सूक्ष्म शरीर वर्णन

0 टिप्पणीहरू 792 आगन्तुकहरू

वासना नै बन्धन अनि वासनाहरूको संग्रहस्थल सूक्ष्म शरीरको व्याख्या तलका श्लोकहरूमा गरिएको छ ।

वागादिपञ्च श्रवणादिपञ्च प्राणादिपञ्चाभ्रमुखानि पञ्च ।
बुद्ध्याद्यविद्यापि च कामकर्मणी पुर्यष्टकं सूक्ष्मशरीरमाहुः ।।९८।।

वाक् आदि पाँच कर्मेन्द्रिय, श्रवण आदि पाँच ज्ञानेन्द्रिय, प्राण आदि पाँच प्राण, आकाश आदि पाँच भूत, बुद्धि आदि चार अन्तःकरण, अविद्या, काम, कर्मलाई सूक्ष्म शरीर भनिन्छ ।।।९८।।

स्थूल शरीरभित्रको सूक्ष्म शरीरको पूर्ण व्याख्या गर्दै यो श्लोकमा भनिएको छ – पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रिय, पाँच प्राण, पाँच महाभूत, चार अन्तःकरण, अविद्या (अध्यास), काम (इच्छा) र कर्म सम्मिलित समूहलाई सूक्ष्म शरीर वा लिङ्ग शरीर भनिन्छ ।

इदं शरीरं शृणु सूक्ष्मसंज्ञितं लि·ं त्वपञ्चीकृतभूतसम्भवम् ।
सवासनं कर्मफलानुभावकं स्वाज्ञानतोऽनादिरुपाधिरात्मनः ।।९९।।

हे शिष्य ! यो सूक्ष्म शरीर जसलाई लिङ्ग शरीर पनि भनिन्छ । यो अपञ्चीकृत पञ्चमहाभूतबाट उत्पन्न भएको छ । यो वासनायुक्त छ । अनि कर्मफलको अनुभव गराउँदछ । स्व–स्वरूपको ज्ञान नहुनाका कारण यो आत्माको अनादि उपाधि हो । ।।९९।।

यो सूक्ष्म शरीर वा लिङ्ग शरीर अपञ्चीकृत पञ्चमहाभूतबाट सिर्जना भएको हो । लिङ्ग शरीर पनि स्थूल शरीरजस्तै अनित्य हो । सूक्ष्म शरीर यस अर्थमा अत्यन्त महङ्खवपूर्ण छ कि मनुष्यको जीवनका सम्पूर्ण अनुभवहरू, वासनाहरू अनि संस्कारहरू यही सूक्ष्म शरीरमा संग्रह हुन्छन् । यसैले सूक्ष्म शरीर वासनामय छ । सूक्ष्म शरीरका यिनै वासनाहरूले नै मनलाई बहिर्मुखी बन(ाउँदा मनुष्य वासनामय कर्म गरी त्यही अनुरूप कर्मफल भोग्दछ । पुण्यबाट प्राप्त हुने सुख तथा पापबाट प्राप्त हुने दुःखको भोक्ता पनि सूक्ष्म शरीर नै हो ।

सुषुप्ति (गहिरो निद्रा) को समयमा सूक्ष्म शरीर विलय हुने हुँदा कर्मबाट सिर्जित सुख तथा दुःखको अनुभूति हुँदैन । तर जाग्रत तथा स्वप्न दुवै अवस्थामा सूक्ष्म शरीरको सत्ता उपस्थिति हुने हुनाले मनुष्यले सुख–दुःखको अनुभूति गर्दछ । आत्माको उपाधि सूक्ष्म शरीर, उत्पति आदिको जानकारी नभएको सूक्ष्म शरीरलाई आत्माको अनादि उपाधि मानिएको हो । स्वरूपको ज्ञान नभएसम्म यो उपाधि रहरिहन्छ । जब आत्माको सम्यक् ज्ञान प्राप्त हुन्छ, सूक्ष्म शरीररूपी उपाधि नष्ट हुन्छ ।

स्वप्नो भवत्यस्य विभक्त्यवस्था स्वमात्रशेषेण विभाति यत्र ।
स्वप्ने तु बुद्धिः स्वयमेव जाग्रत्कालीन–नानाविधवासनाभिः ।
कत्र्रादिभावं प्रतिपद्य राजते यत्र स्वयंज्योतिरयं परात्मा ।।१००।।

सूक्ष्म शरीरको अभिव्यक्तिको अवस्था सपना हो । सपना अवस्थामा सूक्ष्म शरीर स्व– मात्र प्रकाशित हुन्छ । सपना अवस्थामा बुद्धि (अन्तःकरण) स्वयं जाग्रत अवस्थाका विविध वासनाहरूलाई लिएर कर्ता, भोक्ता भाव प्राप्त गरेर प्रकाशित हुन्छ । सपनाको प्रकाशक पनि स्वयं ज्योति परमात्मा नै हो । ।।१००।

जागृत अवस्थामा स्थूल शरीरको प्रधानता भएझैं सूक्ष्म शरीरको स्पष्ट अभिव्यक्ति अवस्था सपना हो । सपना सूक्ष्म शरीरमा नै घटित हुन्छ । आखिर सपना के हो ? जाग्रत कालमा गरिएका अनेकौं कर्महरूका छापहरू वासनाहरू, अन्तःस्करणमा संग्रहित भइरहेका हुन्छन् । सपनावस्थामा मन वा बुद्धि वासनाहरूलाई लिएर कर्ता, भोक्ता, भाव प्राप्त गरेर प्रकाशित हुन्छ । मानिस अनेकन सपनाहरू देख्न थाल्दछ । सपना अवस्थामा सूक्ष्म शरीर सक्रिय रहेझैं मृत्युपछि पनि सक्रिय रहन सक्दछ । सुषुप्ति अवस्थामा सूक्ष्म शरीर विलीन वा गहिरो निद्रामा हुन्छ ।

