विश्व प्रसिद्ध आध्यात्मिक महापुरुषहरुको व्याख्या गर्नु भएको विपश्यना साधना विधि

१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि

0 टिप्पणीहरू 556 आगन्तुकहरू

जब तपाईं विपश्यना साधना शिविरमा जानुहुन्छ, तपाईं मूलतः काया क्षेत्र र चित्त क्षेत्रमा संवेदनाहरु उत्पन्न गरि ती संवेदनाप्रति चित्तलाई जागरुक र समभावी बन्ने प्रशिक्षण दिनुहुन्छ । तपाईंको जीवन सत्तामा काया र चित्त गरि मात्र दुई क्षेत्र उपस्थित भएकोले जब तपाईं काया र चित्त क्षेत्रमा उत्पन्न हुने सम्पूर्ण प्रकारका संवेदनाहरुमा विपश्यना साधना गर्नुहुन्छ, यो साधना पूर्ण सत्य निर्वाण साधना बन्दछ ।

तर निर्वाण साधनाको एक जटिल समस्या के छ भने यो साधना अत्यन्त गहन र सूक्ष्म प्रकृतिको साधना छ । अत्यन्त गहन र सूक्ष्म प्रकृतिको साधना भएकोले यो साधनालाई पूर्ण रुपमा बुझ्न नै अत्यन्त कठिन छ ।

उदाहरणको लागि जब विपश्यना साधनामा काया र चित्तमा उत्पन्न हुने सम्पूर्ण प्रकारका संवेदनामा समभावी साधना गर्नुपर्दछ भनिन्छ, त्यो क्षणमा सम्पूर्ण प्रकारका संवेदना भनेको के हो ? काया र चित्त क्षेत्रमा के कस्ता संवेदनाहरु उत्पन्न हुन्छन् ? आदि प्रश्नहरु पनि सँगसँगै उठ्दछन् ? विपश्यना साधना दृष्टिले यी प्रश्नहरु अत्यन्त महत्वपूर्ण प्रश्नहरु पनि हुन् ।

विपश्यना साधनाको यही सूक्ष्म प्रकृतिको कारण नै भगवान् बुद्धले महासतिपट्ठान सुत्तमा विपश्यना साधनालाई कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना र धर्मानुपश्यना गरि चार साधनामा विभाजन गरि यी साधनाहरुमा साधना गरिने अनेकन् प्रकारका सुखद् दुखद् संवेदनाहरुको स्पष्ट व्याख्या गर्नुभएको छ । महासतिपट्ठान सुत्तमा भगवान्ले व्याख्या गर्नुभएको यो विपश्यना साधना विधिको व्याख्याले विपश्यनाका साधकहरुलाई साधनामा सहयोग पुग्ने भएकाले भगवान्को यो व्याख्यालाई यहाँ सारांसमा राखिएको छ । महासतिपट्ठान सुत्तमा भगवान्ले प्रयोग गर्नुभएको शब्द भिक्षुको स्थानमा ‘तपाईं’ र ‘गर्छ’ को स्थानमा ‘गर्नुहोस्’ प्रयोग गरिएको छ ।

कायानुपश्यना आनापानपर्व

विपश्यना साधनाको लागि आसन ग्रहण गर्नुहोस्

तपाईं कुनै अरण्य (वन), ध्यानकक्ष वा अन्य कुनै पनि एकान्त स्थल खोजेर आसन ग्रहण गर्नुहोस् । तत्पश्चात् मेरुदण्डलाई सीधा गरेर मुखको माथिल्लो भाग वा नासिका तलको त्रिकोणात्मक क्षेत्रमा स्मृतिलाई स्थापित गरेर पलेंटी मारेर बस्नुहोस् ।

आनापान सति साधना विधि

तपाईं स्मृतिवान् (जागरुक) भएर स्वास लिनुहोस्, तपाईं स्मृतिवान् भएर स्वास छोड्नुहोस् । तपाईं लामो श्वास लिँदा राम्रोसँग जान्नुहोस् कि लामो श्वास लिइरहेको छु, लामो श्वास छोड्दा राम्रोसँग जान्दछ कि लामो श्वास छोडिरहेको छु । छोटो श्वास लिँदा राम्रोसँग जान्नुहोस् कि मैले छोटो श्वास लिइरहेको छु, छोटो श्वास छोड्दा राम्रोसँग जान्दछ कि छोटो श्वास छोडिरहेको छु । तपाईं सम्पूर्ण शरीरप्रति संवेदनशील हुँदै (संवेदनाहरूका अनुभव गर्दै) श्वास लिन सिक्नुहोस्, तपाईं सम्पूर्ण शरीरप्रति संवेदनशील हुँदै (संवेदनाहरूका अनुभव गर्दै) श्वास छोड्न सिक्नुहोस्, तपाईं कायको संस्कार (स्वभाव) लाई प्रश्रव्ध (शान्त) गर्दै श्वास लिन सिक्नुहोस्, तपाईं कायको संस्कारलाई प्रश्रव्ध गर्दै श्वास छोड्न सिक्नुहोस् ।

