परिशिष्ट

संस्कार वा विज संग्रहको श्वाशत नियम

0 टिप्पणीहरू 525 आगन्तुकहरू

संस्कार वा विज संग्रहको नियम तँपाईमा चित्तमा छिपेको प्रकृतिको त्यो श्वाशत नियम हो, जुन नियमले तँपाईको मनमा उत्पन्न भएका प्रत्येक विचार, भाव, कल्पना, स्मृति, क्रिया, प्रतिक्रिया आदिलाई संस्कारको रुपमा संग्रह गर्दछ । यो नियमले देहका प्रत्येक कण कणमा प्रतिक्षण प्रकट भइरहेका अनेकन् प्रकारका प्रकटीकरणहरु देखी लिएर तँपाई कसरी बोल्नुहुन्छ, सोच्नुहुन्छ, हिड्नुहुन्छ, बस्नुहुन्छ, सुत्नुहुन्छ, आदि जस्ता देह र मनका सम्पूर्ण क्रियाहरुलाई पनि संग्रह गर्दछ । सारासंमा यो नियमले तँपाईको मन र कायामा जे प्रकट भइरहेको छ, ति सम्पूर्णलाई “समानान्तर” रुपमा संग्रह गर्दछ । यहि कारण गर्दै जाने यो समयको धारामा तँपाईमा असंख्य (अरबौ) संस्कारहरु संग्रह हुनपुग्दछन् ।

यद्धपी तँपाईको जिवनमा अनेकन् प्रकारका असंख्य संस्कारहरु संग्रह भएका छन्, साधनाको मोक्ष दृष्टीले तँपाईमा संग्रहीत सम्पूर्ण संस्कारहरु ‘सम वा बराबर’ महत्वका छैनन् । मोक्ष साधनाको दृष्टीले मूलतः तँपाईको चित्तको विषयहरुबाट उत्पन्न सुखद् दुखद् संवेदनाहरुलाई भोग गर्ने संस्कारहरु मात्र महत्वपूर्ण छ । विपश्यना साधनामा तँपाईले नष्ट गर्न प्रयास गर्नु भएको संस्कार पनि चित्तको यहि संवेदनाहरु भोग गर्ने संस्कार नै हो । यसर्थ मोक्ष साधनाको संसारमा जब संस्कार भनिन्छ यो शब्दले मूल रुपमा विषयबाट उत्पन्न हुने संवेदनाहरुलाई भोग गर्ने चित्त स्वभावलाई जनाउँदछ भन्ने तथ्यमा साधकहरु स्पष्ट हुन अत्यन्त आवश्यक छ ।

संस्कार वा विज संग्रहको नियमको अर्को भयावह पक्ष के छ भने जब यो नियमद्वारा तँपाईको चित्तमा संस्कारहरु संग्रह हुन्छ, यहि श्वाशत नियमको कारण यि संस्कारहरु वर्तमान जिवनमा मात्र नभई मृत्युपश्चात पनि तँपाईमा सूरक्षीत रहन्छन् । जसको कारण प्रतित्य समूत्पादको नियमले संस्कार विज प्राप्त गरी मृत्युपश्चात तँपाईमा अन्तहीन लोकचक्र, भवचक्र आदि उत्पन्न हुनपुग्दछ ।

संस्कार वा विज संग्रह नियमको अत्यन्त सुन्दर पक्ष के छ भने जब तँपाई विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, जब तँपाई काया र चित्तमा उत्पन्न भइरहेका संवेदनाहरु प्रति समभावी बन्न चित्तलाई प्रसीक्षण दिनुहुन्छ, त्यो क्षणमा धम्मको यहि श्वाशत नियमको कारण तँपाईको चित्तमा संवेदनाहरु प्रतिको समभावको संस्कार विज पनि संग्रह हुनपुग्दछ, अन्ततः संवेदनाहरु प्रतिको यहि चित्तको समभावी विजको कारण तँपाईमा धर्मचक्रको उत्पति हुनपुगी तँपाईमा निर्वाणको लागि पृष्ठभूमी तयार हुनपुग्दछ । स्मरण रहोस्– प्रकृतिको यो श्वाशत नियमलाई प्रयोग गरेर तँपाई स्वयंको जिवनमा कुनै (वैभव, प्रेम, शान्ती, स्वास्थ वा अन्य कुनै पनि प्रकारका सांसारीक सफलताहरु पनि हाँसील गर्न सक्नुहुन्छ ।)
भगवानले त्रिपीटक मूलतः धम्म पदमा प्रकृतिको यो शाश्वत नियमको प्रत्यक्ष, अप्रत्यक्ष वा सांकेतिक रुपमा व्याख्या गर्नुभएको छ । धम्मपदमा उल्लेख गरीएका संस्कार वा विज संग्रहका श्वाशत नियमका केही उदाहरणहरु तल राखीएका छन् ।

मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमयाः ।
मनसा चे पदुट्ठेन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्वेति, चक्कं व वहतो पदं ।।१।।

मन नै सबै प्रवृतिहरुको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले दुषित मनले केही कुरा बोल्छ वा कुकर्म गर्छ भने त्यस्तालाई (संस्कार वा विज संग्रहको नियम)को कारण लडियाको पाङ्ग्रोले गाडा तान्ने गोरुको खुट्टालाई पछ्याए जस्तै दुःखले अनुसरण गरिरहन्छ । वा

मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमया ।
मनसा चे पसन्नेन, भासति वा करोति वा ।
ततो नं सुखमन्वेति, छाया व अनपायिनी ।।२।।

मन नै सबै प्रवृतिहरुको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले स्वच्छ र प्रसन्न मनले केही कुरा बोल्छ वा राम्रो काम गर्छ भने त्यस्तालाई (संस्कार वा विज संग्रहको नियम)को कारण छाँयाले शरीरलाई पछ्याएजस्तै सुखले अनुसरण गर्दै साथ दिइरहन्छ ।

“अक्कोच्छि मं अवधि मं, अजिनि मं अहासि म” ।
ये च तं उपनय्हन्ति, वेरं तेसं न सम्मति ।।३।।

मलाई गाली/अपमान गर्‍यो, मलाई पिट्यो, मलाई जित्यो, मलाई लुट्यो, जसले यस्ता कुरा मनमा गाँठो पारेर राखिरहन्छन् उनीहरुको वैरभाव (संस्कार वा विज संग्रहको नियमको कारण) कहिल्यै शान्त र साम्य हुँदैन ।

मावमञ्ञेथ पापस्स, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
बालो पूरति पापस्स, थोकंथोकम्पि आचिनं ।।१२१।।

‘म पापमा रत छैन त्यसैले पाप मसँग आउने छैन भनेर कहिल्यै पनि पापको अवहेलना नगर्नू, जसरी पानीका थोपा–थोपा चुहेर पूरै गाग्राी भरिन्छ, त्यसरी नै (विज संग्रहको नियमको कारण) थोरै थोरै पापको सञ्चय गर्दै जाँदा अज्ञानी पुन्यले भरिन्छ ।

मावमञ्ञेथ पुञ्ञसस, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
पूरति धीरो पुञ्ञसस, थोकंथोकम्पि आचिनं ।।१२२।।

म पुण्यमा रत छैन त्यसैले पुन्य मसँग आउने छैन भनेर कहिल्यै पनि पुण्यको अवहेलना नगर्नू, जसरी पानीका थोपा–थोपा चुहेर पूरै गाग्री भरिन्छ, त्यसरी नै (विज संग्रहको नियमको कारण) थोरै थोरै पुण्यको सञ्चय गर्दै जाँदा ज्ञानी मानिस पुन्यले भरिन्छ ।

किं ते जटाहि दुम्मेध, किं ते अजिनसाटिया ।
अब्भन्तरं ते गहनं, बाहिरं परिमज्जसि ।।३९४।।

हे दुर्बुद्धि !, तिमीले लट्टा पालेर मात्रै के हुन्छ ? मृगको छालाले बनेका लुगा पहिरेर मात्रै के हुन्छ ? भित्र (विज संस्कार संग्रह नियमको कारण) फोहोरमैला जमेको छ भने बाहिर मात्रै धोई पखाली ठाँटिएर चम्केर के हुन्छ ?

