सांख्य योग मूल रुपमा कुनै विषय वा वस्तु हो कि ? असत् हो कि ? भनी सुक्ष्म अवलोकन गर्ने साधना प्रकृया हो । यो साधन विधिमा साधक कुनै विषय वा वस्तुलाई यो विषय सत्, नित्य, अविनाशी तत्व हो कि असत्, अनित्य, (क्षणभंगूर, परिवर्तनशील), विनाशी वस्तु हो भनी अत्यन्त सुक्ष्म रुपमा अवलोकन, चिन्तन, मनन् आदि गर्दछ । सांख्ययोगी साधकको मूल लक्ष्य सत्, नित्य, अविनाशी तत्व (परमात्मा तत्व) लाई प्राप्त गर्नु भएकोले उ साधना क्रममा सम्पूर्ण असत, अनित्य परिवर्तनशील आदि गुण भएका विषयहरु र त्यो विषयहरुसँग जोडिएका पक्षहरु छोड्दै–छोड्दै जान्छ । उ असत् वस्तु वा पक्षलाई त्याग्दै जाने साधना प्रकृयाद्वारा सत तत्वको क्षेत्रमा प्रवेश गर्दछ । अन्ततः सत तत्व वा परमात्मा तत्वलाई प्राप्त गर्दछ । सांख्ययोग मूल रुपमा उच्च स्तरका सतगुण प्रधान साधकहरु जो ‘गुण’ को कारण जगत विषयहरुमा छिपेको मीथ्यात्वलाई भेदन गर्न सक्दछन् । ति उच्चस्तरका साधकहरुलाई उपयुक्त विधि हो । इतिहासमा अष्टावक्र–जनक, यज्ञवलक्य–राम यहि साधना विधिबाट मोक्ष प्राप्त पात्र हुन् ।
गीतामा भगवानले मोक्ष साधना विधिको व्याख्या प्रारम्भ सांख्ययोगद्वारा नै सुरु गर्नुभएको छ । गीताको दोस्रो अध्यायमा सांख्य योगको व्यापक व्याख्या गरिएको छ । गीताका यि सांख्ययोग साधना विधिलाई व्याख्या गरिएका श्लोकहरुलाई सुक्ष्म अध्ययन गर्दा सांख्य योग साधना वाह्य वा प्रत्यक्ष रुपमा नै विषय वा वस्तु सत् हो कि असत् हो ? रुपी अवलोकन वा कुनै विषय वा इन्द्रिय मिलनको कारण मनमा जब मनमा सुखद वा दुखद संवेदना (अनुभूति) हरु उत्पन्न हुन्छ, तिन संवेदनाहरु सत् हुन् कि असत् हुन् ? यि दुवै विधिबाट नै गर्न सकिन्छ ।
प्रत्यक्ष वा वाह्य रुपमा नै कुनै वस्तु सत् हो कि असत् हो ? को अवलोकनको विधि वा यि सुत्रहरुमा भगवानले मनुष्यको वाह्य स्थूल देहको विनाशी प्रकृति र मूल आत्मा तत्वको ‘अविनाशी’ प्रकृतिको व्याख्या गर्नुभएको छ । सांख्ययोगको अत्यन्त जिज्ञासु, कुसाग्र बुद्धि मूमूक्षहरु सद्गुरुका यिनै ‘सत्य वचन’ हरु प्रति कुनै शंशय, बौद्धिक तर्क, वितर्क आदि नगरिकन यि शव्दहरुलाई ‘सत्य’ मानी यि शव्दहरुमा छिपेको अर्थ, भाव, मर्म, गूढतत्वलाई बुझ्न, ठम्याउन, भेदन गर्न प्रयास गर्दछ । यहि प्रयासद्वारा सत्य भेदन गर्दछन् ।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।२–१३।।
जसरी देहधारी (जीवात्मा) को यो देहमा बालकपन, यौवन र वृद्धावस्था प्राप्त हुन्छ, त्यसरी नै अन्य शरीरको पनि प्राप्ति हुन्छ । यो विषयमा धिर पुरुष मोहित हुँदैनन् ।
नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ।।२–१६।।
हे अर्जुन ! असत् वस्तुको त सत्ता नै (उपस्थित) छैन । र सत् (वस्तु) को अभाव हुँदैन । यि दुबै स्थितिहरु तत्व ज्ञानी पुरुषहरुद्वारा देखिएका छन् ।
अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।२–१७।।
तिमी नाश रहित त्यस (वस्तु) लाई जान जुनद्वारा यो सम्पूर्ण जगत व्याप्त छ । यो अविनाशी (वस्तु वा तत्व) को विनाश गर्न कोहि पनि समर्थ छैन ।
अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।।२–१८।।
नाशरहित अप्रमेय, नित्यस्वरुप यो जिवात्माको शरिर नाशवान भनिएको छ । यसकारण हे भरतवंशी अर्जुन ! तिमी युद्ध गर ।
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।।२–१९।।
यो जो आत्मालाई मार्ने सम्झन्छ । तथा जो यसलाई मरेको मान्दछ । ति दुबै जान्दैनन् । किनभने यो आत्मा न मर्दछ, न मारिन्छ ।
न जायते म्रियते वा कदाचिन् नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।२–२०।।
यो आत्मा कुनै कालमा न मर्छ, न जन्मिन्छ । न यो उत्पन्न भएर फेरी हुुनेवाला छ । किनभने यो अजन्मा, नित्य, शाश्वत र पुरातन छ । शरिरको नाश हुदा पनि यो नष्ट हँुदैन ।
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् ।।२–२१।।
हे पृथापुत्र अर्जुुन ! जुन पुरुष यो आत्मालाई नाशरहित, नित्य, अजन्मा, अव्यय भन्ने जान्दछ । त्यो पुरुष कसरी कसैलाई मार्न लगाउँछ र कसरी कसैलाई मार्दछ ?
वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा–
न्यन्यानि संयाति नवानि देही ।।२–२२।।
जसरी मनुष्य पुराना वस्त्र त्यागेर दोस्रो नयाँ वस्त्र ग्रहण गर्दछ । त्यस्तै जिवात्मा पुरानो शरीरलाई त्यागेर दोस्रो नयाँ शरिरलाई ग्रहण गर्दछ ।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२–२३।।
हे अर्जुन ! यो आत्मालाई शस्त्रले काट्न सक्दैन । यसलाई आगोले जलाउन सक्दैन । यसलाई पानीले भिजाउन सक्दैन र वायुले सुकाउन सक्दैन ।
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।२–२४।।
यो आत्मा अच्छेद्य (काट्न नसकिने) छ । अदाह्य (जलाउन नसकिने) छ । अक्लेध (गलाउन नसकिने) छ । अशोष्य (समाहित गर्न नसकिने) छ । तथा निसन्देह नित्य, सर्वव्यापक, अचल, स्थिर तथा सनातन छ ।
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२–२५।।
यो आत्मा अव्यक्त, अचिन्त्य –चिन्तन गर्न नसकिने) छ । यसलाई निर्विकार (विकार रहित) भनिन्छ । यसकारण यो आत्मालाई यस्तो जानेर तिमिले शोक गर्नुु उचित छैन ।



