विपश्यना (कायानुपश्यना र चित्तानुपश्यना) साधनामा प्रवेश गर्नुपूर्व आनापानसति साधना २—३ मिनेटको अवधिसम्म गरिन्छ ।
आनापानसति साधनाको दोस्रो चरणमा जब नासिका तलको त्रिकोण क्षेत्रमा सुखद वा दुःखद संवेदना उत्पन्न हुन थाल्छ । तत्पश्चात् शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म विपश्यना साधना गरिन्छ तर जब विपश्यना साधनाको कालमा मन भड्किन्छ वा अलमलिन थाल्छ तब साधकले पुनः आनापानसति साधनामा प्रवेश गर्नुपर्ने हु्न्छ ।
कस्तो छ आनापानसति साधनाको महत्व ?
विपश्यना साधनामा आनापानसति साधनाको गहन महत्व छ । अध्याय आठमा विपश्यना साधनामा आनापानसति साधनाका सात महत्वपूर्ण भूमिकामाथि प्रकाश पारिसकिएको छ ।