जसरी कोही कुशल सिकर्मी र उसको सहयोगी वा शिष्य काठमा औजार (रन्दा) लाई लामोसँग घुमाउँदा (ताछ्दा, खुर्किंदा) राम्रोसँग जान्दछ कि यसलाई लामोसँग घुमाइरहेको छु, औजारलाई छोटो घुमाउँदा राम्रोसँग जान्दछ कि यसलाई छोटो घुमाइरहेको छु त्यसरी नै तपाईं पनि लामो श्वास लिँदा राम्रोसँग जान्नुहोस् कि म लामो श्वास लिइरहेको छु । लामो श्वास छोड्दा जान्नुहोस् कि लामो श्वास छोडिरहेको छु, छोटो श्वास लिँदा राम्रोसँग जान्नुहोस् कि छोटो श्वास लिइरहेको छु, छोटो श्वास छोड्दा राम्रोसँग जान्नुहोस् कि छोटो श्वास छोडिरहेको छु । यसरी तपाईंले सम्पूर्ण शरीरप्रति संवेदनशील हुँदै श्वास लिन सिक्नुहोस्, सम्पूर्ण शरीरप्रति संवेदनशील हुँदै श्वास छोड्न सिक्नुहोस्, तपाईंले कायाको संस्कारलाई प्रश्रव्ध गर्दै श्वास लिन सिक्नुहोस्, तपाईंले कायको संस्कारलाई प्रश्रव्ध गर्दै श्वास छोड्न सिक्नुहोस् ।

तपाईं कायको भित्री भागमा कायानुपश्यी भएर विहार गर्नुहोस् । कायको बाहिरी भागमा कायानुपश्यी भएर विहार गर्नुहोस् । तपाईं कायको भित्री–बाहिरी भाग (सर्वत्र) कायानुपश्यी भएर विहार गर्नुहोस्, कायमा समुदयधर्मानुपश्यी भएर विहार गर्नुहोस्, कायमा व्ययधर्मानुपश्यी भएर विहार गर्नुहोस्, कायमा समुदय–व्ययधर्मानुपश्यी भएर विहार गर्नुहोस् । जब तपाईंको स्मृति यो यथार्थतामा स्थापित हुन्छ कि “यो काय हो” वा जब यसरी मात्र ज्ञान, मात्र दर्शन बनिरहन्छ त्यो स्थितिमा तपाईं लोक (देह) मा अनाश्रित भएर विहार गर्नुहुन्छ र तपाईंले लोक (इन्द्रियको क्षेत्र) मा केही पनि ग्रहण गर्नुहुन्न । यस प्रकार तपाईं कायमा कायानुपश्यी भएर विहार गर्नुहोस् ।

महासतिपट्ठान सुत्तमा भगवान्ले कायानुपश्यना विधिअन्र्तगत इर्यापथपर्व, संप्रज्ञानपर्व, प्रतिकूलमन सिकार पर्व, धातूमन सिकार पर्व, नौ प्रकारका शमशानको पर्वका पर्वहरुमा गरिने विपश्यना साधना विधिको पनि व्याख्या गर्नुभएको छ । तर विपश्यना साधनामा मूख्य रुपमा आनापान सति साधना नै लोकप्रिय साधना भएकोले भगवान्ले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएका कायानुपश्यनाका अन्य पर्वका साधना विधिहरुको यहाँ व्याख्या गरिएको छैन ।

वेदनानुपश्यना साधना विधि

तपाईं सुखद वेदनालाई अनुभव गर्दा राम्रोसँग जान्नुहोस् कि म सुखद वेदना अनुभव गरिरहेको छु, दुःखद वेदनालाई अनुभव गर्दा राम्रोसँग जान्नुहोस् कि म दुःखद वेदना अनुभव गरिरहेको छु, असुखद–अदुःखद वेदनालाई अनुभव गर्दा राम्रो सँग जान्नुहोस् कि म असुखद–अदुःखद वेदनालाई अनुभव गरिरहेको छु ।

तपाईं सामिष (अशुद्ध) सुखद वेदनालाई अनुभव गर्दा राम्रोसँग जान्नुहोस् कि म सामिष सुखद वेदनालाई अनुभव गरिरहेको छु । निरामिष (शुद्ध) सुखद वेदनालाई अनुभव गर्दा राम्रोसँग जान्नुहोस् कि म निरामिष सुखद वेदनालाई अनुभव गरिरहेको छु । सामिष दुःखद वेदनालाई अनुभव गर्दा राम्रोसँग जान्नुहोस् कि म सामिष दुःखद वेदनालाई अनुभव गरिरहेको छु । निरामिष दुःखद वेदनालाई अनुभव गर्दा राम्रोसँग जान्नुहोस् कि म निरामिष दुःखद वेदनालाई अनुभव गरिरहेको छु । सामिष असुखद–अदुःखद वेदनालाई अनुभव गर्दा राम्रो सँग जान्नुहोस् कि म सामिष असुखद, अदुःखद वेदनालाई अनुभव गरिरहेको छु । निरामिष असुखद–अदुःखद वेदनालाई अनुभव गर्दा राम्रो सँग जान्नुहोस् कि निरामिष असुखद–अदुःखद वेदनालाई अनुभव गरिरहेको छु ।

