आर्य अष्टाङ्गमार्ग साधना

७.५ सम्यक समाधि साधना

0 टिप्पणीहरू 768 आगन्तुकहरू

जब तपाईं विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ विपश्यना साधनाको गहन ध्यानको स्थितिमा चित्त अत्यन्त एकाग्र हुँदा तपाईंको देह अनुभूति विहीन र स्वयं बोध स्वरूप शेष रहेको जुन अनुभूति प्राप्त गर्नुहुन्छ त्यस अनुभूतिलाई समाधि भनिन्छ । सम्यक समाधि साधनामा तपाईं विपश्यनाका साधनाकालमा चित्तको गहन एकाग्रताका कारण उत्पन्न हुने समाधिको स्थितिप्रति रागद्वेष उत्पन्न नगरी वा समाधिको स्थितिलाई नभोगीकन जागरुक सम्यक भावमा समाधिस्थिको स्थितिलाई अवलोकन गरिरहनुहुन्छ । समाधिको स्थितिमाथि गरिने यस जागरुक र समभावी साधनालाई सम्यक समाधि साधना भनिन्छ ।

विपश्यना साधना बाहेक संसारका अन्य निर्वाण साधनामा साधनाकालमा चित्तको एकाग्रताका कारण उत्पन्न हुने समाधिको स्थितिलाई गहन महत्व दिएको देखिन्छ । कैयौँ गुरु वा मोक्ष शास्त्रमा समाधिको आनन्द लिनुहोस्, समाधिमा लिप्त भएर डुबिरहनुहोस् आदि भनिएको पनि पाइन्छ तर भगवान् बुद्ध स्वयंको प्रामाणिक अनुभूतिमा समाधिको स्थितिलाई भोग गर्ने यी मतलाई अस्वीकार गर्नुहुन्छ ।

समाधिको स्थिति क्षणभङ्गुर वा विनाशी साधना अनुभूति हो । यो इन्द्रियातीत क्षेत्रको निर्वाण अनुभूति नभई पञ्चस्कन्धभित्रको सुखद अनुभूति हो । जब तपाईं पञ्चस्कन्धभित्रको सुखद अनुभूतिलाई भोग गर्नुहुन्छ यस स्थितिमा तपाईं पञ्धस्कन्धको क्षेत्रलाई पार गरेर निर्वाणको क्षेत्रमा पुग्न असमर्थ रहनुहुन्छ । यसर्थ विपश्यना साधनामा समाधिको स्थितिमाथि पनि साधना गरिन्छ । भगवान् बुद्धको समयमा पनि गुरु आलर कालम, उद्धक रामपुत्त आदिले समाधि स्थितिको क्षणभङ्गुरतालाई बुझ्न नसकी यस स्थितिलाई निर्वाण स्थिति भनेर बुझ्दा वा भोग गर्दा आफैँ निर्वाण प्राप्त गर्न असमर्थ हुनुभएको थियो । वर्तमान समयमा पनि असङ्ख्य साधक समाधिको स्थितिमा उत्पन्न हुने मधुर सुखद अनुभूतिलाई भोग गरेर निर्वाण साधनाको मूल मर्म न राग न द्वेषको स्थितिबाट च्यूत भई निर्वाण लक्ष्यबाट टाढा गइरहेका छन् । सम्यक समाधि साधनाको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–

