साधन–चतुष्टय

0 टिप्पणीहरू 1586 आगन्तुकहरू

(वेदान्त दर्शन निर्देशित मोक्ष प्राप्तिका चार प्रमुख साधन (साधन–चतुष्ट्य) को वर्णन तलका श्लोकहरूमा गरिन्छ ।)

साधनान्यत्र चत्वारि कथितानि मनीषिभिः ।
षु सत्स्वेव सन्निष्ठा यदभावे न सिद्ध्यति ।। १८ ।।

मनिषीहरूले ज्ञान प्राप्तिको लागि चार साधनहरू बताउनुभएको छ । यी साधनहरू भएमा मात्र सत्स्वरूप आत्मामा स्थित हुन सम्भव छ । यिनीहरूको अभावमा (सम्भव) छैन ।।१८।।

मोक्ष कसरी प्राप्त हुन्छ ? मोक्ष प्राप्त गर्नहीन के–कस्ता साधनाहरू गर्नुपर्दछ ? यी साधनाहरू कसरी सम्पन्न गरिन्छन् ? यी गहन प्रश्न हुन् । यी प्रश्न यस अर्थमा अत्यन्तै संवेदनशील छन् कि, मोक्ष–साधनाका असंख्य भ्रमहरू, व्याख्याहरू स्पष्ट मार्गको अभावमा अल्मलिएर साधकहरू समय र शक्तिमात्र नष्ट नगरी जीवनै बर्वाद पारेका कैयन् उदाहरणहरू छन् ।

प्राचीन मनिषीहरू वा तङ्खवदर्शीहरू जसले अनेकौं साधना विधिहरूमाथि प्रयोग तथा अन्वेषण गर्दै मोक्ष प्राप्त गर्नुभएको थिए, ती मुक्त पुरुषहरूले चार साधनद्वारा आत्मज्ञान प्राप्त हुनसक्छ भन्नुभएको छ । यी चार साधनको अभावमा अनेकौं भ्रमपूर्ण विधिहरूद्वारा मुक्ति सम्भव छैन भन्नुभएको छ । श्लोक ६ मा पनि स्नान, पूजा, प्रार्थना, मन्त्र, तीर्थ, शास्त्र अध्ययन, प्राणायाम आदिबाट मुक्ति असम्भव भएको बताइसकिएको छ । तलका श्लोकहरूमा यी साधन चतुष्ट्यको व्याख्या गरिएको छ ।

आदौ नित्यानित्यवस्तुविवेकः परिगण्यते ।
इहामुत्रफलभोगविरागस्तदनन्तरम् ।।
शमादिषट्कसम्पत्तिः मुमुक्षुत्वमिति स्फुटम् ।।१९।।

प्रथम साधन नित्य तथा अनित्य वस्तुप्रतिको विवेकलाई मानिन्छ । दोस्रो, यो लोकदेखि परलोकसम्मका भोग वस्तुप्रतिको वैराग्य, तेस्रो, शम, दम, उपरति, तितिक्षा, श्रद्धा र समाधानरूपी छ सम्पत्ति तथा चौथो, मुमुक्षुत्व (मोक्षको तीव्र इच्छा), हो भनी स्पष्ट भनिएको छ ।।१९।।

यस श्लोकमा आदिगुरुले मोक्ष–साधन विधिलाई क्रमबद्ध गर्नुभएको छ । नित्य र अनित्यको भेद (विवेक) बाट लोक र परलोकका भोगहरूप्रति मनमा वैराग्य भावको जन्म हुन्छ । जब साधकमा जगत््का पदार्थ र भोगको अनित्यतालाई बुझेर विरक्तताको भाव दृढ हुन्छ, तब साधक इन्द्रियको निग्रह (शमन) गर्न सक्दछ । जो साधक इन्द्रियलाई आन्तरिक तहमा निग्रह गर्न सक्दछ, उसले बाह्य इन्द्रियलाई पनि निग्रह (दम) स्थिति प्राप्त गर्न सक्दछ । जो दम र शमसिद्ध जितेन्द्रिय पुरुष छ, त्यही पुरुषमा सर्वकर्म सन्यासरूपी ‘उपरति’ अनि दुःख, द्वन्द्व सहन सक्ने क्षमता ‘तितिक्षा’ मा स्थिर हुन सक्दछ । यस्ता अत्यन्त विशिष्ट गुण भएका र मोक्षप्रति तीव्र प्यास भएका मुमुक्षुले मात्र मोक्ष प्राप्त गर्न सक्दछ ।