तपाईं यस प्रकार बाहिरी वेदनामा वेदनानुपश्यी भएर विहार गर्नुहोस्, भित्रको वेदनामा वेदनानुपश्यी भएर विहार गर्नुहोस्, भित्रबाहिर (सर्वत्र) वेदनामा वेदनानुपश्यी भएर विहार गर्नुहोस्, समुदयधर्मानुपश्यी भएर वेदनामा विहार गर्नुहोस् व्ययधर्मानुपश्यी भएर वेदनामा विहार गर्नुहोस्, समुदयव्यय धर्मानुपश्यी भएर वेदनामा विहार गर्नुहोस् । जब तपाईंको स्मृति यो यथार्थतामा प्रतिष्ठापित हुन्छ कि यो वेदना हो त्यो स्थितिमा जब मात्र ज्ञान, मात्र दर्शन बनिरहन्छ, तपाईं अनाश्रित भएर विहार गर्नुहुन्छ । लोक (इन्द्रियको क्षेत्र) मा केही पनि ग्रहण गर्नुहुन्न । तपाईं यसप्रकार वेदनामा वेदनानुपश्यी भएर विहार गर्नुहोस् ।

चित्तानुपस्सना

स्थूल देह (रूप) र चित्त (नाम) को संयोजनबाट निर्मित भएको तपाईंको जीवनसत्तामा चित्त अत्यन्त महत्वपूर्ण पक्ष हो । तपाईंको जीवनसत्ताको संरचना नै यस्तो छ कि यसमा चित्तले प्रतिक्षण केही न केही विचार, भाव, कल्पना ग्रहण गरिरहेको हुन्छ वा धारणा गरिरहेको हुन्छ । चित्तमा कुनै कारणवश जब विचार, भाव, कल्पना उत्पन्न हुन्छन् तत्काल त्यसकोे प्रभाव चित्त र देहमा पर्छ । उदाहरणको लागि यदि कामवासनाको विचार मनमा उठ्यो भने तत्काल त्यो विचार (संवेदना) ले देह र चित्त भरिन पुग्छ । यदि मनमा उठिरहेको यो काम विचारको विपरीत विचार चित्तमा सृजना गरियो भने त्यही विपरीत भाव (संवेदना) काय र चित्तमा फैलिन थाल्छ । यही प्रक्रियाअनुरूप चित्तले रागयुक्त, द्वेषयुक्त, प्रेमयुक्त, करुणायुक्त जस्ता अवस्था प्राप्त गरिरहेको हुन्छ । चित्तानुपश्यनामा चित्तका यनि अवस्था माथि विपश्यना साधना गर्नुहुन्छ ।

चित्तानुपश्यना साधना विधि

तपाईं चित्त रागयुक्त हुँदा राम्रोसँग जानुहोस् कि चित्त रागयुक्त छ वा चित्त वितराग (रागरहित)) हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त वितराग छ, चित्त द्वेषयुक्त हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त द्वेषयुक्त छ, चित्त वितद्वेष (द्वेषरहित) हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त वित द्वेष छ, चित्त मोहयुक्त हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त मोहयुक्त छ, चित्त वितमोह हँुदा राम्रोसँग जान्नुहोस् कि चित्त वितमोह छ ।

तपाईंले चित्त संक्षिप्त हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त संक्षिप्त छ । चित्त विक्षिप्त हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त विक्षिप्त छ । चित्त महग्गत (विस्तारीत) हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त महग्गत छ । चित्त अमहग्गत (एकाग्र) हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त अमहग्गत छ । चित्त सउत्तर (विकार उपस्थित) हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त सउत्तर छ । त्यस्तै चित्त अनुत्तर (पूर्ण शुद्ध चित्त) हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त अनुत्तर छ । चित्त समाहित हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त समाहित छ । त्यस्तै चित्त असमाहित हुँदा पनि राम्रोसँग जान्नुहोस् कि चित्त असमाहित छ । चित्त विमुक्त (शुद्ध चित्त) हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त विभुक्त छ । त्यस्तै चित्त अविमुक्त (अशुद्ध चित्त) हुँदा राम्रोसँग जान्नुहोस् कि चित्त अविमुक्त छ ।

तपाईं यस प्रकार बाहिर चित्तमा चित्तानुपश्यी भएर विहार गर्नुहोस्, भित्र चित्तमा चित्तानुपश्यी भएर विहार गर्नुहोस्, भित्रबाहिर (सर्वत्र) चित्तमा चित्तानुपश्यी भएर विहार गर्नुहोस्, समुदयधर्मानुपश्यी भएर चित्तमा विहार गर्नुहोस्, व्ययधर्मानुपश्यी भएर चित्तमा विहार गर्नुहोस्, समुदयव्ययधर्मानुपश्यी भएर चित्तको विहार गर्नुहोस् । जब तपाईंको स्मृति यो यथार्थतामा प्रतिष्ठापित हुन्छ कि यो चित्त हो, त्यो स्थितिमा जब मात्र ज्ञान, मात्र दर्शन बनिरहन्छ, तपाईं लोकमा अनाश्रित भएर विहार गर्नुहुन्छ । लोक (इन्द्रियको क्षेत्र) मा उसले केही पनि ग्रहण गर्नुहुन्न । यस प्रकार तपाईं चित्तमा चित्तानुपश्यी भएर विहार गर्नुहोस् ।

