट गरिसकेपछि जब मुक्त भएका शिष्य विदा लिएर गए । त्यसपछि नित्य ब्रह्मभावमा स्थित गुरुदेव पनि मनमा सदानन्द सिन्धु (सागर) बोकेर मार्गमा भेटिएका प्यासी मुमुक्षुहरूलाई ज्ञानका अमृतमय बुँदाहरूले तृप्त गराउँदै, यो धरतीमा धर्मका वीजहरू छर्दै, जगत्लाई नै पवित्र गर्दै निरन्तर विचरण गर्न थाल्नु भयो ।