संस्कार वा गूण आर्कषणको नियम धम्मको त्यो श्वाशत नियम हो जून नियमको कारण सजातीय गूण भएका विषय वा व्यक्तिहरु एक अर्काप्रति आर्कषीत हुनपुग्दछन् । विज विस्तार नियमको कारण जब संस्कारहरु शक्तीशाली बनी तँपाईको गूण बन्दछन् । त्यो क्षणमा प्रकृतिको यो श्वाशत नियमको कारण तँपाई स्वयं झै सजातिय गूण भएका विषयहरु वा व्यक्तिहरु प्रति स्वतः आर्कषीत हुनुहुन्छ । साथै तँपाईको झै सजातिय गूण भएका विषयहरु वा व्यक्तिहरु चूम्बक झै खीचीएर तँपाई तर्फ स्वतः आउँदछन् । धम्मको यहि गूण आकर्षणको नियमको कारण सघन सांसारीक गूण भएको व्यक्ति निस्क्रीष्ट सांसारीक विषयहरु र घोर सांसारीक व्यक्तिहरुतर्फ आकर्षीत हुन्छ । र आध्यात्मीक गूण भएको व्यक्ति आध्यात्मीक विषयहरु र सन्त वृति भएका व्यक्तिहरुतर्फ आर्कर्षित हुनपुग्दछ । प्रकृतिको यो श्वाशत नियमको कारण तँपाई स्वयंको गूण विपरीतका विषयहरु वा व्यक्तिहरु बाट स्वत विमूख हुनुहुन्छ । वा टाढा जान प्रयास गर्नुहुन्छ । भगवानद्वारा धम्मको यो शाश्वत नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष वा सांकेतिक रुपमा धम्मपदमा उल्लेख व्याख्या गर्नुभएका केहि उदाहारणहरुः
यो अप्पदुट्ठस्स नरस्स दुस्सति, सुद्धस्स पोसस्स अनङ्गणस्स ।
तम् एव बालं पच्चेति पापं, सुखुमो रजो पटिवातं व खित्तो ।।१२५।।
जो मानिस दोषरहित, शुद्ध, निर्मल व्यक्तिसँग द्वेष गर्दछ, पाप ( गूण आर्कषण नियमको कारण) त्यही अज्ञानी तिर फर्किन्छ जसरी हावाको विपरीत दिशातिर फ्याँकेको कसिङ्गर फ्याँक्ने तिरै फर्किन्छ ।
यस्स छत्तिसति सोता, मनापसवना भुसा ।
वाहा वहन्ति दुद्दिट्ठिं, संकप्पा रागनिस्सिता ।।३३९।।
जसका छत्तीस प्रवाहहरु रमणीय पर्दाथ तिर सोझिएर बग्दछन् त्यस्तो मानिसलाई ( गूण आर्कषण नियमको कारण) रागबाट निस्केका आसक्तिपूर्ण सङ्गल्पहरुले उर्लंदो भेल बनेर तीव्रगतिमा बगाएर लैजान्छन् ।
अधूतवादी निरयं उपेति, यो वापि कत्वा न करोमि च्’आह ।
उभो पि ते पेच्च समा भवन्ति, निहीनकम्मा मनुजा परत्थ ।।३०६।।
(गूण आर्कषण नियमको कारण) असत्य बोल्ने मानिस नरकमा जान्छ (वा आर्कषित हुन्छ) अनि कुनै काम गरेर जसले गरिनँ भनि ढाँट्दछ त्यो पनि नरकमा जान्छ । नीच कर्म गर्ने ती दुवै मान्छे समान हुन्छन् ।
कासावकण्ठा बहवो, पापधम्मा असञ्ञता ।
पापा पापेहि कम्मेहि, निरयं ते उपपज्जरे ।।३०७।।
काँधमा काषाय (गेरुवा वस्त्र) भिरेर पनि धेरै मानिसहरु पापी मानसिकता भएका र असंयमी हुन्छन् । ती पापीहरु संस्कार वा आफ्ना कुकर्म वा (आर्कषणको नियमको कारण) नरकमा जान्छन् । नरकतर्फ आर्कषीत हुन्छन् ।
इेंद पुरे चित्तमचारि चारिकं, येनिच्छकं यत्थकाम यथासुखं ।
तद् अज्ज’ अहं निग्गहृस्सामि योनिसो, हत्थिप्पभिन्नंविय अंकुसग्गहो ।।३२६।।
गूण आर्कषणको नियमको कारण यो मेरो भड्केको चित्त चाहना र कामनाले जता जता तान्दछ र जहाँ सुखको अनुभूति हुन्छ त्यतै त्यतै विचरण गरिरह्यो । अब म यसलाई क्रमबद्ध ढंगले बिस्तारै त्यसरी आफ्नो वशमा ल्याउँने छु जसरी कामोत्तेजित हात्तीलाई माहुतेले ।
मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोया ।
मनसा चे पदुट्ठन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्वेति, चक्कं वा वहतो पदं ।।१।।
