आदिमकालदेखि नै संसारमा निर्वाण एक दुरुह प्राप्ति थियो । करोडौँ मानिसमा एकदुई असाधारण साधकले मात्र सिद्ध गर्न सम्भव यस साधनाको प्रथम आवश्यकता थियो निर्वाण प्राप्त सद्गुरुको प्राप्ति । निर्वाण साधनालाई सिद्ध गर्न एउटा यस्तो गुरुको आवश्यकता पथ्र्याे, जसलाई यथार्थमा यस दुरुह मार्गको सत्य बोध प्राप्त थियो । पाइलापाइला भाषपूर्ण यस मार्गमा स्वयंले विचरण गरी सत्य प्राप्त गरेको प्रामाणिक अनुभूतिको उपस्थिति आवश्यक थियो ।
निर्वाण प्राप्त गुरुको अनुपस्थितिमा निर्वाणलक्ष्य प्राप्त गर्न सम्भव थिएन । यसैले भगवान्ले आफ्ना निर्वाण खोज यात्राको प्रारम्भ एक निर्वाण प्राप्त सद्गुरुको खोजीबाट नै प्रारम्भ गर्ने निर्णय गर्नुभयो । निर्वाण खोजका ती प्रारम्भिक दिनमा निर्वाण प्यासी भगवान् एक निर्वाण प्राप्त गुरुको खोजीमा उत्तर भारतका अनेक गुरु, आश्रम, सम्प्रदाय आदिमा एकपछि अर्को गर्दै भ्रमण गर्दै हिँड्नुभयो । भगवान्को निर्वाणप्रतिको प्यास यति तीव्र थियो कि उहाँले प्रतिकुल मौसम,
प्रतिकुल मार्ग, प्रतिकुल परिवेश केही नभनी सद्गुरु खोजको यात्रालाई निरन्तरता दिइरहनुभयो ।
भगवान् राजाका पुत्र हुनुहुन्थ्यो । दरबारका विशिष्ट विद्वान् गुरुहरूबाट विभिन्न शास्त्रको गहन ज्ञान प्राप्त व्यक्ति हुनुहुन्थ्यो । भगवान् अध्यात्मिक शास्त्रहरूको सैद्धान्तिक पक्षसँग पूर्णरूपमा परिचित हुनुहुन्थ्यो । उहाँलाई निर्वाण के हो ? बन्धन के हो ? निर्वाण र बन्धनको केन्द्रीय विन्दुु के हो ? निर्वाण साधनाका परिणामहरू केके हुन ? निर्वाण प्राप्त पुरुषको लक्षणहरू केके हुन् ? आदि प्रश्नको सैद्धान्तिक उत्तर स्पष्ट थियोे ।
उहाँ शास्त्रमा व्याख्या गरिएका निर्वाणका सैद्धान्तिक ज्ञानलाई साधनाद्वारा आफ्नैजीवनमा उतारेर निर्वाणको प्रामाणिक अनुभू्ति प्राप्त गर्न सत्य गुरु वा सत्य साधना विधिको खोजी गरिरहनुभएको थियो । यसैले भगवान्ले सत्य गुरु खोजको यात्रालाई निरन्तरता दिँदै पुनः एकपछि अर्को आश्रम, गुरु, सम्प्रदाय आदिमा भ्रमण गरिरहनुभयो । सत्य गुरु खोजको यस यात्रामा हप्ता बित्दै गए, महिना बित्दै गए । एकपछि अर्को गर्दै ऋतहरू परिवर्तन हुँदै गए । तैपनि भगवान्ले निर्वाण प्राप्त सद्गुरु प्राप्त गर्न सक्नुभएन ।