‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं– अयमेव अरियो अट्ठङ्गिको मग्गो, सेय्यथिदं– सम्मादिट्ठि सम्मासङ्कप्पो सम्मावाचा सम्माकम्मन्तो सम्माआजीवो सम्मावायामो सम्मासति सम्मासमाधि ।’’
अर्थात् भिक्षुहरू ! यो हो दुःख निरोध गामिनी प्रतिपदा (दुःख निरोधतर्फ जाने मार्ग) आर्य सत्य, यही हो आर्य अष्टाङ्गमार्ग, जहाँ सम्यक दर्शन, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् । दुःख निरोध गामिनी प्रतिपदा आर्यसत्य वा आर्य अष्टाङ्गमार्ग साधनाका आठ साधना अङ्ग र ती अङ्गमाथि गरिने सम्यक वा समभावी साधनाको विस्तृत व्याख्या अर्को अध्यायमा गरिएकाले यहाँ व्याख्या गरिएको छैन ।