धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम

५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम

0 टिप्पणीहरू 497 आगन्तुकहरू

संस्कार वा बीज सङ्ग्रहको नियम तपाईंको चित्तमा छिपेको प्रकृतिको त्यस्तो शाश्वत नियम हो, जुन नियमले तपाईंको मनमा उत्पन्न भएका प्रत्येक विचार, भाव, कल्पना, स्मृति, क्रिया, प्रतिक्रिया आदिलाई संस्कारको रूपमा सङ्ग्रह गर्छ । यस नियमले देहका प्रत्येक कणमा प्रतिक्षण प्रकट भइरहेका अनेक प्रकारका भावदेखि तपाईं कसरी बोल्नुहुन्छ, सोच्नुहुन्छ, हिड्नुहुन्छ, बस्नुहुन्छ, सुत्नुहुन्छ, जस्ता देह र मनका सम्पूर्ण क्रियालाई पनि सङ्ग्रह गर्छ । सारमा भन्नुपर्दा यस नियमले तपाईंको मन र कायमा जेजे प्रकट भइरहेका छन् ती सबैलाई “समानान्तर” रूपमा सङ्ग्रह गर्छ । यसैगरी सङ्ग्रह गर्दै गएर समयको धारामा तपाईंमा असङ्ख्य (अर्बौँ) संस्कार सङ्ग्रह हुन पुग्छन् ।

यद्यपि तपाईंको जीवनमा अनेक प्रकारका असङ्ख्य संस्कार सङ्ग्रह भएका छन् । मोक्षका दृष्टिले तपाईंमा सङ्ग्रहित सम्पूर्ण संस्कार ‘सम वा बराबर’ महत्वका छैनन् । मोक्ष साधनाका दृष्टिले मूलतः तपाईंको चित्तका विषयहरूबाट उत्पन्न सुखद र दुखद सबै संवेदनालाई भोग गर्ने संस्कार मात्र महत्वपूर्ण हुन्छन् । विपश्यना साधनामा तपाईंले नष्ट गर्न प्रयास गर्नुभएको संस्कार पनि चित्तको यिनै संवेदना भोग गर्ने संस्कार नै हुन् । यसर्थ मोक्ष साधनाको संसारमा जब संस्कार भनिन्छ यस शब्दले मूलरूपमा विषयबाट उत्पन्न हुने संवेदना भोग गर्ने चित्तको स्वभावलाई जनाउँछ भन्ने तथ्यमा साधकहरू स्पष्ट हुनु आवश्यक हुन्छ ।

संस्कार वा बीज सङ्ग्रह नियमको अर्को भयावह पक्ष के छ भने जब यस नियमद्वारा तपाईंको चित्तमा संस्कार सङ्ग्रह हुन्छन् यही शाश्वत नियमका कारण यी संस्कार वर्तमान जीवनमा मात्र नभई मृत्युपश्चात् पनि तपाईंमा सुरक्षित रहन्छन् । फलतः प्रतित्यसमुत्पादको नियमले संस्कार बीज प्राप्त गरी मृत्युपश्चात् तपाईंमा अन्तहीन लोकचक्र, भवचक्र आदि उत्पन्न हुन पुग्छ ।

त्यस्तै संस्कार वा बीज सङ्ग्रह नियमको अत्यन्त सुन्दर पक्ष के छ भने जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, जब तपाईं काय र चित्तमा उत्पन्न भइरहेका संवेदनाप्रति समभावी बन्न चित्तलाई प्रशिक्षण दिनुहुन्छ त्यस क्षणमा धम्मको यही शाश्वत नियमका कारण तपाईंको चित्तमा संवेदनाप्रति समभावको संस्कार बीज पनि सँगै सङ्ग्रह हुन पुग्छ ।