ब्रह्म सत्यं जगन्मिथ्येत्येवंरूपो विनिश्चयः ।
सोऽयं नित्यानित्यवस्तुविवेकः समुदाहृतः ।।२०।।

ब्रह्म सत्य हो । जगत् मीथ्या हो । यस्तो जब निश्चय हुन्छ, यसलाई नै नित्य–अनित्य वस्तुको ‘विवेक’ भन्छन् ।।२०।।

यो सृष्टिमा के नित्य हो ? के अनित्य हो ? के सत्य हो ? के असत् हो ? यसको भेद अनि पहिचान गर्दै सत्य वा नित्य वस्तुलाई ग्रहण गर्दै अनित्य वा असत्को परित्याग गर्नु नै विवेक हो । जब साधक अनित्य जगत््–वस्तुलाई मिथ्या ठान्दै अस्वीकार वा त्याग गर्दै जान्छ, त्यागको अन्तिम विन्दुमा त्याग गर्ने वस्तु बाँकी रहँदैन । तब साधकले सम्यक् विवेकको स्थिति प्राप्त गर्दछ ।

तद्वैराग्यं जुगुप्सा या दर्शनश्रवणादिभिः ।
देहादिब्रह्मपर्यन्ते ह्यनित्ये भोगवस्तुनि ।।२१।।

शरीरदेखि ब्रह्मलोकसम्मका दर्शन (देखिने), श्रवण (सुनिने) सम्पूर्ण अनित्य भोगपदार्थहरूप्रति जुन घृणा जाग्दछ, त्यही वैराग्य हो । ।।२१।।

मोक्षको मुख्य लक्ष्य जीवनलाई बन्धनहरूबाट मुक्त गर्नु हो । जबसम्म भोग्य पदार्थप्रति वासना जीवित रहन्छ, तबसम्म मनुष्य बन्धनमा रहिरहन्छ । जगतको दुःखपूर्ण भवसागर र जन्म–मरणको चक्र प्राप्त भइरहन्छ । शरीर, जगत््देखि लिएर ब्रम्ह र देवलोकसम्मका (अप्सराका नृत्य, संगीतादि) सुनिएका, देखिएका सम्पूर्ण भोग्यवस्तुहरूप्रति जति पनि कल्पनाहरू छन्, इच्छाहरू छन्, यी सम्पूर्णलाई अनित्य र क्षणिक सुखदायी मान्दै बारम्बार दोषदृष्टि दिएर मनमा घृणा जागाउनु नै वैराग्य हो । जब सम्पूर्ण भोग्य पदार्थहरूप्रति पूर्ण घृणा जाग्दछ, मनुष्यलाई सम्यक् वैराग्य प्राप्त हुन्छ । परिपक्व वैराग्यको अभावमा मोक्ष–यात्रा असम्भव छ ।

विरज्य विषयव्राताद्दोषदृष्ट्या मुहुर्मुहः ।
स्वलक्ष्ये नियतावस्था मनसः शम उच्यते ।।२२।।

बारम्बार विषय समूह (वस्तु) हरूप्रति दोषदृष्टि दिँदा मन विषय समूहबाट विरक्त भएर जब आफ्नो लक्ष्यमा स्थिर हुन्छ, त्यसैलाई शम भन्दछन् । ।।२२।।

इच्छाहरू बबन्धन हुन् । फेरि जबरजस्ती भोगका इच्छाहरूलाई दबाएर, थिचेर, विषयवस्तुबाट पृथक्् राखेर मोक्षको लक्ष्य प्राप्त हुँदैन । बबन्धनहरू नष्ट हुँदैनन् । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – बारम्बार विषयवस्तुहरूको दोष–चिन्तन (जस्तैः क्षणिक आनन्ददायी, कहिल्यै तृप्त नहुने, शरीरको शक्ति नास गर्ने, आसक्तिमा परिणत हुँदै जीवनलाई नष्ट गर्ने, शारीरिक, मानसिक आदि दृष्टिले विषसमान) गर्दै जाँदा मनमा ती विषयहरूप्रति अनाकर्षण र अन्ततः वैराग्यको जन्म हुन्छ ।

