चित्तले अनेक किसिमका कारणबाट ग्रहण गरेको अनेक प्रकारका सुखद र दुःखद संवेदनामाथि गरिने जागरुक र समभावी साधना नै चित्तानुपश्यना साधना हो । चित्तानुपश्यना साधनाको विस्तृत व्याख्या माथिका अध्यायमा गरिसकिएको छ ।
चित्तानुपश्यना साधना कसरी गरिन्छ ?
जब तपाईं बिहान बेलुका आसन ग्रहण गरेर विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ त्यस क्रममा जतिबेला तपाईं कायानुपश्यना साधना प्रारम्भ गर्नुहुन्छ काया र चित्त अत्यन्त गहिरोसँग एकअर्कोमा जोडिएकाले चित्तानुपश्यना साधना पनि स्वतः विपश्यना साधनामा प्रवेश गर्छ । जब तपाईं विपश्यना साधनामा शिरदेखि पैतला र पैतलादेखि शिरसम्म चक्कर लगाउँदै काय र चित्तको क्षेत्रमा उत्पन्न संवेदनाप्रति जागरुक र समभावी बन्नुहुन्छ त्यस क्षणमा तपाईं समानान्तररूपमा चित्तानुपश्यना साधना पनि गरिरहनुहुन्छ । यही नै चित्तानुपश्यना साधनाविधि हो । चित्तानसपश्यना साधनाको विस्तृत व्याख्या माथिका अध्यायमा गरिसकिएको छ ।