धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.२

सद्गुरुको खोजी

0 टिप्पणीहरू 450 आगन्तुकहरू

निर्वाण खोजको पहिलो आवश्यकता थियो निर्वाण प्राप्त सद्गुरुको प्राप्ति । त्यस्तो सद्गुरुको प्राप्ति, जसलाई वास्तवमै तत्ववोध भएको होस्, जसलाई प्रामाणिक अनुभूतिमै निर्वाण वा जीवनमा छिपेको सार वस्तु प्राप्त भएको होस्, जो निर्वाणको खोजमा घर गृहस्थ त्याग गरी पारिव्राजक जीवन ग्रहण गरेका साधकलाई सत्य मोक्ष साधना मार्ग प्रदर्शन गर्न सक्षम होस्, जो सत्य साधनामार्ग पहिल्याउन असमर्थ भई साधना सङ्घर्षमा फसेका साधकलाई उद्धार गर्न सक्षम होस् ।

निर्वाण खोजलाई लक्ष्य बनाएर गृहस्थ त्याग गरिसकेपछि भगवान् मोक्ष प्राप्त गुरुको खोजीमा तत्कालीन भारतका अनेक आश्रम, सम्प्रदाय, गुरुहरू आदिमा एक पछि अर्को गरी भ्रमण गर्दै हिड्नुभयो । वर्षा, हिउँद, जाडो, गर्मी केही नभनी निर्वाण प्राप्त गुरु खोजीको यात्रालाई निरन्तरता दिनुभयो । भगवान् राजदरवारका श्रेष्ठ गुरुहरूबाट शिक्षित, उच्च बौद्धिक क्षमतायुक्त र गहन दृष्टियुक्त हुनुहुन्थ्यो । उहाँमा त्यतिबेला प्रचलित शास्त्रहरू, मोक्ष साधनाविधिहरूका सैद्धान्तिक ज्ञान थियो । निर्वाण साधना के होे ? कुन प्रकृतिको साधना गहन निर्वाण साधना हो ? कुन प्रकृतिको निर्वाण साधना व्यर्थ हो ? आदि प्रश्नप्रति उहाँ स्पष्ट हुनुहुन्थ्यो ।

जब भगवान्ले निर्वाण प्राप्त गुरु प्राप्तिलाई लक्ष्य बनाएर यात्रा प्रारम्भ गर्नुभयो, उहाँले विभिन्न गुरुहरूलाई भेट्नुभयो तर उहाँ ती गुरुहरूका परम्परागत शास्त्र व्याख्या, मूलतः बौद्धिक व्याख्यामा सिमित मोक्ष विद्या, सिमित प्रयोगात्मक पक्ष उपस्थित निर्वाण साधना, निर्वाणसँग कुनै सम्बन्ध नै नभएझैँ प्रतीत हुने साधनाविधिहरूबाट प्रभावित हुनसक्नु भएन । ती गूरुहरु परम्परागत शास्त्र र मोक्ष विद्याको व्याख्यामै तल्लीन देखिन्थे । निर्वाण कसरी प्राप्त हुन्छ ? निर्वाण साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? निर्वाण साधनाले समाधान गर्नुपर्ने समस्या केके हुन् ? आदि निर्वाण साधनासँग जोडिएका मूल प्रश्नमै प्रष्ट थिएनन् ।

कैँयौँ गुरुहरू निर्वाण प्राप्तिका लागि गुरुकृपा, ईश्वरकृपा, श्रद्धा, भक्ति, विश्वास आदि आवश्यक पर्छ भन्ने पक्षमा जोड दिन्थे । आफ्नै सम्प्रदायको सदस्य हुनुपर्नेमा जोड दिन्थे । कैँयौँ गुरुहरू निर्वाण प्राप्तिकै उद्देश्ययले बाह्य पूजा, यज्ञ, हवन आदि कर्मकाण्डमा समाहित देखिन्थे । भगवान् सरल, स्पष्ट, परम्परागत धारणाबाट मुक्त, व्यर्थ बौद्धिक लेप वा विद्वता अनुपस्थित, ईश्वरकृपा, गुरुकृपा, श्रद्धा, विश्वास आदि धारणाबाट मुक्त, प्रयोगात्मक वा साधनापक्षमा जोड दिइएको सत्य मोक्ष साधनाविधि खोजिरहनुभएको थियो तर संसारमा यस प्रकृतिको निर्वाण साधना नै उपस्थित थिएन । अर्थात् सत्य मोक्ष साधनाविधि नै उपस्थित थिएन । निर्वाण शब्दको वरिपरि धर्म, ईश्वर, गुरु, दर्शन, सम्प्रदाय आदिमा आधारित कर्मकाण्डहरूका यस्तो पहाड खडा भएको थियो कि तिनै कर्मकाण्डले नै निर्वाण प्राप्तिका मार्गमा अवरोध खडा गरिरहेका थिए ।

आध्यात्मिकताको लेप लगाइएका यस्ता कर्मकाण्डमाझ सत्य मोक्ष साधनाविधि प्राप्त गर्नु दुरुह कार्यझैँ प्रतीत हुन्थ्यो । आध्यात्मिकताका नाममा गरिने यी कर्मकाण्डहरू यति शक्तिशाली थिए कि मोक्ष प्राप्तिका नाममा पारिबाज्रक जीवन ग्रहण गरेका साधकहरू पनि अनेक अविश्वासनीय कर्मकाण्डमा फसिरहेका थिए । तैपनि भगवान्ले निर्वाण प्राप्त सद्गुरुको खोजीलाई निरन्तरता दिइरहनुभयो, एक सत्य गुरुको खोजी यात्रालाई निरन्तरता दिइरहनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 482 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 406 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 373 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 423 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 404 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 365 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 951 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 386 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 413 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 424 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 443 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 504 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 505 0
चार आर्य सत्य 1/13/2023 657 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 492 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 553 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 392 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 561 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 435 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 409 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 366 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 399 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 439 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 353 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 426 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 367 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 451 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 394 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 458 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 488 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 435 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 526 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 535 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 571 0