अन्ततः संवेदनाप्रतिको यही चित्तको समभावी बीजका कारण तपाईंमा धर्मचक्र उत्पत्ति हुन पुगी निर्वाणका लागि पृष्ठभूमि तयार हुन पुग्छ । स्मरणरहोस् प्रकृतिको यस शाश्वत नियमलाई प्रयोग गरेर तपाईं स्वयंको जीवनमा कुनै (वैभव, प्रेम, शान्ति, स्वास्थ्य वा अन्य कुनै पनि प्रकारका सांसारिक सफलता हाँसिल गर्न सक्नु हुन्छ)
भगवान्ले त्रिपिटक मूलतः धम्मपदमा प्रकृतिको यस शाश्वत नियमको प्रत्यक्ष, अप्रत्यक्ष वा साङ्केतिकरूपमा व्याख्या गर्नुभएको छ । धम्मपदमा उल्लेख गरिएका संस्कार वा बीज सङ्ग्रहका शाश्वत नियमका केही उदाहरण तल राखिएका छन् ।

मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमयाः ।
मनसा चे पदुट्ठेन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्वेति, चक्कं व वहतो पदं ।।१।।

अर्थात् मन नै सबै प्रवृत्तिको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले दुःषित मनले केही कुरा बोल्छ वा कुकर्म गर्छ भने त्यस्तालाई संस्कार वा बीज सङ्ग्रहको नियमका कारण लडियाको पाङ्ग्रोले गाडा तान्ने गोरुको खुट्टालाई पछ्याए जस्तै दुःखले अनुसरण गरिरहन्छ ।

मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमया ।
मनसा चे पसन्नेन, भासति वा करोति वा ।
ततो नं सुखमन्वेति, छाया व अनपायिनी ।।२।।

अर्थात् मन नै सबै प्रवृत्तिको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले स्वच्छ र प्रशन्न मनले केही कुरा बोल्छ वा राम्रो काम गर्छ भने त्यस्तालाई संस्कार वा बीज सङ्ग्रह नियमका कारण छायाँले शरीरलाई पछ्याएजस्तै सुखले अनुसरण गर्दै साथ दिइरहन्छ ।

अक्कोच्छि मं अवधि मं, अजिनि मं अहासि म ।
ये च तं उपनय्हन्ति, वेरं तेसं न सम्मति ।।३।।

अर्थात् मलाई गाली/अपमान गर्‍यो, मलाई पिट्यो, मलाई जित्यो, मलाई लुट्यो भन्ने जस्ता कुरा जुन मानिसले मनमा गाँठो पारेर राखिरहन्छन् उनीहरूका वैरभाव संस्कार वा बीज सङ्ग्रह नियमका कारण कहीँल्यै शान्त र साम्य हुँदैन ।

मावमञ्ञेथ पापस्स, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
बालो पूरति पापस्स, थोकंथोकम्पि आचिनं ।।१२१।।

अर्थात् म पापमा रत छैन त्यसैले पाप मसँग आउने छैन भनेर कहीँल्यै पनि पापको अवहेलना गर्नु हुँदैन । किनकि जसरी पानीका थोपाथोपा चुहेर पूरै गाग्री भरिन्छ त्यसैगरी बीज सङ्ग्रह नियमका कारण थोरैथोरै पापको सञ्चय हुँदै जाँदा अज्ञानी मानिस पापले भरिन्छ ।

मावमञ्ञेथ पुञ्ञसस, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
पूरति धीरो पुञ्ञसस, थोकंथोकम्पि आचिनं ।।१२२।।

अर्थात् म पुण्यमा रत छैन त्यसैले पुन्य मसँग आउने छैन भनेर कहीँल्यै पनि पुण्यको अवहेलना गर्नु हुँदैन । किनकि जसरी पानीका थोपाथोपा चुहेर पूरै गाग्री भरिन्छ त्यसैगरी बीज सङ्ग्रह नियमका कारण थोरैथोरै पुण्य सञ्चय हुँदै जाँदा ज्ञानी मानिस पुन्यले भरिन्छ ।

किं ते जटाहि दुम्मेध, किं ते अजिनसाटिया ।
अब्भन्तरं ते गहनं, बाहिरं परिमज्जसि ।।३९४।।

अर्थात् हे दुर्बुद्धि ! तिमीले लट्टा पालेर मात्रै के हुन्छ ? मृगको छालाले बनेका लुगा पहिरेर मात्रै के हुन्छ ? भित्र बीज वा संस्कार सङ्ग्रह नियमका कारण फोहोरमैला जमेको छ भने बाहिर मात्रै धोई पखाली गरी ठाँटिएर वा चम्केर मात्र के हुन्छ ?