जब सम्यक् वैराग्यमा प्राप्त हुन्छ, त्यो क्षणमा भोग्यवस्तुहरूप्रति मन प्रवृत्त हुँदैन । यो स्थितिमा बर्हिमूखी मन विषयको चिन्तन छोडेर आफ्नो लक्ष्य (आत्मा–चिन्तन) तिर अभिमुख हुन्छ । यसरी विषय–वासनाको दोष–चिन्तनबाट पूर्ण विरक्त बनेको मन जब आत्माको चिन्तनमा स्थिर हुन्छ, त्यो अवस्थालाई शम भनिन्छ ।

विषयेभ्यः परावत्र्य स्थापनं स्वस्वगोलके ।
उभयेषामिन्द्रियाणां स दमः परिकीर्तितः ।।२३।।

कर्मेन्द्रिय र ज्ञानेन्द्रियहरू दुवैलाई उनीहरूको विषयहरूबाट खिचेर आ—आफ्नो गोलक (निवासस्थान) मा स्थिर गर्नुलाई दम भनिन्छ । ।।२३।।

शरीरका पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो, छाला),का पाँच विषयहरू (रूप, शब्द, गन्ध, स्वाद, रस) छन् । त्यस्तै, शरीरका पाँच कर्मेन्द्रियहरू (हात, खुट्टा, मुख, मलद्वार, जनेन्द्रिय) का पाँच विषयहरु ग्रहण गर्नु, हिँड्नु, बोल्नु, मलत्याग तथा आनन्द लिनु हुन् । जब साधक संसारका सम्पूर्ण भोगवस्तुहरूप्रति दोषदृष्टि दिँदै पूर्ण वैराग्य प्राप्त गर्दछ, तब यी दश इन्द्रियहरू सूक्ष्म शरीरमा स्थित आ–आफ्नो गोलकमा स्थिर हुन जान्छन् । यो अवस्थालाई नै दम भनिन्छ । मोक्षमार्गमा साधकले विषयहरूप्रति तीव्र वैराग्य सिर्जना गर्दै सम्पूर्ण इन्द्रियहरूलाई तिनीहरूकै गोलकमा राख्नुपर्दछ ।

बाह्यानालम्बनं वृत्तेरेषोपरतिरुत्तमा ।।२४।।

वृत्तिद्वारा बाह्य विषयलाई ग्रहण नगर्नु, विषयकार वृत्ति नहुनु उत्तम
‘उपरति’ हो । ।।२४।।

जब ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरू आ–आफ्ना विषयहरूप्रति आकृष्ट हुन्छन्, ती क्षणमा मनमा विषयप्रतिको चिन्तन प्रारम्भ हुन्छ । त्यसपछि अन्तःस्करण वा चित्तको वृत्ति ती विषयहरूले भरिन्छ । जब चित्त विषयवासनाले भरिन्छ, तब मनुष्य भोगप्रति प्रवृत्त हुन पुग्दछ । शास्त्रहरूमा चित्तवृत्तिको निरोध नै योग (आत्मा–परमात्माको एकत्व) हो भनिएको छ । वासना–चिन्तनलाई रोकी चित्तका क्लेशहरू हटाएर कुनै पनि वृत्तिविहीन हुनु उपरति हो ।

सहनं सर्वदुःखानामप्रतीकारपूर्वकम् ।
चिन्ताविलापरहितं सा तितिक्षा निगद्यते ।।२५।।

चिन्तन र विलाप (शोक) रहित भएर विना कुनै प्रतिक्रिया सम्पूर्ण प्रकारका दुःख सहनुलाई तितिक्षा भनिन्छ । ।।२५।।

