सद्गुरूप्रति कृतज्ञता

0 टिप्पणीहरू 599 आगन्तुकहरू

ज्ञानी शिष्य गुरूप्रति पुनःकृतज्ञता ज्ञापन गर्दछन् ।
स्वाराज्यसाम्राज्यविभूतिरेषा भवत्कृपाश्रीमहिमप्रसादात् ।
प्राप्ता मया श्रीगुरवे महात्मने नमो नमस्तेऽस्तु पुनर्नमोऽस्तु ।।५१८।।
हे गुरुदेव ! हजुरको कृपा र महिमाको प्रसादबाट मलाई यो स्वराज्य साम्राज्यको विभूति प्राप्त भएको छ । अतः हजुर महात्मा गुरुदेव प्रति मेरो वारम्वार नमस्कार छ । ।।५१८।।

गुरुदेवको सद्वचनहरूद्वारा समाधि स्थिति प्राप्तभई मुक्त शिष्य गुरूप्रति मनमा रहेका श्रद्धा व्यक्त गर्दै भन्छन् कि हे गुरुदेव ! हजुरको म प्रतिको कृपा र हजुरको ज्ञानको महिमाबाट आज मैले मोक्षरूपी स्वराज्य साम्राज्यको विभूति प्राप्त गरें । यो सम्पूर्ण हुजुरको कृपाद्वारा सम्भव भएको हो । म हजूर महात्मा गुरुदेवप्रति कृतज्ञ भई वारम्वार नमस्कार गर्दछु ।

महास्वप्ने मायाकृतजनिजरामृत्युगहने
भ्रमन्तं क्लिश्यन्तं बहुलतरतापैरनुदिनम् ।
अहङ्कारव्याघ्रव्यथितमिममत्यन्तकृपया प्रबोध्य
प्रस्वापात्परमवितवान्मामसि गुरो ।।५१९।।
महास्वप्नमा मायाजनित जन्म, वृद्धावस्था, मृत्युरूपी वनमा भट्कदै प्रतिदिन नाना प्रकारका तापले संतप्त र अहंकाररूपी बाघबाट व्यथित यस्तो मलाई कृपापूर्वक निद्राबाट जगाएर हे गुरुदेव हजुरले मेरो ठूलो रक्षा गर्नुभयो । ।।५१९।।

शिष्य नम्रशब्दमा गुरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै भन्दछन् कि हे गुरुदेव अज्ञानरूपी सपनामा स्वयंलाई देह मान्दै म मायाजनित जन्म, मुत्युरूपी वनमा पथविस्मृत यात्री झैं भट्कदै प्रतिदिन नाना प्रकारका वासनाहरूको तापले संतप्त अनि देहबुद्धिजनित अहंकाररूपी बाघबाट व्यथित भएर संसारको दुःखपूर्ण महासागरमा निसास्सीरहेको थिएँ । यस्तो अज्ञानी सांसारिक मलाई हजुरका सदवचनरूपी शब्दहरूले अज्ञानमय निद्राबाट जगाएर ज्ञानको मार्ग प्रदर्शित गरी जन्म मृत्युरूपी यो महासागरबाट उद्धार गरेर मेरो रक्षा गर्नुभयो । म हजुरप्रति कृतज्ञ छु ।

नमस्तस्मै सदेकस्मै नमश्चिन्महसे मुहुः ।
यदेतद्विश्वरूपेण राजते गुरुराज ते ।।५२०।।
हे गुरुदेव म हजुरको यो जुन विश्वरूपबाट शोभित तेज (ज्योति) छ । त्यसलाई नमस्कार छ । सदा एकरूप यो महान् तेजलाई वारम्वार नमस्कार छ । ।।५२०।।

ब्रह्मभावमा स्थित शिष्य जसको लागि जगत्मात्र ब्रह्म छ । गुरुदेव पनि ब्रह्म हुनुहुन्छ । शिष्य सम्पूर्ण विश्वलाई ब्रह्मको रूपमा देख्दछ ।