महासतिपट्ठान–धर्मानुपस्सना

धर्मानुपश्यना साधनामा चित्तले जे ग्रहण गर्दछ, त्यसलाई नै धर्म मानिन्छ । चित्तले प्रतिक्षण क्रोध, काम, ईष्र्या, प्रेम, करुणा, दया, सेवा आदि जेजस्ता विचार वा भाव ग्रहण गर्छ तिनै विचारहरू वा भावहरूलाई नै धर्मानुपश्यना साधनामा धर्म भनिन्छ । धर्मानुपश्यना साधनामा चित्तले ग्रहण गरेका यीनै विचारहरू वा भावहरू (जुन मात्र संवेदनाहरू हुन्) माथि नै समभावी साधना गरिन्छ । भगवान्ले चित्तले धारण गरेका धर्महरूमाथि गरिने धर्मानुपश्यना साधनालाई विभिन्न पाँचपर्व वा साधनाविधि (निवरणपर्व, स्कन्धपर्व, आयतनपर्व, बोध्यङ्गपर्व, चार आर्य सत्यपर्व) मा विभाजन गरि व्याख्या गर्नुभएको छ । धर्मानुपश्यना साधनामा चित्तले ग्रहण गर्ने धर्मलाई तल भगवान्ले व्याख्या गरेअनुरुप साधना गरिन्छ ।
धर्मानुपश्यना–निवरणपर्व

निवरणको अर्थ हो– पर्दा वा आवरण । चित्तमा उत्पन्न हुने यस्तो पर्दा, जुन पर्दा तपाईंको मुख्य संस्कारबाट उत्पन्न हुन्छ । जब चित्तमा यी आवरण उत्पन्न हुन्छन् तब यी आवरणहरु तीव्र गतिमा विस्तारित भई तपाईंको सम्पूर्ण चित्तलाई छोपेर सहजै बेहोसीको घना आवरण उत्पन्न गरिदिन्छन् । जब चित्तमा आवरण उत्पन्न हुन्छ त्यस अवस्थामा तपाईं सत्य वा यथार्थलाई देख्न असमर्थ बनी यही आवरणभित्र संस्कारहरूलाई उत्पत्ति र विस्तार गर्दै दुःखी, व्याकुल र प्रताडित भएर बाँचिरहनुहुन्छ । यसरी नै जीवन समाप्त भएर जान्छ । अनन्त जीवनसम्म यही प्रक्रिया चलिरहन्छ ।
यद्यपि मानिसको चित्तमा उत्पन्न हुने निवरणहरू असङ्ख्य छन् । तथापि बुद्धले निवरणपर्वमा मानिसको चित्तमा उपस्थित हुने पाँच प्रकारका मूल निवरणहरूमाथिको साधनाको व्याख्या गर्नुभएको छ । भगवान्ले व्याख्या गर्नुभएका चित्तमा उपस्थित हुने ती मूल निवरण हुन्– कामच्छन्द (कामइच्छा), व्यापाद (द्वेष), स्त्यानमृद्ध (आलश्य), औद्धत्य–कौकृत्य (उद्वेग–खेद) र विचिकित्सा (सन्देह) । धर्मानुपश्यना साधनामा चित्तले धारण गर्ने यीनै पाँच निवरणहरूमाथि समभावी विपश्यना साधना गरिन्छ ।