मन नै सबै प्रवृतिहरुको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले दूषित मनले केही कुरा बोल्छ वा कुकर्म गर्छ भने त्यस्तालाई गूण आर्कषणको नियमको कारण लडियाको पाङ्ग्रोले गाडा तान्ने गोरुको खुट्टालाई पछ्याएजस्तै दुःखले अनुसरण गरिरहन्छ ।
मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमया ।
मनसा चे पसन्नेन, भासति वा करोति वा ।
ततो नं सुखमन्वेति, छाया व अनपायिनी ।।२।।
मन नै सबै प्रवृतिहरुको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले स्वच्छ वा प्रसन्न मनले केही कुरा बोल्छ वा राम्रो काम गर्छ भने त्यस्तालाई सजातिय गूण आर्कषण नियमको कारण छायाले शरीरलाई पछ्याएजस्तै सुखले अनुसरण गर्दै साथ दिइरहन्छ ।
यावजीवम्पि चे बालो, पण्डितं पयिरुपासति ।
न सो धम्मं विजानाति, दब्बी सूपरसं यथा ।।६४।।
आजिवन विद्वानको सरसङ्गतमा रहेपनि (गूण आकर्षण नियमको कारण) मूर्खले धर्मको मर्म बुझ्न सक्दैन । जसरी भरिभराउ भाँडामा जति डुबिरहे पनि डाडुले दाल वा सूप रसको स्वाद थाहा पाउन सकिदैन । (वा विजातीय गुणहरु आकर्षित हुँदैनन् ।)
मुहुत्तमपि चे विञ्ञू, पण्डितं पयिरुपासति ।
खिप्पं धम्मं विजानाति, जिव्हा सूपरसं यथा ।।६५।।
(गूण आकर्षण नियमको कारण)कुनै विज्ञ मानिस एक मुहुर्त मात्र पनि पण्डितको सरसंगत वा सेवामा रह्यो भने उसले तुरुन्तै धर्मको मर्म बुझ्दछ । जसरी जिब्रोले चाख्ने वित्तिकै दाल वा सूप रसको स्वाद थाहा पाउँछ ।
कुसो यथा दग्गहीतो, हत्थं एवानुकँतति ।
सामञ्ञं दुप्परामट्ठं, निरयाय् उपकङ्खति ।।३११।।
जसरी राम्रोसँग नसमाइएको कुशले हात काटिदिन्छ, त्यसरी नै राम्ररी ग्रहण नगरीएको श्रामण्यले गूण आर्कषण नियमको कारण नरकतिर लैजान्छ ।
अलज्जिताये लज्जन्ति, लज्जिताये न लज्जरे ।
मिच्छाखिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१६।।
जून कुरामा लजाउनु पर्दैन त्यसमा लज्जा मान्ने र जुन कुरामा लाज मान्नुपर्दछ त्यसमा लाज नमान्न, मिथ्यादृष्टिले भरिएका मानिसहरुले गूण आर्कषणको नियमको कारण दुर्गति प्राप्ति गर्दछन् ।
अभये भयदस्सिनो, भये चाभयदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१७।।
जुन कुरामा डराउनु पर्दैन त्यसमा डर मान्ने र जुन कुरामा डर मान्नुपर्दछ त्यसमा डर नमान्ने, मिथ्यादृष्टिले भरिएका मानिसहरुले गूण आर्कषणको नियमको कारण दुर्गति प्राप्त गर्दछ ।
अवज्जे वज्जमतिनो, वज्जे चावज्जदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१८।।
जुन कुरा दोषरहित छन् तिनमा दोष देख्ने बुद्धि भएका र जुन कुरामा दोष छन् तिनमा दोष भएको नदेख्ने, मिथ्यादृष्टिले भरिएका मानिसहरुले गूण आर्कषणको नियमको कारण दुर्गति प्राप्त गर्दछन् ।
वज्जञ् च वज्जतो ञत्वा, अवज्जञ् च अवज्जतो ।
सम्मादिट्ठिसमादाना, सत्ता गच्छन्ति सुग्गतिं ।।३१९।।
वर्जनीय कार्यलाई दोषजस्तै वर्जित र दोषरहित अवर्जनीय कार्यलाई निर्दोष र ग्रहणीय हुन् भन्ने जानेर सम्यक् दृष्टि ग्रहण गर्ने प्राणीले गूण आर्कषणको नियमको कारण सद्गति प्राप्त गर्दछन् ।
धम्मपद र त्रिपीटकका अन्य ग्रन्थहरुमा पनि भगवानले गूण आकर्षणको श्वाशत नियमको उल्लेख गर्नुभएको छ, मोक्षका गम्भीर साधकहरु यि ग्रन्थहरुको स्व–अध्ययन गर्न सक्नुहुनेछ ।