“कतमो च, भिक्खवे, सम्मासमाधि ? इध, भिक्खवे, भिक्खु विविच्चेव कामेहि विविच्च अकुसलेहि धम्मेहि सवितक्कं सविचारं विवेकजं पीतिसुखं पठमं झानं उपसम्पज्ज विहरति । वितक्कविचारानं वूपसमा अज्झत्तं सम्पसादनं चेतसो एकोदिभावं अवितक्कं अविचारं समाधिजं पीतिसुखं दुतियं झानं उपसम्पज्ज विहरति । पीतिया च विरागा उपेक्खको च विहरति, सतो च सम्पजानो, सुखञ्च कायेन पटिसंवेदेति, यं तं अरिया आचिक्खन्ति ‘उपेक्खको सतिमा सुखविहारी’ति ततियं झानं उपसम्पज्ज विहरति । सुखस्स च पहाना दुक्खस्स च पहाना पुब्बेव सोमनस्सदोमनस्सानं अत्थङ्गमा अदुक्खमसुखं उपेक्खासतिपारिसुद्धिं चतुत्थं झानं उपसम्पज्ज विहरति अयं वुच्चति, भिक्खवे, सम्मासमाधि ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक समाधि ? यहाँ (कोही) भिक्षु काम (कामना) बाट अलग भएर, अकुशल धर्मबाट अलग भएर, विवेकबाट उत्पन्न सवितर्क र सविचार प्रिति र सुखपूर्ण प्रथम ध्यानलाई प्राप्त गरेर विहार गर्छ । त्यस्तै वितर्क र विचार शान्त भएपछि शान्त र चित्त एकाग्रतापूर्ण वितर्करहित विचाररहित प्रिति सुखयुक्त द्वितीय ध्यानलाई प्राप्त गरेर विहार गर्छ । त्यस्तै प्रितिबाट विरक्त भएर, उपेक्षक बनेर स्मृति र संप्रज्ञानले युक्त भएर शरीरमा सुखको अनुभव गर्छ, जसलाई आर्य उपेक्षक स्मृतिवान् सुख विहारी भनिन्छ । त्यस तृतीय ध्यानलाई प्राप्त गरेर विहार गर्छ । त्यसैगरी सुख र दुःखको परित्यागबाट सौमनष्य (चित्त उल्लास) र दौर्मनष्य (चित्त सन्ताप) समाप्त हुन जाँदा सुख र दुखरहित, जसमा उपेक्षाको कारण स्मृति शुद्धि हुन्छ त्यस्तो चतुर्थ ध्यानलाई प्राप्त गरेर विहार गर्छ । भिक्षुहरू ! यसैलाई सम्यक समाधि भनिन्छ ।

समाधिको अर्थ हो चित्तको एकाग्रता । ध्यानको क्षेत्रमा समाधि लोकप्रिय शब्द हो । समाधि वा चित्तको एकाग्रता ईश्वर, गुरु, दृश्य, शब्द, ध्वनि, मन्त्र, श्वासप्रश्वास जस्ता आलम्बन (आधार) द्वारा पनि प्राप्त गर्न सकिन्छ तर चित्तको एकाग्रता मात्र सम्यक समाधि होइन । यदि कुनै बाह्य आलम्बनलाई ग्रहण गरेर मनमा राग वा द्वेषको भावना उत्पत्ति भइरहेको छ भने त्यस्तो समाधिलार्ई सम्यक समाधि मान्न सकिन्न । यसैले आर्य आष्टाङ्गमार्ग साधनामा जब सम्यक समाधि भनिन्छ तब यस शब्दले चित्तको त्यस्तो स्थितिलाई बुझाउँछ, जुन स्थितिमा चित्त एकाग्र र आलम्बनप्रति न राग न द्वेषको स्थितिमा रहन्छ । आर्य आष्टाङ्गमार्ग साधनामा जब श्वासलाई राग, द्वेष रहित भएर शुद्धरूपमा अवलोकन गरिन्छ, जब यो ध्यान साधना प्रक्रियामा ध्यान गहिरिँदै गएर चित्त एकाग्र भई न राग न द्वेषको जागरुक स्थितिमा रहन्छ तब यस्तो स्थितिलाई सम्यक समाधि भनिन्छ । आर्य अष्टाङ्गमार्ग साधनामा साधकले सम्यक समाधि अन्तर्गत ध्यानका चार निम्नलिखित अवस्था प्राप्त गर्छ ।

प्रथम ध्यान (वितर्क, विचार, प्रीति, सुख, एकाग्रता वा समाधि)

सम्यक समाधि साधनामा प्रथम ध्यानको स्थिति त्यस्तो स्थिति हो, जुन स्थितिमा साधकमा वितर्क, विचार, प्रिति, सुख र समाधिका अङ्ग शेष रहन्छन् । प्रथम ध्यानको स्थितिमा साधकको मनमा कामना (मूलतः कामवासना) सम्बन्धी मनमा उठिरहने विचार शनैःशनैः उठ्न छाड्छन् । साधकमा राग र द्वेषरूप विकार उत्पन्न गर्ने अकुशल धर्महरू पनि टाढा हुँदै जान्छन् । यस्तो स्थितिमा साधकमा प्रिति प्रमोद (साधनाका कारण मनमा जन्मने गहिरो सुखानुभूति) र सुख (देहको सुखद अनुभूति) तथा एकाग्रता वा समाधिको स्थिति उत्पन्न हुन्छ तर यस प्रथम ध्यानको स्थितिमा साधकको मनमा अझै अनेक प्रकारका विचार, तर्क, वितर्क उठिरहन्छन् । तथापि यी विचार वा तर्क, वितर्क कामवासना तथा निःकृष्ट कामनाहरूसँग जोडिएका हुँदैनन् ।

