यो जगतमा अनेकन् लोकहरु छन् (६–४१) । भगवान बुद्ध स्वयंले यो सत्यलाई पुष्टी गर्नुभएको छ । भगवान बुद्धको प्रथम वचन धर्मचक्र प्रवद्र्धन सूत्तमा कैयन् उच्च लोकहरुको व्याख्या गरिएको छ । स्वर्ग वा उच्च लोकहरु मानिस (जिवात्मा) ले मृत्यू पश्चात प्राप्त गर्ने एक उच्च लोक हो । स्वर्ग सद्गुण प्रधान लोक हो । गीतामा भगवानले स्वर्गलोकलाई विशाल, दिव्य भोगहरुले युक्त (९–२०, ९–२१) बताउनु भएको छ ।
स्वर्ग कसले प्राप्त गर्दछ ?
जड पक्ष र चेतन पक्षको संयोजनबाट उत्पन्न मानिस अविनाशी आत्मा हो । यो जिवात्मा सृष्टिमा प्रकट–अप्रकट–प्रकट चक्रमा घुमिरहन्छ । (२–२८) जब मानिसको मृत्यू हुन्छ, त्यो क्षणमा वायुले गन्धलाई ग्रहण गरेर लगे झैँ जिवात्माले पनि मन सहित सम्पूर्ण त्रिगुणी संस्कारहरुलाई ग्रहण गर्दछ (१५–८) । जिवात्मामा उपस्थित यहि त्रिगुणी (तम, रज, सत) संस्कारहरुको मात्रा वा परिणामले नै मानिसले मृत्यू पश्चात स्वर्ग (वा उच्च लोकहरु) र नर्क वा (नीच लोकहरु) कुन प्राप्त गर्दछ ?
परमात्मा तत्वको चेतन शक्ति मानिसमा अत्यन्त उच्च अवस्थामा प्रकट छ । यहि उच्च चेतना शक्तिको कारण जिवीतावस्थामा मानिस कुनै पनि विचार, कर्म आदि गर्न स्वतन्त्र छ । सक्षम छ ।
एतां दृष्टिमवष्टभ्य नष्टात्मानोऽल्पबुद्धयः ।
प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतोऽहिताः ।।१६–९।।
यस्तो मिथ्या वा नास्तिक दृष्टि अवलम्बन गरेर जसको स्वभाव नष्ट भएको छ, त्यो मन्दबुद्धि, अपकारी वा सवैको अहित गर्ने, उग्र वा क्रूरकर्मी मनुष्य केवल जगतको नाशको लागि नै उत्पन्न हुन्छन् ।
यो असाधारण जीवन स्थितिमा जब कोहि मानिस धर्म, ईश्वर, मोक्ष आदि तर्फ जब आकर्षित हुन्छ, उ जीवनमा मोक्ष साधना कर्महरु प्रारम्भ गर्दछ । उ शनै शनै स्वयंका मनको सत्तामा सद्गुणहरुको विस्तार गर्दछ । आध्यात्मिक सम्पदाको विस्तार गर्दछ । फेरि मोक्ष सहज छैन । यो जीवनमा नै मोक्ष प्राप्त हुन्छ भन्ने कुनै निश्चितता पनि छैन । जब यस्तो साधक मोक्ष प्राप्त गर्नु अगावै जब मृत्यूलाई प्राप्त गर्दछ, उ (वा सत्गुण प्रधान पूण्य आत्माहरु) ले नै स्वर्गलोक प्राप्त गर्दछ । सजातीय गुणहरु आपसमा आकर्षित हुने ईश्वरीय नियम अनुसार यि आत्माहरु मृत्यू पश्चात स्वर्ग वा उच्चलोकहरु तर्फ बढ्दछन् । यो सत्यमाथि प्रकाश पार्दै भगवान भन्नुहुन्छः
हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।।२–३७।।
कि त तिमी युद्धमा मारिएर स्वर्गलाई प्राप्त गर्नेछौ । अथवा युद्धमा विजयी भएर ‘महीम मोक्ष्यसे’ वा महीम पद भोग्ने छौ (वा प्राप्त गर्नेछौ) । यस कारण हे अर्जुन, युद्धको लागी निश्चय भएर खडा होउ ।
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ।।६–४१।।
(त्यो) योग भ्रष्ट पुरुष पुण्यकर्म गर्नेहरुलाई प्राप्त हुने लोक (उच्चलोक) लाई प्राप्त गरेर धेरै वर्षसम्म त्यहाँ वास गरेर पुनः शुद्ध आचरण भएका श्रीमान पुरुषहरुको घरमा जन्म लिन्छन् ।
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ।।६–४३।।
हे कुरुनन्दन ! त्यहाँ त्यो पुरुष पूर्व शरिरमा संग्रह भएका बुद्धि बुद्धियोगका संस्कारहरु अनायास नै प्राप्त गर्दछ । (त्यही संस्कारको कारण) पुनः त्यो पुरुष योग साधना सिद्धिको निमित्त प्रयत्न गर्दछ ।
पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोऽपि सः ।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते ।।६–४४।।
अनि त्यो (श्रीमान् पुरुषहरुको घरमा जन्म प्राप्त गर्ने योग भ्रष्ट) पुरुष विषयहरुबाट पराधिन भए पनि पूर्व मनुष्य जन्ममा अभ्यास गरिएका साधना (संस्कार) को कारणले निसन्देह परमतत्व वा योग प्रति आकर्षित हुन्छ । र (त्यो) समत्व बुद्धिरुप योगको जिज्ञासु वेदमा भनिएका सकाम कर्महरुलाई अतिक्रमण गर्दछ ।
अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ।।१४–१३।।
हे कुरुनन्दन् ! तमगुुणको बृद्धि भएपछि अन्तःकरण र इन्द्रियहरुमा अप्रकाश (चेतनाह्रास, विवेकशक्ति ह्रास), अप्रवृत्ति (निरर्थक बसिरहने, कर्म नगर्ने वृत्ति), प्रमाद (गर्न लायक कर्ममा मन नलाग्नु, गर्न नहुने कर्म जस्तै मद्यपान, धुम्रपान, तास, जुवा आदिमा मन लाग्नु), मोह (विषय मोह) यि वृत्तिहरु उत्पन्न हुुन्छन् ।