परवज्जानुपस्सिस्स, निच्चं उज्झानसञ्ञिनो ।
आवसा तस्स वड्ढन्ति, आरा सो आसवक्खया ।।२५३।।

अर्थात् अरूका दोषमात्र देखेर कोट्याइरहने तथा चुक्ली लगाउने चेतना भएका मानिसहरूका बीज सङ्ग्रह नियमका कारण चित्तका मल वा कसर बढ्छन् । उसका वासनारूपी आश्रवहरूको विनाश भन्ने कुरा धेरै टाढा हुन पुग्छ ।

यथापि मूले अनुपद्दवे दल्हे, छिन्नो पि रुक्खो पुनरेव रुहति ।
एवं पि तण्हानुसये अनूहते, निब्बत्तती दुक्खम् इदं पुनप्पुनं ।।३३८।।

अर्थात् जसरी मूल जरोलाई नखल्बल्याई काटेको/ढालेको रुख फेरि पलाएर बढेर जान्छ त्यसैगरी चित्तभित्र प्रशुप्त अवस्थामा रहेको जरा बीज सङ्ग्रह नियमका कारण बढ्दै जान्छ त्यसैगरी मनमा सङ्ग्रहित भएका तृष्णालाई जरैदेखि सखाप पारिएन भने बारम्बार उब्जँदै, आइलाग्दै जान्छ र सताइरहन्छ ।

न हि पापं कतं कम्मं, सज्जु खीरं व मुच्चति ।
डहन् तं बालम् अन्वेति, भस्मच्छन्नो व पावको ।।७१।।

अर्थात् जसरी साजी दूध जम्न समय लाग्छ त्यसरी नै पाप कर्मले तुरुन्तै विकार पैदा गर्दैन तर त्यो पापकर्म खरानीभित्र पुरिएको आगो वा सङ्ग्रहित संस्कार बीजले मूर्खको पछिपछि लागेर सन्ताप दिइरहन्छ ।

न अन्तलिक्खे न समुद्दमज्झे, न पब्बतानं विवरं पविस्स ।
न विज्जति सो जगतिप्पदेसो, यत्थट्ठितो मुच्चेय्य पापकम्मा ।।१२७।।

अर्थात् बीज सङ्ग्रह नियमका कारण न अन्तरिक्षमा, न समुद्रको बीचमा, न त पहाडका काप वा गुफामा छिरेर, संसारभरी कतै त्यस्तो ठाउँ छैन जहाँ रहेर पापका कामबाट बच्न सकियोस् ।

तसिणाय पुरक्खता पजा, परिसप्पन्ति ससो व बाधितो ।
सञ्ञोजनसङ्गत्तका, दुक्खमुपेन्ति पुनप्पुनं चिराय ।।३४२।।

अर्थात् जसरी तृष्णाको पछि लाग्ने मानिस जालमा परेको (खोरमा थुनिएको) खरायो जस्तै बन्धनमै चक्कर काटिरहन्छ त्यसैगरी बीज सङ्ग्रह नियमका कारण सङ्ग्रहित संस्कारको जञ्जालमा जेलिएका/फसेका मानिसले लामो समयसम्म बारम्बार दुःख पाइरहन्छन् ।

माथि धम्मपदमा भगवान्ले उल्लेख गर्नुभएका संस्कार वा बीज सङ्ग्रहका केही नियमलाई राखिएको छ । भगवान्ले संस्कार वा बीज संस्कारका शाश्वत नियमकाबारेमा उल्लेख गर्नुभएका श्लोक धम्मपद र त्रिपिटक ग्रन्थहरूमा पनि देखिन्छ । निर्वाण अभिलाषी साधकहरू आफैँले त्रिपिटकको अध्ययन गरी यस तथ्यसँग परिचित हुन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 436 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 821 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 562 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 494 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 488 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1836 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 575 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 563 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 453 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 608 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 499 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 507 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 740 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 501 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 485 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 578 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 470 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 432 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 475 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 516 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 480 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 866 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 706 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 471 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 567 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 692 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 635 0
७.१ सम्यक कर्म साधना 1/11/2023 591 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 526 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 476 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 453 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 410 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 558 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 480 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 501 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 392 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 450 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 564 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 449 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 494 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 547 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 395 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 500 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 508 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 515 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 478 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 597 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2126 0