इन्द्रिय निग्रहका साधना विधिहरुलाई शील, सदाचारको साधना विधिहरु अन्तर्गत पनि राख्न सकिन्छ । तर मोक्ष साधनामा इन्द्रिय संयमलाई ‘विशेष’ महत्व दिइएको, अनि शील, सदाचारको साधना परिधि विस्तृत भएकोले इन्द्रिय संयमका साधना…………….
शील वा सदाचारका साधना विधिहरु ति साधना विधिहरु हुन्, जुन विधिहरुमा साधक भौतिक पदार्थ संग्रह र भोग प्रधान सांसारिक जीवनशैली वा वृत्तिहरुलाई त्याग गरेर वाह्य रुपमा नै शीलयुक्त, आचरणयुक्त, सदाचारयुक्त आध्यात्मिक जीवनलाई ग्रहण गर्दछ । शास्त्रविहीन कर्म (३–८), अहिँसा (४–२८), तत्वविद शरण, सेवा(४–३२), अपरिग्रह वा संग्रहरहीत जीवन (६–१०), यज्ञ, तप, दान (९–१४), भित्रि–बाहिरी शुद्धि (१२–१६), श्रेष्ठताको अभिमान, दम्भ आचरण, त्याग (१३–७), मन–वाणीको सरलता, श्रद्धा भक्तिपूर्ण गुरु सेवा, अन्तकरणको स्थिरता (१३–१७), सात्वीक दान (१४–२०), सात्वीक भोजन (१७–८), सात्वीक यज्ञ (१७–१२,१३), अनाशक्त कर्म, व्यर्थ चेष्टा अभाव (१६–२), पवित्रता, सरलता (१७–१४), स्वाध्याय वा वेद शास्त्र अध्ययन (१७–१५) आदि गीतामा भगवानद्वारा व्याख्या गरिएका शील, सदाचार र आचरण सम्बन्धि साधना विधिहरु हुन् ।
मनमा आध्यात्मिकताको विकास र प्रवर्धन सम्बन्धि साधना विधिहरु
जब सम्म मानिसको मनमा सांसारिक विषयका विचारहरु वा विजहरु उपस्थित रहन्छन्, त्यो स्थितिमा मानिसको मनमा स्वतः सांसारिक विषयहरु कै विचारहरु, भावहरु उत्पन्न भइरहन्छ । उ प्राकृतत् सांसारिक कर्महरुमा नै प्रवेश गरिरहन्छ । बन्धन नै प्राप्त गरिरहन्छ । उ मोक्ष प्राप्तिबाट टाढा पुगी रहन्छ । मोक्ष प्राप्ति गर्न मनमा आध्यात्मिकता कै विजहरु छर्नुपर्दछ । मनमा आध्यात्मिक विचारहरु, भावहरु नै उत्पन्न गर्नुपर्दछ ।
यसैले मनमा आध्यात्मिकताको विकास र प्रवर्धन सम्बन्धि साधन विधिहरुमा साधक मनमा अध्यात्मका विचार वा विजहरुलाई छर्दछ । जीवन, मोक्ष, सत्य, ईश्वर, साधना आदिसँग सम्बन्धित विचारहरु प्रति चिन्तन गर्दछ । सतगुणका विजहरुलाई मनमा छर्दछ । अनि अत्यन्त जागरुक स्थितिमा रही यि विचार विजहरुलाई मलजल गर्दछ । विस्तार गर्दछ । प्रवर्धन गर्दछ । मनमा आध्यात्मिक पात्रताको विकास गर्दछ ।
युद्ध वा साधनाको लागि मनमा निश्चय भाव (२–३७), परमतत्व वा मोक्ष प्रति निश्चय बुद्धि (२–४१), पृथ्वी लोक र परलोकका विषयहरु प्रति वैराग्य भाग (२–५२), साधना प्रति परायण भाव (४–३९), वैराग्य अभ्यास (६–३५), स्वयंको दोषहरु प्रति जागरुक दृष्टि (२–७), आशा ममता त्याग (३–३०), अन्तःकरणको शुद्धि प्रति जागरुक (५–११), जीवनको उत्थान पतन प्रति दृष्टिपूर्ण (६–५), विषयहरुको दोष प्रति दृष्टि वा चिन्तन (?) विषय नश्वरता, अनित्यता चिन्तन (?) प्रभू प्रति अनन्य भाव (७–१), सन्यास युक्त चित्त (९–२७) समबुद्धि (२–४९), सिद्धि–असिद्धिमा समभाव (२–४८), मिथ्या ज्ञान त्याग (१६–९) आदि भगवान कृष्णद्वारा गीतामा व्याख्या गरिएका भवमा अध्यात्मका विजहरुको स्थापना, विकास र प्रवद्र्धन गर्ने साधना विधिहरु हुन् ।