आर्य अष्टाङ्गमार्ग साधना

७.१ सम्यक कर्म साधना

0 टिप्पणीहरू 590 आगन्तुकहरू

सम्यक कर्मको अर्थ हो कर्मका सम्पूर्ण क्षणमा न राग न द्वेष (वा चित्तको समस्थिति) । तपाईंको जीवन संरचना नै यस्तो छ कि यस संरचनामा सर्वप्रथम तपाईंमा कुनै विषयप्रति विचार उठ्छ वा विचार कर्म घटित हुन्छ । विचार कर्म घटित भएपश्चात् तपाईंमा शारीरिक कर्म घटित हुन्छ । यसरी शारीरिक कर्म घटित भइरहेका क्षणमा तपार्इँको मनमा विषयप्रति रागपूर्ण वा द्वेषपूर्ण संवेदना उत्पन्न हुन्छन् । कर्मका क्षणमा यसरी चित्तमा उत्पन्न भइरहेका संवेदनाप्रति जब तपार्इँ न रागपूर्ण न द्वेषपूर्ण (सम्यक) स्थितिमा स्थित रहन प्रयास (साधना) गर्नुहुन्छ त्यस साधनालाई सम्यक कर्म साधना भनिन्छ । कर्मका क्षणहरूमा सम्यक स्थितिमा स्थित रहन तपार्इँ बाह्य कर्मका क्षणहरूमा मनमा घटित भइरहेको विचार कर्म र त्यस विचार कर्मसँगै उत्पन्न भइरहेका विषयप्रतिका रागपूर्ण र द्वेषपूर्ण संवेदनाप्रति जागरुक र समभावी हुन अत्यन्त आवश्यक छ ।

गीतामा भगवान् कृष्णले अर्जुनलाई व्याख्या गर्नुभएका कर्मयोग साधना (आन्तरिकरूपमा समस्थिति र बाह्यरूपमा यूद्ध) पनि यही सम्यक साधना हो ।

सम्यक कर्म साधना स्वयंमा एक असाधारण साधना हो । चौवीसै घण्टा प्रकृतिका शाश्वत नियमहरूले संस्कार उत्पत्ति र विस्तार गरिरहने तपाईंको जीवनसत्तामा सम्यक कर्म त्यस्तो असाधारण साधना हो, जुन साधनाले तपाईंलाई सतत (चौवीसै घण्टा) सम्यक स्थितिमा साधनारत राख्दै तपाईंलाई शीघ्र निर्वाण लक्ष्यतर्फ अग्रसर गराउँछ । यस जगत्मा जति पनि साधकले निर्वाण प्राप्त गरे ती सम्पूर्ण साधक कर्मका सम्पूर्ण क्षणमा सम्यक वा साधनारत रहेर नै निर्वाण साधनालाई सिद्ध गर्न सकेका थिए ।

सम्यक कर्म आर्य अष्टाङ्गमार्गको शील साधना समूहको साधना पनि हो । सम्यक कर्म शील साधना भएकाले यस साधनामा साधकले स्वयंमा भयानक निःकृष्ट संस्कार उत्पन्न गर्ने कर्मलाई बाह्यरूपमै त्याग गरिदिन्छ । सम्यक कर्म साधनाको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–

“कतमो च, भिक्खवे, सम्माकम्मन्तो ? पाणतिपाता वेरमणी, अदिन्नादाना वेरमणी, कामेसुमिन्छाचारा वेरमणी । अयं वुच्चति, भिक्खवे, सम्माकम्मन्तो ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक कर्म ? प्राणी हिंसाबाट विरत रहनु, चोरीबाट विरत रहनु, व्यभिचारबाट विरत रहनु । भिक्षुहरू ! यसैलाई सम्यक कर्म भनिन्छ ।

कर्म त्यस्तो क्षणमा मात्र सम्यक हुन्छ जब कर्ममा राग वा द्वेष उपस्थित हुँदैन । अर्थात् जब कर्मले चित्तमा कुनै प्रकारका विकार सृजना गर्दैन । सम्यक कर्म साधनामा मूलतः चोरी नगर्नु, प्राणी हिंसा नगर्नु, मादक पदार्थ सेवन नगर्नु, व्यभिचार नगर्नुलाई लिइएको छ । सम्यक कर्म साधनामा जीवनमा निःकृष्ट विकार प्रवेश गराउने असम्यक वा अशुद्ध कर्मलाई बाह्यरूपमै निषेध गरिएको छ ।

जब यस्ता निःकृष्ट कर्म बाह्यरूपमै निषेध हुन पुग्छन् तब साधक धेरै हदसम्म स्वतः शुद्ध वा पवित्र हुन पुग्छ । सम्यक कर्म स्वयंमा साधना हो । जब साधक आर्य आष्टाङ्ग वा विपश्यना साधनामा प्रवेश गर्छ तब उसले पञ्चशील ग्रहण गर्छ । पञ्चशीलका पाँच शीलमध्ये चोरी नगर्ने, प्राणी हत्या नगर्ने, व्यभिचार नगर्ने आदि तीन शील सम्यक कर्मबाटै आएका हुन्छन् । यसरी सम्यक कर्मले आर्य अष्टाङ्गमार्ग वा विपश्यना साधनामा प्रवेश गरेको छ ।

कर्मको प्रारम्भ विन्दु भनेको विचार हो । विचारको स्रोत जन्म–जन्मान्तरदेखि मनमा सङ्ग्रह भएका संस्कार वा विकार नै हुन् । मानिसको मनमा जुन प्रकृतिका विकार (संवेदना भोग गर्ने स्वभाव) सङ्ग्रह भएका छन् त्यस्तै प्रकृतिका विचार उत्पन्न हुन्छन् । सर्वप्रथम कर्म विचारको रूपमा प्रकट हुन्छ । तत्पश्चात् वाणी कर्म र देह कर्मको रूपमा प्रकट हुन्छ । यसैले विपश्यना साधनामा बाह्यरूपमा शील ग्रहण मात्र नगरी आन्तरिकरूपमा पनि मनमा उत्पन्न हुने विचार (विचार कर्ममा छिपेको रागद्वेष) प्रति जागरुक र संप्रज्ञानी बनी कर्ममा सम्यक साधना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 434 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 821 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 562 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 494 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 488 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1836 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 575 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 563 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 453 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 608 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 499 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 507 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 740 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 501 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 485 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 578 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 470 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 432 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 473 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 516 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 480 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 866 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 704 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 471 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 567 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 692 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 786 0
७.२ सम्यक वाणी साधना 1/11/2023 635 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 526 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 476 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 453 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 410 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 558 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 480 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 501 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 439 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 392 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 496 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 450 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 564 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 449 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 492 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 547 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 395 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 500 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 508 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 515 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 476 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 597 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2125 0