जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, एक साधकको रुपमा तपाईंमा एक स्वभाविक प्रश्न उठ्दछ कि आखिर विपश्यना साधनाबाट निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? निर्वाण प्राप्तिको लागि तपाईंलाई कति समयावधि लाग्दछ ? भन्ने प्रश्न एक त्यस्तो प्रश्न हो जसलाई यो जगत्मा कसैले पनि स्पष्ट रुपमा ‘यति अवधि लाग्दछ’ भनेर तोकेर भन्न सक्दैन । यो प्रश्न यति जटिल छ कि स्वयं भगवान् बुद्ध पनि यो प्रश्नको स्पष्ट उत्तर दिन असमर्थ हुनुहुन्छ ।
महासतिपट्ठान साधनामा भगवान्का यी शब्दहरुबाट पनि तपाईं यो तथ्यलाई स्पष्टसँग बुझ्न सक्नुहुन्छ । निर्वाणको समयावधीको व्याख्या भगवान् महासतिपट्ठान सुत्तमा भन्नुहुन्छ
“यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य सत्तवस्सानि, तस्स द्विन्नं फलानं अञ्ञतरं फलं पाटिकङ्खं – दिट्ठेव धम्मे अञ्ञा; सति वा उपादिसेसे अनागामिता ।”
भिक्षुहरु ! जब कोही यी चार स्मृति प्रस्थानलाई यस प्रकार सात वर्ष भावना गर्दछ, उसलाई यी दुई फलहरुमा एक फल अवश्य प्राप्त हुनु पर्दछ ! यही जन्ममा निर्वाणको साक्षात्कार वा उपाधि (मलिनता) शेष हुँदा अनागामी भाव ।
“तिट्ठन्तु, भिक्खवे, सत्तवस्सानि । यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य छ वस्सानि… पे०… पञ्च वस्सानि….चत्तारि वस्सानि …तीणि वस्सानि…द्वे वस्सानि… एकं वस्स्ां… तिट्ठतु, भिक्खवे, एकं वस्सं । यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपठ्ठाने एवं भावेय्य सत्तमासानि, तस्स द्विन्नं फलानं अञ्ञतरं फलं पाटिकत्रं – दिट्ठेव धम्मे अञ्ञा; सति वा उपादिसेसे अनागामिता ।”
छोडिदेउ भिक्षुहरु ! सात वर्ष । भिक्षुहरु जब कोही यि चार स्मृति प्रस्थानलाई छ वर्ष भावना गर्दछ, पाँच वर्ष भावना गर्दछ, चार वर्ष भावना गर्दछ, तीन वर्ष भावना गर्दछ, दुई वर्ष भावना गर्दछ, एक वर्ष भावना गर्दछ, उसलाई यि दुई फलहरुमा एक फल अवस्य प्राप्त हुनुपर्दछ । यहि जन्ममा निर्वाण साक्षात्कार वा उपाधि शेष हुँदा अनगामी भाव ।
“तिट्ठन्तु, भिक्खवे, सत्त मासानि । यो हि कोचि, भिक्खवे इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य छ मासानि…पे०… पञ्च मासानि… चत्तारि मासानि…. तीणि मासानि…द्वे मासानि… एकं मास्ां… अड्ढमासं….तिट्ठतु, भिक्खवे, अट्ठमासो । यो हि कोति, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य सत्ताहं, तस्स द्विन्नं फलानं अञ्तरं फलं पाटिकत्रं – दिट्ठेव धम्मे अञ्ञा सति वा उपादिसेसे अनागामिता” ति ।”
छोडी देउ, भिक्षुहरु ! सात महिना, भिक्षुहरु जब कोही यी चार स्मृति प्रस्थानलाई यस प्रकार छ महिना भावना गर्दछ । पाँच महिना भावना गर्दछ । चार महिना भावना गर्दछ । तीन महिना भावना गर्दछ । दुई महिना भावना गर्दछ । एक महिना भावना गर्दछ । पन्ध्रदिन भावना गर्दछ । छोडी देउ, भिक्षूहरु पन्ध्रदिन, भिक्षूहरु जब कोही यी चार स्मृति प्रस्थानलाई सात दिन भावना गर्दछ । उसलाई यी दुई फलहरुमा एक फल अवश्य प्राप्त हुनु पर्दछ । यहि जन्ममा निर्वाणको साक्षत्कार वा उपाधि शेष हुँदा अनागामी भाव ।
भगवान्का वचनहरुबाट यो निस्कर्र्ष निकालन सकिन्छ कि साधकको आध्यात्मीक पात्रता, पूर्वजन्म देखि सङ्ग्रहीत पारमीता (आध्यात्मीक सम्पदा) हरु, साधकको विधिपूर्वक विपश्यना साधनालाई उतार्ने क्षमता (स्मरणरहोस् विपश्यना साधना विधिपूर्वक साधनामा उतार्नुको अर्थ “चौबिसै घण्टा” साधनामा आतापी, स्मृतिवान् र संप्रज्ञानी रहनु हो) आदि निर्धारण गर्दछ । निर्वाण प्राप्तिको लागि लघु सामयावधि देखी लिएर वर्षौवर्षको समयावधी लाग्न सक्दछ ।
जब निर्वाण प्राप्तिको समयावधीको चर्चा चल्छ, यो सम्बन्धमा एक अत्यन्त सुन्दर पक्ष छ भने धम्म वा प्रकृतिका श्वासत नियमहरुको क्रियाशीलताको कारण जिवन सत्तामा रोपीएका साधना संस्कारका विजहरु नास नहुने, मृत्युपश्चात पनि यी साधना संस्कारहरु चित्तधारा सँगसँगै यात्रा गरिरहने, साधना संस्कारहरु कै कारण मृत्युपश्चात पनि साधकले उच्च लोकहरु प्राप्त गर्ने, पूर्नजन्म प्राप्त भए पश्चात पनि साधक पुनः साधनामा प्रवेश गरी निर्वाण प्राप्तिको यात्रालाई निरन्तरता दिइरहने आदि कारणहरुले गर्दा स्वयंको जिवन सत्तामा रोपीएका साधनाका संस्कार विजहरु कहील्यै व्यर्थ देर जादैनन् । अन्ततः यि साधना संस्कार विजहरु नै तपाईंको जिवनको यर्थाथ मीत्र बन्दै सदैव तपाईंको कल्याण नै गरीरहन्छन् ।