साधकको जीवनमा पनि शारीरिक व्याधी, प्रियवियोग, साधनामा विविध विघ्नबाधाहरू, उतारचढाव, प्रारब्धकर्म जनित दुःखहरू र विषम परिस्थितिको सिर्जना भइरहन्छ । यी प्रतिकूल परिस्थितिबाट प्रभावित नभईकन, चिन्ता र शोकहीनविहीन हुँदै निर्विघ्न आत्म–चिन्तनमा लागिरहनु नै तितिक्षा हो । तितिक्षरूपी कवच धारण गरेर नै धीरपुरुष सम्पूर्ण विघ्नहरूलाई तृष्णासमान सम्झिएर मायामाथि विजय प्राप्त गर्दछ ।

शास्त्रस्य गुरुवाक्यस्य सत्यबुद्ध्यवधारणम् ।
सा श्रद्धा कथिता सद्भिर्यया वस्तूपलभ्यते ।।२६।।

शास्त्र तथा गुरुको वचनलाई सत्य–दृष्टिले धारणा गर्नुलाई सज्जनहरूले श्रद्धा भनेका छन् । श्रद्धाबाट नै आत्मतङ्खव प्राप्ति हुन्छ । ।।२६।।

सर्वप्रथम मोक्षको यात्रामा कुनै प्रकारका शास्त्र तथा गुरुहरूप्रति सन्देह एवं वैरभाव सिर्जना गरेर चित्तवृत्तिलाई अस्थिर र चञ्चल बनाइँदैन । शास्त्र र सद्गुरुहरूको वचनलाई श्रद्धापूर्वक स्वीकारका साथै चिन्तन–मनन गरी जीवनमा उतार्नु नै श्रद्धा हो । शास्त्र तथा गुरुवचनप्रतिको श्रद्धा, स्वीकार, विनम्रता र जिज्ञासु भावनाहरूले साधनालाई गहिराइतर्फ लैजान्छ । उपदेश र गुरुवचनलाई आत्मसात् गर्दै जाँदा अन्ततः साधकलाई आत्मज्ञान प्राप्त हुन्छ ।

सर्वथा स्थापनं बुद्धेः शुद्धे ब्रह्मणि सर्वथा ।
तत्समाधानमित्युक्तं न तु चितस्य लालनम् ।। २७ ।।

बुद्धिलाई पूर्णरूपमा सम्पूर्ण प्रकारले शुद्धब्रह्ममा स्थिर गर्नुलाई समाधान मानिएको छ । चित्तका इच्छाहरू पूर्ति गर्नुलाई समाधान भनिँदैन । ।।२७।।

जगत््का वासनाहरूप्रतिको दोष–चिन्तनबाट वैराग्य स्थिति प्राप्त भइसकेपछि कुनै लक्ष्य प्राप्त नभएमा मन भड्किएर जगत््मा पुनः प्रवेश गर्ने सम्भावना रहन्छ ।मनबुबुद्धिलाई उसको लक्ष्यआत्म वा शुद्धब्रह्ममा नित्य आत्म–चिन्तनको मार्गद्वारा स्थिर गर्नु नै समाधान हो । चित्तका अनन्त इच्छाहरूलाई पूर्ति गर्दै चित्तलाई तृप्त गरी स्थिर राख्न खोज्नु समाधान होइन ।

अहङ्कारादिदेहान्तान्बन्धानज्ञानकल्पितान् ।
स्व–स्वरूपावबोधेन मोक्तुमिच्छा मुमुक्षुता ।।२८।।

अहंकारदेखि लिएर देहसम्मका जति पनि अज्ञान–कल्पित बन्धनहरू छन्, स्व–स्वरूपको ज्ञानद्वारा यिनीहरूलाई त्याग्ने इच्छा जुन महापुरुषलाई हुन्छ उसलाई मुमुक्षुता भनिन्छ । ।।२८।।