चित्तका निवरणहरु माथि गरिने विपश्यना साधना विधि

तपाईं भित्र कामच्छन्द (कामइच्छा, कामुकता) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र कामइच्छा छ, भित्र कामइच्छा नहुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र कामइच्छा छैन । जब अनुत्पन्न कामइच्छाको उत्पति हुन्छ, त्यो पनि राम्रोसँग जान्नुहोस्; र जब उत्पन्न कामइच्छाको प्रहाण (विनाश) हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् । जब प्रहाण भएको कामइच्छा पुनः उत्पन्न हुँदैन त्यो पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं भित्र व्यापाद (द्र्रोह वा द्वेष, क्रोध) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र व्यापाद छ, भित्र व्यापाद नहुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र व्यापाद छैन । जब अनुत्पन्न व्यापादको उत्पत्ति हुन्छ तपाईं त्यो पनि राम्रो सँग जान्नुहोस् र जब उत्पन्न व्यापादको प्रहाण (विनाश) हुन्छ, तपाईं त्यो पनि राम्रोसँग जान्नुहोस् । जब प्रहाण भएको व्यापादको फेरि उत्पत्ति हुँदैन तब तपाईंले त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं भित्र स्त्यानमृद्ध (तन मनको आलश) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र स्त्यानमृद्ध छ वा भित्र स्त्यानमृद्ध नहुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र स्त्यानमृद्ध छैन । जब अनुत्पन्न स्त्यानमृद्ध उत्पति हुन्छ तब त्यो पनि राम्रोसँग जान्नुहोस् र जब उत्पन्न स्त्यानमृद्धको प्रहाण (विनाश) हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् । जब बीजनष्ट भएको स्त्यानमृद्ध पुनः उत्पति हुँदैन त्यो पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं भित्र औद्धत्य–कौकृत्य (उद्वेग–खेद) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र औद्धत्य–कौकृत्य छ । भित्र औद्धत्य–कौकृत्य नहुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र औद्धत्य–कौकृत्य छैन । जब अनुत्पन्न औद्धत्य–कौकृत्य उत्पति हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । जब उत्पन्न औद्धत्य–कौकृत्य प्रहाण (विनाश) हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । जब विनष्ट भएको औद्धत्य–कौकृत्य पुन उत्पति हुँदैन त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं भित्र विचिकित्सा (सन्देह) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र विचिकित्सा सन्देह छ । त्यस्तै भित्र विचिकित्सा नहुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र विचिकित्सा छैन । जब अनुत्पन्न विचिकित्सा उत्पति हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । जब उत्पन्न विचिकित्सा प्रहाण हुन्छ त्यसलाई पनि राम्रो सँग जान्नुहोस् । जब विनष्ट भएको विचिकित्सा पुनः उत्पति हुँदैन त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं यस प्रकार बाहिरी धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । भित्री धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । बाहिर–भित्र (सर्वत्र) धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । समुदयधर्मानुपश्यी भएर धर्ममा विहार गर्नुहोस् वा व्यय धर्मानुपश्यी भएर धर्ममा विहार गर्नुहोस् । समुदयव्ययधर्मानुपश्यी भएर धर्ममा विहार गर्नुहोस्। जब तपाईंको स्मृति यो यथार्थतामा प्रतिष्ठापित हुन्छ कि यो धर्म हो, जब मात्र ज्ञान, मात्र दर्शन बनिरहन्छ त्यस स्थितिमा तपाईं देहमा अनाश्रित भएर विहार गर्नुहुन्छ र उसले लोक (इन्द्रियको क्षेत्र) मा केही पनि ग्रहण गर्नुहुन्न । यस प्रकार तपाईं पाँच निवरणहरूमा धर्मानुपश्यी भएर विहार गर्नुहोस् ।

धर्मनुपश्यना–स्कन्धपर्व
स्कन्धपर्व

काया र चित्तको चार खण्ड (विज्ञान, संज्ञा, वेदना, संस्कार) को संयोजनबाट तपाईंका पन्च स्कन्धको निर्माण भएको छ । बाह्य रुपमा स्थूल प्रतीत भएपनि यथार्थ वा सूक्ष्मतम तहमा तपाईंको पञ्च स्कन्ध (काय र चित्त) को स्वरुप परमाणु रुप मात्र छ । पन्च स्कन्ध माथि गरिने विपश्यना साधनामा तपाईं यीनै पृथक पृथक स्कन्धहरुको उदय र व्ययलाई समभावमा अवलोकन गर्नुहुन्छ ।

पन्च स्कन्ध माथि गरिने विपश्यना साधना विधि

तपाईं पाँच उपादान स्कन्ध धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । तपाईं अनुभव गर्नुहोस् कि यो रूप हो, यो रूपको समुदय हो, यो रूपको विलय हो, यो वेदना हो, यो वेदनाको समुदय हो, यो वेदनाको विलय हो, यो संज्ञा हो, यो संज्ञाको समुदय हो, यो संज्ञाको विलय हो, यो संस्कार हो, यो संस्कारको समुदय हो, यो संस्कारको विलय हो, यो विज्ञान हो, यो विज्ञानको समुदय हो, यो विज्ञानको विलय हो ।

यस प्रकार तपाईं बाहिर धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । भित्र धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । बाहिर–भित्र (सर्वत्र) धर्मानुपश्यी भएर विहार गर्नुहोस् । समुदयधर्मानुपश्यी भएर धर्ममा विहार गर्नुहोस् । व्ययधर्मानुपश्यी भएर धर्ममा विहार गर्नुहोस् । समुदयव्ययधर्मानुपश्यी भएर धर्ममा विहार गर्नुहोस् । जब तपाईंको स्मृति यो यथार्थतामा प्रतिष्ठापित हुन्छ कि यो धर्म हो, जब तपाईंमा मात्र ज्ञान, मात्र दर्शन बनिरहन्छ । त्यो स्थितिमा तपाईं लोक (देह)मा अनाश्रित भएर विहार गर्नुहुन्छ । तपाईंले लोक (इन्द्रियको क्षेत्र) मा केही पनि ग्रहण गर्नुहुन्न । तपाईं यस प्रकार तपाईं पाँच उपादान स्कन्धधर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् ।