धीमात्रकोपाधिरशेषसाक्षी न लिप्यते तत्कृतकर्मलेशैः ।
यस्मादस·स्तत एव कमभिर्न लिप्यते किञ्चिदुपाधिना कृतैः ।।१०१।।

बुद्धि आत्माको उपाधि (आरोपित, थपिएको भ्रम) हो । त्यसैले आत्मा बुद्धिद्वारा गरिएको कर्ममा लिप्त हुँदैन । किनकि आत्मा अशेष साक्षी र असंगत छ । अतः उपाधिद्वारा गरिएको कर्मले साक्षीरूपी आत्मालाई छुन सक्दैन । ।।१०१।।

बुद्धि आत्माको उपाधि वा आत्मामा आरोपित भ्रम हो । आत्मा अशेष साक्षी र असंगततङ्खव भएकाले शरीर, मन, बुद्धि आदि उपाधिद्वारा गरिएका शुभ वा अशुभ कर्मसँग कुनै प्रकारको सम्बन्ध राख्दैन ।

सर्वव्यापृतिकरणं लि·मिदं स्याच्चिदात्मनः पुंसः ।
वास्यादिकमिव तक्ष्णस्तेनैवात्मा भवत्यस·ोऽयम् ।।१०२।।

सिकर्मीको बसिला (एक प्रकारको काठ ताछ्ने औजार) जस्तै ज्ञानस्वरूप आत्माका लागि सूक्ष्म शरीर सम्पूर्ण व्यापार (कर्म) को साधन हो । यो आत्मा असंग छ । ।।१०२।।

सिकर्मीले बसिला आदि प्रयोग गरेर काठ ताछ्ने कार्य गर्दछ तर सिकर्मी र औजार पृथक्् हुन् । मात्र सिकर्मीले औजारहरूद्वारा काठको काम गर्छ । यी औजारहरूको अभावमा ऊ यी कार्य गर्न सक्दैन । यसरी नै आत्मा (जो असंग छ) ले पनि अज्ञानजन्य सूक्ष्म शरीरको सम्बन्धबाट नै सम्पूर्ण व्यवहार वा कर्महरू गर्दछ । सुषुप्ति अवस्थामा सूक्ष्म शरीरको अभाव (अनुपस्थिति) हुने हुनाले आत्माद्वारा कुनै व्यवहार वा कर्म हुँदैन ।

अन्धत्वमन्दत्वपटुत्वधर्माः सौगुण्यवैगुण्यवशाद्धि चक्षुषः । बा(िधर्यमूकत्वमुखास्तथैव श्रोत्रादिधर्मा न तु वेत्तुरात्मनः ।।१०३।।

जसरी दृष्टिको दोष वा निर्दोषका कारणले सिर्जित अन्धोपना, धमिलोपन, स्पष्ट नदेख्नु आदि आँखाकै धर्म हुन्छन्, त्यस्तै बहिरो हुनु, लाटो हुनु आदि कान वा मुखको धर्म हुन्छ । ती साक्षी आत्माका धर्म होइनन् । ।।१०३।।

यो श्लोकमा असंग, आत्म, इन्द्रिय र तिनीहरूको धर्मबाट नितान्त पृथक्् छ भन्दै भनिएको छ – यदि आँखामा कुनै दोष भयो भने दृष्टिमा अन्धोपन, धमिलोपना, अस्पष्टता देखा पर्दछ । कान वा कानका ग्रन्थीहरूमा दोष हुँदा बहिरोपना, वाक इन्द्रिय दोषपूर्ण हुँदा लाटोपना, भकभकेपना प्राप्त हुन्छ । अन्य इन्द्रियहरूको पनि दोषपूर्ण र दोषविहीन स्थितिमा पृथक्् पृथक्् अवस्था प्राप्त हुन्छन् । यी सम्पूर्ण इन्द्रियहरूका खोट वा खोटरहित हुँदाका परिणामहरू हुन् । यी परिणामहरू आत्माको कारणले सिर्जित होइनन् । आत्माका धर्म होइनन् । आत्मा साक्षी मात्र हो । ज्ञानेन्द्रिय, कर्मेन्द्रीयहरूका धर्महरूको सर्वसाक्षी असंग आत्माद्वारा मात्र ज्ञात हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 636 0
मंगलाचरण 1/15/2023 645 0
मुक्तिको दुर्लभता 1/15/2023 538 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 792 0
विचारको महङ्खव 1/15/2023 517 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 631 0
शिष्य प्रार्थना 1/15/2023 691 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 509 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 556 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 624 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 915 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 569 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 982 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 553 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 576 0
तमोगुण 1/15/2023 496 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 720 0
आवरण र विक्षेपशक्ति 1/15/2023 722 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 625 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 461 0
आत्मस्वरूप निरूपण 1/15/2023 531 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 553 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 638 0
अहंपदार्थ निरूपण 1/15/2023 556 0
अहंकार – मुख्यवाधा 1/15/2023 464 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 480 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 560 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 557 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 583 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 648 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 534 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 568 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 573 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 572 0
आत्म चिन्तनको उपदेश 1/15/2023 492 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 565 0
प्रारब्ध कर्म विचार 596 0
प्रारब्ध निराकरण 1/15/2023 561 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 646 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 748 0
गुरुको अन्तिम उपदेश 1/15/2023 935 0
आत्माको अविनाशिता 1/15/2023 999 0
परमार्थता 1/15/2023 1478 0
शिष्य बिदाइ 1/15/2023 1218 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35536 0