जब जड र चेतन पक्षको संयोजनबाट मानव अस्तित्व उत्पन्न भयो । सृष्टिका त्यो प्रथम घडीमा यो मनुष्य अस्तित्वमा त्रिगुण तत्वहरु त उपस्थित थिए । तर, यो अस्तित्वले देह प्राप्त नगरेकोले त्रिगुणी संस्कारहरु उपस्थित थिएन । त्यो क्षणमा देह अनुपस्थिती कै कारण परमात्मा तत्वका विभुतीहरु प्नि प्रकट थिएनन् । यो प्रथम घडीमा मात्र परमात्मा तत्वका मौलिक गुण (परम आनन्द, परम शान्ति आदि) प्रकट भएकाले यो अस्तित्व पूर्णरुपमा परमानन्दमय थियो ।
ईश्वरले सृष्टि, परिवर्तन, प्रलय आदि यिनै शाश्वत नियमहरु मार्फत सञ्चालित गर्ने भएकाले पूर्ण वा यिनै शाश्वत नियमहरुको अध्यक्षतामा यो जगत क्रियाशील हुने भएकाले (९–१०) यि नियमहरु मनुष्य अस्तित्व जन्मको प्रथम क्षणबाट नै क्रियाशील थिए ।
यसरी मनुष्य अस्तित्व जगतमा प्रकट भएको प्रथम घडीमा मात्र यो सत्तामा विनाशी जड पक्ष थियो । अविनाशी चेतन पक्ष थियो । ‘म’ नामका सत्ताको कुनै उपस्थिति नै थिए । फेरि समयको अन्तरालमा यो अस्तित्वले देह प्राप्त ग¥यो । एक पूर्ण मानव जीवन संरचनाको सृजना भयो ।