धर्मानुपश्यना–आयतनपर्व

आयतनको अर्थ द्वार हो । तपाईंको जीवनसत्तामा स्थूल देहका पाँच (नाक, कान, आँखा, जिब्रो, छाला) र मनसहित ६ इन्द्रिय हुन्छन् । यीनै इन्द्रिय वा द्वारलाई आयतन भनिन्छ । यी प्रत्येक द्वार वा इन्द्रियका आ–आफ्ना विषय (आलम्वन) पनि छन्, जसमा गन्ध, शब्द, रूप, रस, स्पर्श र धर्म पर्छन् । इन्द्रियहरूलाई आन्तरिक आयतन र उल्लिखित बाह्य विषयलाई बाह्य आयतन भनिन्छ । भित्री आयतन र बाह्य आयतनहरूका मिलनका कारण तपाईंमा संवेदना उत्पन्न हुन्छन् । जब तपाईं काय वा चित्तमा उत्पन्न हुने संवेदनालाई भोग गर्नुहुन्छ तब बन्धनहरू निर्वाण हुन पुग्छन् र संस्काररूपी गाँठो उत्पत्ति हुन पुग्छन् ।

छ आयतन माथि गरिने विपश्यना साधना विधि

तपाईं चक्षुलाई राम्रोसँग जान्नुहोस्, रूपलाई राम्रोसँग जान्नुहोस् । यी दुई (चक्षु र रूप) को प्रत्यय वा कारणबाट जुन संयोजन (बन्धन) उत्पन्न हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार अनुत्पन्न संयोजन (बन्धन) को उत्पत्ति हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् । जुन प्रकार उत्पन्न भएको संयोजनको प्रहाण (विलय) हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार विनष्ट भएको संयोजनको पुनः उत्पति हुँदैन त्यो पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं श्रोत्र (कान) लाई पनि राम्रोसँग जान्नुहोस् र शब्दलाई पनि राम्रोसँग जान्नुहोस् । यी दुई (श्रोत्र र शब्द) को प्रत्यय (कारण) बाट जुन संयोजन (बन्धन) उत्पन्न हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार अनुत्पन्न संयोजनको उत्पत्ति हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् । अनि उत्पन्न संयोजनको प्रहाण (विलय) हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् र विनष्ट भएको संयोजन पुन उत्पत्ति हुँदैन त्यो पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं घ्राणलाई राम्रोसँग जान्नुहोस्, गन्धलाई पनि राम्रोसँग जान्नुहोस् । यी दुई (घ्राण र गन्ध) को प्रत्यय (कारण) बाट जुन संयोजन (बन्धन) उत्पन्न हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार अनुत्पन्न संयोजनको उत्पत्ति हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । त्यस्तै जुन प्रकार उत्पन्न संयोजनको प्रहाण (विलय) हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार विनष्ट भएको संयोजनको पुनः उत्पत्ति हुँदैन त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं जिब्रोलाई राम्रोसँग जान्नुहोस् र रसलाई पनि राम्रोसँग जान्नुहोस् । यी दुई जिब्रो र रसको प्रत्यय (कारण) बाट जुन संयोजन (बन्धन) उत्पन्न हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । त्यस्तै जुन प्रकार अनुत्पन्न संयोजनको उत्पत्ति हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार उत्पन्न संयोजनको प्रहाण हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । अनि जुन प्रकार विनष्ट भएको संयोजनको पुनः उत्पति हुँदैन त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं काय (त्वचा वा छाला) लाई पनि राम्रोसँग जान्नुहोस् र स्पर्शलाई पनि राम्रोसँग जान्नुहोस् । यी दुई त्वचा र स्पर्शको प्रत्यय (कारण) बाट जुन संयोजन (बन्धन) उत्पन्न हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस्र जुन प्रकार अनुत्पन्न संयोजन उत्पन्न हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । त्यस्तै जुन प्रकार उत्पन्न संयोजनको प्रहाण हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार विनष्ट भएको संयोजनको पुनः उत्पत्ति हुँदैन त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

तपाईं मनलाई पनि राम्रोसँग जान्नुहोस् । धर्म (मनले ग्रहण गरेको विषय) लाई पनि राम्रोसँग जान्नुहोस् । यी दुई (मन र धर्म) को प्रत्यय (कारण) बाट जुन संयोजन (बन्धन) उत्पन्न हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार अनुत्पन्न संयोजन उत्पत्ति हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । त्यस्तै जुन प्रकार उत्पन्न संयोजन प्रहाण हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् र जुन प्रकार विनष्ट भएको संयोजन पुनः उत्पति हुँदैन त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

यस प्रकार तपाईं भित्र धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस्, बाहिर धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस्, भित्र–बाहिर (सर्वत्र) धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस्, समुदय धर्मानुपश्यी भएर विहार गर्नुहोस् र, व्यय धर्मानुपश्यी भएर विहार गर्नुहोस्, समुदयव्यय धर्मानुपश्यी भएर विहार गर्नुहोस् । जब तपाईंका स्मृति यो यथार्थतामा प्रतिस्थापित हुन्छ कि यो धर्म हो । जबसम्म मात्र ज्ञान, मात्र दर्शन बनिरहन्छ, त्यो स्थितिमा तपाईं लोह वा देहमा अनाश्रित भएर विहार गर्नुहुन्छ र लोक (इन्द्रियको क्षेत्रमा) केही पनि ग्रहण गर्नुहुन्न । यस प्रकार तपाईं छ वटा भित्री, बाहिरी आयतन धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् ।