द्वितीय ध्यान (प्रिति, सुख, एकाग्रता वा समाधि)

जब ध्यानको साधना विस्तार हँुदै जान्छ, जब साधक ध्यान साधनाको गहिराइतर्फ बढ्दै जान्छ त्यस्तो स्थितिमा साधकले सम्यक समाधि साधनाको द्वितीय ध्यानको स्थिति प्राप्त गर्छ । द्वितीय ध्यानको यस स्थितिमा साधकको मनमा उठ्ने अनेक प्रकारका वितर्क र विचार पनि क्रमशः क्षय हँुदै गई अन्ततः विचार र विर्तक उत्पन्न हुने प्रक्रिया नै समाप्त हुन्छ । साधनाका कारण यसरी मनमा तर्क, वितर्क र विचारहरू समाप्त हुँदा साधकको मनमा प्रिति प्रमोद (साधनाको कालमा मनमा उत्पन्न हुने शान्ति र आनन्दका लहरहरू) र देहसुखका अनुभूतिहरू झन्झन् विस्तार हुन थाल्छन् । अथवा द्वितीय ध्यानको स्थितिमा साधकको विचार, वितर्क नष्ट भई मनमा प्रिति, देहमा सुख र समाधिका स्थिति शेष रहन्छन् ।

तृतीय ध्यान (सुख, एकाग्रता वा समाधि)

जब साधकले साधनालाई निरन्तरता दिइरहन्छ तब यस्तो अवस्थामा साधना गहिरिँदै जाँदा साधकको मनमा उत्पन्न भएका प्रिति प्रमोदका लहरहरू पनि शनैःशनैः बिलाउँदै जान्छन् । तृतीय ध्यानको यस्तो स्थितिमा साधकको मनका प्रिति प्रमोदकोे अनुभूतिहरू लुप्त हुँदै गए पनि साधकमा अझै देहसुख र समाधिको अनुभूति शेष रहिरहन्छ । यसरी देहसुख र समाधि वा मात्र दुई अङ्ग शेष रहने यस द्वितीय ध्यानको स्थितिमा साधक उपेक्षक, स्मृतिवान् र सुख विहारी स्थितिमा रहन्छ । स्मरणरहोस् यो तृतीय ध्यानको सुख विहार अवस्था सुखद संवेदनाहरूका भोगबाट प्राप्त हुने सुख विहार होइन । अपितु उपेक्षा वा समभावबाट उत्पन्न हुने सुख विहार हो । तृतीय ध्यानको स्थितिमा साधक आर्य (सन्त) बन्छ ।

चौथो ध्यान (एकाग्रता वा मात्र समाधि)

ध्यानको तेस्रो अवस्थाको प्राप्तिपश्चात् जब साधकले सम्यक समाधि साधनालाई निरन्तरता दिइरहन्छ तब साधना झन्झन् गहिरिँदै गएर साधकमा देह सुखका अनुभूति वा संवेदना समाप्त भएर जान्छन्, जसका कारण साधकमा समाधिको अङ्ग मात्र शेष रहन्छ । सम्यक समाधिको यस्तो स्थिति, जहाँ समाधि मात्र शेष रहन्छ, त्यसैलाई चौथो ध्यान भनिन्छ । यस्तो स्थितिमा पूर्ण जागरुकताका कारण उत्पन्न हुने समाधिको बोध साधकमा रहन्छ । यसरी सम्यक समाधि साधनामा साधक चरणबद्धरूपमा साधनामा प्रगति गर्दै गएर प्रथम ध्यान (वितर्क, विचार, प्रिति, सुख, एकाग्रता), द्वितीय ध्यान (प्रिति, सुख, एकाग्रता), तृतीय ध्यान (सुख, एकाग्रता) अन्ततः चौथो ध्यान (मात्र समाधि) को स्थितिमा आइपुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 434 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 819 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 560 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 490 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 486 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1834 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 573 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 561 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 455 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 545 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 451 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 604 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 497 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 505 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 736 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 497 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 483 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 576 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 468 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 430 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 471 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 514 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 476 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 864 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 702 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 462 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 469 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 561 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 690 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 530 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 784 0
७.२ सम्यक वाणी साधना 1/11/2023 633 0
७.१ सम्यक कर्म साधना 1/11/2023 589 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 522 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 474 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 449 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 408 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 529 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 539 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 556 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 478 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 499 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 437 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 390 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 496 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 446 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 560 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 445 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 490 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 543 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 391 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 498 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 506 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 513 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 474 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 595 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2125 0