सङ्खवगुणको स्वभावको वर्णन तल गरिन्छ ।
सङ्खवं विशुद्धं जलवत्तथापि ताभ्यां मिलित्वा सरणाय कल्पते ।
यत्रात्मबिम्बः प्रतिबिम्बतः सन्प्रकाशयत्यर्क इवाखिलं जडम् ।।११९।।
यद्यपि सङ्खवगुण गंगाजलझैं विशुद्ध छ । फेरि पनि रज र तम मिलेर यो जन्म–मरणरूप संसारको कारण बबन्दछ । आत्मबिम्ब (आत्माको बिम्ब) यही सङ्खवगुणमा प्रतिबिम्बित भएर सूर्यजस्तै सम्पूर्ण जडपदार्थहरूलाई प्रकाशित गर्दछ । ।।११९।।
जल धर्म वा स्वभावले नै निर्मल हुन्छ तर जलमा अन्य बाह्य अशुद्ध वस्तु मिसिदा दुषित बन्दछ । त्यस्तै, सङ्खवगुण शुद्ध र निर्मल छ तर मनुष्यका तम र रज गुणहरू जब सङ्खवगुणसँग मिश्रित हुन्छ, त्यो अवस्थामा मुनष्यमा तम र रज गुणमध्ये जुन बढी छ त्यही अनुरूप वासना कर्महरू गरी ऊ कर्मफल प्राप्त गर्दछ । त्यही कर्मफलको कारण जन्म–मरण चक्र भोग्दछ । जसरी जमिनमा जमेको सफा पानीमा निलो आकाश स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ त्यसरी नै अन्तःकरणका तीन गुणहरूमध्ये सङ्खवगुणमा आत्मा प्रतिबिम्बित भएर सूर्यले जगत्् प्रकाशित गरेझैं देहलगायत सम्पूर्ण जडपदार्थलाई प्रकाशित गर्दछ ।
मिश्रस्य सङ्खवस्य भवन्ति धर्मास्त्वमानिताद्या नियमा यमाद्याः ।
श्रद्धा च भक्तिश्च मुमुक्षुता च दैवी च सम्पत्तिरसन्निवृत्तिः ।।१२०।।
अमानित्व (अहंकारविहीन आदि), यम, नियम आदि, श्रद्धा, भक्ति, मुमुक्षुता, दैवीसम्पत्ति तथा असत्को त्याग मिश्रित सङ्खवगुणका धर्म हुन् । ।।१२०।।
अमानित्व भन्नाले अहंकार हीनविहीनता, यम, नियम भन्नाले अष्ठाङ्ग योगमा व्याख्या गरिएको छ । यस्तो नियम, श्रद्धा भन्नाले शास्त्र र गुरुहरूप्रतिको श्रद्धा हो । भक्ति भन्नाले स्वआत्माको अनुसन्धान, मुमुक्षुता भन्नाले मोक्षप्रतिको तीव्र इच्छा हो । दैवीसम्पत्ति भन्नाले अभयदेखि लिएर नाति(मानिता (वा स्वयंप्रतिको पुज्यभावको उपस्थिति) सम्म शास्त्रमा उल्लेखित लक्षणयुक्त दैवीसम्पत्ति हुन् ।
मिश्रित सङ्खवगुण भन्नाले पूर्णरूपमा तमगुणरहित तर थोरै परिणाममा रजोगुणको उपस्थिति भन्ने बुझिन्छ । जब साधकमा मिश्रित सङ्खवगुण उपस्थित हुन्छ, उसमा अहंकार विहीनता, यम, नियम, श्रद्धा, भक्ति, मुमुक्षुता, दैवीसम्पत्ति र असत्को त्याग जस्ता भावहरू प्रकट हुन्छन् । मोक्षको साधना यी तीन गुणहरूलाई मेटाउनु हो । योक्रममा साधक तमोगुणबाट रजगुण अनि रजगुणबाट विशुद्ध सत्गुण प्राप्त गरी समाधि हुँदै निर्विकल्प समाधिको अवस्थामा पुगी मोक्ष प्राप्त गर्दछ ।
विशुद्धसङ्खवस्य गुणः प्रसादः स्वात्मानुभूतिः परमा प्रशान्तिः ।
तृप्तिः प्रहर्षः परमात्मनिष्ठा यया सदानन्दरसं समृच्छति ।।१२१।।
मनको निर्मलता, स्व–आत्मानुभूति, परम्शान्ति, तृप्ति, स्व–स्वरूपमा निष्ठा विशुद्ध सङ्खवका गुणहरू हुन । यही परमात्मा निष्ठाद्वारा मुमुक्षु नित्य आनन्द–रस प्राप्त गर्दछ । ।।१२१।।
श्लोक १२० मा मिश्रित सङ्खवगुणको व्याख्या गरिएको छ भने यो श्लोकमा विशुद्ध सङ्खवगुणको व्याख्या गरिएको छ । रजोगुण र तमोगुण पूर्णरूपमा रहित अवस्था नै विशुद्ध सङ्खवको अवस्था हो । यो अवस्थामा साधकमा तमोगुणको आवरण शक्ति र रजोगुणको विपेक्षशक्ति पूर्णरूपमा नष्ट हुने हुँदा साधकलाई प्रतिबन्धरहित आत्माको अनुभूति हुन्छ । यो अवस्थामा साधक नित्य आनन्द–रसको तृप्तिपूर्ण, परम्शान्तिपूर्ण अनुभूति प्राप्त गर्दछ । शास्त्रमा भनिएको छ – जब स्व–स्वरूपको परमानन्द रसको अनुभूति प्राप्त हुन्छ तब परमानन्दको वर्षा झरिरहन्छ । कुन बुद्धिमान पुरुषले अनित्य आनन्द खोज्दछ ?