धर्मानुपश्यना–बोध्यङ्गपर्व

बोध्यङ्ग को अर्थ बोधी (बुद्धत्व) को अङ्ग हो । बोधीको अवस्था शुद्ध चित्तको अवस्था भएकाले बोध्यङ्गलाई शुद्ध चित्तका अङ्ग वा गुण पनि भन्न सकिन्छ । भगवान् बुद्धका अनुसार बोधीका सात अङ्ग छन्, जसमा स्मृति, धर्म विचय, वीर्य, प्रीति, प्रश्रब्धि, समाधि र उपेक्षा पर्छन् । निर्वाण प्राप्तिका लागि यी सात अङ्ग पूर्णरूपमा पुष्ट हुनु अत्यावश्यक हुन्छ ।
यथार्थमा तपाईं चित्त मूलरूपमा निर्मल छ, शुद्ध छ, विकाररहित छ, बोधीरूप छ तर यो शुद्ध चित्तमा जन्मजन्मान्तरदेखि अनेक विकार सङ्ग्रहित हुन पुगेकाले चित्तको मूल गुण छोपिएर तपाईंमा अनेक अप्राकृतिक गुण जस्तै कामुकता, लोभ, क्रोध, ईष्र्या आदि प्रकट भएका छन् । अनि धम्मका शाश्वत नियमहरूले यीनै विकारलाई झन्झन् विस्तार गरि अनेक परिणाम प्रदान गर्दा तपाईं बुद्धत्वको वा शुद्ध चित्तस्थितिबाट झन्झन् टाढा पुगिरहेको छ । धर्मानुपश्यना साधना भन्नु नैे चित्तमा सङ्ग्रहीत यीनै विकारलाई नष्ट गरि शुद्ध चित्तको प्राकृतिक गुणलाई प्रकट गर्नु हो । यही नै बोधीस्थिति प्राप्त गर्नु हो, बुद्धत्व प्राप्त गर्नु हो ।

बोध्यङ्गपर्व अन्तर्गतका सात साधनामा चित्तका यी सात मूल गुणलाई प्रकट गर्न तपाईं कुनै विशेष साधना गर्नुहुन्न । संस्कारद्वारा छोपिएकोले चित्तका मूल गुण प्रकट भइरहेको छैन । जब चित्तमा सङ्ग्रहित संस्कारहरू एकपछि अर्को गर्दै नष्ट हुँदै जान्छन् तब चित्तका ती सात गुण पनि शनैःशनैः प्रकट हुँदै जान्छन् । यसैले बोध्यङ्गपर्व साधनामा तपाईं तटस्थ भावले चित्तमा जे प्रकट भएको छ त्यसैलाई प्रज्ञाभावले अवलोकन गर्दै, चित्तका विकारहरूलाई नष्ट गरि चित्तका मूल गुणलाई प्रकट गर्नुहुन्न ।

बोधीका सात अङ्गहरुमा गरिने विपश्यना विधि
स्मृति

तपाईं भित्र स्मृति संबोध्यङ्ग (जागरुकता) वा सम्बोधि अङ्ग (उपस्थित) हुँदा राम्रोसँग जान्नुहोस्, कि मेरो भित्र स्मृति सम्बोधी अङ्ग छ र भित्र स्मृति सम्बोधी अङ्ग नहुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्री स्मृति सम्बोधी अङ्ग छैन । त्यस्तै जब अनुत्पन्न स्मृति सम्बोधी अङ्ग उत्पत्ति हुन्छ तब उसले त्यो पनि राम्रोसँग जान्नुहोस् र जब अनुत्पन्न स्मृति सम्बोधी अङ्गको भावना परिपूर्ण हुन्छ तब त्यो पनि राम्रोसँग जान्नुहोस् ।

धर्मविचय

तपाईं भित्र धर्मविचय (चित्तले धारणा गरेका विचार, भाव आदि विभाजन गर्नु) सम्बोधी अङ्ग (उपस्थित) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र धर्मविचय सम्बोधी अङ्ग छ र भित्र धर्मविचय सम्बोधी अङ्ग नहुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र धर्मविचय सम्बोधी छैन । त्यस्तै जब अनुत्पन्न धर्मविचय सम्बोधी अङ्गको उत्पत्ति हुन्छ तब तपाईंले त्यो पनि राम्रोसँग जान्नुहोस् र जब उत्पन्न भएको धर्मविचय सम्बोधी अङ्गको भावना परिपूर्ण हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् ।
वीर्य

तपाईं भित्र वीर्य (विपश्यना साधनामा समभाव) सम्बोधी अङ्ग (उपस्थित) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र वीर्य सम्बोधी अङ्ग छ र भित्र वीर्य सम्बोधी अङ्ग नहँुदा पनि उसले राम्रोसँग जान्नुहोस् कि मेरो भित्र वीर्य सम्बोधी अङ्ग छैन । त्यस्तै जब अनुत्पन्न वीर्य सम्बोधी अङ्ग उत्पत्ति हुन्छ तब तपाईंले त्यो पनि राम्रोसँग जान्नुहोस् । जब उत्पन्न भएको वीर्य सम्बोधी अङ्गको भावना परिपूर्ण हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् ।
प्रीति

