धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम

५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम

0 टिप्पणीहरू 512 आगन्तुकहरू

संस्कार वा गुण आर्कषणको नियम धम्मको त्यस्तो शाश्वत नियम हो, जुन नियमका कारण सजातीय गुण भएका विषय वा व्यक्ति एक अर्काप्रति आकर्षित हुनपुग्छन् । बीज विस्तार नियमका कारण जब संस्कार शक्तिशाली बनी तपाईंको गुण बन्छ त्यस क्षणमा प्रकृतिको यस शाश्वत नियमका कारण तपाईं आफ्नो जस्तै सजातीय गुण भएका विषय वा व्यक्तिप्रति स्वतः आकर्षित हुनुहुन्छ । साथै तपाईंको जस्तै सजातीय गुण भएका विषय वा व्यक्ति चुम्बकझैँ खिचिएर तपाईंतर्फ स्वतः आउँछन् । धम्मको यस गुण आकर्षण नियमका कारण सघन सांसारिक गुण भएका व्यक्ति निःकृष्ट सांसारिक विषय र घोर सांसारिक व्यक्तिहरूतर्फ आकर्षित हुन्छ र आध्यात्मिक गुण भएका व्यक्ति आध्यात्मिक विषय र सन्तवृत्ति भएका व्यक्तितर्फ आर्कर्षित हुन पुग्छ । प्रकृतिको यही शश्वत नियमका कारण तपाईं आफ्नो गुण विपरीत विषय वा व्यक्तिबाट स्वतः विमुख हुन पुग्नु हुन्छ वा टाढा जाने प्रयास गर्नुहुन्छ ।

हेरौँ भगवान्द्वारा धम्मको यस शाश्वत नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष वा साङ्केतिकरूपमा धम्मपदमा उल्लेख गर्नुभएका व्याख्याका केही उदाहारण–

यो अप्पदुट्ठस्स नरस्स दुस्सति, सुद्धस्स पोसस्स अनङ्गणस्स ।
तम् एव बालं पच्चेति पापं, सुखुमो रजो पटिवातं व खित्तो ।।१२५।।

अर्थात् जो मानिस दोषरहित, शुद्ध, निर्मल व्यक्तिसँग द्वेष गर्छ उसका पाप गुण आर्कषण नियमका कारण त्यही अज्ञानीतिर फर्किन्छ जसरी हावाको विपरीत दिशातिर फ्याँकेको कसिङ्गर फ्याँक्नेतिरै फर्किन्छ ।

यस्स छत्तिसति सोता, मनापसवना भुसा ।
वाहा वहन्ति दुद्दिट्ठिं, संकप्पा रागनिस्सिता ।।३३९।।

अर्थात् जसका ३६ प्रवाह रमणीय पदार्थतिर सोझिएर बग्छन् त्यस्ता मानिसलाई गुण आर्कषण नियमका कारण रागबाट निस्केका आसक्तिपूर्ण सङ्कल्पले उर्लँदो भेल बनेर तीव्र गतिमा बगाएर लैजान्छ ।

अधूतवादी निरयं उपेति, यो वापि कत्वा न करोमि च्’आह ।
उभो पि ते पेच्च समा भवन्ति, निहीनकम्मा मनुजा परत्थ ।।३०६।।

अर्थात् गुण आर्कषण नियमका कारण असत्य बोल्ने मानिस नरकमा जान्छ वा आर्कषित हुन्छ अनि कुनै काम गरेर जसले गरिनँ भनेर ढाँट्छ त्यस्तो मानिस पनि नरकमा जान्छ । निच कर्म गर्ने ती दुवै मान्छे समान हुन्छन् ।

कासावकण्ठा बहवो, पापधम्मा असञ्ञता ।
पापा पापेहि कम्मेहि, निरयं ते उपपज्जरे ।।३०७।।

अर्थात् काँधमा काषाय (गेरुवा वस्त्र) भिरेर पनि धेरै मानिस पापी मानसिकता भएका र असंयमी हुन्छन् । ती पापी पनि संस्कार वा आफ्ना कुकर्म वा गुण आर्कषण नियमका कारण नरकमा जान्छन्, नरकतर्फ आकर्षित हुन्छन् ।

इेंद पुरे चित्तमचारि चारिकं, येनिच्छकं यत्थकाम यथासुखं ।
तद् अज्ज’ अहं निग्गहृस्सामि योनिसो, हत्थिप्पभिन्नंविय अंकुसग्गहो ।।३२६।।

अर्थात् गुण आर्कषण नियमका कारण यो मेरो भड्केको चित्त चाहना र कामनाले जताजता तान्छ र जहाँ सुखको अनुभूति हुन्छ त्यतैत्यतै विचरण गरिरह्यो । अब म यसलाई क्रमबद्ध ढङ्गले बिस्तारै त्यसरी आफ्नो वशमा ल्याउँनेछु जसरी कामोत्तेजित हात्तीलाई माहुतेले वशमा ल्याउँछ ।

मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोया ।
मनसा चे पदुट्ठेन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्वेति, चक्कं वा वहतो पदं ।।१।।

अर्थात् मन नै सबै प्रवृत्तिको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले दुःषित मनले केही कुरा बोल्छ वा कुकर्म गर्छ भने त्यस्तालाई गुण आकर्षण नियमका कारण लडियाको पाङ्ग्रोले गाडा तान्ने गोरुको खुट्टालाई पछ्याएजस्तै दुःखले अनुसरण गरिरहन्छ ।

मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमया ।
मनसा चे पसन्नेन, भासति वा करोति वा ।
ततो नं सुखमन्वेति, छाया व अनपायिनी ।।२।।

अर्थात् मन नै सबै प्रवृत्तिको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले स्वच्छ वा प्रशन्न मनले केही कुरा बोल्छ वा राम्रो काम गर्छ भने त्यस्तालाई सजातीय गुण आकर्षण नियमका कारण छायाँले शरीरलाई पछ्याएजस्तै सुखले अनुसरण गर्दै साथ दिइरहन्छ ।

यावजीवम्पि चे बालो, पण्डितं पयिरुपासति ।
न सो धम्मं विजानाति, दब्बी सूपरसं यथा ।।६४।।

अर्थात् आजीवन विद्वान्को सङ्गतमा रहे पनि गुण आकर्षण नियमका कारण मूर्खले धर्मको मर्म बुझ्न सक्दैन । जसरी भरिभराउ भाँडामा जति डुबिरहे पनि डाडुले दाल वा सूप रसको स्वाद थाहा पाउन सक्दैन । अर्थात् विजातीय गुण आकर्षित हुँदैन ।

मुहुत्तमपि चे विञ्ञू, पण्डितं पयिरुपासति ।
खिप्पं धम्मं विजानाति, जिव्हा सूपरसं यथा ।।६५।।

अर्थात् गुण आकर्षण नियमका कारणकुनै विज्ञ मानिस एक मुहुर्त मात्र पण्डितको सङ्गत वा सेवामा रह्यो भने उसले तुरुन्तै धर्मको मर्म बुझ्छ । जसरी जिब्रोले चाख्ने वित्तिकै दाल वा सूप रसको स्वाद थाहा पाउँछ ।

कुसो यथा दग्गहीतो, हत्थं एवानुकँतति ।
सामञ्ञं दुप्परामट्ठं, निरयाय् उपकङ्खति ।।३११।।

अर्थात् जसरी राम्रोसँग नसमाइएको कुशले हात काटिदिन्छ त्यसैगरी राम्ररी ग्रहण नगरिएको श्रावण्यले गुण आकर्षण नियमका कारण नरकतिर लैजान्छ ।

अलज्जिताये लज्जन्ति, लज्जिताये न लज्जरे ।
मिच्छाखिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१६।।

अर्थात् जुन कुरामा लजाउनु पर्दैन त्यसमा लज्जा मान्ने र जुन कुरामा लाज मान्नुपर्छ त्यसमा लाज नमान्ने, मिथ्या दृष्टिले भरिएका मानिसले गुण आकर्षण नियमका कारण दुर्गति प्राप्ति गर्छ ।

अभये भयदस्सिनो, भये चाभयदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१७।।

अर्थात् जुन कुरामा डराउनु पर्दैन त्यसमा डर मान्ने र जुन कुरामा डर मान्नुपर्छ त्यसमा डर नमान्ने मिथ्या दृष्टिले भरिएका मानिसले गुण आकर्षण नियमका कारण दुर्गति प्राप्त गर्छ ।

अवज्जे वज्जमतिनो, वज्जे चावज्जदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१८।।

अर्थात् जुन कुरा दोषरहित छन् तिनमा दोष देख्ने बुद्धि भएका र जुन कुरामा दोष छन् तिनमा दोष भएको नदेख्ने मिथ्या दृष्टिले भरिएका मानिसले गुण आकर्षण नियमका कारण दुर्गति प्राप्त गर्छ ।

वज्जञ् च वज्जतो ञत्वा, अवज्जञ् च अवज्जतो ।
सम्मादिट्ठिसमादाना, सत्ता गच्छन्ति सुग्गतिं ।।३१९।।

अर्थात् वर्जनीय कार्यलाई दोषजस्तै वर्जित र दोषरहित अवर्जनीय कार्यलाई निर्दोष र ग्रहणीय हुन् भन्ने जानेर सम्यक् दृष्टि ग्रहण गर्ने मानिसले गुण आकर्षण नियमका कारण सद्गति प्राप्त गर्छ ।

धम्मपद र त्रिपिटकका ग्रन्थहरूमा भगवान्ले गुण आकर्षणको शाश्वत नियमबारे व्यापक उल्लेख गर्नुभएको छ । मोक्षका गम्भीर साधकहरूले यी ग्रन्थहरूका स्वअध्ययन गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 438 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 825 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 640 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 659 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 568 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 498 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 512 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 469 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 503 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 487 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 482 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 576 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 442 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1845 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 773 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 585 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 571 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 563 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 507 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 461 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 551 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 457 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 612 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 505 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 514 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 515 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 537 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 746 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 509 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 549 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 518 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 487 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 468 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 590 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 535 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 474 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 438 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 483 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 520 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 427 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 486 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 475 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 831 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 872 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 712 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 472 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 479 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 569 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 773 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 581 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 637 0
७.१ सम्यक कर्म साधना 1/11/2023 593 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 528 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 484 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 455 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 416 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 533 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 699 0
६.१ दुःख आर्य सत्य 1/11/2023 518 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 562 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 484 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 398 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 500 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 535 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 454 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 570 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 550 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 451 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 496 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 517 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 551 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 427 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 397 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 494 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 510 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 510 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 547 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 466 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 485 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 525 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 482 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 569 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2134 0