मनुष्य स्वयंमा आत्मा हुँदाहुँदै ‘म शरीर हँु’ वा ‘यो शरीर म हुँ’ भनी बुझ्दछ वा स्वीर्कादछ, त्यो अज्ञान हो । जब साधकमा, स्व—स्वरूपको ज्ञान (आत्मासाक्षात्कार) प्राप्त गरी अहंकारदेखि लिएर देहसम्मका जति पनि अज्ञान कल्पित बबन्धनहरू छन्, तिनीहरूलाई त्यागी स्व–आत्मदर्शन गर्ने गहन अभिलाषाको जन्म हुन्छ, त्यसलाई मुमुक्षुता भनिन्छ । मुमुक्षुता (मनमा मोक्ष प्राप्त गर्ने तीव्र प्यास) नजन्मिएसम्म साधारण भावले वा मोक्षको हलुका इच्छा मनमा राखी सांसारिक जीवनमा अल्मलिएर न त मुमुक्षुता सिद्ध हुन्छ, न आत्मचिन्तन गहिरो हुन्छ, न मोक्ष प्राप्ति नै हुन्छ ।

मन्दमध्यमरूपापि वैराग्येण शमादिना ।
प्रसादेन गुरोः सेयं प्रवृद्धा सूयते फलम् ।।२९।।

मुमुक्षता मन्द र मध्यम भए पनि वैराग्य तथा शमादि षट्सम्पत्ति र गुरुकृपालेतीव्र मोक्षरूपी फल प्रदान गर्दछ । ।।२९।।

वेदान्त दर्शनले मोक्ष प्राप्तिका लागि चार साधनहरू विवेक, वैराग्य, षड्सम्पत्ति (शम, दम, उपरति, तितिक्षा, श्रद्धा, समाधान) र मुमुक्षुताको अवधारणा अगाडि सारेको छ । यी मोक्षका साधन वा साधना विधिहरू एक अर्काका परिपूरक हुन् । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ — पूर्वजन्मका संस्कार वा वर्तमान जीवनका अनेकन कारणहरूले गर्दा कुनै साधकमा मोक्षप्रति तीव्र प्यास नउठी मन्द वा मध्यम मुमुक्षुताको विकास भएको छ भने पनि तीव्र वैराग्य चिन्तन, इन्द्रिय निग्रहरूपी शम, दम आदि पष्ट्सम्पत्तिमा निपूर्णता अनि गुरु–सत्वचनको श्रवण, मनन र चिन्तन गरी मोक्षरूपी फल प्राप्त गर्न सक्दछन् ।

सारांश — मनमा मोक्षप्रति तीव्र प्यास नउठे पनि, मनुष्य जीवन मुक्तिका लागि प्राप्त हुनाले विवेक, वैराग्य, शम–आदि साधनमा विलम्ब गर्नुहुँदैन । मनमा मोक्षप्रति तीव्र प्यास कुनै दिन उठ्ला अनि साधना गरौंला भनी प्रतिक्षा गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 636 0
मंगलाचरण 1/15/2023 645 0
मुक्तिको दुर्लभता 1/15/2023 536 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 792 0
विचारको महङ्खव 1/15/2023 515 0
शिष्य लक्षण 1/15/2023 612 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 629 0
शिष्य प्रार्थना 1/15/2023 689 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 509 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 556 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 624 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 915 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 567 0
स्थूल शरीर निन्दा 1/15/2023 724 0
दश इन्द्रियहरू 1/15/2023 980 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 757 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 791 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 553 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 576 0
तमोगुण 1/15/2023 496 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 720 0
आवरण र विक्षेपशक्ति 1/15/2023 720 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 590 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 625 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 461 0
आत्मस्वरूप निरूपण 1/15/2023 529 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 551 0
ब्रह्म निरूपण 1/15/2023 791 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 636 0
अहंपदार्थ निरूपण 1/15/2023 554 0
अहंकार – मुख्यवाधा 1/15/2023 462 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 480 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 558 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 557 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 583 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 648 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 534 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 568 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 573 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 570 0
आत्म चिन्तनको उपदेश 1/15/2023 490 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 563 0
प्रारब्ध कर्म विचार 594 0
प्रारब्ध निराकरण 1/15/2023 559 0
नानात्व – निषेध 1/15/2023 619 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 646 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 748 0
गुरुको अन्तिम उपदेश 1/15/2023 935 0
आत्माको अविनाशिता 1/15/2023 997 0
परमार्थता 1/15/2023 1478 0
शिष्य बिदाइ 1/15/2023 1218 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35536 0