परवज्जानुपस्सिस्स, निच्चं उज्झानसञ्ञिनो ।
आवसा तस्स वड्ढन्ति, आरा सो आसवक्खया ।।२५३।।

अरुका दोष देख्ने र कोट्याइरहने तथा चुक्ली लगाउने चेतना भएका मानिसहरुको (विज संग्रह नियमको कारण) चित्तका मल कसरहरु बढ्दछन् । उसका वासनारुपी आश्रवहरुको विनाश त धेरै टाढाको कुरा हुन्छ ।

यथापि मूले अनुपद्दवे दल्हे, छिन्नो पि रुक्खो पुनरेव रुहति ।
एवं पि तण्हानुसये अनूहते, निब्बत्तती दुक्खम् इदं पुनप्पुनं ।।३३८।।

जसरी मूल जरोलाई नखल्बल्याईकन काटेको/ढालेको रुख फेरि पलाएर बढेर जान्छ, ठीक त्यसै गरी चित्त भित्र प्रसुप्त अवस्थामा रहेको (वा विज संग्रहको नियमको कारण संग्रहीत) तृष्णालाई जरैदेखि सखाप पारिएन भने बारम्बार दुक्ख उब्जदैँ आइलाग्दै जान्छ र सताइरहन्छ ।

हि पापं कतं कम्मं, सज्जु खीरं व मुच्चति ।
डहन् तं बालम् अन्वेति, भस्मच्छन्नो व पावको ।।७१।।

जसरी साजी दुध जम्न समय लाग्दछ । त्यसरी नै पाप कर्मले तुरुन्तै विकार पैदा गर्दैन । तर त्यो पापकर्म खरानी भित्र पुरिएको आगो (वा संग्रहीत संस्कार विज ) ले मूर्खको पछि पछि लागेर सन्ताप दिइरहन्छ ।

न अन्तलिक्खे न समुद्दमज्झे, न पब्बतानं विवरं पविस्स ।
न विज्जति सो जगतिप्पदेसो, यत्थट्ठितो मुच्चेय्य पापकम्मा ।।१२७।।

(विज संग्रहको नियमको कारण) न अन्तरिक्षमा, न समुन्द्रको बिचमा, न त पहाडका काप वा गुफामा छिरेर । संसारभरिमा त्यस्तो ठाउँ छैन जहाँ रहेर पापका कामबाट कोहि बच्न सकोस् ।

तसिणाय पुरक्खता पजा, परिसप्पन्ति ससो व बाधितो ।
सञ्ञोजनसङ्गत्तका, दुक्खमुपेन्ति पुनप्पुनं चिराय ।।३४२।।

तृष्णाको पछि लाग्ने मानिस जालमा परेको (खोरमा थुनिएको) खरायो जस्तै बन्धन मै चक्कर काटिरहन्छ । त्यसरी नै (विज संग्रहको नियमको कारण) संग्रहीत संस्कारको जन्जालमा जेलिएका/फसेकाहरुले लामो समयसम्म बारम्बार दुःख पाइरहन्छन् ।

माथि धम्मपदमा भगवान्ले उल्लेख गर्नुभएका संस्कार वा विज संग्रहका केही नियमहरुलाई राखीएको छ । भगवान्ले संस्कार वा विज संस्कारका श्वाशत नियमहरुको उल्लेख धम्मपदको अन्य श्लोकहरु र अन्य त्रिपीटक ग्रन्थहरुमा पनि गर्नुभएको छ । निर्वाण अभिलाषी साधकहरु स्वयं त्रिपीटकको अध्ययन गरी यो तथ्यसँग परिचीत हुन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 449 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 480 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 404 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 371 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 423 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 363 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 949 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 386 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 413 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 424 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 443 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 504 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 505 0
चार आर्य सत्य 1/13/2023 657 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 492 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 553 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 392 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 561 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 433 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 407 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 366 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 397 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 439 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 353 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 426 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 367 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 392 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 458 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 488 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 435 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 535 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 571 0