संस्कार वा वीज विस्तारको नियम तँपाईको चित्तमा छिपेको धम्म वा प्रकृतिको त्यो श्वाशत नियम हो, जून नियमले तँपाईको चित्तमा संग्रह भएको एक साधारण संस्कार विज (संवेदना भोग स्वभाव) लाई शनै शनै विस्तार गर्दछ । यहि श्वाशत नियमको कारण तँपाईको चित्तमा संग्रह भएका संस्कार विजहरु समयको धारामा विस्तारीत वा शक्तीशाली हुँदै तँपाईका मूल स्वभाव वा गूणहरुमा परिणत हुनपुग्दछ । वा साधारण संस्कारहरु तँपाईको गूण, धर्म, स्वभाव, प्रकृति बन्न पुग्दछ ।
जब तँपाई कुनै विषयबाट उत्पन्न सुखद् वा दुखद् संवेदनालाई प्रथम पटक रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया (वा भोग) गर्नुहुन्छ, त्यो क्षणमा यो सुखद् वा दुखद् संवेदना प्रति रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया गर्ने तँपाईको यो स्वभाव एक साधारण संस्कार विजको रुपमा तँपाईको चित्तमा संग्रह हुनपुग्दछ । तर जब तँपाई विषयबाट उत्पन्न संवेदना सुखद् वा दुखद् भएकै कारण बारम्बार भोग गर्न थाल्नुहुन्छ, ति क्षणहरुमा प्रकृतिको यहि श्वाशत नियमको कारण तँपाईको संवेदना भोग स्वभाव पनि शनै शनै बिस्तारित वा शक्तिशाली हुन थाल्दछ । अन्ततः यहि नियमको कारण एक साधारण संस्कार विज समयको धारामा विस्तारित हुँदै तँपाईको एक शक्तिशाली गूण वा विषय आशक्ति बन्न पुग्दछ । यो गूण वा विषय आशक्ति नै तँपाईको जीवनको सम्पूर्ण विचार, चिन्तन, कर्मको केन्द्र विन्दू बन्न पुग्दछ ।
मानिसमा छिपेको तिव्र कामवासन वा काम भोगबाट प्राप्त हुने सुखद् संवेदना प्रतिको तृष्णालाई यो नियमको एक परिणामको रुपमा लिन सकिन्छ । मानिसमा झाँङ्गीएका डरलाग्दा सांसारीक वृृति (काम, क्रोध, लोभ, मोह, ईष्र्या, प्रतिरोध आदि) हरुलाई पनि तँपाई यहि विज विस्तारको श्वाशत नियमको परिणामको रुपमा बुझ्न सक्नुुहुन्छ ।
जसरी यो श्वाशत नियमले सांसारीक संस्कारहरुलाई विस्तारीत गरी मानिसमा विभिन्न प्रकारका भयानक सांसारीक गूण वा स्वभावहरुको विकास गर्दछ, प्रकृतिको यो श्वाशत नियम निर्वाण साधनाको क्षेत्रमा पनि अकाट्य रुपमा लागू हुन्छ । जब तँपाई विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, साधनाको प्रारम्भीक दिनहरुमा तँपाई देह र मनको चन्चलताको कारण साधनामा लघुसमय सम्म पनि टिक्न सक्नुहुन्न, संवेदनाहरु प्रति पनि समभावी बन्ँन सक्नुहुन्न, तर जब तँपाई साधनालाई निरन्तरता दिइरहनुहुन्छ, त्यो अवस्थामा प्रकृतिको यहि श्वाशत नियमको कारण तँपाईको प्रथम विपश्यना साधना संस्कार विज शनै शनै विस्तारीत हुन थाल्दछ, जसको परिणाम स्वरुप तँपाई दिर्घकालसम्म स्थिरतापूर्वक साधना गर्न सक्षम साधक बन्नुहुन्छ । विपश्यना साधना तँपाईको गूणमा परिणत हुन्छ । तँपाई एक साधारण साधकबाट विकसीत उच्च साधक बन्नुहुन्छ । यहि नियमकै कारण तँपाई चौबीसै घण्टासाधनामा आतापी, स्मृतिवान र संप्रज्ञानी बन्नुहुन्छ । अन्ततः निर्वाण प्राप्त गर्न सक्नुहुन्छ ।