यसैले उनी भन्दछन्, हे गुरुदेव म हजुरको त्यो सर्वोत्कृष्ट तेज ज्योति जो सँधैं एकरूप, ज्ञानरूप, महान् छ । त्यो तेजलाई म नमस्कार गर्दछु । म हजुर ब्रह्मलाई नमस्कार गर्दछु । म हजुरको विश्वरूप त्यो परमतेजलाई वारम्वार नमस्कार गर्दछु । कृतज्ञताका यी शब्दहरू भनिसकेपछि शिष्य मौन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 484 0
मंगलाचरण 1/15/2023 515 0
मुक्तिको दुर्लभता 1/15/2023 420 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 628 0
विचारको महङ्खव 1/15/2023 407 0
शिष्य लक्षण 1/15/2023 476 0
साधन–चतुष्टय 1/15/2023 1195 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 427 0
सद्गुरु लक्षण 463 0
शिष्य प्रार्थना 1/15/2023 525 0
गुरु कर्तव्य 1/15/2023 583 0
1/15/2023 399 0
शिष्य प्रशंसा 1/15/2023 436 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 404 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 450 0
अपरोक्षानुभवको आवश्यकता 424 0
स्थूल शरीरको व्याख्या 1/15/2023 625 0
विषयविन्दा 1/15/2023 457 0
देहाशक्तिको निन्दा 1/15/2023 441 0
स्थूल शरीर निन्दा 1/15/2023 524 0
दश इन्द्रियहरू 1/15/2023 748 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 409 0
पञ्चप्राण 1/15/2023 536 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 569 0
प्राणको धर्म 1/15/2023 366 0
अहंकार 1/15/2023 389 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 324 0
माया वर्णन 1/15/2023 1004 0
रजोगुण 1/15/2023 402 0
तमोगुण 1/15/2023 354 0
सङ्खवगुण 1/15/2023 375 0
कारण शरीर 1/15/2023 406 0
आत्मा–निरूपण 1/15/2023 406 0
अध्यास 1/15/2023 460 0
आवरण र विक्षेपशक्ति 1/15/2023 504 0
बन्ध निरूपण 1/15/2023 358 0
अन्नमय कोश 1/15/2023 408 0
प्राणमय कोश 1/15/2023 392 0
मनोमय कोश 1/15/2023 371 0
विज्ञानमय कोश 1/15/2023 412 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 485 0
आनन्दमय कोश 1/15/2023 332 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 337 0
आत्मस्वरूप निरूपण 1/15/2023 405 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 335 0
जगत्को मिथ्यात्व 1/15/2023 421 0
ब्रह्म निरूपण 1/15/2023 605 0
महावाक्य – विचार 1/15/2023 462 0
ब्रह्मा–भावना 1/15/2023 506 0
वासना त्याग 1/15/2023 491 0
अध्यास निराकरण 1/15/2023 388 0
अहंपदार्थ निरूपण 1/15/2023 410 0
अहंकार – मुख्यवाधा 1/15/2023 328 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 366 0
प्रमाद – निन्दा 1/15/2023 445 0
अविद्याको स्थिति 1/15/2023 414 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 411 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 395 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 478 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 394 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 372 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 391 0
ध्यान विधि 1/15/2023 398 0
आत्म दृष्टि 1/15/2023 427 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 422 0
आत्म चिन्तनको उपदेश 1/15/2023 346 0
शरीर उपेक्षा 1/15/2023 331 0
आत्मज्ञानको फल 1/15/2023 438 0
जीवनमुक्तको लक्षण 1/15/2023 421 0
प्रारब्ध कर्म विचार 436 0
प्रारब्ध निराकरण 1/15/2023 387 0
नानात्व – निषेध 1/15/2023 467 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 466 0
बोधोपलब्धी 1/15/2023 414 0
शिष्यको अनुभव 1/15/2023 463 0
गुरुको अन्तिम उपदेश 1/15/2023 787 0
आत्माको अविनाशिता 1/15/2023 799 0
परमार्थता 1/15/2023 1114 0
शिष्य बिदाइ 1/15/2023 1058 0
अनुवन्ध – चतृष्टय 1/15/2023 34347 0