शिष्यका सात प्रश्न
गुरुदेवको आज्ञा पाएपछि शिष्य सातवटा प्रश्न तथा जिज्ञासा राख्दछन् ।
को नाम बन्धः कथमेष आगतः कथं प्रतिष्ठास्य कथं विमोक्षः ।
कोऽसावनात्मा परमः क आत्मा तयोर्विवेकः कथमतेदच्ुयताम् ।।५१।।
१) बन्धन के हो ?,
२) यो कसरी प्राप्त हुन्छ ?,
३) यसको स्थिति के कारणले गर्दा छ ?,
४) यसबाट कसरी मोक्ष मिल्दछ ?,
५) अनात्मा के हो ?,
६) परमात्मा के हो ?,
७) यी दुईमा विवेक पार्थक्य (ज्ञान) कसरी हुन्छ ?, कृपा गरेर विस्तारपूर्वक यो सम्पूर्ण बताइदिनुहोस् । ।। ५१।।
शिष्य सर्वप्रथम सोध्छन् – बन्धन के हो ? बन्धनको स्वरूप के हो ? यो प्रश्न अत्यन्त महङ्खवपूर्ण यस अर्थमा छ कि बन्धनको ज्ञान भएमा मात्र यसको निवृत्ति विधि सहज हुन सक्दछ । त्यसपछि शिष्य बन्धनका कारणहरूप्रति जिज्ञासा राख्दछ । मनुष्यलाई यो बन्धन कसरी प्राप्त हुन्छ ? बन्धनका कारणहरू के के हुन ? अनि उसको तेस्रो र चौथो प्रश्न यस्तो छ – यो कसरी मनुष्यमा चीरकालसम्म रहन्छ ? यस्तो भयंकर बन्धनबाट कसरी मुक्त हुन सकिन्छ ?
श्लोक ४९ मा सद्गुरुले भन्नुभएको थियो – तिमी परमात्मा स्वरूप नै हौ । मात्र अनात्म वस्तुमा आत्मबुबुद्धि (शरीरलाई म भनेर मान्नु) ले गर्दा तिमीलाई यो बन्धन प्राप्त भएको हो ।
गुरुको यही वचनमाथि शिष्यको प्रश्न छ– अनात्मा के हो ? परमात्मा के हो ? आत्मा र अनात्माको पृथक्ीकरण कसरी गर्न सकिन्छ ? अन्तमा शिष्य व्यग्र भएर भन्दछ – हे गुरुदेव ! ममाथि कृपा गरेर विस्तारपूर्वक यी प्रश्नहरूको उत्तर दिनुहोस् ।
माथिका श्लोकका शिष्यका सात प्रश्न अत्यन्त महङ्खवपूर्ण र मोक्षप्रति लक्षित छन् । एकपछि अर्को गरी निरन्तर सोधिएका यी प्रश्नहरूले शिष्यको व्यग्र ज्ञानपीपासालाई प्रतिबिम्बित गर्दछ । यो नै मुमुक्षुता हो ।