स्मरण रहोस् यदि तँपाई जिवनमा वैभव, प्रेम, शान्ती, स्वास्थ वा अन्य कुनै पनि प्रकारका सफलताहरु प्राप्त गर्न चाहनुहुन्छ भने पनि तँपाई यिनै संस्कार विजहरुलाई सर्वप्रथम स्वयंको जिवनमा रोपी यी नै संस्कारलाई यही श्वाशत नियमको सहयोगमा विस्तार गरी निरन्तर विस्तार वा मलजल गरिरहनुपर्दछ । भगवानद्वारा धम्मपदमा संस्कार विज विस्तारको यो शाश्वत नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र सांकेतिक रुपमा व्याख्या गर्नुभएको केहि उदाहरणहरुः
इध तप्पति पेच्च तप्पति, पापकारी उभयत्थ तप्पति ।
“पापं मे कतं” ति तप्पति, भिय्यो तप्पति दुगगतिं गतो ।।१७।।
पापीले यस संसारमा सन्ताप गर्दछ, मरेर परलोक गएपछि पनि सन्ताप गर्दछ । ‘मैले पाप गरेको छु’ भन्दै सन्ताप गर्दछ । (संस्कार वा विज विस्तार नियमको) कारण झन् दुर्गति प्राप्त गरेर झन् बढी सन्ताप गर्दछ ।
इध नन्दति पेच्च नन्दति, कतपुञ्ञो उभयत्थ नन्दति ।
“पुञ्ञं मे कतंति” नन्दति, भिय्यो नन्दति सुग्गतिं गतो ।।१८।।
पुन्यवान् यस लोकमा आनन्दित हुन्छ र परलोकमा गएर पनि आनन्दित हुन्छ । राम्रा काम गरेको ‘पुन्यकर्मी’ मानिस दुवै लोकमा आनन्दित हुन्छ । “मैले पुण्यकार्य गरेको छु” भन्दै आनन्दित हुन्छ । अन्ततः (संस्कार वा विज विस्तार नियम)को कारण झन् सुगति प्राप्त गरेर झन् बढी आनन्दित हुन्छ ।
अभिवादनसीलिस्स, निच्चं वुड्ढापचायिनो ।
चत्तारो धम्मा वड्ढन्ति, आयु वण्णो सुखं बलं ।।१०९।।
स्वभावले नै विनम्र एकं वृद्धजनहरुको सेवा गर्ने मानिसका आयु, वर्ण, सुख र बल यी चार कुरा (संस्कार वा विज विस्तारको नियम)को कारण झन् बढेर जान्छन् ।
पापो पि पस्सति भद्रं, याव पापं न पच्चति ।
यदा च पच्चति पापं, अथ पापो पापानि पस्सति ।।११९।।
जबसम्म पाप परिपक्व हुँदेन त्यस बेलासम्म पापीले पनि पापलाई राम्रो भलाइको रुपमा नै हेर्दछ अनि जब उसका पापहरु (संस्कार वा विज विस्तार नियमको कारण) विस्तारीत भई पाक्दै छिप्पिँदै जान्छन्, त्यस बेला बल्ल पापीले पापहरु देख्दछ ।
भद्रो वि पस्सति पापं, याव भद्रं न पच्चति ।
यदा च पच्चति भद्रं, अथ भद्रो भद्रानि पस्सति ।। १२०।।
भद्र मानिसले पनि त्यस बेलासम्म पुण्यलाई पापकै रुपमा देख्दछ जून बेलासम्म पुण्य राम्ररी परिपक्व हुँदैन, जब (संस्कार वा विज विस्तार नियमको कारण) पुण्यकार्यको फल पाक्छ अनि बल्ल उसले पुण्यकार्यहरुलाई देख्दछ ।
यं हि किच्चं अपविद्धं, अकिच्चं पन कयिरति ।
उन्नलानं पमत्तानं, तेसं वड्ढन्ति आसवा ।। २९२।।
जो काम गर्नेपर्ने हुन्छ, त्यसलाई छोडेर जो गर्ने नहुने काम छन् त्यस्ता काम जसले गर्दछन,् मैलो कसरले भरिएका ती प्रमादीहरुको आश्रव (संस्कार वा विज विस्तार नियमको कारण) बढेर जान्छन् ।