तपाईंभित्र प्रीति (साधनाकालमा मनमा अनुभूति हुने शान्ति, आनन्दका संवेदनाहरु) सम्बोधी अङ्ग उपस्थित हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र प्रीति सम्बोधी अङ्ग छ र भित्र प्रीति सम्बोधी अङ्ग नहुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र प्रीति सम्बोधी अङ्ग छैन । जब अनुत्पन्न प्रीति सम्बोधी अङ्ग उत्पन्न हुन्छ तपाईं त्यो पनि राम्रोसँग जान्नुहोस् । जब उत्पन्न प्रीति सम्बोधी अङ्गको भावना परिपूर्ण हुन्छ तपाईं त्यो पनि राम्रोसँग जान्नुहोस् ।

प्रश्रव्धि

तपाईं भित्र प्रश्रव्धि (देहको गहन हलूकोपना) सम्बोधी अङ्ग उपस्थित हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र प्रश्रव्धि सम्बोधी अङ्ग छ र भित्र प्रश्रव्धि सम्बोधी अङ्ग नहुँदा राम्रोसँग जान्नुहोस् कि म भित्र प्रश्रव्धि सम्बोधी अङ्ग छैन । त्यस्तै जब अनुत्पन्न प्रश्रव्धि अङ्गको उत्पत्ति हुन्छ त्यो पनि राम्रोसँग जान्नुहोस् र उत्पन्न प्रश्रव्धि अङ्गको भावना परिपूर्ण हुन्छ त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

समाधि

तपाईं भित्र समाधि सम्बोधी अङ्ग (उपस्थित) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र समाधि सम्बोधी अङ्ग छ र भित्र समाधि सम्बोधी अङ्ग नहुँदा पनि राम्रोसँग जान्नुहोस् कि मेरो भित्र समाधि सम्बोधी अङ्ग छैन । जब अनुत्पन्न समाधि अङ्गको उत्पत्ति हुन्छ तपाईंले त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । जब उत्पन्न समाधिअङ्गको भावना परिपूर्ण हुन्छ उसले त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

उपेक्षा

तपाईं भित्र उपेक्षा (मनको समता) सम्बोधी अङ्ग (उपस्थित) हुँदा राम्रोसँग जान्नुहोस् कि मेरो भित्र उपेक्षा सम्बोधी अङ्ग छ र भित्र उपेक्षा सम्बोधी अङ्ग नहुँदा पनि राम्रोसँग जान्नुहोस् कि मेरो भित्र उपेक्षा सम्बोध अङ्ग छैन । त्यस्तै जब अनुत्पन्न उपेक्षा सम्बोधि अंग उत्पन्न हुन्छ तपाईंले त्यसलाई पनि राम्रोसँग जान्नुहोस् । जब अनुत्पन्न उपेक्षा सम्बोधी अङ्गको भावना परिपूर्ण हुन्छ तपाईंले त्यसलाई पनि राम्रोसँग जान्नुहोस् ।

यस प्रकार तपाईं भित्र धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । बाहिर धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । भित्र–बाहिर (सर्वत्र) धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् । समुदयधर्मानुपश्यी भएर विहार गर्नुहोस् । व्ययधर्मानुपश्यी भएर विहार गर्नुहोस् । समुदय–व्ययधर्मानुपश्यी भएर विहार गर्नुहोस् । जब तपाईं स्मृति यो यथार्थतामा प्रतिस्थापित हुन्छ कि यो धर्म हो । जबसम्म मात्र ज्ञान, मात्र दर्शन बनिरहन्छ त्यो स्थितिमा तपाईं लोकमा अनाश्रित भएर विहार गर्नुहोस् । तपाईंले लोक (इन्द्रियको क्षेत्र) मा केही पनि ग्रहण गर्नुहोस् । यस प्रकार तपाईं सात बोध्यङ्ग धर्ममा धर्मानुपश्यी भएर विहार गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 316 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 663 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 514 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 527 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 410 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 336 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 372 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 327 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 373 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 350 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 317 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 320 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 440 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 332 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1420 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 549 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 417 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 391 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 372 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 363 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 309 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 430 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 307 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 476 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 381 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 348 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 377 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 401 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 367 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 419 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 392 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 347 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 346 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 350 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 389 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 342 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 326 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 357 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 368 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 301 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 336 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 349 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 693 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 744 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 444 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 378 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 305 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 337 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 493 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 360 0
७.५ सम्यक समाधि साधना 1/11/2023 547 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 369 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 542 0
७.२ सम्यक वाणी साधना 1/11/2023 429 0
७.१ सम्यक कर्म साधना 1/11/2023 395 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 382 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 348 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 307 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 302 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 399 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 421 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 449 0
६.१ दुःख आर्य सत्य 1/11/2023 368 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 390 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 322 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 331 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 289 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 274 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 332 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 381 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 304 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 408 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 404 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 319 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 362 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 365 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 377 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 295 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 289 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 358 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 370 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 390 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 393 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 346 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 361 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 397 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 310 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 357 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 421 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 1742 0