यं एसा सहते जम्मी, तण्हा लोके विसत्तिका ।
सोका तस्स पवड्ढन्ति, अभिवट्ठंव बीरणं ।।३३५।।
बारम्बार दुःख दिइरहने लालसा र तृष्णाले संसारमा जसलाई सताउँछ त्यस्तो मानिसका शोकहरु (संस्कार वा विज विस्तार नियमको कारण) यसरी बढ्दै जान्छन् जसरी धेरै पानी परेपछि बन्सो ढड्डी वा काँस प्रजातिको बीरण घाँस हल्किन्छ ।
वितक्कमतितस्स जन्तुनो, तिब्बरागस्स सुचानुपस्सिनो ।
भिय्यो तण्हा पवड्ढति, एस खो दल्हं बन्धनं ।। ३४९।।
सन्देहले हुँडलिएका÷खल्बलिएका, तीव्र रागले भरिएका, जताततै शुभ नै शुभ (रमाइलो÷सुख) देख्ने मानिसहरुको तिर्सना (संस्कार वा विज विस्तारको नियमको कारण) झन् झन् बढेर जान्छ, उनीहरु आफ्नो बन्धनलाई अझै बढी कस्दै
दह्रिलो बनाइरहेका हुन्छन् ।
ते झायिनो साततिका, निच्चं दल्हपरक्कमा ।
फुसन्ति धीरा निब्बानं, योगक्खेमं अनुत्तरं ।।२३।।
जो व्यक्ति नटुटाईकन निरन्तर ध्यानमा निमग्न हुन्छन्, सधैँ दृढ पराक्रम गर्दछन् ति धैर्यशाली मानिसहरुले (संस्कार वा विज विस्तार नियमको कारण)बेजोड, योगक्षेम उत्तम कल्याण–स्वरुप निर्वाणको पद चुम्दछन्÷प्राप्त गर्दछन् ।
मावमञ्ञेथ पापस्स, “न मन्तं आरररगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्धो पी पूरति ।
बालो पूरति पापस्स, थोकंथोकम्पि आचिनं ।।१२१।।
म पाप रत छैन त्यसैले ऊ मसँग आउने छैन भनेर कहिल्यै पनि पापको अवहेलना नगर्नु, जसरी पानीका थोपा थोपा चुहेर पूरै गाग्री भरिन्छ, त्यसरी नै थोरै थोरै पापको सञ्चय गर्दै जाँदा (संस्कार वा विज विस्तार नियमको कारण) अज्ञानी त्यसले भरिन्छ ।
मावमञ्ञेथ पुञ्ञस्स, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
पूरति धीरो पुञ्ञस्स, थोकंथोकम्पि आचिनं ।।१२२।।
म पुण्यमा रत छैन त्यसैले ऊ मसँग आउने छैन’ भनेर कहिल्यै पनि पुण्यको अवहेलना नगर्नु, जसरी पानीका थोपा थोपा चुहेर पूरै गाग्री भरिन्छ, त्यसरी नै थोरै थोरै पुण्यको सञ्चय गर्दै जाँदा (संस्कार वा विज विस्तार नियमको कारण) ज्ञानी त्यसले भरिन्छ ।
मनुजस्स पमत्तचारिनो, तण्हा वङ्ढति मालुवा विय ।
सो प्लवति हुराहुरं, फलं इच्छं व वनस्मिं वानरो ।।३३४।।
प्रमत्त भएर (विषय) विचरण गर्ने मानिसको तृष्णा (संस्कार वा विज विस्तार नियमको कारण) ‘मालूवा’ नामको लहरो झैँ बढ्दै जान्छ । फलहरु खोज्दै वनमा उफ्रिने फाल हाल्ने बाँदर जस्तै जन्म जन्मान्तर सम्म भड्किरहन्छ ।
धम्मपदका अन्य श्लोकहरु साथै त्रिपीटकका अन्य ग्रन्थहरुमा पनि भगवान्ले धम्मको संस्कार वा विज विस्तारको श्वाशत नियमलाई उल्लेख गर्नुभएको देख्न सकिन्छ । मोक्ष प्यासी साधनाहरु स्व–अध्ययनद्धारा यो नियम प्रति थप स्पष्ट हुन सक्नुहुन्छ ।